समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?

किरण पौडेल
काठमाडौं 

कुटनीतिक क्षेत्रमा लामो अध्ययन र अनुभव संगाल्नु भएका प्रा.डा.जयराज आचार्यको सामिप्यमा वसि केहि सिक्ने अवसर मिल्यो । उहाँको सरल र सहज प्रस्तुति,प्रत्येक सवालहरुको तर्कपुर्ण सकारात्मक जवाफ र हरेक नयाँ तर्कको उल्लेख्य प्रशंसा पछिको ग्रहणशिलतावाट हामी प्रभावित भयौं । सभ्य मानव जीवनका हरेक आयामहरुका वारे विज्ञ व्यक्तित्ववाट विभिन्न विषयमा जानकारी प्राप्त गर्ने अवसर सदाकोलागि स्मरण योग्य छ । पहिलो र मुख्य कुरा त विना स्वार्थ काँग्रेसका वारेमा चिन्ता र चासो राख्ने,आफुले काँग्रेसवाट पाएको कुरालाई गर्व गर्दै योगदान दिन तत्पर हुने सोचले हामीलाई आकषिर्त गरायो । काँग्रेसमा आवद्ध हामी तमाम युवाहरुलाई राजनीतिक र सैद्धान्तिक रुपमा सक्षम वनाई सकारात्मक वाटो तर्फ अग्रसर गराउन गरिएको प्रयत्नलाई मुर्तरुप दिन हामी कति सफल हुने छौं । यो पढाईको सफलता त्यसैमा निर्भर गर्ने छ । 


काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ । के पढियो,छलफल के भयो र निष्कर्षले केहि प्रतिफल देला कि नदेला त्यो हरेक सहभागिको आ आफ्नै ग्रहणशिलतामा भरपर्ने कुरा हो । तर निर्धक्क साथ भन्न सक्छौ विद्धान वन्ने हाम्रो रहर भन्दा पनि राजनीतिक जीवनको कठोर यात्रामा आफुलाई कसि लगाउन लालायित भएरै होला हाम्रा २० दिन विस सेकेन्ड जस्तै वितेको पत्तै पाईएन ।


नेतृत्वको परिचय र कर्तव्यवाट अध्याय शुरु गरेर वस्तुको विश्लेषण कसरि गर्ने ? देशको परिस्थिती के छ ? काँग्रेस किन कमजोर भयो ? काँग्रेसको अवस्थाको मुल्याङ्कन गर्‍यौ । धेरै जीवनपयोगी सवालहरुमा खुल्ला वहस भयो । सिंगापुर,मलेशिया र दक्षिण कोरियाका नेताहरु लि क्वान यु,मोहम्मद महाथिर र पार्क चुङ्ग लिका वारेमा कुरा गर्‍यौं । दक्षिण एशियामा ती देशहरुको विकासको अग्रणी स्थान कसरी सम्भव भयो ? नेपालमा लोकतान्त्रिक परिवर्तन पछिका काँग्रेसका प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई,गिरिजा प्रसाद कोईराला र शेरवहादुर देउवाको स्मरण पनि भयो । कृष्णप्रसाद भट्टराईले सिगापुरको भ्रमणमा लि क्वान युको भेट पछि नेपाललाई सिगांपुर वनाईदिन्छु भन्नु भएको उहाँको अभिव्यक्तिको वारेमा पनि कुरा उठ्यो । नेपाली जनताले चुनेर सर्वोच्च स्थानमा पुर्‍याईएका नेतामा देश वनाउने दृढ ईच्छा शक्ति छ भने नेपाल एशियाको सवैभन्दा सम्पन्न देश वन्न सक्छ । हाम्रो पढाईको निष्कर्ष त्यहि हो ।


