चीन र भारतसँग नेपालका सम्वन्धहरु

केशब देवकोटा
काठमाडौं 

नेपाल विशाल देशहरु चीन र भारतका वीचमा दुई ढुंगाको तरुलका रुपमा रहेको छ । पछिल्ला दिनमा कतिपयले यसलाई दुई ढुंगाका वीचको डाइनामाइटका रुपमा पनि चित्रण गर्ने प्रयास गरे । वास्तवमा समय सन्दर्भमा दुवै भनाईहरु सही देखिंदै आएका छन् । नेपाल राम्रो अर्थमा तरुल पनि वन्न सक्तछ भने नकारात्मक अर्थमा डाइनामा पनि वन्न सक्तछ ।


नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ । चीन र भारत वीचका सम्वन्ध समेत यसै अनुरुप विकसित भैरहेका छन् । भारतले क्षेत्रीय प्रभुत्व जमाउनका लागि कथित शक्तिराष्ट्र अमेरिकाको सहयोग लिएको छ । यतिवेला भारत दक्षिण एशियाका लागि अमेरिकाको प्रतिनिधि देशझै देखिन्छ ।


चरित्रगत हिसावले पनि विस्तारवादी मुलुक भारत साम्राज्यवादी मुलुक अमेरिकाको प्रतिनिधि हुनसक्छ । त्यसैले होला अमेरिका र भारतले एकापसमा आणविक सन्धी गर्नुका साथै सैनिक संझौता समेत गरेका छन् । कुनैदिन महाशक्ति राष्ट्र सोभियत संघको पक्षमा रहेको भारत सोभियत संघको पतनपछि अमेरिका निकट पुगेको हुनाले उसलाई अन्तराष्ट्रिय सम्वन्धहरुमा सन्तुलन ल्याउन अझै कठिनाई परेको हुनसक्छ । क्षेत्रीय महाशक्ति वन्ने होडमा लागेको भारतले छिमेकी नेपाल, पाकिस्तान, वंगलादेश र म्यानमार लगायतमा आर्थिक, राजनीतिक र सांस्कृतिक थिचोमिचो वढाएको छ । हिन्दीलाई क्षेत्रीय सम्पर्क भाषा वनाउने, भारतलाई नै क्षेत्रीय वजार वनाउने, विद्युत केन्द्र वनाउने जस्ता भारतीय शासकहरुका सपनाले गर्दा नेपाल जस्ता साना र कमजोर मुलुकहरुले अनेक थिचोमिचोको अनुभव गर्नु परिरहेको छ । भारतले भुटानमा नव उपनिवेश नै कायम गरेको छ भन्दा हुन्छ भने सिक्किमलाई आफ्नै देशमा विलय गराएको छ र नेपाललाई पनि सिक्किम वनाउने प्रयास गरिरहेको छ । त्यति मात्र नभएर भारतीय हस्तक्षेप श्रीलंका र माल्दिभ्ससम्म नै विस्तार भएको छ । चीनले पाकिस्तान, म्यानमार, नेपाल र श्रीलंकासँग सम्वन्ध सुधार गरेको र भारतको ती राष्ट्रसँग सम्वन्ध विग्रदै गएकाले कतिपय प्रशंगमा चीन र भारत नै आपसका टकरावको स्थितिमा पुग्ने गरेका छन् । कतिपयले त सन् २०१२ सम्ममा चीन र भारतवीच युद्ध समेत हुनसक्ने आंकलन गरेको पाइन्छ ।


त्यसैले होला भारतले अमेरिकाको आड लिएर चीनलाई घेरावन्दी गरिरहेको छ भने चीनले भारतका छिमेकी मुलुकसँग मिलेर भारतलाई घेरावन्दी गर्न खोजिरहेको छ । यसै अनुरुप चीनले म्यानमारसँग ग्यास संझौता, पाकिस्तानसँग आर्थिक, श्रीलंकासँगसामरिक सम्वन्ध वढाउदै लगिरहेको छ । नेपालको राष्ट्रिय अखण्डतामा कुनै आँच आउने भएमा चीन चुप लागेर नवस्ने जुन अभिब्यक्तिहरु सार्वजनिक भएका छन् ती भारत विरुद्ध लक्षित रहेको सहजै वुझ्न सकिन्छ । भारत र अमेरिकाले नेपाली भूमि प्रयोग गरेर पटक पटक चीन विरोधी गतिविधि गर्ने प्रयास गरेकाले पनि नेपालका राजनीतिक घटनाक्रमकावारेमा चिनियाँ चासोहरु वढ्दै गएको हुन सक्छ । चीनले नेपालले भारतसँग गरेका शान्ति र मैत्री तथा सुपुर्दगी लगायतका विभिन्न सन्धिहरु आफूसँग पनि गर्न माग गर्न थालेको छ । अथवा भनौ चीन नेपालसँग भारतका सन्दर्भमा समदुरीको सम्वन्ध कायम भएको देख्न चाहन्छ । चीनले ज-जससँग सम्वन्धसुधार गरिरहेको छ भारतको ती मुलुकसँग सम्वन्ध सुधार हुन सकेको छैन । भारतको प्रायः सवै छिमेकी मुलुकसँग सीमा विवाद रहेको छ । नेपाल र भुटान वाहेकका अन्य मुलुकले भारतसँगको सीमालाई ब्यवस्थित गर्दै लगेका छन् । नेपालले चीन र भारतसँग असंलग्न सिद्धान्तका आधारमा समदुरी कायम गर्नु पर्नेमा पहिलेदेखि नै त्यो हुन सकिरहेको छैन ।


पहिले व्रिटिश इन्डियाका पालामा राणा, ००७ सालको राजनीतिक परिवर्तनपछि राजा, ०४६ को राजनीतिक परिवर्तनपछि नेकां र एमाले लगायतले भारतलाई सुरक्षा छाता मान्ने गरेकाले पनि नेपालले दुई छिमेकी मुलुकसँग समदुरीको सम्वन्ध राख्न नसकेको हो । ०६३ वैशाख ११ को राजनीतिक परिवर्तनपछि भारतले केही मधेशवादी दलमार्फत नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्न थालेपछि चीनले पनि नेपालप्रतिको चासोलाई तीव्र पारेको अनुभव गरिंदै छ । वेलावखत नेपाल आएका चिनियाँ अधिकारीहरुले नेपाली भूमि चीन विरुद्ध प्रयोग नहोस भन्ने माग गरेको पाइन्छ । मुख्यरुपले वेलायत र अमेरिकाले परिचालन गरेका तथा भारतमा आश्रति दलाई लामाका समर्थकहरुको नेपालमा चलखेल वढेपछि चीन चिन्तित हुन थालेको हो । यसले पनि नेपालले अव चीन र भारतवीच समदुरीको सम्वन्ध कायम गर्नुको अर्को विकल्प देखिएको छैन ।


छिमेकी दुई मुलकवीच असन्तुलित सम्वन्ध कायम भएमा नेपालले अकल्पनीय राजनीतिक दुर्घटनाको सामना गर्नु पर्ने संकेतहरु देखिन थालेका छन् । वन्द, ब्यापार र आवत, जावत लगायतका सवै पक्षमा नेपालले दुई देशवीच समान ब्यवहार गर्नु पर्ने हुन्छ । भारतलाई मात्र विशेष सुविधा उपलब्ध गराउनु नेपालका लागि श्रेयस्कर हुदैन । अन्तराष्ट्रिय सम्वन्धमा जे जस्तो परिवर्तन आए पनि नेपाल-भारत-र चीनको भौगोलिक सीमामा परिवर्तन आउन सक्तैन । तीनवटै देश एक अर्काका छिमेकी भएर रहनै पर्दछ । यससँगै आर्थिक, सामाजिक र सांस्कृतिक सम्वन्धहरु पनि कायम नै रहन्छन् । भारत र चीनमा पृथक राजनीतिक ब्यवस्था भए पनि नेपालले असंलग्नताको सिद्धान्तका आधारमा आफूलाई सन्तुलन गर्नु पर्ने हुन्छ । यसै कारण नेपालले चीन र भारतसँगको सम्वन्धमा समय सान्दर्भिक सन्तुलन कायम गर्नै पर्ने हुन्छ । नेपाल चीन र भारतको तुलनामा सानो र आर्थिक रुपले पछि परेको मुलुक हो तर चीन र भारतवीचको सम्वन्ध सन्तुलनका हिसावले अर्थात सामरिक हिसावले नेपाल निकै महत्वपूर्ण ठाउँमा रहेको छ । नेपालले आफ्नो यो सामरिक महत्वलाई समयमै वुझेर त्यसै अनुसार काम गर्नु पर्दछ ।


पछिल्ला दिनमा देखिएको चीन र भारतवीचको वढ्दो तीक्ततालाई ध्यानमा राखेर अव नेपालले चिनियाँ सीमामा जस्तै भारतसँगको सीमामा पनि सतर्कता अपनाउनु पर्ने वेला आएको छ । भारतीय वाटो भएर भित्रने आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नका लागि पनि भारतसँगको सीमा सिल गरी आवत जावतमा राहदानी प्रणालीको प्रवन्ध गर्नु पर्दछ । किनभने तेश्रो मुलुकवाट हातहतियार, लागु औषधी र नक्कली नोट र यस्तै अन्य आपराधिक गतिविधिहरु भारत हुदै नेपाल भित्रिएर चीनको सीमासम्म पुगिरहेका छन् । यसले गर्दा नेपाल र चीन सम्वन्धमा वेला वखत दरार पैदा हुने गरेको छ भने भारतसँगको सम्वन्ध पनि अपेक्षित मात्रामा सुमधुर हुन सकिरहेको छैन । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाएर अमेरिका र वेलायत लगायतका मुलुकहरु नेपाली भूमिवाट चीनलाई घेरावन्दी गर्न अग्रसर भएको देखिन्छ । चीन र अमेरिकाको महाशक्ति वन्ने वा भारतको क्षेत्रीय शक्ति वन्ने होडसँग नेपालको कुनै सम्वन्ध छैन । त्यसमा उनीहरुलाई वाधा गर्नु पर्ने अथवा सहयोग गर्नु पर्ने कुनै आवश्यक्ता पनि छैन ।


 त्यसैले नेपाली भूमि नेपालीको हितका लागि मात्र प्रयोग हुने तर अन्य मुलुकका लागि कुनै हालतमा प्रयोग हुन नदिने प्रवन्ध गरिनै पर्दछ । नेपालका केही दलाल प्रवृतिका राजनीतिक शक्ति र समूहहरु भारतसँग विशेष सम्वन्ध र चीनसँग तेश्रो मुलुकसँगको जस्तो सम्वन्ध राख्नु पर्ने कुरा गरिरहेका छन् । त्यसो भयो भने नेपाल कुनै पनि दिन साँडेको जुधाई वाञ्चाको मिचाईमा पर्न सक्ने अवस्था छ । पञ्चशील र असंलग्नताको सिद्धान्त मान्ने एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले छिमेकीसँगको सम्वन्धमा असन्तुलित र पक्षपातपूर्ण ब्यवहार अपनाउनु हुदैन । अझ नेपालको अहिलेको जस्तो संक्रमणकालीन तरल अवस्थामा नेपालले छिमेकीहरुसँगको सम्वन्धमा सन्तुलन कायम गर्नै पर्ने हुन्छ । त्यसप्रति वर्तमान सरकारले आम सहमति कायम गर्न प्रयत्न गर्नु आजको प्रमुख आवश्यक्ता भएको छ ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies