|
पानी जहाज दुर्घटनामा ज्यान गुमाउने सबै नेपालीको शव फेला कतारको दोहामा मंगलबार भएको पानी जहाज दुर्घटनामा हराइरहेका सबै १२ नेपाली कामदारको शव उद्धार टोलीले बुधबार अवेर मृत सागरमा फेला पारेको छ ।
|
|
तिब्वतमा पर्यटन प्रर्वद्धनात्मक सम्बन्धी कार्यक्रम आयोजना नेपाल भ्रमण गर्ने चिनीया एवं तेस्रो मुलुकका पर्यटकहरुलाई आकषिर्त गर्ने अभिप्रायले ल्हासा स्थित परराष्ट्र कार्यालय, Tibet Tourism Administration तथा नेपाल पर्यटन बोर्डको समन्वय र सहयोगमा ल्हासास्थित व्रम्हपुत्र ग्रान्ड होटलमा जुन २९, २००९ मा पर्यटन सम्बन्धी प्रर्वद्धनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
|
|
नियमावली बदर गर्न माग गर्दै सर्वोच्चमा रिट मानवअधिकार आयोगको कर्मचारी सेवा सुविधा सम्बन्धी नियमावली बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर भएको छ ।
|
|
क्याम्पस प्रमुखलाई कालोमोसो १७ असार अनेरास्ववियु (क्रान्तीकारी)ले महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका प्रमुख जसबहादुर लुंगेलीलाई बुधबार दिउँसो कालोमोसो दलेका छन् ।
|
|
नेपाल वायु सेवा निगम आज ५२ औँ वर्षमा राष्ट्रिय ध्वजाबाहक सरकारी विमान कम्पनी नेपाल वायु सेवा निगम बुधबारदेखि ५२ औँ वर्षमा प्रवेस गरेको छ ।
|
|
डेढ महिनाभित्र माओवादीको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष प्रचण्ड एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले डेढ महिनाभित्र आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नु भएको छ ।
|
|
कतारमा पानीजहाज दुर्घटना- बाह्र नेपाली हराए दुवईबाट कतारको दोहाका लागि हिँडेको पानी जहाज समुद्रमा हराएपछि त्यसमा सवार १२ नेपालीको अवस्था अज्ञात छ ।
|
|
माधव नेपाल नेतृत्वको सरकारको विकल्प छैन-केसी नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रवक्ता अर्जुननरसिंह केसीले माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् ।
|
|
रामराजा बिरामी केही दिनयता अस्वस्थ भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अवस्था गम्भिर भएको छ ।
|
|
चर्चित हाँस्यकलाकार मनोज गजुरेल नेदरल्यान्ड आउने यूरो टुरमा रहेका नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले नेदरल्याण्डबासी नेपालीहरुलाई मनोरन्जन दिन यही जुलाई ६ तरिख सोमबारका दिन आर्म्सटमको मोर अमोर क्लबमा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।
|
|
नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा सांस्कृतिक कार्यक्रमको तयारी जारी नेपाल तामाङ संघ दक्षिण कोरियाले अक्टोबर २ तारिख कोरियनहरुको महान चाड चुसकको पहिलो दिन आयोजना गर्ने सांस्कृतिक कार्यक्रमको लागि भब्य तयारी गरिरहेको छ ।
|
|
जर्मनीमा सांस्कृतिक कार्यक्रम सम्पन्न जर्मनीको म्युनिख शहरको सानो नेपाली समाज । सधैंको व्यस्तता, सधैंको परदेशी मानसिकता । तर २७ मार्चमा उनिहरु त्यो ब्यस्ततालाई थाती राखेर एकैठाउँमा भेला भएर धितमर्ने गरि हाँसे, सन्तुष्ट हुनेगरी नाचे र रहर पुग्नेगरी रमाए । यो अवसर मिलाई दिएको थियो, हिमालयन परिवार म्युनिखले अनि कलाकारहरु थिए, हास्यव्यंग्यकार मनोज गजुरेल सहित डिजे राजु र गायक सुगम पोखरेल ।
|
|
आफन्तहरुसँग भेटघाटका लागि दाहाल चितवनमा आफन्तहरुसँग भेटघाटका लागि आफ्नो गाउँ चितवनको शिवनगरमा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक डेढ महिनाभित्रमा नै माओवादीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
|
|
बोर्ड प्रथमको दावी यस वर्षको एसएलसी परीक्षामा विराटनगर -१५ स्थित बाल कल्याण विद्या मन्दिर - बिकेभिएम) बोर्डिङ स्कूलले आफ्नो विद्यालयका एक विद्यार्थीले सर्वाधिक अङ्क ल्याएको दाबी गरेको छ ।
|
|
न्यूनतमक पारिश्रमिकबारे छलफल सरकारले सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र कामदारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको साढे दुई महिना बितिसके पनि एउटा पनि सञ्चारगृहले हालसम्म यसको पूर्ण कार्यान्वयन नगरेकोमा सञ्चारकर्मीले गुनासो गरेका छन् ।
|
|
प्रगतिशील मोर्चा गणतन्त्र कोरियाको दोश्रो साधारण सभा सम्पन्न कोरियामा रहेका बामपन्थि संगठनहरुलाई एउटै छाता मुनी गोलवद्ध गराउदै बाम एकतामा विशेष जोड दिँदै स्थापित प्रगतिशिल मोर्चाको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।
|
|
बर्डफ्लु प्रति सतर्क रहन आग्रह मध्यमाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालयले नेपाल सरकारले नेपाललाई बर्डफ्लुमुक्त देश भनेर निकट भविष्यमा घोषणा गर्न गइरहेको अवस्थामा हालै भारतको पश्चिम बङ्गाल राज्य दिनाजपुरमा सो रोग देखा परेकाले नेपाललाई पूर्ण सर्तकतामा रहन आग्रह गरेको छ ।
|
|
स्पेनमा स्वाइन फ्लु बीस वर्षीया एक मोरोक्केली महिलाको म्याडि्रडस्थित एक अस्पतालमा स्वाइन फ्लु रोगबाट मृत्यु भएको छ ।
|
|
सार्कोजीमाथि भाँजो हालेको आरोप राष्ट्रवादी इजरायली अधिकारीहरूलाई बर्खास्त गर्नुपर्छ भनी फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले दिनुभएको अभिव्यक्तिप्रति इजरायली विदेशमन्त्री अभिदगोर लिवरम्यानले मङ्गलबार क्षोभ प्रकट गर्नुभएको छ ।
|
|
छोराछोरीसँगै विद्यालयमा कुँहु गाविस- ४ की ३० वर्षीया माया सार्की आफ्ना छोराछोरीसँगै एउटै कक्षामा पढ्नुहुन्छ ।
|
|
अमेरिकी सेना फिर्ता भएपछि इराकमा खुसीयाली इराकी सेनाले मंगलबारदेखि देशका सबै शहरहरूको सुरक्षाको जिम्मेवारी सम्हालेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा सैन्य कारबाही थालेको ठीक ६ वर्षपछि अमेरिकी सेना त्यस मुलुकका शहरहरूबाट फिर्ता बोलाइए लगत्तै इराकी सेनाले देशका सबै सहरको सुरक्षाको जिम्मेवारी सम्हालेको हो ।
|
|
जनआन्दोनलको फोटो प्रदर्शनी धादिङबेसीस्थित निलकण्ठ स्रोत केन्द्र भवनमा दुई दिने जनआन्दोलन ०६२/ ६३ को फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
|
|
संरक्षणको अभावमा आलिताल पुरिँदै प्राकृतिक सुन्दरताले भरिपूर्ण आलितालको संरक्षण र विकासमा सरकार र सरोकारवालाले ध्यान नदिँदा यसको अस्तित्व नै सङ्कटमा पर्न गएको छ ।
|
|
कोयाखोला जलविद्युत परियोजना पूरा तेह्रथुम जिल्लाको आठराई क्षेत्रमा पर्ने सक्रान्ति गाविसमा ६३ किलोवाट क्षमताको कोयाखोला लघु जलविद्युत् परियोजनाको निर्माण कार्य पूरा भएको छ ।
|
|
कोइराला र अमेरिकी राजदूत भेटवार्ता अमेरिकी राजदूत न्यान्सी जे पावेलले सेनासमायोजन विशेष समितिलाई छिटो सक्रिय बनाउनु अनुरोध गर्नु भएको छ । मंगलबार बिहान नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई महाराजगञ्जमा भेटी उहाँले समितिलाई पुनःर्गठन गरेर भएपनि काम अघि बढाउन अनुरोध गर्नु भएको हो ।
|