हाम्रो काँग्रेसी पढाईको भन्दापनि एउटा दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि त्यसको चर्चा उल्लेखनिय रह्यो । काँग्रेसले पनि पढ्ने ? केहि साथीहरुलाई अचम्मको विषय वन्यो भने धेरैले त आफु छुटेकोमा केहि गुमाएको महशुस गरे । सवैलाई स्पष्ट शव्दमा भन्नु पर्छ पत्रिकामा लेखिएजस्तो कसैलाई राजनीतिक गुरु मानेर  हामी पढन गएको होईन । सिद्धान्त र विचारको व्यवहारिक रुपान्तरण र कार्यान्वयनको वाटो कसरि पहिल्याउन सकिन्छ ? त्यसमा हामी तरुणहरु अग्रसर भएर नयाँ वाटो पहिल्याउनै पर्छ भन्ने भावनाले यो पढाई सम्भव भएको हो । पढाईको क्रममा उठेका कतिपय विषयहरु नेपाली राजनीति र काँग्रेसको राजनीतिक चरित्रमा ज्यादै कम मेल खान्छ । काँग्रेसमा राजनीतिक नेतृत्वको विकासक्रम सके हामीले फेर्नु पर्छ नत्र कमसेकम आफु फेरिनु पर्छ । अध्ययन पछिको सवैको चुनौती यहि हो । परिचयमा भिन्नता हुन सकेमा मात्र हाम्रो पढाईले सार्थकता पाउने छ । त्यो कुराको वोध हामीलाई भएको छ ।


नेपाली जनताको अपेक्षा र सरकारले सम्वोधन गर्न नसकेको वर्तमान परिपेक्ष्यमा हामी युवाहरुले त्यसै विन्दुवाट आफ्ना कुरा उठाउनै पर्छ । सरकार जसको होला,जुन पार्टीको होला तर त्यसले खाने दाना पानी हामी गरिव नेपालीले तिरेको करवाट नै हो । सरकार जनता प्रति उत्तरदायि वनोस । सवै नेपालीको यहि कामना छ ।


जनताको अपेक्षा र दरिद्र सरकार ः
गत असार २५ गते गणतान्त्रिक नेपालका राष्ट्रपतिले सरकारको नीति र कार्यक्रम संविधानसभाको वैठकमा पढेका छन् । एक्काईसौं शताब्दीका राष्ट्र प्रमुखले गरेको सम्वोधनले २०१५ सालको वी.पी.कोईरालाको विचारलाई सम्म पछ्याउन सकेन । वी.पी.ले भन्नु भएको थियो कम से कम म जस्तै एउटा नेपालीको आर्थिक स्थिती होस ,एउटा घर होस्,एक दुईवटा गाईवस्तुहरु पनि होस् ओखतीमुलो गनै सकुन,सवैले पढन पाउन्, खान र लाउनको समस्या नहोस् भनी हामी राजनीतिमा लागेका हौं । कांग्रेसको समर्थनमा प्रधानमन्त्री वनेका कम्युनिष्ट नेता माधव नेपालले भन्न सक्छन ? यस्तै  कुरा । अग्रगामी हुने कुरा त धेरै टाढा छ । कमजोर सम्वोधनको आधारमा आउने वजेट भाषणमा नेपाली जनताले आशा र अपेक्षा गर्ने कुनै ठाँउ वाँकि नै छैन । हामीले त्यो विषयमा पनि केहि सिक्ने मौका पायौं । गरिवमुखि आर्थिक वृद्धि,उदारिकरण र हाम्रो अर्थतन्त्र देखि राजनीतिक,सामाजीक, कुटनीतिक,राष्ट्रिय सुरक्षा,नेतृत्व विकाससँग सम्वन्धित थुप्रै विषयमा गम्भीर अध्ययन गर्‍यौं ।


नेपाललाई जापान,स्विट्जरल्याण्ड भन्दा पहिला सिंगापुर,मलेशिया र दक्षिण कोरिया कसरि वनाउन सकिएला ? हामी नेपालीको अहिले प्रतिव्यक्ति आय दुईसय सत्तरी डलरको हाराहारीमा छ । २०१७ सालमा नेपालीको प्रतिव्यक्ति आय सत्तरी डलर हुँदा द.कोरियाको वहत्तर डलरमात्र थियो । आज द.कोरियाको प्रतिव्यक्ति आय २० हजार डलर छ भने सिगांपुरको प्रतिव्यक्ति आय चालिस हजार डलर छ । हाम्रो पहिलो प्रयत्न भुटानलाई जित्ने हुनु पर्छ । आज भुटानको प्रतिव्यक्ति आय पन्ध्रसय डलर छ । हामी नेपालीका सामु यो चुनौति हो । हामीसँग अवसर पनि छ । त्यसको उपयोग गर्ने क्षमता हामीमा विकास हुने कि नहुने ?



नेपालको वर्तमान अवस्था ः
देशका नब्वे प्रतिशत नागरिक विपन्न अवस्थामा छन् । देशको वाउन्न प्रतिशत राष्ट्रिय आय दश प्रतिशतले उपभोग गर्छन भने ४८ प्रतिशत आयमात्र नब्वे प्रतिशत नेपालीको भागमा पर्छ । नागरिकका अति आवश्यक आधारभुत आवश्यकता पुरा गर्ने दायित्व राज्यको हो । शिक्षा, स्वास्थ्य,खानेपानी,विजुली,सुरक्षाको दुरावस्था ,उपभोग्य सामानहरुको आकासिदों मुल्यवृद्धि हामी सवैले अनुभुति मात्र होईन वाध्य भएर उपभोग गरिरहेका छौं । हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनिने कृषिमा ६५ प्रतिशत नेपाली आश्रित छन् भने त्यसको राष्ट्रिय योगदान जम्मा ३९ प्रतिशत मात्र छ । उद्योगधन्दा वन्द छन्,व्यापार कागजमा हुन्छ । राज्यले उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्दैन । नीजी क्षेत्रका लगानीकर्ताहरु सुरक्षाका कारण अनुत्पादक क्षेत्रमा लगानी गर्न वाध्य छन् ।


काँग्रेस प्रति सवैको आशा ः
नेपाली काँग्रेस २०१२ सालदेखि प्रजातान्त्रिक समाजवाद अंगिकार गरेको पार्टी हो । तिस वर्षे निरंकुशतन्त्रलाई समाप्त पारी २०४६ सालमा प्रजातन्त्र ल्याउन काँग्रेसले नै नेतृत्व गर्‍यो । २०४६ सालपछि वढी समय काँग्रेसको नेतृत्वको सरकारले काम गर्ने अवसर पायो । विपन्न र गरिव नेपालीको उत्थान गर्ने समाजवादी चिन्तन र अभ्यास गर्नुपर्ने पार्टीको सरकार नीजिकरण र खुल्लापनको वेलगाम यात्रामा फस्न पुग्यो । पार्टी,सरकारको नेतृत्व पुँजीपति र नवधनाढ्य वर्गसंग अत्यधिक निर्भर वन्न पुग्यो । काँग्रेस पार्टी नीति प्रधानवाट नेता प्रधान हुदै नाता प्रधान वन्न पुग्यो भन्ने आरोप सम्म लाग्यो । गरिवीको रेखामुनीका नेपालीहरुलाई समाजवादी कार्यक्रम दिएर न त  आफु प्रति आकषिर्त गर्न सक्यो न त पुँजीवादी वाटो नै समात्न सक्यो । नेपाली काँग्रेसमा उत्पन्न सैद्धान्तिक र वैचारिक अन्र्तद्धन्दले मध्यम वर्गिय जनमतवाट समेत काँग्रेस वाहिरिन पुग्यो । आज काँग्रेस सामाजिक-आर्थिक रुपमा जसरि विचलित वनेको छ त्यसको प्रत्यक्ष असरवाट सिगों मुलुक समेत अछुतो रहन सकेन ।


काँग्रेसको स्थान कहाँ छ ?   
प्रजातान्त्रिक समाजवाद र खुल्ला वजार अर्थतन्त्र विच तुलनात्मक अध्ययन गर्नैपर्ने वेला आएको छ । प्रजातान्त्रिक समाजवाद अन्र्तगतको खुल्ला वजार कि वजारीकरणको पिछलग्गु समाजवाद वन्ने ? हो कुनै वस्तुको उत्पादन आवश्यकता अनुसार गरिन्छ । वजारले माग गरे वमोजिम गरिन्छ । कति उत्पादन गर्ने,के उत्पादन गर्ने,कसका लागि उत्पादन गर्ने भन्ने कुराको  निर्धारण वजारको माग वमोजिम होला । त्यसो भन्दैमा राज्यले वेलगाम त्यसलाई छाडिदिन मिल्छ त ? विश्वव्यापीरुपमा आएको मन्दिले राज्यको दायित्वलाई आवश्यक मात्र नभनि अनिवार्य ठान्न पुगेको छ । हाम्रो जस्तो अविकसित देशको आर्थिक वृद्धि र विकास समानतामा आधारित हुनु पर्दछ । समानतामा आधारित समाज,सामाजिक-आर्थिक विकासकालागि संस्थागत नीतिको अवलम्वनवाट मात्र सम्भव हुन्छ । नेपाली काँग्रेसले आफ्नो विचलनलाई सच्याउनु पर्दछ र पुनः प्रजातान्त्रिक समाजवादको स्थानमा वस्नु पर्दछ ।


गरिवमुखि नीति ः
नेपाल सरकारको नयाँ वजेटमा नयाँ र योजनावद्ध विकासको कुनै आशा गर्ने ठाँउ देखिदैन । खुल्ला वजार अर्थतन्त्र र उदारिकरण तर्फ उन्मुख विश्व समुदायलाई पच्छ्याउने वाहेक केहि नयाँ कुरा आएको छैन । जवसम्म नेपालले विश्व परिस्थिती र आफ्नै औकातको विश्लेषण गरि सहि तथ्याङ्क सार्वजनिक गर्ने हिम्मत गर्दैन तव सम्म नक्कली तथ्याङ्कले देशलाई वर्वादि सिवाय केहि गर्ने छैन । देश विकासको प्राथमिक महत्वको क्षेत्र कुन हो,त्यसका सहायक क्षेत्रहरु समेत निर्धारण हुन सकिराखेको छैन । देशमा वढ्दो वेरोजगारीले राजनीतिक अस्थिरता वढाउन मद्दत गरिरहेको छ । नेपालले आफ्नै र नवीन खालको नीति र योजना अवलम्वन गर्न सकेमा मात्र उच्च र गरिवमुखि आर्थिक वृद्धि हासिल गर्न सक्छ । वृहद आर्थिक रुपान्तरण विना नेपालले आर्थिकरुपमा फड्को मार्नै सक्दैन ।


 कृषि र गरिव केन्द्रित भएर आर्थिक रुपान्तरणको नीति वर्तमान नेपालको प्राथमिक विषय हो । नेपालले कृषिलाई आधुनिकीकरण गरि कम जनशक्तिले वढी उत्पादकत्व लिने । राष्ट्रिय स्तरमा खपत गर्न मात्र होइन कि अन्र्तराष्ट्रिय रुपमा वजार लिने क्षमताको विकास गर्ने तर्फ उन्मुख हुनै पर्छ । गरिवहरुको आय आर्जनको प्रमुख श्रोत अदक्ष श्रम हो । कम लागतमा वढी र गुणस्तरिय वस्तुको उत्पादन गर्न श्रमिकको सिपवृद्धि अति आवश्यक छ ।  धेरै गरिवहरु कृषिमा आधारित छन । थोरै जग्गा जमिन भएकालाई नयाँ प्रविधि वारे ज्ञान दिने र उच्च मुल्यस्तरको कृषि उत्पादन तर्फ आकषिर्त गर्ने जमीन नभएकाहरुलाई कृषि र प्राकृतिक श्रोतमुखि औद्योगिक क्षेत्रमा आकषिर्त गर्नु पर्दछ । अनुत्पादक जमीनमा वस्ति वसाल्ने र उत्पादक भुमिलाई चक्लावन्दि गरि राष्ट्रिय आम्दानीको आधार वनाईनु पर्दछ ।


राजनीतिक नेतृत्वले अध्ययन गर्नु पर्दो रहेछ भन्ने हामीले महसुस गर्‍यौं । नेपालमा नेपाली कांग्रेसका नेता तथा सदस्यले मात्र होईन सवै चलन चल्तीमा रहेका दलका नेताहरुले अध्ययनमा जोड दिन सकेमा देश अगाडी वढने छ । अध्ययनले ज्ञान वढाउछ ,ज्ञानले वुद्धि र विवेक दिन्छ । राजनीतिक नेतृत्व आफूले के गर्दै छु भन्ने थाहा पाउन पनि अध्ययन आवश्यक रहेछ । मेरो छोटो समयको अध्ययनले मलाई नेपालमा अन्र्तराष्ट्रिय स्तरको प्रजातान्त्रिक समाजवादी शिक्षा अध्ययन केन्द्र स्थापना गरि देश विदेशमा रहेमा  प्रजातन्त्रवादीहरुको ध्यान देश विकासमा केन्द्रीत गराउन केहि गर्नै पर्छ भन्ने लागेको छ । 

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies