माओवादी चमत्कार र भ्रमित नागरिक

विमल पोखरेल
ट्रोन्हेम, नर्वे  

१० वर्षे विगतको गामीण जनसत्तालाई विर्सने हो भने सरकार यात्राको ९ महिने अवधिमा आम नेपालीले माओवादी चमत्कारको सानोतिनो झल्को पाएका छन् । १५ वर्षको वहुदलीय संसदीय ब्यवस्थाको कमीकमजोरीहरुलाई पुँजीकृत गरेर आफुलाई अन्तिम विकल्पको दावी गर्दै खुल्ला राजनीतिमा आएको माओवादी पार्टीका चमत्कारीक सपनाहरुवाट नेपालीहरुले अझैपनि मुक्ति पाइसकेका छैनन् । विगतका ३-४ वर्ष आमनागरीकहरु माओवादीवाट वाडिएका असाध्यै ठुला भ्रमहरुमा वाँचेर रमाए । ग्रामीणभेगका जनतावीच भ्रम छरिनु एकहदसम्म स्वाभाविक पनि थियो तर उल्लेख्य शहरी वुद्धिजीवी र पेशाकर्मीहरु समेत छरिएका अनकन्टार भ्रमको घोडा चढेर नयाँ नेपालको अन्तरिक्षयात्रामा निस्किनु अचम्मको कुरा थियो ।


१५ वर्षे प्रजातान्त्रिक शासनमा कांग्रेसको गैरजिम्मेवारीपन तथा लाचारीले ब्यवस्थाको खिल्ली उडाएको हुनसक्छ । वलियो विकल्पको रुपमा उदाएको एमालेमा हुर्किएको घमण्ड र अदुरदर्शीता बहुदलीय ब्यवस्थाको अवमुल्यनका लागि कारक वनेको हुनसक्छ । तर राजनीतिक दलले गरेका १-२ गल्ती कमजोरीकै आधारमा समकालीन विश्व राजनीतिको अन्तिम सत्य मानिएको बहुदलीय प्रजातन्त्रको विकल्प एकदलीय अधिनायकवादी माओवादीलाई मान्नु शहरीया वुद्धिजीवीहरुको भामक भुल थियो । विगत ५० वर्षको विश्व इतिहासलाई फर्केर हेर्दा माओवादी विचार कतैपनि मानव सम्वृद्धिको लागि सहायक वनेको छैन । केवल यसले त विकासोन्मुख सभ्यता र ऐतिहासिकतालाई ध्वंस गर्ने र वचेखुचेको माक्र्सवादको सान्दर्भिकतालाई पथभ्रष्ट गराउने वाहेक केही गरेको छैन । ठीक त्यत्तीनै वेला विश्वका जुन-जुन देशमा पुर्ण लोकतान्त्रिक राज्य ब्यवस्था छ, ती देशहरुले गरीवी, पछौटेपन, भोकमरी र विखण्डन भोग्नुपरेको छैन । यत्तिको सत्यलाई जानेर पनि आज कैंयौ शहरीया वुद्धिजीवीहरु लोकतन्त्रको विकल्पका रुपमा अधिनायकवाद लाई रोज्ने अज्ञानता दर्शाइरहेका छन् । 


राज्यसत्ता वन्दुकको नालवाट जन्मन्छ भन्ने माओवादीको विचारलाई कलम र दिमागमा विश्वास गर्नेहरुले पत्याउनै नसक्ने कुरा हो । अघिल्ला सताब्दीहरुमा सत्ता प्राप्तिमा वन्दुकको भुमिका थियो भनेर त्यसलाई आज पनि पत्याइरहनु सर्वथा गलत हो । त्यतिखेरका कुरा गर्ने हो भने त बन्दुकले देशको सिमाना फेरिएका मात्र होइन ब्यक्ति, परिवार र समाजमा समेत एकले अर्को माथि शासन गरेका इतिहास ज्युदै छन् तर आजको विकसित दुनियाले त्यतिवेलाको सत्यलाई सोहैआना असभ्य ठान्दछ । नयाँ शक्ति भन्दैमा मानवीय हत्या, लुटपाट र विध्वंशका पक्षपोषकहरुलाई समर्थन गर्नु समाजलाई जंगली सभ्यतातर्फ फर्काउन योगदान गर्नु हो भन्ने सत्यलाई शहरीया वुद्धिजीवीहरुले अनुभुत गर्न नसक्नु भ्रमकै परिणाम थियो । नेपाली इतिहासमै सवभन्दा वढी निशस्त्र मानिसको हत्या गर्ने राजनीतिक शक्तिलाई शान्तिको लागि भन्दै सहयोग र समर्थन गर्नु भावी पुस्तालाई अनुसन्धान र आविस्कार तर्फ हैन खुकुरी तिखार्न तर्फ उत्पेरित गर्नु हो भन्ने वुझेर पनि शहरीया वुद्धिजीवीहरु भ्रमको खहरेमा जानिनजानी वगेका छन् ।


नेपालमा जनआन्दोलन - २ वाट प्राप्त राजनीतिक उपलब्धी माओवादी एक्लैले ल्याइदिएको भ्रम आम शहरीया वुद्धिजीवीहरुलाई परेको छ । वास्तवमा यो जनआन्दोलन नेपाली कांगेसको नेतृत्व र नेकपा एमालेको पहलकदमीमा भएको थियो । तर नैतिक समर्थन मात्र गर्ने माओवादीलाई परिवर्तनको वास्तविक हकदार सम्झेर आन्दोलनको नेतृत्व र परिचालन गर्ने तथा २०६३ जेठ ४ को म्याग्नाकार्टादेखि गणतन्त्र घोषणा सम्मका समष्टिगत परिवर्तनहरुमा अगुवाई गर्ने लोकतान्त्रिक पार्टीहरुलाई विरानो सम्झिनु शहरीया वुद्धिजीवीहरुको अर्को ठुलो भ्रम थियो । यदि माओवादीले मात्र यस्तो आन्दोलन गरेको भए २४ जना हैन २४००० जना मारेर आन्दोलन दवाउँदा पनि राजा ज्ञानेन्दको शासनलाई विश्व समुदायले समर्थन र सहयोग गरिनै रहन्थ्यो । माओवादी एकलैले सवैकुरा गर्नसक्थ्यो भने विगत १० वर्षमा परिवर्तनको दिशामा किन माखो मरेन त । वैशाख ११ पछि पनि आन्दोलन जारी राख्ने क्रान्तिकारी जनपरिषदको आव्हानलाई आन्दोलनकारी जनताले किन वेवास्ता गरेर विजयजुलुस तिर मोडिए । त्यसैले निरंकुशताको अन्त्यका लागि लोकतान्त्रिक पार्टीहरुको महत्व विगतमा कति थियो अहिले कति छ र भविश्यमा पनि कस्तो हुनेछ भन्ने तथ्य शहरीया वुद्धिजीवीहरुले अहिले त भेउ नपाउलान् तर कुनैवेला अधिनायकवादीको जाँतोमा फेरी जवरजस्त पिसिन थालेपछि मात्र पश्चातापले जेलिनेछन् ।


निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त । तसर्थ नेपालको वर्तमान संविधानले समेत एउटा पार्टी विशेषलाई अधिक हैसियत र सुविधा प्रदान गरिरहेको अवस्थामा समान राजनीतिक प्रतिश्पर्धाको अपब्याख्या गर्नु, अनि विशेष शक्ति र सुविधा पाएको पार्टीले वढी जित्यो भनेर भ्रमित हुनु दुनियाको अर्को भुल हो ।


शसस्त्र द्धन्द्ध कालमा माओवादीले ग्रामीण क्षेत्रवाट जुवातास र जाँडरक्सी विरोधी अभियान चलाएर ठुलो लोकप्रियता कमाएका सन्दर्भमा आज शहरवजारका ठुला जुवाघर र डिस्कोथेकहरुको संरक्षक र प्रवर्द्धक आफैं वनिरहदा पनि निर्दोष नागरिकहरुको भ्रमीत आँखाले अझै भेउ पाउन सकेका छैनन् । अझैपनि धेरै शहरीया वुद्धिजीवीहरुलाई माओवादी वास्तविक स्तरमा नै सर्वहारा वर्गको प्रतिनिधि पार्टी भएको भ्रम छ । हिजोका दिनमा आधुनिक फेसनले शहरीया युवायुवतीहरु भ्रष्ट भएको भन्दै पोखरा र धरानतिर जिन्स पाइन्ट लगाउनेहरुलाई भाटेकारवाहीको आदेश दिनेहरु आज आफैं जिन्सपाइन्ट लगाउदै मन्त्रीको झण्डा हल्लाएर ब्युटीपार्लर तिर धाइरहेका धेरैले पत्तो पाएका छैनन् । भ्रमित नागरिकहरुलाई माओवादीका प्रत्यक केन्दीय नेताले काठमाडौंको सडकमा महंगा कार चढेर कुदेको थाहा छैन, प्रत्यक नेताको आलिसान महलको बसोवास, भड्किलो लवाइखवाई, उच्च ब्यापारीक घरानाहरुवाट उपहारको वाहानामा प्राप्त साजसज्जालाई उनीहरु जनताका नाममा भएको सम्झेर आँखा चिम्लिरहेका छन् । वर्षौसम्म जंगलमा वसेका भनिएका महाकमरेडहरु आराम गर्नकै लागि पनि गोदावरी, दामन र लप्सीफेदीका रिसोर्टहरु रोजिरहेका छन् । यस्ता यावत सर्वहारा ढोंगमा त्यसपार्टीकै कायकर्ताहरु सवभन्दा वढ्ता भ्रमित भएका छन्, जो आफ्नो नेतालाई जस्तो कर्मकाण्डमा देखेपनि सर्वहारा नै सम्झेर वास्तविकतामा ठगिइरहेका छन् । त्यसका अलावा आम नागरिकहरुमा माओवादी पार्टीवारेका केही ब्यवहारवादी भमहरु पनि जिउँदै छन् । काठमाण्डौंको सडकमा ५० वटा विरुवा रोपेको देख्नु तर चितवन, वर्दिया र दाङमा काठ-तस्करहरुसँग मिलेर हज्जारौं हेक्टर वन सखाप पारेको नदेख्नु, रत्नपार्कमा वर्षको १ दिन वाइसिएलले वढारेको मात्र देख्नु तर हप्तैपिच्छे ओखरपौवाको वाटो छेकेर राजधानीलाई दुर्गन्धमा वस्न वाध्य पारेको नदेख्नु, रत्नपार्कको सभामा कालोवजारी विरुद्धमा कुर्लिएर भाषण गरेको देख्नु तर उत्तर र दक्षिणी सिमानाका १०० भन्दा वढी छोटी भन्सारहरु कब्जा गरेर आमकार्यकर्तालाई प्रत्यक्ष चोरीनिकासीमा खटाएको नदेख्नु, दिउँसो मजदुरलाई जुलुशमा हिंडाएको मात्र देख्नु राती उद्योगपतिसँग ब्लयाकमेलीङ गरेर पैसा झारेको नदेख्नु, अनि नागरिक सर्वोच्चताको अनकन्टार रटान लगाएको मात्र देख्नु दिनदाहाडै राजधानीमा उच्चस्तरीय कार्यकर्ताहरु ब्यापारी अपहरण र फिरौती काण्डमा रंगेहात पक्रिएको नदेखिनु नागरिक भ्रमका केही उल्लेखनीय उदाहरणहरु हुन् ।


माओवादी नेताहरु नेपाललाई १५ वर्षभित्र युरोपीयन स्टान्डर्डमा पुर्याउने पतिवद्धता त ब्यक्त गर्छन् तर त्यसभन्दा पहिला आफ्नो चिन्तन र पार्टी संरचनालाई त्यो स्टान्डर्डमा पुर्याउने कुरा गर्दैनन् । युरोपीयन स्तरको लोकतान्त्रिक ब्यवस्थामा हतियार र सेना भएको पार्टी कसरी अटाउँछ । प्रचण्ड कमरेडको जस्तो १०० जना भन्दा वढी सुरक्षा गार्डहरुले घेरिएर कुन युरोपियन मुलुकको कुन पार्टीको नेता वसेको छ । आज जुन पार्टी आफुविरोधीलाई संविधानद्धारा नै प्रतिवन्ध लगाउने कुरा प्रस्ताव गर्छ त्यसैलाई असली लोकतान्त्रिक मान्नु अचम्मको विडम्वना मान्नुपर्छ । जसले हतियारको बलमा समाजमा त्रास सिर्जना गरेर आफ्नो वर्चस्व राख्न खोज्छ, जस्को सहमतिविना एउटापनि नागरिक स्वतन्त्रता पुर्वक वस्न, पेशा-ब्यवसाय गर्न र वोल्न समेत पाउदैन त्यस्तो राजनीतिक शक्तिलाई नागरिक सर्वोच्चताको ठेकेदार ठान्नु एकप्रकारको भ्रामक मास हिस्टेरियाको लक्षण नै हो ।


राजनीतिक शक्तिहरुका वीच सम्पन्न १२ वुँदे सहमतिको अर्थ राजनीतिक मागहरुको संवोधन गर्ने तर शसस्त्र युद्ध वन्द गर्ने भन्ने नै हो । तर त्यसको भावना विपरीत माओवादीले आफ्नो लडाकु संगठनलाई सम्झौताको अपब्याख्या गरेर होस वा समकक्षी दलहरुलाई गुमराहमा राखेर होस समानान्तर सेनामा विकसित गर्यो । सम्झौताको भावना संविधानसभाको निर्वाचनमा माओवादी पार्टीले निशस्त्र नागरिक दलको हैसियतले भाग लिने भन्ने नै हो तर समयक्रममा वैधानिक जालझेलद्धारा युद्धकालको हतियार र लडाकुलाई पुर्ण परिचालन सहित निर्वाचनमा भाग लियो । निर्वाचन शान्तिपुर्ण भएको भ्रम नेपाली नागरिक समाजलाई मात्र हैन विश्व समुदायलाई पनि पर्न गयो । दुनियाले देशका आधाभन्दा वढी निर्वाचन क्षेत्रहरुमा माओवादीइतर पार्टीका उम्मेदवारहरुले निर्वाचन प्रचार समेत गर्न नपाएको तथ्यलाई अनुभुत गर्न सकेन बरु उल्टै जनताले माओवादीलाई मात्र मन पराएको भनेर भ्रमपुर्ण विश्लेषणमा रमायो । 

माथि उल्लेखित भ्रमहरुको पर्खालमा ठडिएको विगत ३ वर्षको माओवादी लोकप्रियता नेपाली राजनीतिको असंगतपुर्ण अवधि हो । जति छिटो यी भ्रमहरुको पर्खालहरु भत्किने छन्, त्यति नै छिटो देशमा पुर्ण लोकतन्त्र र द्रुततर आर्थिक विकासको सुनिश्चितता हुनसक्छ । यसर्थ महत्वपुर्ण सत्य के हो भने पुर्ण लोकतान्त्रिक राज्य ब्यवस्थामा अधिनायकवादी सार वोकेको पार्टीले शासन गर्न सक्दैन । नेपालको शासनका वास्तविक हकदार कांग्रेस वा एमाले नहुन पनि सक्छन् तर विकल्प जुनसुकै भएपनि लोकतान्त्रिक पार्टी मात्र हुनसक्छ । त्यसैले यथावस्थाको माओवादीले लोकतान्त्रिक राज्यको शासन गर्ने अवसर लिनु सर्वथा अप्रासंगीक हुनेछ, यदि साच्चिकै त्यस्तो अवसर लिन चाहने हो भने यसपार्टीले आफुलाई अधिनायकवादी सारतत्ववाट अलग गरेर पुर्ण निशस्त्र नागरीकस्तरको पार्टीको रुपमा रुपान्तरण गर्नसक्नुपर्छ । अन्यथा नयाँ र सम्मृद्ध नेपाल फेरी पनि भ्रमित नागरीकहरुका लागि अझ अर्को महाभ्रम हुने छ । 


 

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies