पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।
मुख्यतः पांचपोखरी चर्चित रहे पनि यहां रहेको जट्टा, बहुला, जुम्ल्याहा, भाले, तीनलाल, यालम्छा मात्र होइन नजिकै दोलखा जिल्लामा पर्ने छ्योरोल्पा, कालिञ्चोक, पाँचपोखरी कुण्ड, बहुला, काल, भूत पोखरी यस पर्वतीय श्रृंखलाका गहना हुन् ।
उत्तरी क्षेत्रमा लमतन्न सुतेझै देखिने पर्वत, पहाडी डाँडा, खोँच, पटुकी आकारका लामालामा सुन्दर छहरा, तलतिर देखिने बेसी र मगमगाउँदा सुनपाती, धुपी र अन्य जडीबुटीको बास्नासँगैको उकाली र ओराली यात्रा । शेर्पा र शेर्पेनी दाजुदिदीको मिठो मुस्कानसहितको आतिथ्यता, चौरीको घाँटीमा झुण्ड्याइएको घण्टीको टिंगटिंग आवाज लाग्छ यही हो स्वर्ग ।
काठमाडौ उपत्यकाबाट अरनिको राजमार्ग हुँदै जिरीसम्मको १८८ किलोमिटर पक्की सडक र झण्डै २५ किलोमिटर कच्ची सडक पार गरेपछि सुरु हुने करिब डेढ दिने उकाली यात्रापछि पुगिने समुद्री सतहदेखि ४ हजार ४ सय ४३ मिटर उचाईको पाँच पोखरीबाट तलतिर देखिने बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारी अवलोकन गर्नु सायदै जिन्दगीमा कुनै एक पटक पाइन्छ ।
मानेडाँडाबाट तलतिर तुवाँलोभित्र देखिने ऐतिहासिक बस्ती ठोसे, कुनै समय पर्यटकको घुँइचो रहने शिवालय र द्धन्द्धले खण्डहर बनाएको लहरेको कृषि फारम छेवैबाट पटुकी आकारमा रामेछाप र दोलखाको सीमा बनेर बगेको गोकुलगंगा -खिम्ती) ले सबै पोखरी समेटेर दम्भका साथ महासागरीय यात्रा गरिरहेको छ।
तलबाट हेर्दा आकाश छोइरहेको पर्वतीय श्रृंखला र माथि पुगेर तल हेर्दाको नदीको निरन्तरको यात्रा प्रकृतिको अनुपम उपहार नै मान्न सकिन्छ । जनै पूर्णिमाका अवसरमा विशेष मेला लाग्ने सो स्थानमा नेपालका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन्। गएको साउन २१ गते लागेको मेलामा सहभागी हुन जानेहरु बाटो कच्ची, उकाले र लेक लाग्छ है भन्दै काठमाडौ बसपार्कबाट छुटिरहेका थिए । तर, यात्राका क्रममा पर्ने ऐतिहासिक धार्मिकस्थलले यो कठिनाइलाई सहज बनाउने पाकाहरु बताउँदै थिए । कुरैकुरामा एक पाका देखिनेले बसमा रहेका ठिटाहरुलाई आफ्नो अघिल्लो वर्षको अनुभव सुनाउँदै थिए, राजधानीबाट यात्रा सुरु गर्नेहरुले सिन्धुपाल्चोकको तातोपानी सम्झदै खाडीचौरबाट उकालिन सक्नेछन् । यसले पाँचपोखरीको चिसो केही कम गराउनेछ । मुडेमा टन्न खाना खाएर दोलखा झर्ने बित्तिकै दोलखा भिमसेनले यात्रा सहज गराउनेछन् । आस्था र विश्वासका पुञ्ज गौरीशंकर हिमालका कञ्चन मुस्कानले थकाई र त्रास साफ गर्नेछ ।
ठिटाहरु आफ्नो कुरा सुनेर निकै उत्साही भएको देखेर पोखरीहरुको महत्व बारे बताउन थाले । उनले पहिले नै सबैलाई सचेत गराए । बुढाले कुनै व्यक्तिले पोखरीहरूका बिरूद्धमा अनुचित व्यवहार गरे समाजमा अनिकाल पर्ने, खेतीबाली नराम्रो हुने, असिनाले बाली नष्ट गर्ने, पशुपंक्षी बिरामी हुने, समयमा पानी नपर्ने, घरका परिवारजनहरू बिरामी पर्ने, गाउँघरमा मराउ पर्ने जनविश्वास रहेको बताए । त्यस्तो भएमा स्थानीयले दुधले पोखरीको पुजा गरी क्षमा माग्ने चलन रहेको जानकारीसमेत दिए।
अगाडि पछाडी बसेका आफ्नो झुण्डलाई बुढाबा भन्दै थिए, पाँच पोखरीको बीचमा दुइटा प्राकृतिक ढिस्को छ त्यसमा भगवान शिव आसन गर्ने गर्दथे । कुनै समय खडेरी परेर संसारभर हाहाकार भयो रे । सबैले भगवान शिवको आराधना गरेछन् रे । यस्तो विपत्ति देखेर भगवान शिवले मानव जगतको हितका लागि पाँच पोखरीको बीचमा आसन लिएछन् । यो कुरा गंगामाईले थाहा पाएर शिवको जट्टामाथिबाट वर्षा गराउनु भएछ । त्यही पानी पाँच पोखरी वरपर हुँदै तल अर्को पोखरी बनेछ रे । जसलाई अहिले जट्टा पोखरी भनिन्छ । त्यहीबेलादेखि पाँच र जट्टापोखरीमा नुहाए रोगव्याधि लाग्दैन रे । पोखरीको पुजा गरे खडेरी नपर्ने, अनिकाल नहुने, अन्नबाली सप्रने, पारिवारिक उन्नति हुने आदि जनविश्वास छ।
जट्टा पोखरीमा राम्रो भाँडाकुँडा, हाँस, डाँफे, भेंडा देखिने गरेको पाकाहरु बताउछन्। जट्टा पोखरीमाथिबाट उड्ने चराहरु त्यही खस्ने गरेको जनविश्वास समेत छ। सो पोखरीका हाँसहरु गोकुलगंगाको तलतलसम्म खेल्न आउने गर्छन् । करिब दुई दशकअघितिर चुचुरेमा त्यहाँको हाँस तल आएका बेला मार्न कसैले गोली हानेछ, गोली हान्न नपाउँदै बन्दुक हातमै पड्केर गोली हान्नेले हात गुमाउनु परेको थियो । स्थानीयकाअनुसार यसरी वर्षेनीजसो तल आउने हाँस कसैले मार्न सकेको छैन ।
ठिटाहरु उत्साही थिए। स्थानीयको हवाला दिदै बुढाबा पनि कथा हाल्दै गए । कुनै समय भाले पोखरीमा दिउँसो ठीक १२ बजे कुखुराको भाले बास्थ्यो रे । त्यसैले यसलाई भाले पोखरी भनिएको हो । यहाँ पनि चार पाँच दशक अघिसम्म पोखरीबाट भेडाको थुम्बा निस्केर बाहिर चर्ने गर्दथ्यो रे । पोखरीमा एक्कासी हाँस देखिनु र त्यही हराउनु सामान्य थियो रे । औंसी पूर्णेमा बाजा, डुम, जंगली पशुपंक्षी आदिको आवाज आउंथ्यो रे । यो सबै घटना देख्ने पाका नागरिकहरु अझै पाइन्छ ।
बुढाले यात्रा अनुभव सुनाउन छाडेनन् । बुढाबा भन्दै गए तामाकोसीका माझीहरुको गतिविधि नियाल्दै उकालिएपछि नाम्दु, मैनापोखरी खावासम्म जानुस नजिकै रम्बुले देवीको साथ रहनेछ । अब सिधै नेपालको जुरिच जिरीको लिंकन बजारले खोँचबाट मिठो स्वागत गर्नेछ । पाखामा रहेको जिरेश्वरी, र चित्रेबाट बौद्ध गुम्बाले आशिर्वादको वर्षा गराउनेछन् ।
अब बाटो कच्ची छ। वर्षाको समय भएकाले अलि डर लाग्न सक्छ। अब तपाईका साथमा वारिबाट रम्बुले देवी, पारिबाट राम र सीता बास बसेको तावें डाँडा, संगसँगै माली डाँडाका महादेव साथसाथ रहनेछन् । तपाई कच्चीबाट पार गर्दै गोकुलगंगाको रस्नालु पुल तर्नुहुनेछ । अब तपाईले पाँचपोखरीबाट आएको पानी स्पर्श गर्नुभयो । ढुक्क हुनुस् माथिबाट तपाईको गन्तव्यले चिहाइरहेको हुनेछ । तपाईको यात्रा गोकुलगंगाको तिरैतिर अघि बढ्दैछ, तपाई कुनै समय नेपालकै दोस्रो ठुलो फलाम खानी संचालन र युद्धसामग्री अर्थात बन्दुक निर्माण गरिने ऐतिहासिक बस्ती ठोसे पुग्नु हुनेछ। यो नेवार वस्ती भए पनि जातीय विविधता मनग्गे छ। तपाई यही बास बस्न पनि सक्नु हुनेछ। मन लागेन १ चिन्ता नगर्नुस् यहांभन्दा पर बासको झनै राम्रो प्रवन्ध छ । अघि बढ्नुस । कुनै समय पृथ्वीनारायण शाहले गौप्य बैठक गर्ने भनिएको गाउँ गोप्यटार, अलि पर एकाफमेदी पार गरेपछि शिवालय बजार तपाईको स्वागतका लागि तनमन लिएर तयार छ।
पैदल मार्ग भएर सगरमाथा जाने यात्रुहरुका कारण ठमेलजस्तै देखिने गर्दथ्यो यो बजार कुनै समय । द्धन्द्धले सलक्कै निल्यो । तैपनि सुविधा सबै छन् यहां । अब रातको विश्राम गर्नतिर लाग्नुस् । कुनै असुविधा र असुरक्षाबिना तपाईलाई निद्रा देवीले साथ दिनेछिन । त्यसमा तपाईको थकाई त हुने नै छ। बिहानै उठ्नुस अलिमाथि प्रसिद्ध शिवालय मन्दिर छ। दर्शन गर्नुस चिया लिनुस र लाग्नुस गर्जंगतिर । शिवालय बस्न मन नलागे तपाईको बास गर्जंग पनि हुन सक्ने थियो । तर, तपाईको शिवालयको बास र बिहानी यात्राले सरकारी खर्क, जंगल, र ठुलो कृषि फार्मको दृष्यावलोकन गराउनेछ ।
शिवालयमा महादेवको दर्शनसँगै तपाईले चुचुरेमा बौद्ध गुम्बाको दर्शन गर्नुहुनेछ । अनि गोकुलगंगाको नागबेली चाल हेर्दै मेहेले पार गरेपछि कुनैबेला जर्सी गाई मात्र देखिने सुनसान फाँट देख्नुहुनेछ । चौरमा झोला बिसाउनुस् अनि चारैतिर अवलोकन गर्नुस् तपाईको पाँच पोखरी यात्रा धार्मिक हिसावमा मात्र होइन प्राकृतिक रुपमा पनि स्वर्गीय आनन्दले भरिपूर्ण हुनेछ । यहाँबाट अलिपर खरानेटारमा चियानास्ताको राम्रो व्यवस्था छ। नगरोन्मुख यो गाउँमा नयाँ भवनहरु धमाधम बन्ने क्रममा छन् । यहाँको केही क्षणको विश्रामपछि तपाई अझै अघि बढ्नुहुनेछ । खिम्तीका नामले चिनिने गोकुलगंगाको छंगछंगे सुसाईले शेर्पा गीतको झल्को दिनेछ। हो, अब शेर्पा वस्ती सुरु भयो । अब देउगुन्सा पार गरेपछि तपाईलाई खहरेमा शेर्पाशेर्पेनीले चौरीको मोहीबाट तयार पारिएको शेर, छुर्पी र दहीमहीका साथ हार्दिक स्वागत गर्नेछन्। यो अन्तिम गाउँ हो अब तपाईले गाउँ पाउनु हुनेछैन । यहाँ केही क्षण आराम गर्दा राम्रो ।
अब तपाईको गन्तव्य जति नजिकिदोछ, यात्रा पनि गठिन हुँदैछ । केही उकाली केही ओराली, कतै देउराली कतै चौतारी तिरैतिर घ्वांगखेलातिर लम्कनुस् अब । अब कतै खुइया, कतै सुईसुई र कतै एकले अर्को साथी बोलाएको सुन्नुहुनेछ । यो सबै यात्रा छोट्याउने उपायहरु हुन् । हातमा लाठी, पछाडी झोला, माथिबाट छहरा यो घ्वांगखेलासम्मको यात्रा हो ।
केही उकालिएपछि अब लामो झोलुंगेपुल देखिनेछ । यहीबाट सुरु हुन्छ पाँचपोखरीको कठिन यात्रा । यहाँ केही पसल पाइनेछ, खाजा नास्ताका लागि । पुनः केही आराम गर्नुस् । यो दुई खेलाको दोभान पनि हो ।
अब सुरु हुनेछ घनघस्याको उकालो । तलतिर नागबेली गोकुलगंगा, पारितिर लामालामा छहरा, पारितिर अर्को मेदांगेतिरको पहाड हेर्दै तपाइको उकालो छोटिदै जानेछ । तपाई जंगलै जंगल उकालोमा हुनुहुन्छ, साँझ पर्ला भन्ने कुनै चिन्ता नगर्नुस्। तपाईको स्वागतका लागि पानीपाखामा केही छाप्राहरु छन् । यहाँ छिट्टै पुग्नुभयो उकालिनुस फोक्टेमा पनि बस्न सकिनेछ यहाँबाट पनि उक्लने समय छ भने मानेडाँडामा पनि बास बस्न सकिनेछ । ख्याल गर्नुस्, ओढ्ने, ओछ्याउने र खानाको व्यवस्था भने नहुन पनि सक्छ । यो कुरा तपाईले यात्रा सुरु गर्दा नै व्यवस्था गर्नुपर्नेछ ।
तपाई पानीपाखा बास बस्नुभयो भने बिहानै उकालो हिड्नुपर्ने हुन्छ । फोक्ने पुगे पनि बिहानको चर्कै उकालो छ। सबैभन्दा उत्तम मान्डाँडा नै हुनेछ । यहाँ केही गोठ र छाप्रा पनि बढी छन् । खानपिनको पनि केही राम्रो व्यवस्था हुन सक्छ । त्यसैले तपाईले मान्डाँडा बासको लक्ष्य घ्वांगखोलामै तय गर्दा राम्रो ।
मान्नुस् तपाईको बास मान्डाँडा भयो । अब बिहानै उठ्नुस् चारैतिर एक फन्को आँखा घुमाउनुस् यही हुन सक्छ स्वर्गीय आनन्द । चौरी, याक, ठुलाठुला कुकुर, चौरीको दुध दुहुदै गरेका शेर्पाशेर्पेनी, तलतिर ग्रेटवालजस्तै सेतो गोकुलगंगाको लामो धर्सो, बेसीमा जस्ताले छापेका घरहरुको छाना, पारितिर झरनाहरु, वरपर सुनपाती, धुपी, पदमचालका बोटविरुवा र माथितिर बादल दौडिरहेको दृष्य र नजिकैको तपाईको गन्तव्य ।
अब तपाईको गन्तव्यमा पुग्न तेर्सो र उकालो झण्डै बराबर हुनेछ । धुपी र सुनपातीका बुटासँगै खेल्दै अब तपाई अघि बढ्नु हुनेछ । हल्का ओरालो, हल्का उकालो अनि फेरि एउटा उकाले पार गरेपछि पाँच हुँदै जट्टा पोखरीबाट आएको पानीको स्पर्श पाउनुहुनेछ । तपाईले घ्वांगखोलामा छोडेको पानी भेट्नु भएको हो । तपाई केही आराम गरेर उकालिनु हुनेछ । अब रामेछापकै देउरालीको बाटो भएर आउने भक्तजनहरुको लर्कोसँग जुहारी खेल्न पनि सकिनेछ । अर्थात पारिकाले बोलेको वारिकाले सुन्न सक्नेछन् । बीचका खोला । दुई किनारका यात्रीबीच अब कुराकानीसम्म पनि गर्न सकिन्छ ।
बाटो उकालो सुरु भयो । गला र कलाले साथ दिए वारिका र पारिकाबीच जुहारी चल्न सक्छ । तपाईमा पनि दुवै छ भने सहभागी हुन सक्नुहुनेछ । अब दुई वटा ससाना उकालो कटेपछि पुगियो जट्टा पोखरी । यही पारिबाट आउनेसँग पनि जम्काभेट हुनेछ । आजको बास यही हुनेछ । तपाई बेलैमा पुग्नु भएकाले यहाँ आजै घुमिसक्नु हुनेछ । यद्यपि पाँच पोखरी यहाँबाट करिब ४५ मिनेट माथि हो त्यही पुग्न पनि सकिनेछ । जट्टा पोखरी समुद्री सतहदेखि ४ हजार २८ मिटरमा अवस्थित छ । पाँच पोखरी त्यसको ठिक ४ सय १५ मिटर माथि हो ।
अब यहाँ सेता छाँगा, मसिना बुटा, झिंगा लड्ला झै पाखामा चरनमा रहेका चौरी र जट्टा पोखरीको धार्मिक र प्राकृतिक दर्शन र अलोकन गर्नुहुनेछ । माथितिर कालो पहाड छ। पाँच पोखरीको पानी त्यही कालो पहाडको कालो काँपबाट जट्टातिर झरिरहेको छ।
पाँच पोखरी पुग्नुस् वा जट्टा पोखरीमै बास बस्नुस्। तपाई जट्टा पोखरीको खोकिलोमै निदाउनु हुनेछ। चिसोले समातेन र वर्षा उत्ति भएन भने तपाई रातभर जुहारी खेल्न सक्नु हुनेछ । आम्मैलाला खैलाला खैलालाले लैजालाको लयमा रातभर गीतसंगीतको आनन्द लिन पनि सकिनेछ । जट्टाको काखमा शेर्पा दाई र शेर्पेनी दिदीहरु कम्मर मर्काइरहेका हुनेछन् । बासको राम्रो प्रबन्ध बनिनसकेकाले केही समस्या भने झेल्नुपर्ने हुनसक्छ । यहाँको बास ओढार, केही साना छाप्रा र आफैले लगेको त्रिपाल वा टेन्ट नै हो ।
जट्टा पोखरीको बास भए बिहानै दर्शनार्थीहरुको लाममा लाम लाग्नुस् पाँच पोखरीका लागि । बाटो भने अलि अप्ठ्यारो छ, त्यसैले विस्तारै यात्रा अघि बढाउनुस् । होइन साँझ नै पुग्नु भएको छ भने बिहानै पाँच पोखरीको फन्को मार्न थाल्नुस् । झिसमिसेको फन्को झण्डै ३५ देखि ४५ मिनेटको हुनेछ । टाढाबाट हेर्दा पोखरी, नजिकबाट हेर्दा संग्लो पानीमा भक्तजनले चढाएको त्रिशुल, पैसा र पाखाको स्पष्ट आकार देखिनेछ । हिमाली लेक, बिहानी चिसो केही असहज हुन सक्छ । पुजा, दृष्यावलोकन र यात्राको उद्देश्य प्राप्त गर्नुस् । यहाँका वस्तुहरुलाई शब्दमा व्यक्त गर्नै सकिन्न। स्वर्गीय आनन्द लिनुस्।
अब तपाई ओरालो लाग्नु हुनेछ जट्टा पोखरीतिर। यहां पनि तपाईसँग अन्य पोखरी अवलोकन गर्ने अवसर छ। तपाई सिधै कालिञ्चोकतिर लाग्न सक्नु हुनेछ । अथवा सिधै देउरालीतिर लाग्न पनि सक्नु हुनेछ । अन्य पोखरी यही दुई विपरीत मार्गमा छन् । तपाईले मुख्य पोखरी अवलोकन गरिसक्नु भएकाले फर्कन चाहनु हुन्छ भने पुगेकै बाटो फर्कन सक्नु हुनेछ । तपाईको धार्मिक, साँस्कृतिक वा प्राकृतिक कुन यात्रा हो करिब करिब समाप्त भयो । तर, अब तपाईसँग कति दिन बाँकी छ ? दुई दिन थप्न सक्नु हुन्छ भने तपाई सिधै शिवालय झ्नुस र बास बस्नुस वरपरको मनोरम दृष्यावलोकन गर्नुस् । सकिन्छ भने ठोसेमा लाग्ने परम्परागत गाइजात्रा, सांझमा लाखे र राति महाकाली नृत्य पनि नछुटाउनुस् ।
यहाँबाट सिधा चरिकोटसम्म बसमा आउनुस् दोलखा भिमसेनको दर्शन गर्नुका साथै प्राकृतिक दृष्यवलोकन गर्नुस् । पुनः दुई बजेको बसमा चरिकोट पनि छोड्नुस् र खाडीचौरबाट सिधैं तातोपानीको बस समात्नुस्। तातोपानी बास बस्नुस् नुहाउनुस् र सिधै बिहानको खानाका लागि काठमाडौ फर्कनुस् । पाकाले कुरा बिसाए । ठिठाहरु उत्साही थिए । बिहानै छ बजे शिवालयको सुपरका चालकले बसको हर्न बजाए बस विस्तारै मध्य राजधानीको पुरानो बसपार्कबाट अघि बढ्यो । उनीहरुबीच कुराकानी चलिरहेकै थियो । भद्रकालीबाट बस ओझेलियो ।
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ ।
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् । केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान् कुन्नी !
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।
चीनसँग विवाद बढ्दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।
सर्वाधिकार नेपाल जापान डट कम संग सुरक्षित छ । नेपाल जापान डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन बिनम्रतापूर्वक अनुरोध गर्दछौं । विना साभार हाम्रा कुनै पनि सामाग्रीहरु प्रकाशन नगर्न अनुरोध गर्दछौं ।
info@nepaljapan.com विज्ञापन : advertise@nepaljapan.com
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ । Our Official Sponsor is TBi Groups of Companies