नयाँ नेपाल : चिली वा भेनेजुएला !

इन्द्र क्षेत्री
वेल्जियम 

एलाण्डेकालिन चिली,ह्युगो चावेज शाशीत वर्तमान भेनेजुएला र अहिलेको नेपालको राजनैतिक परिवेशमा धेरै समानताहरू छन । १९७० को दशकमा चिली समाजवाद लागू गर्ने प्रयत्नमा दुइ दशक लामो सैन्य शाशनको जाँतोमा पिसिन पुग्यो भने २००२ को भेनेजुएलन सैन्य कू असफल भएपछि त्यहाँ एकखाले अधिनायकवादको अभ्यास भैरहेको छ । चिलीमा साल्भाडोर एलाण्डे र भेनेजुएलामा ह्यूगो चावेज दुबैजना जनमत जीतेर नेतृत्वमा स्थापित भएका हुन । यस आलेखमा यि ल्याटिन अमेरिकी देशका भिन्न-भिन्न कालखण्डमा सम्पन्न भएका तर समान चरित्रका पछिल्ला विद्रोह र प्रतिविद्रोहहरूको कसिमा हाम्रो सन्दर्भलाइ हेर्ने प्रयत्न गरिएको छ ।
 
१- चिली र सैन्य विद्रोह
ल्याटिन अमेरिकन राष्ट्र चिलिमा १९७० मा सम्पन्न विवादास्पद राष्ट्रपतीय चुनाव जीतेर साल्भाडोर एलाण्डे विश्व इतिहाँसमा प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति बने । सेनाको अनिच्छाका बावजूद एलाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनको सत्तारोहणका बेला चिली अहिलेको नेपाल जस्तै आर्थिक दुरावस्था,न्यून आर्थिक वृद्धि,चर्को मुद्रास्फिति,आयको असमान वितरण र मुलुकको अर्थतन्त्रमा मुठ्ठीभर ब्यक्तिहरूको हालिमुहाली जस्ता समस्याले ग्रस्त थियो । एलाण्डेले आफ्नो कार्यकालको शुरूवात आर्थिक सुधार अभियानबाट गरे । फलस्वरूप प्रथम वर्षमै आर्थिक वृद्धदर ८.६ प्रतिशत पुग्यो,मुद्रास्फिति ३४ बाट २२ प्रतिशतमा झर्यो । औद्योगिक उत्पादन १२ प्रतिशतले बढ्यो ।
अर्थतन्त्रको यो सामान्य सुधारसँगै उनले राज्यका अँगहरूमा राजनीतिक सिकञ्जा कस्दै लग्न थाले । १९७१ मा चिली भ्रमणमा आएका क्यूबाका कम्यूनिष्ट राष्ट्रपति फिडेल क्यास्ट्रोले चिलियन अग्रसरता क्यूबन समाजबाद हुँदै अन्ततः सोवियत साम्यबादमा परिणत हुने उद्घोष गरे । यहिँबाट बिख्यात चिलियन सैन्यबिद्रोहको गर्भधारण भयो । सरकारको एकपक्षीय आर्थिक सुधार कार्यक्रमबाट असन्तुष्ट बनेका सम्पन्न वर्ग र गैरमार्क्सवादी दलहरूको दवाव बढ्न थाल्यो । सरकारले लागू गरेको नयाँ मौद्रिक नीतिका कारण १९७१ मा सुधार देखिएको मुद्रास्फिति दर १९७२ मा एक्कासि बढेर १४० प्रतिशत पुग्यो । यसको जिम्मेवार कालोबजारी भएको ठहर गर्दै आधारभूत वस्तुहरूको उत्पादन र वितरण प्रणालीमा सरकारको नियन्त्रण कायम गरियो । यसले गर्दा चिलियन समाज अभूतपुर्व द्वन्द्वमा फस्न पुग्यो । ट्रक मालिकहरूको ट्रेड यूनियनले राष्ट्रब्यापी अनिश्चितकालिन हड्ताल शुरू गर्यो । त्यसमा साना व्यवसायी,पेशागत सँगठनहरू र विद्यार्थीहरू सामेल भए । यो ३४ दिन चलेको आन्दोलनले सेनाप्रमुख कार्लोस प्राटसलाइ गृहमन्त्री बनाएर विश्राम लियो । एलाण्डेको सहयोगी दल कृश्चियन डेमोक्र्याट गठबन्धनबाट अलग्गिएर विपक्षी न्याशनल पार्टीमा विलय भयो ।  यसै मेसोमा कलोनेल रोबर्टोले असफल सैन्य बिद्रोह गरे । खानी मजदूरहरूले आम हडताल आह्वान गरे । चौतर्फी घेरबन्दीमा परेको एलाण्डे सरकारले सँविधान र कानूनको खुलेअाम धज्जी उडाउन थाल्यो ।  सर्वोच्च अदालतले विधिको सम्मान गर्न सरकारलाइ सार्वजनिक रूपमै अपील गर्यो । व्यवस्थापिकाले सरकारद्वारा अधिनायकवाद शूरू गरिएको भन्दै सँवैधानिक सर्वोच्चता बचाउन सेनालाइ अाग्रह गर्यो ।


यति हुँदा पनि जनताको दुहाइ दिँदै एलाण्डे सरकार सत्ता कब्जाको अभियानमा अग्रसर हुन थालेपछी सर्वोच्च अदालतले सर्वसम्मतिले एउटा प्रस्ताव पारित गरि सरकारले अदालतको आदेशको बर्खिलाप गरि कानूनी आधार गुमाइसकेको र विधिको सर्वोच्चताको सम्मान नगरेको घोषणा गर्यो । त्यसै गरि व्यवस्थापिकाले ४७ का विरूद्ध ८१ मतले एक प्रस्ताव पारित गरि सरकारमाथी विधायीकाको बेवास्ता गरेर अध्यादेशबाट शाशन सञ्चालन गरेको,आफ्ना भार्तृ संगठनका कार्यकर्ताहरू विरूद्ध अदालतले गरेको फैसला कार्यान्वयन नगरेको,अदालतको घोषणा र निर्णयहरूको सम्मान नगरेको,सञ्चार माध्यमहरूमा हस्तक्षप गरेको,आफ्ना समर्थकलाइ हतियारले सुसज्जीत गरेको र अरूलाइ बन्देज लगाएको, गैरकानूनी रूपमा कब्जा गरिएका सम्पत्ति,घरजग्गा र कलकारखानाहरूलाइ मान्यता दिएको आदि आरोप लगाउँदै संवैधानिक सर्वोच्चता,कानूनी राजको सुनिश्चितता र आधारभूत लोकतान्त्रीक मूल्य-मान्यताहरूको सँरक्षणको लागि तुरून्तै हस्तक्षप गर्न सेनालाइ अनुरोध गर्यो । त्यसै गरि पारित प्रस्तावमा एलाण्डे सरकार स्पष्ट रूपले सत्ता कब्जा गर्ने र सधैँको लागि अधिनायकवाद लागू गर्ने योजनामा रहेको घोषणा गरियो र सेनासँग मुठभेड गर्ने उद्देश्यले विकास गरिएका सरकार संरक्षित प्यारामिलिटरी र सशस्त्र समुहहरूको आलोचना गर्दै तुरून्तै तिनीहरूको विघटनको माग गरियो ।


तर पनि उनले हार मानेनन । बरू चेम्बर अफ डेपुटीज (व्यवस्थापिका) को घोषणालाइ दुइतिहाइ मत प्राप्त नभएको भनि खारेज गरिदिए । उनले यस घोषणालाइ जननिर्वचित सरकार र जनअकांक्षाका विरूद्ध विस्तारवादी शक्तिहरू र  सिमित वर्गको स्वार्थको लागि नागरिक सर्वोच्चताको विरूद्ध सैन्य सर्वोच्चता स्थापना गर्ने प्रयासको रूपमा ब्याख्या गरे । प्रतिकृयामा उनले आफूले संविधानको सम्मान गरेको,सैन्य कू मा सामेल हुनेहरूलाइ क्षमादान दिएको र मुलुकको शान्ती सुरक्षा सुदृढ होस भनेर सेनाप्रमूखलाइ गृह र रक्षा मन्त्री नियुक्त गरेको स्मरण गराए । उनले संसदले यो प्रस्ताव पास गरेर लोकप्रिय जनमतको अपमान र कार्यपालिकाको अधिकारक्षत्रमा हस्तक्षप गरेको आरोप लगाए । सेना र प्रहरीमा बिभाजन ल्याएर भए पनि अगाडी बढ्ने एलाण्डेको प्रयासलाइ सेना र प्रहरीले अवज्ञा गरे। चिलियन प्रजातन्त्र कसैको बपौति नभएको भन्दै यसको रक्षाको लागि तयार रहन उनले किसान,मजदूर,सबै प्रजातन्त्रवादी र देशभक्तहरूलाइ आह्वान गरे ।


 तर उनले जति जनमतको दुहाइ दिए पनि राजधानी साण्टीएगो तथा देशका अन्य भागहरूमा दृष्य भिन्न थियो । सरकार,मन्त्रीहरू र उनको दलका कार्यकर्ताहरू तिरस्कृत र हाँस्यपात्र बनिसकेका थिए । देशभरीनै लगातार रूपमा प्रदर्शनहरू भैरहेका थिए । यसैक्रममा रक्षामन्त्री जनरल कार्लोसले साण्टीयागोको सडकमा अाफूलाइ गिज्याउने एकजना महिलामाथि गोली चलाएपछी सर्वसाधारणको लछारपछारमा परेर मारिनै थालेको बेला एकजना ट्याक्सी चालकले भगाएर ज्यान बचाइदिएको घटनाले चिलीयन राजनीतिको दिशानै बदलीदियो । यो अपमान र तिरस्कार सहन नसकेपछि उनले सरकारबाट राजीनामानै दिए । एकजना निहत्था महिलामाथी गोली हान्ने बहादुरी गरेको भनेर समकक्षीहरूबीच ठट्टा र कटाक्ष हुनथालेपछि उनले सेनाप्रमूखबाट पनि राजीनामा दिए । सरकारलाइ निरँकुश हुनबाट रोक्ने म्याण्डेटका साथ जनअान्दोलनबाट सरकारमा घुसाइएका उनले आफ्ना पुर्ववर्ति रक्षामन्त्री रेने स्नाइडरको "सरकारमा सेनाको अहस्तक्षपको सिद्धान्त "Schneider Doctrine"मानै अडान राखेपछि उनि असाध्यै अलोकप्रिय बनेका थिए । उनको राजीनामाले सरकारको सेनामाथिको नियन्त्रण विधिवत रूपमा समाप्त गरिदियो भने जनरल अगस्तो पिनोचे सेनापति भए । उनले  "Schneider Doctrine"लाइ "National Security" मा परिवर्तन गरे । यहि नै चिलीयन सैन्य विद्रोहको सिलान्यास थियो ।
११ सेप्टेम्बर १९७३ को एकाबिहानै चिलियन जलसेनाले सामरिक उच्च महत्वको भाल्पारिजो पोर्ट, रेडियो स्टेशन र टेलिभिजन कब्जा गर्यो । यो खबर पाउनासाथ राष्ट्रपति एलाण्डे आफ्नो दलका लडाकू जत्था (Group of  Personal Friends) लिएर राष्ट्रपति भवन ला मोनेडा हानिए । एक घण्टा भित्रै स्थल सेनाले महत्वपूर्ण स्थानहरू कब्जा गरिसकेको थियो भने बाँकी ठाउँमा हवाइसेनाले बमवर्षा गरिरहेको थियो । रक्षामन्त्री लेटलर यस बिद्रोहको प्रथम शिकार बने । उनलाइ रक्षामन्त्रालय पुग्नासाथ पक्राउ गरियो । को-को बिद्रोहमा सामेल छन र क-कसले सरकारको पक्षमा प्रतिकार गरिरहेको छ भन्ने थाहै नपाउँदै राष्ट्रपति एलाण्डे बन्दी बनाइए । बिहान सात बजे शुरू भएको सैन्य कारवाही नौ बजे सफलतापूर्वक सम्पन्न भयो । मध्यान्न बाह्र बजे निर्वाचित राष्ट्रपति होजे साल्भाडोर एलाण्डेको अात्महत्यासँगै चिलि पुर्णरूपमा सैन्य नियन्त्रणमा पुगेको घोषणा गरियो । उनले हरेक बक्तब्यमा उल्लेख गर्न नविर्सने जनता उनको प्रतिरक्षामा कतै देखिएन बरू सैन्य कूको सहायकनै बनेको देखियो । यसरि एकदलीय अधिनायकवादको बिकल्प सैन्यवाद हुन पुग्यो ।


२-भेनेजुएला,असफल कू र ह्युगो चावेज
४ फरवरी १९९२ का दिन सैन्य बिद्रोह ( by MBR-200 coup)मा असफल भएपछि आत्मसमर्पण गरेका लेफ्टिनेण्ट कर्णेल ह्यूगो राफयल चावेजलाइ कू मा सँलग्न अन्य कमरेडहरूलाइ पनि त्यसै गर्न अनुरोध गराउन राष्ट्रीय टेलिभिजन सामू उपस्थित गराइए पछि उनले भनेका थिए-"पोर अहोरा" ! अर्थात अहिलेलाइ असफल । राष्ट्रब्यापी रूपमा प्रशारित उनको सारगर्भित अभिब्यक्तिले सरकारको असक्षमताबाट वाक्क भएका अधिकाँश गरीव भेनेजुएलीहरूको मन छोयो । उनि जेल हालिए तर उनको चर्चा भेनेजुएलाको सिमा नाघेर विश्वब्यापी बन्यो । दुइ वर्षे कारागार बसाइलाइ उनले आफ्नो राजनैतिक मेनुफेस्टेशनको लागि सदुपयोग गरे । नवनिर्वाचित राष्ट्रपति राफायल कल्डेराबाट सन १९९४ मा क्षमादान पाएपछि उनले MBR-200(Revolutionary Bolivarian Movement 200) लाइ फिफ्थ रिपब्लिकन मुभमेण्ट (MVR—Movimiento Quinta República) को रूपमा पुनरगठन गरे । लगत्तै उनि बोलिभेरियनवाद (भेनेजुएलाका प्रख्यात मार्क्सवादी विद्वान साइमन बोलिभरको दर्शनमा आधारित भेनेजुएलेन विशिष्ठता सहितको समाजबाद) को एजेण्डा तयार गरेर १९९८ मा हुने राष्ट्रपतीय निर्वाचनको तयारीमा लागे । चावेज र उनका समर्थकहरूले आमूल परिवर्तनको नारा दिए। यसको लागि विद्यमान सँविधान खारेज गरि अग्रगामी सँविधान निर्माण गर्ने कार्यक्रम तय गरियो । यसले गरिखाने वर्गमा अभूतपुर्व उत्साहको सञ्चार गर्यो । जनमत सर्वेक्षणले १९९८ को मे महिनामा चावेजको पक्षमा ३० प्रतिशत मत देखायो । त्यसको दुइमहिना पछि ३९ प्रतिशत र डिसेम्बर १९९८ मा भएको राष्ट्रपतिय चुनावमा त ५६ प्रतिशत मत ल्याएर उनि विजयी भए ।


कार्लमार्क्स,लेनिन र ट्राटस्कीबाट प्रेरित तथा ल्याटिन अमेरिकन मार्क्सवादी हस्तिहरू साइमन बोलिभर, फेड्रिको ब्रिटो फिगेरो,जोर्गे ग्रेटा,सालभाडोर एलाण्डे,चे ग्वेभारा,फिडेल क्यास्ट्रो,एजक्वेल जामोरा,साइमन रोड्रिगेज,जाँ वालेसा अादिको शिक्षा-दीक्षा र सरसँगतबाट प्रभावित चावेजको समाजबाद (बोलिभेरियनबाद) नोम चोम्स्कीका कृति र बाइबलमा उल्लेखित जिसस क्राइस्टका उपदेशहरूको सारसँक्षप भएको उनको दावी छ । उनको नजरमा जीसस प्रथम समाजवादी हुन । उनका समर्थकहरूले बोलिभेरियनबादलाइ चावेजबाद भन्न रूचाउँछन ।
वाचा गरे अनुसार वर्षदिनभित्रै नयाँ साविधानको लागि जनमत सँग्रह,सँविधानसभाको गठन,नयाँ सँविधान निर्माण र अर्को जनमत सँग्रहद्वारा त्यसको अनुमोदन गरियो । जसले राष्ट्रपतिलाइ असिमित अधिकार प्रदान गर्यो । राष्ट्रपतिय कार्यकाल पाँचबाट छ वर्ष र दुइ कार्यकाल कायम गरियो भने राष्ट्रपतिको प्रत्याव्हानको प्रावधान समेत राखियो । देशको नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला राखियो । नयाँ सँविधान अनुसार सन २००० मा चावेज पुनः राष्ट्रपति निर्वचित भए ।


यसरी आफु अनुकुलको सँविधान लागू गर्न सफल भएपछि राज्यका सबै अँगमा कडा नियन्त्रण शुरू भयो । अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको पेट्रोलियम उद्योग राष्ट्रीयकरण गरियो । सन २००२ र २००३ बीचको एकै वर्षमा ४५,००० मध्य १९,००० व्यवस्थापक र उच्च दक्ष प्राविधिकहरू पजनीमा परे ।  भेनेजुएलाभरि लाखौँ साना उद्यमीहरू आफ्नो व्यवसाय बन्द गर्न बाध्य भए । विपक्षीहरूमाथि बेपत्ता दमनचक्र शुरू भयो । सञ्चारमाध्यमहरूमा चर्को सेन्सरसीप थोपरियो । फलतः ९ अप्रिल २००२ का दिन दुइदिन सम्म देशै ठप्प पार्ने गरि देशको सबैभन्दा ठूलो ट्रेड यूनियन हड्तालमा उत्रियो । साथमा हवाइ सेना र न्याशनल रिजर्भका जनरलहरूले साँकेतिक विद्रोह गरे जसलाइ तुरून्तै नियन्त्रणमा लीइयो । यसको दुइ दिनपछि २ लाख सम्मिलित जनप्रदर्शनमाथि भएको चावेज समर्थक भीजलान्तेहरूको सशस्त्र आक्रमणमा २० जना प्रदर्शनकारी मारिए भने सयौँ घाइते भए । त्यसै साँझ राष्ट्रपति चावेज र दर्जनौँ मन्त्रीहरूलाइ राष्ट्रपति भवनमा सेनाले घेरा हाल्यो । सेनाले उनलाइ २० जनाको हत्याको मुद्दा खेप्ने वा देश छोड्ने मध्य एक बिकल्प रोज्न भन्यो । चावेजले सपरिवार क्युबा पलायन हुने इच्छा ब्यक्त गरे । सेनाले यसको ग्यारेण्टी लियो । त्यसपछि उनलाइ अज्ञात स्थलतिर लगियो । पेड्रो कार्मोना अन्तरिम राष्ट्रपति घोषित भए । उनले व्यवस्थापिका,सर्वोच्च अदालत तथा अन्य सँवैधानिक अँगहरू भँग गरे । तर कार्मोनाको नियुक्तिले उल्टो असर गर्यो । उनको समर्थन सैन्य पँक्तिमा मात्र सिमित रहेको, राजनैतिक पृष्ठभूमी नभएको र प्रयाप्त जनसमर्थन् नरहेको कारणले गर्दा सर्वत्र असन्तुष्टीको लहर पैदा भयो । फलस्वरूप लाखोँ मानिसहरू चावेजको समर्थन गर्दै राष्ट्रपति भवनमा जम्मा भए,मेट्रोपोलिटन प्रहरी मुकदर्शक बन्यो । चावेज समर्थक सुरक्षाकर्मी र जनसमुदाय मिलेर राष्ट्रपति भवन कब्जामा लिए । यसरी जनताको बलमा सैन्य कू असफल भै चावेजको पुनरागमन भयो ।


त्यसपछि भेनेजुएलामा चावेजवाद र उनको सत्ता निस्कँटक अगाडी बढीरहेको छ । भेनेजुएली राज्यसत्ता पूर्णतया चावेजको नियन्त्रणमा रहेको छ । २००३ पछि उनले समाजबाद लागू गर्ने क्रममा आफुखुशी निर्णय गर्दै आइरहेका छन । विधायिकाले यो अधिकार राष्ट्रपतिलाइ प्रदान गरेको छ । २००५ मा सम्पन्न विधायिकाको निर्वाचन प्रतिपक्षीले बहिस्कार गरेपछि पुरै १६७ विधायक उनकै दलका रहेकाछन । २००६ को राष्ट्रपति चुनाव उनले करिव दुइतिहाइ मतले जीते । राष्ट्रपतिय कार्यकालको समयसीमा हटाउने उनको प्रयास २००७ डिसेम्बरको जनमत सँग्रहमा अस्विकृत भए पनि २००९ को मार्चमा फेरी अर्को जनमत सँग्रह प्रायोजन गरि पारित गराइ छाडीएको छ । यसबाट चावेजको आजीवन राष्ट्रपति हुने बाटो खुलेको छ । यी दुबै जनमत सँग्रह पनि प्रतिपक्षले बहिस्कार गरेको थियो ।
यस दौरान ब्यापक रूपमा मानवाधिकारको उलङ्घन गरिएको छ । गएका पाँच वर्षमा ६००० बढी गैरन्यायीक हत्या भएका छन । अक्टोबर २००६ देखी सेप्टेम्बर २००७ सम्मको १ वर्षमा १६५ जना विपक्षी राजनैतिक कार्यकर्ताको सुरक्षाकर्मीद्वारा दिनदहाडै हत्या गरिएको छ । सोहि अवधिमा ६९२ वटा वेपत्ता, अँगभँग र चरम यातना सम्बन्धी रिपोर्ट सार्वजनिक भएका छन । कुटपिट,गालीबेइज्जति र धाक-धम्कीका प्रकरणहरू त गनिसाध्य नै छैन । विपक्षी नेता (माराकाइबो नगरका मेयर तथा २००६ को राष्ट्रपति चुनावमा चावेजका निकटतम प्रतिद्वन्द्वी ) मेनुयल रोसल्सले हालसालै पेरूमा राजनैतिक शरण लिएका छन भने अर्का विपक्षी नेता (कराकस नगरका नवनिर्वाचित मेयर) एण्टोनियो लेडेज्मालाइ सुरक्षाकर्मी लगाएर कार्यालय प्रवेश गर्नबाट रोकिएको छ । २००२ को कू को समर्थन गरेको आरोपमा स्वतन्त्र मिडियाहरूको जिब्रो थुतिएको छ । आधारभूत वस्तुहरूको उत्पादन र वितरण,पेट्रोलीयम उत्पाद र पूर्वाधार सेक्टरमा सरकारले जुनसुकै बेला हस्तक्षप गर्नसक्ने बनाइएको छ भने बैँकहरू राष्ट्रीयकरण गरिएका छन । राष्ट्रपति चावेजले समाजवाद स्थापनाको दिशामा अझ बढी क्रान्तिकारी कदमहरू चालिने वचन दिएका छन । यसरी भेनेजुएलामा निर्वाचनको माध्यमबाटै अधिनायकबाद लागू भएको छ ।


चिलीको विगत र भेनेजुएलाको वर्तमानको संक्षिप्त अध्ययनपछि नेपालको आगतको अनुमान गर्न सहज हुनेछ ।


३-नेपाल कुन बाटोमा
नेपालको वर्तमान राजनीतिक परिवेशले भेनेजुएलाको झ-झल्को दिइरहेको छ भने माओवादी,सेना र दलहरूबीचको द्वन्द्वले एलाण्डेकालीन चिलीको स्मरण गराउँछ । राजनीतिको दिशा र रफ्तार यहि रूपमा जारी रहने हो भने दलहरूसँग चिलीको मार्ग अवलम्बन गर्नुको बिकल्प रहनेछैन ।  दलहरू यहि स्तरमा कमजोर हुँदै जाने र नेपाली सेनाले तटस्थता (Schneider Doctrine) अपनाउने हो भने माओवादीले चावेजपथ अनुसरण गर्ने पक्का छ । नेपाल लोकतान्त्रीक मार्गबाट विचलित भैसकेको छ । नेपालको चलायमान शक्ति सन्तुलन, बदलिँदो सामाजीक चरित्र र विद्यमान मानसिक बेचैनिको सुक्ष्म अध्ययन गर्दा उपरोक्त दुइ बिकल्प तुलनात्मक रूपमा कम हानिकारक र सँभाब्य विकल्पका रूपमा देखा पर्दछन । चर्चामा आए अनुसारको बँगलादेश शैलिको शफ्ट कू मामाओवादीले संभव हुन दिनेछैन । म्याडागास्कर,गिनी,उत्तर कोरिया र  खमेरकालिन क्याम्बोडियाका बिकल्पहरू पनि हामीसँग उपलव्ध त छन तर ती ज्यादै विवादास्पद र खतरनाक बिकल्पहरू हुन । यी जुनसुकै अवस्थामा अन्ततः नेपाली सेना र माओवादी बीच निर्णायक मुठभेड (Decisive Encounter) वा पारस्परिक अन्तरघुलन  (Reciprocal Adaptation) अपरिहार्य हुन्छ । माओवादीले सेनालाइ साइजमा राख्न सक्यो र एमाले लगायतका सहयोगी दलहरूको गठबन्धन बचाउन सक्यो भने नेपाल भेनेजुएलाको मार्गमा अघि बढ्नसक्ने छ भने सेनाको वर्तमान रूझान कायम रहेको अवस्थामा एमाले-काँग्रेस र अन्य दलहरू एक हुने बित्तिकै मुलुक चिलीको बाटो लाग्न सक्छ । अहिलेको अवस्थामा माओवादी बाहेकको नागरिक प्रशाशन असँभवप्राय छ । भेनेजुएलामा ह्युगो चावेज र उनको पाँचोँ रिपब्लिकन मोभमेण्टको भन्दा नेपालमा माओवादी र प्रचण्डको अवस्था सुदृढ छ । चावेज निःशस्त्र जनसमर्थनको भरमा स्थापित र पुनरस्थापित भएका हुन भने प्रचण्डसँग लोकप्रिय जनसमर्थनसँगै पार्टीका हजारौँ मिलिसिया लगायत प्रशिक्षण प्राप्त जनसेना समेत सुरक्षीत छ । चावेजले उच्च सैन्यसेवामा रहेर आधारभूमी तयार पारे भने प्रचण्ड चिनिया शैलीको दीर्घकालीन सशस्त्र संघर्षमार्फत आधारभूत तहबाट स्थापित भए । यसर्थ फिफ्थ मोभमेण्ट भन्दा माओवादीका जराहरू दह्रो गरि गाडिएका छन । यसखाले नरम वाम कू को बर्खिलाप गर्न अन्तरराष्ट्रीय जगतलाइ पनि कठिन हुने कुराको प्रमाण हो भेनेजुएला ।



निष्कर्षमा दलहरूले चाहेअनुसार माओवादी रूपान्तरण हुने वा जनताबाट टाढिने गुञ्जायस कम भएकोले दलहरूसँग सेनाको मूख ताक्नुको अर्को बिकल्प फिलहाल देखिँदैन । काँग्रेस-एमाले सँग लोकतन्त्रलाइ सफल निकास दिने क्षमता नभए पनि राजनीतिको दीशा बदल्न सक्ने शक्ति विद्यमान छ । त्यो भनेको चिली वा बङ्गलामार्ग नै हो । माअोबादीको परम्परावादी सैद्धान्तिक अडान कायम रहेसम्म लोकतान्त्रीक निकासको सँभावना ज्यादै न्यून छ । यस्तो अवस्थामा ठक्कर खाने दलहरूनै हुन, हार हुने लोकतन्त्रकै हो । माओवादीको आक्रामक नीति,लडाकू र हतियारले जनअनुमोदन प्राप्त गरेर प्रमूख दलहरू जनताबाट तिरस्कृत हुनुनै लोकतन्त्रको पराजय र सैन्यवादको विजय हो । जनताको यस्तै समर्थनबाट हिटलरको उदय भएको हो । जनसमर्थनबाटै साल्भाडोर एलाण्डेको पदार्पण भएको हो भने लोकप्रिय जनमत नभएको भए पिनोचेले दुस्साहस गर्न सक्ने थिएनन न त ह्यूगो चावेजको वापसी नै सम्भव थियो । अब नेपालमा लोकतन्त्र रहने वा एकतन्त्र कायम गर्ने भन्ने कुरा माओवादी र नेपाली सेनाको हातमा पुगेको छ । नेपाली जनता, लोकतन्त्र र लोकतान्त्रिक दलहरू उनिहरूको निगाहभागी बन्दै गएका छन । यस्तो अवस्थामा पनि हाम्रो लोकतन्त्र र हाम्रा पार्टीहरू सकुशल उम्कन सफल भए भने हाम्रा नेताहरू यथार्थमै प्रशँशायोग्य भनेर मान्नुपर्ने हुन्छ ।  

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies