माधव नेपालका चुनौती

प्रतिज्ञा अधिकारी
 

प्रधानसेनापति प्रकरणका कारण नेकपा -माओवादी) को नेतृत्वको सरकारले राजिनामा दिएपछि नेकपा -एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएको छ । यो सरकारले प्राथामिकता दिनु पर्ने विषयहरु र चुनौतिका सन्दर्भमा यतिवेला चर्चा परिचर्चा भैरहेको छन । सरकारका सामु चुनौतिका पहाड नै छन् । ती चुनौतिलाई सरकारले अवसरको रुपमा लिई एकपछि अर्को रुपमा समाधान गर्दै जानुको विकल्प छैन ।


चुनौतिलाई अवसरमा बदल्न नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ, समूहगत स्वार्थ र पार्टीगत स्वार्थलाई तिलान्जली दिनु पर्दछ । के नेपाली जनताले यस्तो अवस्थाको कल्पना गर्न सक्लान ? किनभने संविधान निर्माणको विषय कुनै पनि पार्टीको निजी विषय हैन् । जनताको दिगो शान्ति स्थापनाको चाहना पनि सबैको साझा विषय हो । द्वन्दको पक्षमा र शान्तिको विरुद्धमा जान कुनै पनि पार्टीलाई अनुमति जनताले दिने छैनन् । केन्द्रीकृत राज्य संरचनाको पक्षमा र राज्यको पुनर्सरचनाको विरुद्धमा पार्टीहरु खडा हुन सक्दैनन् । समावेशी लोकतन्त्रको कार्यान्यवनबाट पार्टीहरु भाग्न सक्दैनन् । त्यसैगरी आर्थिक समाजिक रुपान्तरणको कार्यक्रम सबैको साझा विषय हो । यतिमात्र हैन गठबन्धनकारी पार्टीहरु र तिनका नेताहरुले बुझ्नु पर्दछ कि मुलुक र नेपाली जनताको मुख्य दुश्मन भनेका गरिवी, भोकमरी, वेरोजगारी, असुरक्षा, अशान्ति हुन र यी विषय अमुक पार्टीका लागि शत्रु र अर्को कुनैकालागि मित्र हुन सक्दैनन् । त्यसैले सबै पार्टीहरुले यी विषयलाई साझा मुद्धाका रुपमा लिई समाधान खोज्नु पर्दछ । सबै एक ठाउँ र एकमतोमा पुग्नुको विकल्प छैन । मुलुकका सामू आगामी केहीसमयसम्म हरहालतमा सम्पन्न गर्नु पर्ने साझा विषयहरु हुन यी । बुझ्नु नबुझ्नु पार्टी र तिनका नेताको हो ।


लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ । जनतामा निराशा पलाई सकेको छ । यदी जनता निराश भएभने त्यो भन्दा दुखदायी विषय अरु हुने छैन । जनतालाई आशावादी गर्न गराउन भने अहिलसम्मका सरकारहरु सक्षम भएनन् । जतिसुकै ठुला गफ गरेपनि, चर्का नारा लगाएपनि, महत्वकााक्षी योजना प्रस्तुत गरेपनि नेकपा -माओवादी) नेतृत्वको सरकारले पनि जनतालाई आशावादी बनाउन सफल भएन । त्यसैले यतिवेला सरकार संचालक हुन वा विपक्ष सबैको ध्यान जनतालाई निराश हुनबाट रोक्नु हो वा उनीहरुलाई आशावादी वनाउनु हो । यसो भन्नुको अर्थ जनतालाई उत्साह भर्ने काम गर्नु हो । सबै कुरा हुन, जनता निराश नहुन भन्ने कुरातर्फ सबै जिम्मेवारले सोच्नु पर्दछ । जनता त्यतिवेला उत्साहि हुन्छन् जतिवेला राज्यले उनीहरुका विषयमा बोल्छ, उनीहरुले भनेअनुसार चल्छ र उनीहरुको कुरो सुन्छ । त्यस्तो अवस्थामा जनताले ठान्ने छन् कि उनीहरुका साथमा राज्य छ, सरकार छ । के यस्तो अवस्था नयाा गठबन्धन सरकारले र पार्टीहरुले ल्याउन सक्लान ? के यस्तो अवस्था सिर्जना गर्न नेता सफल होलान ? सक्नु पर्दछ, यसको पनि विकल्प छैन ।


नवगठित सरकारका सामु अर्को महत्वपूर्ण चुनौति भनेको जनआन्दोलनको भावना अनुसार आर्थिक समाजिक रुपान्तराण गर्नु हो । मुलुकमा क्रियाशिल अधिकाँश पार्टीहरु, तिनका नेता कार्यकर्ता र नागरिक समाजले भन्दै आएको तर नगरिएको यो विषय लागू गर्न गराउन सरकारले ढिलाई गर्नु हुँदैन । आर्थिक सामाजिक रुपान्तरणप्रतिको बुझाईमा पनि एकरुपता छैन । कसैका लागि यो पूँजी प्रवाह गरी विकास गर्नुको अर्थमा छ भने अरु कतिका लागि व्यापक लगानी बढाउनु र अन्यका लागि केही सुधारका कार्यक्रम लागू गर्नुमा । यथार्यमा आर्थिक सामाजिक रुपान्तरणले अर्थतन्त्रको संरचनागत सुधार, परिवर्तन र विकासको अपेक्षा गरेको हुन्छ । साधन स्रोतको प्रचुर उपयोग गरी समाजमा समानता स्थापीत गर्नु गराउनु हुन्छ । प्राकृतिक स्रोतमा जनताको पहुँच, अधिकार र नियन्त्रण कायम गर्नु गराउनु हुन्छ । यथार्थमा अर्थतन्त्रलाई पुनगर्ठन गरी उत्पादन बृद्धि, उत्पादकत्व बृद्धि गरी औद्योगिकीकरण भएको समृद्ध नेपाल निर्माण गर्नु हुन्छ । सामन्ती उत्पादन सम्वन्धलाई तोडि नयाँ प्रगतिशिल उत्पादन सम्वन्ध कायम गर्नु हुन्छ । सिमित साधनस्रोत भएको हाम्रो जस्तो मुलुकका लागि यो विषयले ज्यादै महत्व राख्छ । वास्तवमा प्राप्त भएको लोकतन्त्र र गणतन्त्रलाई टिकाउन र जनताको तहमा उपभोग गर्ने अवस्था सिर्जना गर्ने माध्यम भनेको आर्थिक क्रान्ति नै हो । यो क्रान्ति सम्पन्न गर्न जसरी जनता राजनीतिक क्रान्तिका लागि परिचालित भएका थिए त्यसरी नै लाग्नु पर्दछ । तर राज्यले यस सम्वन्धमा लिने नीति भनेको जनपक्षिय नै हुनुको विकल्प छैन । अर्थात जनतालाई केन्द्रविन्दु बनाएर बनाउने नीति । यसका लागि जनता स्वयम योजना छनौट र कार्यान्वयनमा प्रत्यक्ष सहभागि भएका हुन्छन् । यो कार्यक्रममा जनताको व्यापक सहभागिताको जरुरी छ ।


 नागरिक समाज र गैहृसरकारी संघसंस्थाहरुको महत्वपूर्ण भूमीका रहन्छ । तर हाम्रा योजनाकार र अर्थविदहरुले के कुरा बुझेका छन् भने बजेट भएपछिमात्र काम हुन्छ । विकासको यो अवधारणा पूर्णतया गलत छ । विकास हुन र ल्याउन त एउटा अठोट र प्रतिवद्धता चाहिन्छ । जसरी राजनीतिक क्रान्ति गर्न एउटा अठोट र लहर आयो र त्यसमा जनता स्वयम सहभागि भएर निष्कर्षमा पुर्याइयो त्यसरी नै जनतालाई विकास निर्माण, सुधार र परिवर्तनमा कसरी सहभागी बनाउने र उनीहरुलाई परिचालित गर्ने नीति लिनु पर्दछ । यी सबै कुरा गर्नुको तात्पर्य एउटै हो कि जनतालाई शिरमा राखेर नीति बनउनु, कार्यक्रम ल्याउनु र योजना बनाउनु । उनलाई नै सहभागी बनाई पूरा गर्न दिनु । अर्थात जनतालाई योजना छनौट, नीति निर्माण र निर्णय प्रक्रियामा पुर्याउन सकियो भनेमात्र विकास सम्भव छ । यो अवस्था आएमा मात्र जनताले लोकतन्त्रको अनुभुति गर्छ । राज्यका चालकहरु आफै मालिक जसरी जनताको विकास गरिदिने, बजेट छुट्टयाई दिने, नीति बनाई दिने, कार्यक्रम बनाई दिने, खटाईखटाई यो गरिदिने त्यो गरिदिने भन्छन भने त्यो उनीहरुको भूल हुनेछ । जनता यी सबै कुरा आफै गर्न चाहन्छ । आजको लोकतन्त्रको मूल्य यही हो । लोकतन्त्रलाई बलियो पार्न जनताले चाहेको काम गर्न उनीहरुलाई नै दिने वातावरण निर्माण गर्नु यतिवेलाको सवर्था चुनौतिपूर्ण विषय हो । त्यसैले अबको सरकारले भोको जनतालाई एक पेट खाने स्थिति निर्माण गर्न पहल लियोस, नाङ्गो आङ भएको नागरिकले आफ्नो आङ ढाक्न सक्ने वातावरण पाओस, ओखति मुलो नपाई मदौरु परेको नागरिकले अकालमा प्राण त्यग्नु नपरोस, शिक्षाबाट बालवालिकाका बञ्चित हुन नपरोस । यी र यस्तै अनेक विषयहरुसंग जनताको प्रत्यक्ष सरोकार छ । राज्य यी विषयमा प्रवेश गरे जनतालाई चासो रहला अन्यथा प्रधान सेनापति प्रकरण वा यस्तै अनेक घटना परिघटनासंग जनताको त्यति ठुलो सरोकार हुँदैन ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies