चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली

उत्तम सिलवाल
काठमाडौं 

 आफूले सोचेभन्दा बढी महत्व, मानसम्मान र चर्चा प्राप्त गरी अनेकौं अपेक्षा र चुनौतीका बीच गैरआवासीय नेपाली सङ्घ -एनआरएनए) को चौथो अन्तरराष्ट्रिय सम्मेलन हालै काठमाडौंमा सम्पन्न भएको छ ।


मुलुकको आम सञ्चारजगतमा हप्ता दिनभन्दा बढी एकछत्र छाउँदै आकर्षणको केन्द्रविन्दु बनेको सो सम्मेलन राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री एवम् नेतागण, आम नागरिक समाज र स्वदेश तथा विदेशमा रहेका करिब तीन करोड नेपालीको ध्यानाकृष्ट गर्न सफल भएको छ ।


विश्वका ५२ देशका करिब ६०० भन्दा बढी प्रतिनिधि सहभागी सो सम्मेलन 'एनआरएनका पिताका रूपमा परिचित आफ्ना संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो'को स्थानमा देवमान हिराचनलाई सर्वसम्मतरूपमा पदस्थापन गरी सहकार्य र एकताको सन्देश दिन पनि सफल भएको छ ।


सम्मेलनमार्फत पद र कुर्सीका नाममा आपसी झै-झगडा नगरी विश्वासको वातावरणसहित सहकार्य र एकताका आधारमा मुलुकलाई राजनीतिक निकास दिन र विदेशीको मात्र मुख नताकी आफ्नो स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी गरी अधिकतम लाभ लिँदै दिगो विकास र समृद्धिको बाटामा लम्कन सम्बद्ध पक्षको ध्यनाकर्षण भएको छ ।


मातृभूमिको मायाको डोरोले भावनात्मकरूपमा एक ठाउँमा बाँधिएर नेपाल र नेपालीको सुखदुःखमा साथ दिने अभिलाषासहित सन् २००३ मा स्थापना भएको एनआरएनएको चौथो सम्मेलनले जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रयाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


आफ्नो पक्षको समेत सहभागितामा एनआरएनएले आवश्यकता र बजेटका आधारमा विद्यालय, पुस्तकालय, उपकरणसहित सूचना प्रविधि केन्द्र, अस्पताल, सडक, कियापुत्री भवन निर्माण तथा मर्मतसम्भार गर्न र पूर्वाधार निर्माणसहित आर्थिक गतिविधिलाई बढवा दिन सरकारी तथा निजी साझेदारी-पिपिपी) को अवधारणाअनुरूप कार्यान्वयनमा जाने निर्णय गरेको छ ।


यसैगरी उसले प्रकोपजन्य घटनामा राहत सहयोग उपलब्ध गराउने, ग्रामीण तथा द्वन्द्वपीडित क्षेत्रमा विकासमूलक एवम् परोपकारी कार्य सञ्चालन गर्ने, छात्रवृत्ति प्रदान, खाद्य सुरक्षा तथा खानेपानीको व्यवस्था र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणजस्ता लोककल्याणकारी क्षेत्रमा दिइँदैआएको सहयोग अझ बढाउने निर्णय घोषणापत्रमार्फत गरेको छ ।
 
चीन, मङ्गोलियालगायतका देशमा जस्तै दोहोरो कर प्रणाली अन्त्य र शान्तिसुरक्षाको ग्यारेन्टीसहित औद्योगिकमैत्री वातावरण निर्माण गरिए मातृभूमिमा ठूलो वैदेशिक लगानी भित्रयाई रोजगारीको वातावरण सिर्जना गर्ने, आर्थिक कूटनीतिलाई सफल बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने, स्वदेशमा उत्पादित सामग्रीको उपयोगमा जोड दिादै बजार प्रवर्द्धन अभियानमा आˆनो संयन्त्र परिचालित गर्ने, पर्यटन प्रवर्द्धनअन्र्तगत 'एउटा साथी घर पठाउ' अभियानलाई सार्थक तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष हिराचनले भन्नुभयो-'सद्भावना राजदूतका रूपमा प्रस्तुत भई मातृभूमिको विकास र नेपालीको सुख-दुःखमा साथ दिनेबाहेक नेपालप्रति आकषिर्त हुनुमा आफूहरूको कुनै पनि स्वार्थ नरहेको स्पष्ट गर्दछौं ।'


नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।


विश्वभर छरिएर रहेका आफ्ना २५ लाख सदस्यको हकहितका पक्षमा वकालत गरिरहने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनएका अगुवा रामप्रताप थापाले भन्नुभयो- "संस्थागत र पारदर्शी ढङ्गले आफ्ना गतिविधि सञ्चालन गरी उत्साहजनक परिणामका साथ विश्वभर छरिएर रहेका नेपालीको मन जित्नुपर्ने चुनौती अहिले आफूहरू समक्ष आइलागेको छ । कुराभन्दा बढी काम गरी सबैको आशा र भरोसाको केन्द्रविन्दु बन्न एनआरएनएको नयाँ नेतृत्वलाई सफलता मिलोस् ।"


अझसम्म दर्ता नभएको एनआरएनएको दर्ता प्रक्रिया तीन महिनाभित्र सम्पन्न गरी सचिवालय स्थापनाका साथै सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने, लैङ्गिक सहभागितालाई प्राथमिकता दिई ३० प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गर्ने, जातीय, वर्गीय र क्षेत्रीय मुद्दालाई ध्यानमा राखेर सहभागितामूलक एवम् समावेशी पक्षका आधारमा सङ्घलाई अझ सुदृढ र पारदर्शी तुल्याउँदै आम एनआरएनलाई विश्वासमा लिएर मातृभूमिको सेवामा समर्पित हुने योजना रहेको अध्यक्ष हिराचन बताउनुहुन्छ । ज्यानको परवाह नगरी आ-आफ्नो कार्यक्षेत्रमा स्थापित हुन जम्दो ठण्डी र पग्लदों गर्मी सहेर अहोरात्र खटिरहेका कैयौं गैरआवासीय नेपाली छुट्टी नपाउँदा र नेपाल आउने-जाने खर्चसमेत नहुँदा सम्मेलनमा भाग लिनबाट वञ्चित हुनुपरेको तीतो यथार्थ स्मरण गर्दै आफ्नो गच्छेअनुसार स्वस्फूर्तरूपमा केही योगदान गरिरहेका अहिलेका पहिलो पुस्ताको एनआरएनबाट ठूलो आर्थिक सहयोगको अपेक्षा नगर्न अधिकांश प्रतिनिधि आग्रह गर्नुहुन्छ ।


आफ्नो हैसीयतभन्दा बढी मानसम्मान र स्थान पाउँदा आफूहरूलाई लाज समेत लागेको उल्लेख गर्दै स्वावलम्बी बनी कामको संस्कृतिलाई प्राथमिकता दिन उहाँहरूको आग्रह गर्नुहुन्छ ।  शान्तिसुरक्षा तथा मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगी असफल राष्ट्रकारूपमा नेपाल गइरहेको भन्नेजस्ता भ्रामक र गैरजिम्मेवार समाचार सम्प्रेषण गरी विश्वमाझ राष्ट्रको छवि धुमिल नपार्न र साख नगिराउन आम सञ्चारजगतको पटकपटक ध्यानाकर्षण गर्दै एनआरएन प्रतिनिधिहरूले एकै स्वरमा भने- "यस्तो शान्त, सुन्दर र रमणीय मातृभूमिका बारेमा जथाभावी समाचार सम्पे्रषण गरी अध्ययन र अवसरका खोजीमा विदेशतर्फ भौंतारिएका हामीलाई थप दुःखित नतुल्याइदिनुहोस् ।"


सङ्गठन निर्माण तथा व्यवसाय सञ्चालनका क्रममा विश्वका धेरै मुलुक घुम्ने अवसर मिलेको बताउँदै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो भन्नुहुन्छ- "अन्य मुलुकको तुलनामा केही गरिब भए पनि नेपाल शान्त र सुन्दर छ । अनावश्यक हल्ला नगरी सकारात्मक सोचका साथ अघि बढे नेपालको विकास सम्भव छ ।"


प्रशस्त स्रोतसाधन र सम्भाव्यताका भएर पनि अति गरिब राष्ट्रको सूचीमा नेपाल पर्नु दुर्भाग्यपूर्ण हो भन्दै एनआरएनएका अगुवा भीम उदास गाँस काटेर भए पनि बचत सङ्कलन कार्यक्रममार्फत नेपालको आर्थिक सामाजिक रूपान्तरणसहित शान्ति र समृद्धिका पक्षमा आफूहरू लागि पर्ने बताउनुहुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशी गैरआवासीय नेपालीको सीप, स्रोत र साधनलाई उपयोग गरी सरकारी तथा सार्वजनिक अवधारणाका आधारमा विकास-निर्माण प्रक्रियामा सहभागी भए नेपाल र नेपालीको भविष्य सुधार हुन धेरै समय नलाग्ने बताउनुहुन्छ ।


रासस

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies