मेरो छोराले जब अराजकता मन परायो

शिवजी श्रेष्ठ
बेलायत 

आफूलाई मन परेको क्यारियर र जन्मभूमिलाई आकस्मिक (विनायोजना बीचमै) रूपमा छाडेर परदेशिएपछि लगभग चार वर्षको अन्तरालमा यस वर्षको दसैँ-तिहार परिवारसँगै मनाउने अनि एनआरएनको चौथो विश्वसम्मेलनमा समेत सहभागिता जनाउने अवसर जुर्‍यो ।

मेरो छोरा वेल्समा जन्म्यो, अन्नप्रासन्नको परम्परागत धर्मनिर्वाहचाहिँ नेपालमै गरियो, तर ऊ त्यतिखेर महिनाले मात्र ६ महिना पुगेको थियो । तसर्थ 'तिमीले नेपाल छोएका छौ, देखेका छौ भन्ने कुरा फोटो देखाउँदा ऊ छक्क परेर हेर्थ्यो मात्र । नेपालमा जसरी आफ्ना छोराछोरीले 'अंग्रेजी' बोलिदिए दंग पर्छौं, त्यस्तै हो परदेशमा अभिभावकहरू छोराछोरीले 'नेपाली' बोलिदिए त्यसै-त्यसै दंग पर्छन् । यस्तै भएको थियो, मेरो छोरामा पनि । सुरुको दुईवर्षे कालमा मेरो बुबा-आमा साथै हुनुहुन्थ्यो, नाति देखेर दंग पर्नुहुन्थ्यो 'नाति अजा-अजी (बाजेबजै) सँग नेपालीमै कुरा गर्ने, नेपाली नाच नै मन पराउने, गीत त झन् जहिल्यै नेपाली (गाडीमा हिँड्दा जहिल्यै 'मेरो प्यारो ओखलढुंगा दोहोर्‍याइ-तेहर्‍याई सुनाइदिनैपर्ने) । ऊ घरमा सजाउन झुन्ड्याएर राखेको मादल सकी-नसकी बजाउन खोज्थ्यो । हामी सबै दंग, बुबा-आमा नातिको त्यही चर्तिकला मनमा साँचेर नेपाल फर्किनुभयो, पछि फोनमा कुरा हुँदा बुढाबुढीको कुरै त्यही ।
समय बढ्दै गयो, छोरा तीन वर्ष पुगेपछि स्कुल र विस्तारै हाम्रो वशबाट स्कुलको वशमा जान थाल्यो । हाम्रो घरको शिक्षालाई स्कुलको शिक्षाले बदली गर्‍यो । तिहारमा लगाएको सप्तरंगी टीकालाई 'हालोइन' (अंग्रेजी चाड) को मास्कले छोप्न थाल्यो । विस्तारै छोराको मुखबाट 'नेपाली' शब्द सुन्न कुर्नुपर्ने भयो, हुँदाहुँदा नेपाली भाषा मात्र होइन, उसलाई केही याद नै नभएको उसको केही नबिगारेको, बाबु-आमाको जन्मथलो नेपाललाई नै 'आई हेट नेपाल' भन्न थाल्यो ।

हामीले देखेको, भोगेको, खेलेको हाम्रो देश नेपाल हामीलाई प्यारो लाग्ने, तर जसले देखेको छैन, भोगेको वा खेलेको छैन, उसैलाई घृणा (हेट) लाग्ने ? हामीले विश्लेषण गर्‍यौँ, सायद यसबीच नेपाल गएर फर्कनेहरूसँगको भलाकुसारीमा देखेको अवस्थाको चित्रण, यथार्थ प्रस्तुति उसले सुन्दै गयो कि, बुझ्दै गयो कि ? देखेको कुराले भन्दा सुनेको कुराले बढी प्रभाव पार्ने हाम्रो संस्कार सायद उसमा पनि सर्‍यो कि ! हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

यसरी गन्दागन्दै फूलपातीको दिन काठमाडौं विमानस्थलमा ओर्लियौँ । हामीलाई त हाम्रो माटो, हावा, झारपातको बास्नाले चिनिहाल्यो, तल एनआरएनले उपलब्ध गराएको ट्रलीहरू, यात्रुहरूबीच हारालुछ र सामान घुमाउने कन्टेनरको बिग्राइले हामी उही हाम्रै देशमा छौँ भन्ने भान दिइहाल्यो । सामान खोज्न र ट्रली तान्नको ध्याउन्नमा अरूतिर ध्यानै गएन । जब मोलमोलाइबीचको ट्याक्सी चढेर घरतिर लागियो, अघिसम्म नबोलिरहेको छोरो गौशालाको ओरालो रातोपुलनेर पुगेपछि अंग्रेजीमा प्वाक्क बोल्यो- 'मलाई नेपाल कस्तो मन पर्‍यो !' तीन वर्षदेखि यही कुरा सुन्न लालायित यी कान कति पुलकित भए होलान् ! भलै छोराको त्यो वार्तालाप आमासँग थियो । म दंग पर्दै सुन्दै थिएँ, आमाको सोधाइ, 'छोरा, तिमीलाई किन नेपाल मन पर्‍यो ?' त्यो प्रश्नको जवाफ सुन्न म लालायित थिएँ, उसले जवाफ दियो, 'नेपालमा त रोडमा मान्छे हिँड्न पाउँदोरहेछ ।' ट्याक्सीड्राइभर हाँस्यो, हामी हाँस्यौँ, ऊ पनि ठूलै कुरा देखेछु भनेजसरी हाँस्यो । उसलाई त अचम्म लाग्यो होला, जुन कुरा देखेको थिएन, देख्न पायो, अनि सायद खुसी थियो 'म पनि यसरी नै रोडमा हिँड्न पाउँछु' भनेर । एउटा नियन्त्रित स्थानबाट बल्ल मुक्ति पाएर स्वतन्त्रता पाएजस्तो । मेरा लागि त त्यो नियति हो, बाध्यता हो । तर, मेरो छोरालाई त्यही कुरा विकास लाग्यो, उपलब्धि वा रहर । हिजो सायद त्यही कुरा हामीले गरेको सुनेर नेपाललाई मन नपराउने छोरो, आज देखेपछि उल्टै मेरो देशलाई नै मन पराउने भइदियो । व्यंग्य गरेको मानौँ भने विचरा पाँच वर्षको अबोध बालक !

मलाई सम्झना आयो तीन वर्षअगाडि जब मेरो बुबाआमा बेलायतमा हुनुहुन्थ्यो । घुमाउने क्रममा 'वेल्स लाइफ म्युजियम' मा लगेँ, जहाँ आजभन्दा पाँच सय वर्षअगाडि, दुई सय वर्षअगाडि, पचास वर्षअगाडि वेल्स (बेलायत) कस्तो थियो भन्ने कुरा सजीव रूपमा जस्ताको त्यस्तै राखिएको छ । म दंग परेर वर्णन गर्दै थिएँ, फित्तावाला मिल, जाँतो, हँसिया, बन्चरो, टेलिफोन बुथ, दाउरा बाल्ने अँगेना देख्नुभएपछि बुबाले दिक्क मान्दै भन्नुभएथ्यो, 'बाबु, यस्तो चिज त हामीले नेपालमा अहिले पनि देखेकै, भोगेकै छौँ नि, विकास देखा न विकास !' अनि आकर्षित हुनुभएथ्यो, अन्डरग्राउन्ड ट्रेन, तला-तला भएका बाटोमाथिका पुल, कहिल्यै जाम नहुने, एउटै मान्छे बाटोमा नदेखिने राजमार्ग अनि दाँज्नुभएथ्यो हाम्रो मुग्लिङको बाटोसँग ।

मैले सम्झिएँ अनि दाँजिरहेँ मेरो बुबाले देख्दा वाक्क मान्नुभएको, तर देख्न चाहेका कुरा, अनि मेरो छोराले देख्दादेख्दा वाक्क भएर मेरो देशमा मन पराएका कुरा । जुन कुराको कल्पना गर्दा गर्दै, सम्झँदै गर्दा अनि दाँज्दै गर्दा ट्याक्सी घरअगाडि रोकिइसकेछ, त्यसबीचमा मेरो छोराले मेरो देशको धेरै कुरा उत्तेजित हुँदै मन पराइरहेको थियो । ट्याक्सीबाटै देखेँ मैले मेरो बुबा आनन्दको मुस्कान छाडिरहनुभएको थियो । अनि मैले त्यतिखेर मनमनै सम्झें, मेरो देशका भाग्यविधातालाई, जनप्रतिनिधिलाई अनि 'नयाँ नेपाल'को सपना देखाउनेहरूलाई । अनि त्यसै-त्यसै सोध्न मन लाग्यो, 'कुन कुराले तपाईंहरूलाई प्रभावित गरायो ? मेरो अबोध बालक छोराले देखेर दंग परेको नेपाललाई ? अथवा मेरो वृद्ध बुबाले देख्न चाहनुभएको नेपाललाई ?'

यी त एउटा प्रतिनिधि संयोग मात्रै हुन्, मेरो देशमा मेरा छोरालाई मन पर्ने धेरै कुरा छन्, जुन हामीलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ । तर, जेहोस्, मेरो छोराले मेरो देशलाई मन परायो । अनि अहिले पनि भन्ने गर्छ, 'हामी फेरि नेपाल जाऔँ न !' मेरो छोराले मेरो देशलाई मन पराइदिएको कुराले हामीलाई केही समय राहत त दिलायो, तर.... । तर, अबोध बालकले मन पराएको मेरो देश सधैँ उसले यसरी नै मन पराइरहोस् अनि ऊ बझ्ने भइसकेपछि पनि मन पराइरहोस् । तब मनमनै कामना गरेँ, मेरो छोराको बुझ्ने स्तरसँगै मेरो देशको मन पराउने स्तर पनि बढ्दै जाओस् ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies