दुई महिना यता रुकुमको प्रमुख ब्यापारिक केन्द्र चौरजहारी विमानस्थलवाट हवाई सेवा वन्द भएको छ । नागरीक उड्यन प्राधिकरण चौरजहारी नागरीक उड्यन कार्यालयमा कार्यरत यर टावर ट्राफिक नभएपछि हवाई यातायात सेवा वन्द भएको हो ।
यर टावर कर्मचारी माग गरेको तर उड्यन प्राधिकरणले सुनुवाई नगरेको कर्मचारी सुरेन्द्र नेपालीले वताउनुभयो । हप्तामा चारवटा उडान रहेको चौरजहारी विमानस्थलमा हवाई स्थल वन्द भएपछि सल्यान, रुकुम, जाजरकोटका टिकट लिएका यात्रुहरु पनि अलपत्र परेका छन् ।
चौरजहारी बिमानस्थल बन्द हुँदा जाजरकोट जिल्ल्ाामा झाडापखालको औषधी समयमै आउननसकेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । उहाँले हवाई सेवा बन्द भएकोले जाजरकोट जिल्लाअसपतालबाट रिफर गरिएका बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाईरहेको गुनसो गर्नुभयो ।
साथै चौरजहारीमै रहेको मिसन अस्पतालका बिरामीहरुलाई पनी सास्ती परेको बताईएको छ । यस्तै सदरमुकाम मुसिकोट खलंगा सल्लेको साप्ताहिक रुपमा उडान कम बनाएपछी बिरामीहरु समस्यामा परेका छन् ।
केही साता अगाडी एक क्याप्टेनलाई उड्यन प्राधिकरणले धाबनमार्ग भन्दा बाहिर हवाईजहाज चलाएको भन्दै निलम्बन गरेपछी यस्तो समस्या देखीएको हो ।
|