कुटनीतिक क्षेत्रमा लामो अध्ययन र अनुभव संगाल्नु भएका प्रा.डा.जयराज आचार्यको सामिप्यमा वसि केहि सिक्ने अवसर मिल्यो । उहाँको सरल र सहज प्रस्तुति,प्रत्येक सवालहरुको तर्कपुर्ण सकारात्मक जवाफ र हरेक नयाँ तर्कको उल्लेख्य प्रशंसा पछिको ग्रहणशिलतावाट हामी प्रभावित भयौं । सभ्य मानव जीवनका हरेक आयामहरुका वारे विज्ञ व्यक्तित्ववाट विभिन्न विषयमा जानकारी प्राप्त गर्ने अवसर सदाकोलागि स्मरण योग्य छ । पहिलो र मुख्य कुरा त विना स्वार्थ काँग्रेसका वारेमा चिन्ता र चासो राख्ने,आफुले काँग्रेसवाट पाएको कुरालाई गर्व गर्दै योगदान दिन तत्पर हुने सोचले हामीलाई आकषिर्त गरायो । काँग्रेसमा आवद्ध हामी तमाम युवाहरुलाई राजनीतिक र सैद्धान्तिक रुपमा सक्षम वनाई सकारात्मक वाटो तर्फ अग्रसर गराउन गरिएको प्रयत्नलाई मुर्तरुप दिन हामी कति सफल हुने छौं । यो पढाईको सफलता त्यसैमा निर्भर गर्ने छ ।
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ । के पढियो,छलफल के भयो र निष्कर्षले केहि प्रतिफल देला कि नदेला त्यो हरेक सहभागिको आ आफ्नै ग्रहणशिलतामा भरपर्ने कुरा हो । तर निर्धक्क साथ भन्न सक्छौ विद्धान वन्ने हाम्रो रहर भन्दा पनि राजनीतिक जीवनको कठोर यात्रामा आफुलाई कसि लगाउन लालायित भएरै होला हाम्रा २० दिन विस सेकेन्ड जस्तै वितेको पत्तै पाईएन ।
नेतृत्वको परिचय र कर्तव्यवाट अध्याय शुरु गरेर वस्तुको विश्लेषण कसरि गर्ने ? देशको परिस्थिती के छ ? काँग्रेस किन कमजोर भयो ? काँग्रेसको अवस्थाको मुल्याङ्कन गर्यौ । धेरै जीवनपयोगी सवालहरुमा खुल्ला वहस भयो । सिंगापुर,मलेशिया र दक्षिण कोरियाका नेताहरु लि क्वान यु,मोहम्मद महाथिर र पार्क चुङ्ग लिका वारेमा कुरा गर्यौं । दक्षिण एशियामा ती देशहरुको विकासको अग्रणी स्थान कसरी सम्भव भयो ? नेपालमा लोकतान्त्रिक परिवर्तन पछिका काँग्रेसका प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई,गिरिजा प्रसाद कोईराला र शेरवहादुर देउवाको स्मरण पनि भयो । कृष्णप्रसाद भट्टराईले सिगापुरको भ्रमणमा लि क्वान युको भेट पछि नेपाललाई सिगांपुर वनाईदिन्छु भन्नु भएको उहाँको अभिव्यक्तिको वारेमा पनि कुरा उठ्यो । नेपाली जनताले चुनेर सर्वोच्च स्थानमा पुर्याईएका नेतामा देश वनाउने दृढ ईच्छा शक्ति छ भने नेपाल एशियाको सवैभन्दा सम्पन्न देश वन्न सक्छ । हाम्रो पढाईको निष्कर्ष त्यहि हो ।
हाम्रो काँग्रेसी पढाईको भन्दापनि एउटा दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि त्यसको चर्चा उल्लेखनिय रह्यो । काँग्रेसले पनि पढ्ने ? केहि साथीहरुलाई अचम्मको विषय वन्यो भने धेरैले त आफु छुटेकोमा केहि गुमाएको महशुस गरे । सवैलाई स्पष्ट शव्दमा भन्नु पर्छ पत्रिकामा लेखिएजस्तो कसैलाई राजनीतिक गुरु मानेर हामी पढन गएको होईन । सिद्धान्त र विचारको व्यवहारिक रुपान्तरण र कार्यान्वयनको वाटो कसरि पहिल्याउन सकिन्छ ? त्यसमा हामी तरुणहरु अग्रसर भएर नयाँ वाटो पहिल्याउनै पर्छ भन्ने भावनाले यो पढाई सम्भव भएको हो । पढाईको क्रममा उठेका कतिपय विषयहरु नेपाली राजनीति र काँग्रेसको राजनीतिक चरित्रमा ज्यादै कम मेल खान्छ । काँग्रेसमा राजनीतिक नेतृत्वको विकासक्रम सके हामीले फेर्नु पर्छ नत्र कमसेकम आफु फेरिनु पर्छ । अध्ययन पछिको सवैको चुनौती यहि हो । परिचयमा भिन्नता हुन सकेमा मात्र हाम्रो पढाईले सार्थकता पाउने छ । त्यो कुराको वोध हामीलाई भएको छ ।
नेपाली जनताको अपेक्षा र सरकारले सम्वोधन गर्न नसकेको वर्तमान परिपेक्ष्यमा हामी युवाहरुले त्यसै विन्दुवाट आफ्ना कुरा उठाउनै पर्छ । सरकार जसको होला,जुन पार्टीको होला तर त्यसले खाने दाना पानी हामी गरिव नेपालीले तिरेको करवाट नै हो । सरकार जनता प्रति उत्तरदायि वनोस । सवै नेपालीको यहि कामना छ ।
जनताको अपेक्षा र दरिद्र सरकार ः
गत असार २५ गते गणतान्त्रिक नेपालका राष्ट्रपतिले सरकारको नीति र कार्यक्रम संविधानसभाको वैठकमा पढेका छन् । एक्काईसौं शताब्दीका राष्ट्र प्रमुखले गरेको सम्वोधनले २०१५ सालको वी.पी.कोईरालाको विचारलाई सम्म पछ्याउन सकेन । वी.पी.ले भन्नु भएको थियो कम से कम म जस्तै एउटा नेपालीको आर्थिक स्थिती होस ,एउटा घर होस्,एक दुईवटा गाईवस्तुहरु पनि होस् ओखतीमुलो गनै सकुन,सवैले पढन पाउन्, खान र लाउनको समस्या नहोस् भनी हामी राजनीतिमा लागेका हौं । कांग्रेसको समर्थनमा प्रधानमन्त्री वनेका कम्युनिष्ट नेता माधव नेपालले भन्न सक्छन ? यस्तै कुरा । अग्रगामी हुने कुरा त धेरै टाढा छ । कमजोर सम्वोधनको आधारमा आउने वजेट भाषणमा नेपाली जनताले आशा र अपेक्षा गर्ने कुनै ठाँउ वाँकि नै छैन । हामीले त्यो विषयमा पनि केहि सिक्ने मौका पायौं । गरिवमुखि आर्थिक वृद्धि,उदारिकरण र हाम्रो अर्थतन्त्र देखि राजनीतिक,सामाजीक, कुटनीतिक,राष्ट्रिय सुरक्षा,नेतृत्व विकाससँग सम्वन्धित थुप्रै विषयमा गम्भीर अध्ययन गर्यौं ।
नेपाललाई जापान,स्विट्जरल्याण्ड भन्दा पहिला सिंगापुर,मलेशिया र दक्षिण कोरिया कसरि वनाउन सकिएला ? हामी नेपालीको अहिले प्रतिव्यक्ति आय दुईसय सत्तरी डलरको हाराहारीमा छ । २०१७ सालमा नेपालीको प्रतिव्यक्ति आय सत्तरी डलर हुँदा द.कोरियाको वहत्तर डलरमात्र थियो । आज द.कोरियाको प्रतिव्यक्ति आय २० हजार डलर छ भने सिगांपुरको प्रतिव्यक्ति आय चालिस हजार डलर छ । हाम्रो पहिलो प्रयत्न भुटानलाई जित्ने हुनु पर्छ । आज भुटानको प्रतिव्यक्ति आय पन्ध्रसय डलर छ । हामी नेपालीका सामु यो चुनौति हो । हामीसँग अवसर पनि छ । त्यसको उपयोग गर्ने क्षमता हामीमा विकास हुने कि नहुने ?
नेपालको वर्तमान अवस्था ः
देशका नब्वे प्रतिशत नागरिक विपन्न अवस्थामा छन् । देशको वाउन्न प्रतिशत राष्ट्रिय आय दश प्रतिशतले उपभोग गर्छन भने ४८ प्रतिशत आयमात्र नब्वे प्रतिशत नेपालीको भागमा पर्छ । नागरिकका अति आवश्यक आधारभुत आवश्यकता पुरा गर्ने दायित्व राज्यको हो । शिक्षा, स्वास्थ्य,खानेपानी,विजुली,सुरक्षाको दुरावस्था ,उपभोग्य सामानहरुको आकासिदों मुल्यवृद्धि हामी सवैले अनुभुति मात्र होईन वाध्य भएर उपभोग गरिरहेका छौं । हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनिने कृषिमा ६५ प्रतिशत नेपाली आश्रित छन् भने त्यसको राष्ट्रिय योगदान जम्मा ३९ प्रतिशत मात्र छ । उद्योगधन्दा वन्द छन्,व्यापार कागजमा हुन्छ । राज्यले उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दैन । नीजी क्षेत्रका लगानीकर्ताहरु सुरक्षाका कारण अनुत्पादक क्षेत्रमा लगानी गर्न वाध्य छन् ।
काँग्रेस प्रति सवैको आशा ः
नेपाली काँग्रेस २०१२ सालदेखि प्रजातान्त्रिक समाजवाद अंगिकार गरेको पार्टी हो । तिस वर्षे निरंकुशतन्त्रलाई समाप्त पारी २०४६ सालमा प्रजातन्त्र ल्याउन काँग्रेसले नै नेतृत्व गर्यो । २०४६ सालपछि वढी समय काँग्रेसको नेतृत्वको सरकारले काम गर्ने अवसर पायो । विपन्न र गरिव नेपालीको उत्थान गर्ने समाजवादी चिन्तन र अभ्यास गर्नुपर्ने पार्टीको सरकार नीजिकरण र खुल्लापनको वेलगाम यात्रामा फस्न पुग्यो । पार्टी,सरकारको नेतृत्व पुँजीपति र नवधनाढ्य वर्गसंग अत्यधिक निर्भर वन्न पुग्यो । काँग्रेस पार्टी नीति प्रधानवाट नेता प्रधान हुदै नाता प्रधान वन्न पुग्यो भन्ने आरोप सम्म लाग्यो । गरिवीको रेखामुनीका नेपालीहरुलाई समाजवादी कार्यक्रम दिएर न त आफु प्रति आकषिर्त गर्न सक्यो न त पुँजीवादी वाटो नै समात्न सक्यो । नेपाली काँग्रेसमा उत्पन्न सैद्धान्तिक र वैचारिक अन्र्तद्धन्दले मध्यम वर्गिय जनमतवाट समेत काँग्रेस वाहिरिन पुग्यो । आज काँग्रेस सामाजिक-आर्थिक रुपमा जसरि विचलित वनेको छ त्यसको प्रत्यक्ष असरवाट सिगों मुलुक समेत अछुतो रहन सकेन ।
काँग्रेसको स्थान कहाँ छ ?
प्रजातान्त्रिक समाजवाद र खुल्ला वजार अर्थतन्त्र विच तुलनात्मक अध्ययन गर्नैपर्ने वेला आएको छ । प्रजातान्त्रिक समाजवाद अन्र्तगतको खुल्ला वजार कि वजारीकरणको पिछलग्गु समाजवाद वन्ने ? हो कुनै वस्तुको उत्पादन आवश्यकता अनुसार गरिन्छ । वजारले माग गरे वमोजिम गरिन्छ । कति उत्पादन गर्ने,के उत्पादन गर्ने,कसका लागि उत्पादन गर्ने भन्ने कुराको निर्धारण वजारको माग वमोजिम होला । त्यसो भन्दैमा राज्यले वेलगाम त्यसलाई छाडिदिन मिल्छ त ? विश्वव्यापीरुपमा आएको मन्दिले राज्यको दायित्वलाई आवश्यक मात्र नभनि अनिवार्य ठान्न पुगेको छ । हाम्रो जस्तो अविकसित देशको आर्थिक वृद्धि र विकास समानतामा आधारित हुनु पर्दछ । समानतामा आधारित समाज,सामाजिक-आर्थिक विकासकालागि संस्थागत नीतिको अवलम्वनवाट मात्र सम्भव हुन्छ । नेपाली काँग्रेसले आफ्नो विचलनलाई सच्याउनु पर्दछ र पुनः प्रजातान्त्रिक समाजवादको स्थानमा वस्नु पर्दछ ।
गरिवमुखि नीति ः
नेपाल सरकारको नयाँ वजेटमा नयाँ र योजनावद्ध विकासको कुनै आशा गर्ने ठाँउ देखिदैन । खुल्ला वजार अर्थतन्त्र र उदारिकरण तर्फ उन्मुख विश्व समुदायलाई पच्छ्याउने वाहेक केहि नयाँ कुरा आएको छैन । जवसम्म नेपालले विश्व परिस्थिती र आफ्नै औकातको विश्लेषण गरि सहि तथ्याङ्क सार्वजनिक गर्ने हिम्मत गर्दैन तव सम्म नक्कली तथ्याङ्कले देशलाई वर्वादि सिवाय केहि गर्ने छैन । देश विकासको प्राथमिक महत्वको क्षेत्र कुन हो,त्यसका सहायक क्षेत्रहरु समेत निर्धारण हुन सकिराखेको छैन । देशमा वढ्दो वेरोजगारीले राजनीतिक अस्थिरता वढाउन मद्दत गरिरहेको छ । नेपालले आफ्नै र नवीन खालको नीति र योजना अवलम्वन गर्न सकेमा मात्र उच्च र गरिवमुखि आर्थिक वृद्धि हासिल गर्न सक्छ । वृहद आर्थिक रुपान्तरण विना नेपालले आर्थिकरुपमा फड्को मार्नै सक्दैन ।
कृषि र गरिव केन्द्रित भएर आर्थिक रुपान्तरणको नीति वर्तमान नेपालको प्राथमिक विषय हो । नेपालले कृषिलाई आधुनिकीकरण गरि कम जनशक्तिले वढी उत्पादकत्व लिने । राष्ट्रिय स्तरमा खपत गर्न मात्र होइन कि अन्र्तराष्ट्रिय रुपमा वजार लिने क्षमताको विकास गर्ने तर्फ उन्मुख हुनै पर्छ । गरिवहरुको आय आर्जनको प्रमुख श्रोत अदक्ष श्रम हो । कम लागतमा वढी र गुणस्तरिय वस्तुको उत्पादन गर्न श्रमिकको सिपवृद्धि अति आवश्यक छ । धेरै गरिवहरु कृषिमा आधारित छन । थोरै जग्गा जमिन भएकालाई नयाँ प्रविधि वारे ज्ञान दिने र उच्च मुल्यस्तरको कृषि उत्पादन तर्फ आकषिर्त गर्ने जमीन नभएकाहरुलाई कृषि र प्राकृतिक श्रोतमुखि औद्योगिक क्षेत्रमा आकषिर्त गर्नु पर्दछ । अनुत्पादक जमीनमा वस्ति वसाल्ने र उत्पादक भुमिलाई चक्लावन्दि गरि राष्ट्रिय आम्दानीको आधार वनाईनु पर्दछ ।
राजनीतिक नेतृत्वले अध्ययन गर्नु पर्दो रहेछ भन्ने हामीले महसुस गर्यौं । नेपालमा नेपाली कांग्रेसका नेता तथा सदस्यले मात्र होईन सवै चलन चल्तीमा रहेका दलका नेताहरुले अध्ययनमा जोड दिन सकेमा देश अगाडी वढने छ । अध्ययनले ज्ञान वढाउछ ,ज्ञानले वुद्धि र विवेक दिन्छ । राजनीतिक नेतृत्व आफूले के गर्दै छु भन्ने थाहा पाउन पनि अध्ययन आवश्यक रहेछ । मेरो छोटो समयको अध्ययनले मलाई नेपालमा अन्र्तराष्ट्रिय स्तरको प्रजातान्त्रिक समाजवादी शिक्षा अध्ययन केन्द्र स्थापना गरि देश विदेशमा रहेमा प्रजातन्त्रवादीहरुको ध्यान देश विकासमा केन्द्रीत गराउन केहि गर्नै पर्छ भन्ने लागेको छ ।