विक्रम संवतको इतिहास

दीर्घराज प्रसाई
काठमाडौं 

हिमवत्खण्ड नेपाल विश्वको नैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हपुत्र,पश्चिममा हिन्दुकुश,उत्तरमा कैलास-मानसरोवर-हिमालय र दक्षिणमा गंगासम्मको भूभाग हिमवत्खण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा भनेका छन्- 'भारतखण्डे उत्तरायणे, हिमालय तटे, हिमवत्खण्डे, स्वर्णभूमि स्वर्गभूमि ।' यही पूण्यभूमि- हिमवत्खण्ड नेपालमा जेठो संवत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना शुरुहुन्छ । 'अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।" अर्थात्  सूर्यवंशी लिच्छवि राजाको प्रभावले किराँत राजालाई जिती लिच्छविवंश शुरुभएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य आदि उपाधिवाट पुकारिने सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् चालु भएको मानिन्छ । लिच्छवि राजाले आफूलाई 'वैशालाधिपति'भनेर पशुपतिनाथको तपस्याले काशीको पनि राजा भई विश्वनाथ बाबाको मन्दिर संस्थापना गरेका केही प्रमाणहरु देवमाला वंशावली तथा हिमवत्खण्ड पुस्तकको १६२ अध्यायमा पाइन्छ ।


वैदिककालदेखि चल्दै आएका महिना,वार,तिथीहरु विक्रम संवत्सँगै अबद्ध हुँदै,हिमवत्खण्डका स-साना राज्यहरु सेनवंशी, बाइसी, चोबिसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रम्हपुत्रदेखि  गंगाको आसपास हुँदै उसबेला हिन्दुकुशसम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाणहरु प्राप्तछन् । विक्रम संवत् लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरु तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरु गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सजिलो बनाउनको लागि चन्द्रशम्शेरले धेरै ज्योतिषीहरुको सल्लाह लिएर तीथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् ।


इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिर्वाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ -हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्यवंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । यसबारेमा अनेकौं किम्वदन्ती छन् । विक्रमादित्यले यहाँ राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा र कविताराम श्रेष्ठले अनेकौ वेवसाइट र अन्नपूर्ण पोष्टमा लेख्नु भएको छ ।  लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालमा विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् ।


मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह -२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ ।  भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय'मा उल्लेख गर्नुभएको छ ।
विक्रम संवत् यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५को वसन्तपुर दरबारको अभिलेखमा-'राजा पृथ्वीनाराण शाहको बंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्'भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१०नैं उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले 'राजीवलोचन जोशीका बराज्यू' नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाती वीरमर्दन शाह हुन् । विक्रम संवत् १७९६मा पृथ्वीनारायण शाहसाग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी -पूणिर्मा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी विर्ता वितलप रागिनासमा पाईबस्याका सदानन जोशी हुन् भनेर उसबेलामा विक्रम संवत् चलनचल्तीमा लोकप्रिय भएको कुरा उल्लेख छ ।


तर,कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो,भनेका छन् । इतिहास शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको छ-'जुनसमय ईशापूर्व ५७ बर्षमा यो संवत्को उठान भएको थियो उससमयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।'विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीँ त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहीं मूर्ति पनि बन्थ्यो होला । तर त्यस्तो कतै पाइँदैन । ई.पू.३००भन्दा अगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा कौटिल्य जस्ता विद्वानले चन्द्रगुप्त मौर्यको शासनकालको बारेमा उल्लेख गरेका र चन्द्रगुप्त मौर्यको शासनकालको बिषयमा फाइयान र मेगस्थनीहरु जस्ताले आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका थिए । भने भारतमा सन् ३७६ बर्ष पछाडि गुप्तकालमा राजा चन्द्रगुप्त विक्रमादित्यको विषयमा महाकवि कालीदासले वर्णन गरेका र भारतको गुप्त इतिहासमा अनेकौं उदाहरण पाइन्छ । तर भारतमा विक्रम संवत् प्रारम्भ गर्ने विक्रमादित्य नाम भएका राजाको भरपर्दा तथ्यहरु प्राप्त छैनन् । मगधका राजा चन्द्रगुप्त द्वितीयले उज्जयनी र अयोध्यालाई आफ्नो अधीनमा लिएपछि आफूलाई 'विक्रमादित्य' भनेर ई.सं. ४०० तिर अयोध्यालाई राजधानी बनाएर तामाको प्रचलित सिक्कामा-'विक्रमादित्य' अंकित गराएका थिए । त्यसोभन्दैमा तिनै विक्रमादित्यले नैं विक्रम संवत् चलाएका थिए भन्न सकिदैन ।
नेपाल पहिला अहिलेको भन्दा धेरै ठूलो थियो । चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा-'कामरुप -आसाम) र कर्कपुर -कुमाउ)को वीचको देशलाई नेपाल भनी लेखिएको कुरालाई हेर्दा प्राचीनकालमा नेपाल भन्नाले आजको भन्दा ठूलो र प्रभावशाली थियो भन्ने कुरा बुझिन्छ । नेपालका लिच्छवि राजाहरुसाग मगदका गुप्त राजाहरु अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले आफ्नो मुद्रारमा 'लिच्छवयः' अंकित गरेका थिए । लिच्छवि कन्यासाग वैवाहिक सम्बन्ध कायम गरेपछि आफ्ना मुद्र्रामा 'लिच्छवि दौहित्री' गरेको र गुप्त राजाले लिच्छवि कन्यासाग वैवाहिक सम्बन्ध कायम गरेको कुटुम्वरी अवस्थाले गर्दा नेपालका सूर्यवंशी राजाहरुको प्रभावले चन्द्रगुप्तले आफूलाई पनि 'विक्रमादित्य' उपाधि ग्रहण गरेका थिए । तर, चन्द्रगुप्त द्वितीय बाहेक ईशापूर्व ५७ वर्ष अगाडि भारतमा विक्रमादित्य नाम भएका राजा कुनै पनि राजवंशमा छैनन् ।


विक्रम संवत् १३५ बर्षपछि,ईस्वी संवत् ७८ मा शकवंशलाई समाप्त पारेर कुषाणवंशका राजा कनिष्कको पालादेखि शक संवत् चलेको हो । कर्नाटकवंशी राजा हरिसिंहदेव गयासुद्दिन तुगलकको आक्रमणबाट खेदिएर सिमनारौनगढ -हाल बारा जिल्ला) बाट शक सम्वत् १२४५ अर्थात विक्रम संवत् १३८२ मा भागेर नेपाल आएको बेलादेखि अर्थात् मल्लकालको शुरुदेखि शक संवत् नेपालमा पनि चलनचल्तीमा आएको हो । दैलेखको कीर्तिस्तम्भमा उल्लेखित शक संवत् १२७६ नैं नेपालमा प्राप्त हुनसक्ने शक संवत्को प्रमाण हो । संवत्हरुको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रम सम्वत् ठहर्‍याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन-'मानदेवको सम्वत् ३८६को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका सम्वत् विक्रम संवत् हुन् ।'यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शकसंवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् । लिच्छविकालमा उल्लेखित संवत्हरुलाई शक सम्वत् होइनन् -लिच्छवि संवत्को निर्णय,नयराज पन्त-नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् ।


तर, कतिपय इतिहासकारहरुले पनि चाँगुनारायाणमा उल्लेखित संवत् ३८६,सम्वत ३८९ लगाएतका संवत् ४८९, ५१०, ५२० आदि लिच्छविकालीन संवत्हरुलाई कार्तिकदि शक संवत् पनि भने । तर शक संवत् चैत्र शुक्ल प्रतिपदादेखि मात्र प्रारम्भ हुन्छ ।  शक संवत्को उठान चैत्रशुक्ल प्रतिपदामा मात्र हुनेहुँदा शक संवत्लाई कार्तिकादि भन्न मिल्दैन । शक संवत्लाई भारतले आफ्नो मौलिक संवत् ठान्दछ । मुगल सम्राज्य र त्यसपछि अंगे्रजहरुले उपनिवेष कायम गरिसकेपछि शक संवत्को प्रचलन हराउँदै गएको थियो । भारत स्वतन्त्र भएपछि मुगल सम्राज्यदेखि निष्क्रिय भइसकेको शक संवत्लाई सन् १९५७ देखि जवाहरलाल नेहरुले आफ्नो संवत् भनी शुरु गराए । तर,शक संवत्मा बर्षमा ३५४ दिनमात्र हुनेहुँदा र तीथिबाट मात्र चल्ने भएकाले व्यवहारिक हुन नसकेर अंग्रेजहरुबाट चलाई आएको ईस्वी संवत्नैं वाध्यतावस् चलनमा ल्याइयो ।


नेपालको इतिहासमा लगभग विक्रम संवत् ७८० देखि ९३६ वर्षसम्म नेपालको इतिहास नै छैन । नेपालको इतिहासको त्यो खाली समयलाई कालोयुग भनिन्छ । त्यो डेढ शताब्दीको समयमा नेपालमा मात्र अडमुण्डि नाम गरेका राजाले शासन गरेको कुरा इतिहासमा पाइन्छ । कास्मीरका हिन्दु राजा जयापिडले नेपाललाई आक्रमण गर्दा नेपालका अडमुण्डि नामका राजाले गण्डकी थुनी जयापीडका सेनालाई बगाईदिएका र जयापीडलाई कैद गरेको कुरा मात्र १७५बर्षभित्रको इतिहासमा उल्लेख छ । त्यसबेला लिच्छविवंशलाई कुनै राजवंश वा भोटले हडपेको र तर पछि भोटमा स्रोङचंङगम्बोका सन्तानहरुको बीचमा आपसी झगडा भएर गडबड मच्चिएको मौकामा लिच्छविवंशका राजा राघवदेवले लिच्छविवंशलाई स्वतन्त्र गराई आफू राजा भएका बेलादेखि विक्रम संवत् ९३६ पछि नेपाल संवत्को उठान भएको मानिन्छ ।


नेपाल संवत्को उत्पति बारेमा फ्रान्सेली विद्वान सिल्वान लेभीले नेपाल ईशाको सातौं शताब्दीदेखि नवौं शताब्दीसम्म त्यससमयको वृहत भोटको अधीनमा रहेको र भोटका तत्कालीन राजाको अत्याचारी नीति विरुद्ध त्यहाँका जनताले विद्रोह गरी साम्राज्य कमजोर हुनपुगेको अवस्थामा नेपाल भोट सम्राज्यबाट स्वतन्त्र भएको र त्यसैको संझना स्वरुप इ.सं. ८७९-८८० तिर नेपाल संवत् चलेको भनेका छन् । नेपाल सम्वत्को प्रचलनको सम्बन्धमा प्रो.वेण्डालले फेला पारी संकलन गरेको वंशावली अनुसार लिच्छवीकालको उत्तरार्धका राजाहरुको नामावली सूचिमा राजा राघवदेवको नाम निकै महत्वपूर्णकासाथ उल्लेखगरेको पाइन्छ । यिनै राजा राघवदेवको पालादेखि नेपाल सम्वत्को सुरुभएको हो भन्ने राय इतिहासकार कलिंघमको छ । उनको समय गणनाअनुसार राजा राघवदेवको शासनकाल इ.सं. ८८० तिर पर्दछ नेपाल संवत्को उठान राजा राघवदेवबाटै भएको हो ।


 इतिहास शिरोमणि बाबुराम आचार्यले- 'नेपाल संवत्को उठान राजा राघवदेवको समयमा भएको हो भन्ने निश्चित भएको, स्मारकस्वरुप यिनले नैं 'पशुपतिभट्टारक-संवत्को नामले नयाँ सम्वत्को आरम्भ गराएका हुन्' भनेकाछन् । इतिहासका विद्धान धनवज्र वज्राचार्य,इतिहासविद् वैकुण्ठप्रसाद लाकौल, इतिहासकार दुण्डिराज भण्डारी लगायत धेरै इतिहासकारहरुले प्राचीन परम्पराअनुसार 'राजा राघवदेवले पशुपतिको सम्मानमा नेपाल संवत् चलाएका हुन् भनेका छन् । संभवतः यसैकारण गोपाल वंशावलीमा राजा राघवदेवलाई 'पशुपति भट्टारक सम्वत्सर' भन्ने उपाधि दिएको पाइन्छ । गोपाल वंशावलीमा-'राजा श्री राघवदेव वर्ष ६३ श्री पशुपति भट्टारके संवत्सर प्रवृत्तिःकृताः' उल्लेख छ । नेपाल संवत् र शक संवत्मा बर्षमा ३५४ दिन र तीथिबाट मात्र चल्ने र विक्रम संवत्को बर्षमा ३६५ दिन, गते लगायत तीथि, बारमा आवद्ध रहादै चल्दै आएको र शक संवत् भन्दा १३५ बर्ष र नेपाल संवत् भन्दा ९३६ बर्ष जेठो संवत् भएकाले यसको विशेष एतिहासिक गरिमा छ  ।


 ज्योतिषी पं. सूर्यप्रसाद ढुगेल भन्नुहुन्छ- 'विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँबर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहादा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धियर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्ष पुरा हुन्छ ।' इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्-΄विक्रम संवत्को प्रचलन मध्यकालमा वाइसी-चौबीसी, सेन, मल्ल, शाह राजाहरले विक्रम संवत् चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरमा पनि पूर्व मललकालदेखि नै. अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुक्ष्पिका वाक्यहरुमा विक्र संवत्को प्रयोग हुादैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुँदा धमधामसाथ बिस्केटजात्रा मनाइन्छ । तराईमा थारुहरु वैशाख शररु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउाछन् ।' त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- ΄सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रहनक्षत्र सून्य अवस्थामा रहेको र त्यही सून्यमा विक्रम संवत्को गणनापद्धति शूर हुन्छ । विक्रम संवत विश्वब्रहृमाण्डका ग्रहगति र प्राकृतिसाग सापेक्ष छ । नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।'


संवत्हरुको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रम सम्वत् ठहर्‍याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन-'मानदेवको सम्वत् ३८६को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका सम्वत् विक्रम संवत् हुन् ।'यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् । लिच्छविकालमा उल्लेखित संवत्हरुलाई शक सम्वत् होइनन् -लिच्छवि संवत्को निर्णय, नयराज पन्त-नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् ।


यसैगरी तर, कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन । इतिहास शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको छ-'जुनसमय ईशापूर्व ५७ बर्षमा यो संवत्को उठान भएको थियो उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन । उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।'विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्,कहीं कतै गुनगान हुन्थ्यो,कहीं मूर्ति पनि बन्थ्यो होला ।


नेपाल संवत्मा बर्षमा ३५४ दिन र तीथिबाट मात्र चल्ने र विक्रम संवत्को बर्षमा ३६५ दिन,गते लगायत तीथि,बारमा आवद्ध रहँदै आएको र शक संवत् भन्दा १३५ बर्ष र नेपाल संवत् भन्दा ९३६ बर्ष जेठो संवत् भएकाले यसको एतिहासिक गरिमा छ । यस्तै ज्योतिषी पं. राष्ट्रिय धर्मसभाका अध्यक्ष माधव भट्टराई भन्नुहुन्छ-'विक्रम संवत् नेपालका उपज र युगयुगान्तरदेखि प्रचलित हुँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यसबारे जानकारी नराख्ने कोही नहोला । यसका महीना बार,तीथि र गते साधारण नागरिकहरु सबैलाई थाहा रहन्छ । यसको लोकप्रिय गरिमालाई निरन्तर जनसमक्ष पुर्‍याउन प्रत्येक राष्ट्रप्रेमी नेपालीहरुको कर्तव्य हो ।'


विक्रम संवत् नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय हुँदैआएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अनुसारको सूर्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फूचर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् । सम्राज्यवादी शक्तिको आक्रमणबाट सुरक्षित बन्दै नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको प्रमाणहरुमा विक्रम संवत्को निरन्तरता नेपालको गौरवमय परिचय हो । विक्रम संवत्को प्रचलनले विदेशी प्रभावमा नेपाल नपरेको तथ्य उजागर गर्छ । विक्रम संवत् नेपालका उपज र युगयुगान्तरदेखि प्रचलित हुँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यसबारे जानकारी नराख्ने कोही नहोला । यसका महीना बार, तीथि र गते साधारण नागरिकहरु सबैलाई थाहा रहन्छ ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies