महापापको कर्म

किन्दर राई
 

मुख्य हलभित्र प्रवेश गरिसक्दा म एउटा सानोसानो मेलामा प्रवेश गरे जस्तो लाग्यो कताकता मकाउको जुवा घर जस्तो लाग्ने जताततै मान्छेको झुण्ड झुण्ड देखिन्थ्यो र टेबुल वरिपरि गफ गरि रहेको थियो। एकजनाले २,३ जना ४,५ जनालाई पढाई रहेको थियो। दाइने पटिको तल्लो कर्नर साइडमा नेपाली र इण्डियनहरुको झुण्डहरु थियो। भुइको कार्पेट जताततै नांगो काठ देखिने गरि दोब्रिएको त कतैकतै फाटेको थियो र धुलैधुलोको पत्रहरु घिनलाग्दो गरि देखिन्थ्यो। जथाभावी राखिएका सानासाना र्याकहरुमा पुस्तक पत्रिकाहरु लथालिंगसँग छरि रहेका थिए। मान्छेको तेत्रो भिंडमात्र देखेपछि शंका लाग्यो। मलाई लिएर जाने भाइले अली सिनियर भाइलाई बोलायो र परिचय गरायो। त्यो नयाँ र सिनियर भाइले भेट्ने बितिक्कै सोधि हाल्यो , “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो?” मैले जवाफ फर्काउनुभन्दा अगाडि नै रेडिमेड जवाफ आफैले फलाक्यो, “सरप्राइज, अनौठो, होइन त? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल, पारिको चाइनिजहरु त सब यसैको लागि आइ रहेकाछन्। ”



बस्ने कुर्सि तर्फ लाग्दा नलाग्दै मैले दुबैजनाको आँखा हेर्दै स्पष्टसँग भनि दिएँ, “यो हजारौ मान्छे डुबाएर एकाधजना मालामाल हुने नेटवर्क बिजिनेस हो भने चाही मलाई नभन्नु होला है।” “हत्तेरिका काँ तेस्तो हुनु, यो त एकदम राम्रो हो, यो त आफैले गर्नु पर्ने बिजिनेस हो। जति गर्न सक्यो उति फाइदा हुने।” कम्पनीको नाम चाही छोटकरिमा डिसिएचएल रहेछ।


त्यसो भए ठिकैछ , बुझौन त, मैले भने।


बिजिनेसमा बिक्रि गरिने सामानः
एउटा गोलो पिंध भएको गाढा हरियो रंगको आधा लिटर जति घनत्व भएको सिसि देखाउँदै भाइले बिजिनेसको ब्याख्या शुरु गर्यो। यस कम्पनीले प्रवाह गर्ने चारवटा उत्पादनहरु मध्ये यो एउटा बत्ती पनि रहेछ। यसमा बिभिन्न १९ प्रकारको तेल मध्ये एककिसिमको हालेर बालेर केहि क्षण छोडेपछि यसको तातिएको बत्तीको टुटिले तेललाई बाफ बनाएर वरिपरि छोड्दो रहेछ। यसरी तेलको वाफ भनौ वा ग्याँसले वरिपरिका हावा सफा गर्ने, सास सँगै निलीएर शरिरभित्र पसेपछि यसले शरिरमा भएको विभिन्न रोगहरु निको पार्न सक्छ भनेर त्यस भाईले ब्याख्या गरे। आफ्नो श्रीमतिको टाउको दुखेर बेहोसै हुने रोग डक्टरले निको पार्न नसकेको यसले चट्टै निको पारेको कुरा पनि सुनाए। यसलाई दोश्रो बिश्व युद्धमा पनि अस्पतालमा प्रयोग गरेको र सार्स लागेको बेला हंगकंगको अस्पतालहरुमा राख्न भनेर फ्रान्स सरकारले उपहार दिएको पनि थियो रे। यसको नाम ल्याम्बर्जे रहेछ। यसलाई एसियाको अन्त कतै किन्न पाइन्दैन खाली यसै कम्पनीले मात्र बिक्रि बितरण गर्दोरहेछ। कतै नसुनिएको कहिल्यै नदेखिएको तर निकै उपयोगि भनीएको जिनिस देख्न पाइयो एकप्रकार राम्रै लाग्यो।


दोश्रो उत्पादनमा आयो वाइन, वाइन सबैले थाहा पाइएको मदिरा तर यो भने फ्रन्समा बनेको ब्इऋ ग्रेडको वाइन रे। यो पनि बाहिर तिर कुनै पसलमा पनि पाइन्दैन रे। दाम पनि सोधि हाले, बोतलको ३,४ सय डलर पर्छ होला भने । फेरि बिजिनेसमा यो सामान पाएपछि यदी आफु नपिउने भए अरुलाई उपहार दिन सकिन्छ भनेर भाइले सुझाव पनि दिइ हाले।


त्यसपछि तेश्रो सामानको कुरा आयो, यो चाही शरिरमा मसाज गर्ने मल्हम तेल आदी हो रे। चौथो सामानहरुमा पनि महिलाहरुको सृंगारको सामानहरु रहेछ तर यो चाही बेलायतको राज घरनाले प्रयोग गर्ने गरेको यसलाई यस कम्पनीले हामी जस्ता सर्वसाधारणले समेत प्रयोग गर्न पाउँने बनाइ दिएकोकुरा सहर्ष जानकारी गराए भाइले। यो पनि अन्त कतै बजारमा किन्न पाइन्दैन रे।


भनेपछि चार किसिमको सामानमा ब्यापार गर्नु पर्ने रहेछ। १.स्वास्थ रहन मदत गर्ने ग्यास फाल्ने बत्ति, २.मदिरा वाइन, ३. मसाज गर्न हुने तेल वा मल्हम र ४. महिलाहरुको श्रृगारको साधन।


यी माथीका कुनैपनि उत्पादनहरु हाम्रो दैनिक जिवनमा अत्यावस्यक साधनमा पर्दैनन्। मुल्यको पनि विस्वास नभएकोले यसलाई मैले “फकाउनी सामान” भन्न मनासिब ठानेकोछु। तर यसको बजारमा माग हुन्छ भने ब्यापार गर्नै हुँदैन भन्ने पनि हुँदैन। यदी मुल्य सर्वसुलभ किसिमको छ भने सामान्य उपभोक्तहरुले पनि उपयोग गर्ने नै छन्। त्यसैले १३, १४ हजारको जागिर छोडेर फेरि बोसले बोलाउँदा बोलाउँदै पनि यसैमा फुल टाइम भएर लागेको भन्ने भाइको प्रशंगहरु रमाइला थिए।


तर मेरो जिज्ञासा भने एउटै थियो यो बिजिनेसमा लाग्दा लगानी के कसरि कति गर्नु पर्ने हो। मलाई भने लागेको थियो यतिका सोझो र इमान्दार भाइले ल्याएको हुनाले लगानी खासै लगाउनु पर्ने होइन होला, लगाउनै परेपनि यसको साझो(सोझो बिक्रि बितरण हुँदो हो, कमिशन खानु पर्दो हो।


लगानी र खटाईः


यहाँ तीन किसिमको लगानी हुँदो रहेछ। त्यसमध्ये २० प्रतिशत कमिशन भएको सबभन्दा सानो लगानीमा ५ हजार तिर्नु पर्ने रहेछ र यसवापत बिजिनेस लाइसेन्स र माथि उल्लेखित सामान पाइन्दो रहेछ। ३८ प्रतिशत कमिशन सहितको मध्यम किसिमको बिजिनेसमा ७० हजार लगानी गरेर ९० हजार बराबरको सामान पाइंदो रहेछ। र ५० प्रतिशत कमिशन सहितको तेश्रो किसिमको बिजिनेसमा ३ लाख ३० हजार लगानी पर्दो रहेछ। यी मोटामोटि प्रावधान बाहेक अन्य प्रावधान र नियमहरु थुप्रै पनी रहेका छन्।


अब आयो यस बिजिनेसमा पसेर लाइसेन्स होल्डरहरुको काम। प्रत्येक होल्डरले आफुभन्दा मुनी ५ हजार तिर्ने ५ जना अन्य मान्छे खोज्नेछन्। एकजनाले ५ जना मान्छे खोजेपछि प्रत्येकबाट २० प्रतिशतको दरले एकएक हजार गरि आफ्नो पाँच हजार उकास्नेछन्। एबं रितले ५ जनाले २५ जना, २५जनाले पनि १२५ जना खोज्नेछन्। ति १२५ जनाले पनि ५,५ जनाको दरले ६२५ जना खोज्नेछन्। यसरि आफुभन्दा मुनी एउटा पिरामिडिकल रुप बन्दो रहेछ। यती भनेपछि मैले उहाँहरुलाई सोधें “यो त नेटवर्किंग बिजिनेस नै भयो नी होइन र?”


उनिहरु पनि के कम, गुरुहरुबाट हस्तान्तरण हुदै आएको पुर्वतयारी जवाफ दिइ हाले, “होइन दाइ नेटवर्क भनेर मात्र हुदैन नी, यिनीहरुको पनि आ(आफ्नै प्रकृति हुन्छ नी। आखेरि यहाँ एउटा मःमः पसल खोलियो भने आफ्नो साथीभाइहरुलाई यसो फोनबाट भनिन्छ नी, मैले मःमः पसल खोलेको छु, यताउती साथीभाइहरुलाई पनी खबर गरेर आउने गर्नु है। , यो पनि त एक प्रकार नेटवर्किंग नै त हो नी, होइन र? ”


तर्कको लागि त हो भन्नै पर्यो।


उहाँको श्रीमती सहित पुर्णकालिन रुपमा यसैमा लागि परेको र अब चाँडै प्रति महिना ४० हजार कमिसन आउने लागेको कुराको जानकारी दिए मलाई लिएर जाने भाइले।


उहाँहरु बिच म कतिको नजिकको मान्छे वा कतिको बिश्वासिलो मान्छे भन्ने कुरा निकै क्लीयर भएर मात्र कुराको थालनी गरेको त्यो भाइले मलाई बिजिनेसको बारेमा सम्झाउँदा प्रयोग गरेको खेस्रा कागज भने लिएर जान दिएनन्। तर आफ्नो भने आइडि नम्बर समेत सम्पुर्ण बिबरण लिएर राखे।


सबैले यो बिजिनेसमा लागे के हुन्छ?ः
ल, ठिकै छ यो बिजिनेस राम्रो हो भने, हामी सबै मान्छे यसमा किन नलाग्ने? तर अब हेरौं यसो गर्दा के हुन्छ।


सर्बप्रथम तपाई एक जनाले ५ हजार डलर तिरेर सामान सहित एउटा बिजिनेस लाइसेन्स लिनुहुन्छ। त्यसपछि तपाईले ५ जना मान्छे खोज्नुहुनेछ र पाँचहजार सावाँ पनि लिनुहुनेछ। त्यो ५ पाँचजनाले फेरि २५ जना खोज्नेछन्। उनिहरुलेपनि सावाँ उकास्नेछन् र तपाईलाई पनि केहि कमिशन आउनेछ। त्यो २५ जनाले १२५ जना खोज्नेछन्।


एवं रितले यदि यो बिजिनेसमा संसारमा भएका सम्पुर्ण ६ अरब मान्छेले सहभागि जनायो भने पन्ध्रौ स्टेपमा १ अर्ब २२ करोड मान्छेहरु सावाँ उकास्ने र कमिशन खानेहरुमा पर्दछन् भने बाँकी ३ अर्ब ७८ करोड मान्छेहरु ५ हजार तिरेर फकाउनी सामान र लाइसेन्स मात्र लिएर बसेको अवस्था हुनेछ। यसपछि त संसार भरिका मान्छे नै सकिएको हुनाले कसैले कसैलाई बेच्ने अवस्था नै रहँदैन। यदि पहिले किनेर माथिल्लो अवस्थामा पुगेकाहरुले पनि पुनः ५ हजार तिरेर सहभागि भई तलकाहरुलाई उकास्ने प्रयत्न गरेर यसलाई चक्रिय प्रणाली अपनायो भने एकपटक यस्तो बिन्दु आइ पुग्नेछ कि संसार भरिको सबै मानिसको पैसाहरु यस कम्पनीमा जम्मा हुनेछ र यसको उत्पादनले सबैको घर भरिनेछ। माथिल्लो तहकालाई केहि कमिशन बाँडेर यी सबैको रकमहरु यसको मालिकको कम्पनीमा केन्द्रिकृत भएर जम्मा हुनेछ।


बिजुलीको बिल तिर्न धौधौ भएकोबेला त्यहि ग्यस फाल्ने बक्ती, चिया पिउन नसकेको बेला त्यही कहिले काँही मात्र पिउँने गरेको वाइन, नुहाउने साबुन नभएको बेला अनेकका सृगारका सामानहरु घरमा भित्रिएको हुनेछ।


दिइने सामान, माछालाई बल्छिमा चारोः
यो र अन्य यस्तै बिजिनेसमा दिइने जुन सामानहरु हुन्छन् हाम्रो दैनिक जिवनमा अनिवार्य होइनन् र यसमा तोकिएको मुल्यमा पनि विस्वाश गर्न सकिने कुनै आधार हुदैन। बियर नै पिउनुपर्छ भने ४, ५ सय डलर बोतल हालेर खानुपर्छ भन्ने छैन। अर्थशाश्त्रको भावना अनुसार जति सक्दो सिमित साधनहरुद्धारा नै आवस्यकताको पुर्ति गरिनु पर्छ भन्ने सोचाई जस्तो सुकै सामान्य मान्छेमा परेको हुनाले यस सामानको मुल्य र उपादेयता देखेर नै मान्छेहरु सामानकोलागि मात्र भनेर यसमा लाग्दैनन्। यो सामान्य आर्थिक अवस्थाको मान्छेको लागि बिलासिताको सामान नै पर्दछन्। यो बिजिनेस केहि गरि पनि नाफामा जान नसकेपछि वा प्रचारमा आउन नसकेपछि बिना बिज्ञापन प्रचारमा ल्याई बिक्री गरेर मालामाल हुने एउटा तरिका मात्र हो। जुन बस्तुलाई बजारमा बिक्री गरिन्दैन त्यसलाई मात्र यस्ता नेटवर्किग बिजीनेसमा बिक्री गर्नुको अर्थ के हो? स्पष्ट छ, यसो गर्दा यसको मुल्य जति तोके पनि भयो। जुन बस्तुलाई बजार प्रतिस्पर्धा नै नगरि बिक्री गर्न सकिन्छ भने १० डलरको सामानलाई १०० डलरको भनिदिँदा कसले थाहा पाउँछ? सामान्य अवस्थामा यसरी यहाँ ५ जना सहाभागिहरु मध्ये एकजनाको सावाँ उक्सेको हुन्छ भने बाँकिहरुले “अनिच्छित” बिलासितको सामानमा बिजिनेस शुरु भएको भ्रममा “अनुपयुक्त मुल्य” तिरेर बसेका हुन्छन्। होइन भने यस्तो कम्पनीहरुले किन मान्छेलाई चाहिने आधारभुत र अनिवार्य समानको बिक्री गर्दैनन्? खाद्यन्न, लत्ताकपडा आदिको यस्तो बिजिनेस गरेर देखाइदिए हुने थियो नि यदी सही कर्म गर्ने हो भने। वास्तवमा यहाँ प्रयोग भएको जे जस्ता समानहरु छन, यो माछा समाउनलाई बल्छिमा राखिएको चारो मात्र हो जहाँ ८० प्रतिशत माछाहरु मर्छन।


चलाख र अगाडिकाले मात्र नाफा गर्छन ।
यस्ता प्रायः सबै बिजिनेसमा आफ्नै मान्छेलाई ढाँट्न सक्ने र अगाडि परेकाले मात्र सावाँ उकासेर नाफामा जान सक्छन्। आफ्नो ५ हजार लगानि भई सकेपछि यसलाई उकास्नलाई मात्र भएपनि इमान्दार मान्छे पनि भए नभएको कुराहरु लगाएर झुट बोल्न बाध्य हुन्छन्। यसमा तपाई आफ्नो पुरानो इमान्दारीताको छवि तपाई आफैले थाहै नपाई गुमाइ सकेको हुनु हुनेछ अरु कोहि होइन आफ्नै घरको मान्छेबाट शुरु गरेर। आफ्नै मान्छेले भनेको मात्र पत्याउने सम्भावना भएकोले आफ्नोले आफ्नैलाई यस्तो ब्यावसायमा तान्ने सम्भावना रहन्छ। त्यसमा पनि सिनियरहरुले आफुले ती सामानहरु प्रयोग गरेको र एकदम लाभदायक भएको कुरा भन्न चुकाउँदैनन्। तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको। कसैलाई कुनै पनि ब्यावसायमा लगानी गर्न लगाउनुभन्दा अगाडि यसको सवल पक्ष र जोखिमी पक्ष दुबै बताउनुपर्ने कानुनी प्रावधान हुन्छ तर यहाँ यसको सवल पक्षमात्र उरालेर मान्छेलाई बहकाइन्छ तर यसको कुनैपनि जोखीमी पक्ष बताइएको हुदैन। यो बास्तवमा एउटा कानुनी अपराध पनी हो।



सरकारले किन प्रतिबन्ध लगाउँदैन?
हजारौंको रकमले एकाधजना मोटाउने पिरामिडिकल नेटवर्क बिजिनेसलाई सबै देसले मान्यता नदिए पनि केहि देशले मान्यता दिइ रहेकोछ। अधिकांश जनता ठगिन्छन भन्ने जान्दा जान्दै पनि करको दायरामा आइसकेपछि कार्यवाहि गर्नुपर्ने दह्रो कानुनी आधार नपाएकोले पनि यसो भएकोछ। देशमा यदी सबैले बहुबिवाह गर्छन भने बहुबिवाह बिरुद्धको कानुन ल्याउन आवस्यक नठानिए झै यस बिजिनेसमा पनि जसरी हुन्छ कमाउको अवधारणा भएको देशमा यस्तो भएको हुनसक्छ। त्यसमा पनी कसैलाई कन्भिन्स् गरेर बिजिनेसमा लगाउँदा ठिकबेठिक छुट्याउने काम आफ्नै हो भनेर सरकार र कानुन नै मौन भएको छ। वास्तवमा यो एउटा पुँजिवादको चरम बिकृति हो। तर सर्वसाधरण जनतामा यस लगायत सबैकुरामा निर्णय गर्ने पुर्ण क्षमता हुदैन र यो एउटा आधुनिक ठगि अपराध हो भनेर पुर्णरुपमा प्रतिबन्ध लगाउनुपर्दछ। यसतर्फ समाजशास्त्रि, कानुनबिद र अर्थबिदहरुले गहण भएर सोच्नु आवस्यक छ।
अन्त्यमा सबैको हविगत एकै हो।


यसरी मालामाल भइने भनेर भ्रामक प्राचरमा आएका यस्ता नेटवर्किग बिजिनेसहरु पहिले पनि थुप्रै थिए र फेरि पनि आउनेछन्। सुनिदैछ हंगकंगको नेपाली समुदायको बिच यो र अर्को युनिटिलाइफ भन्ने अर्को नेटवर्क बिजिनेस प्रचारमा आइ रहेकोछ। यिनीहरुको प्रकृति फरक भएपनि मुलमन्त्र एउटै हो। झट्ट हेर्दा एकदम राम्रो लाग्दछ। यसको कमजोरि थाहा पाउन गार्हो हुन्छ , किनभने हामिलाई भनिएको नै हुदैन। तर जब उनिहरुले राम्ररी फकाउन थाल्छन यसैबाट थाहा पाउनु पर्ने हुन्छ यो गतिलो काम होइन। आजसम्म गतिलो काममा कसैले कसैलाई कन्भिन्स गर्नु र फकाउनु पर्छ जस्तो लाग्दैन । हाल सम्मको अनुभवलाई हेर्दा यो सिमित अवधिकोलागि मात्र टिकेकोछ। झुलुक्क झुल्केर हराई हाल्ने यस्ता बिजिनेसले केहिलाई केहि अवधिकोलागि केहि माथि उठाएको जस्तो देखिएपनि अन्त्यमा सामान्य जिवनमा पहिलेको आफ्नै पेशामा फर्किनु परेको कट्टुसत्य हाम्रो अगाडि छँदैछ। गोल्ड क्वेस्टमा रातारात धनी हुनलागेको आभास पाएर अब चाँडै अमेरिकामा घर किन्ने हैसियत हुनलागेको नेपालीहरु पुनः कुल्ली काममा फर्केको उदाहरणहरु हाम्रै अगाडि छन् ।


उपसंहारः


यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्। सबभन्दा तल पर्नेको सख्याँ सामान्यतः यहाँ माथिको प्रकृतिको बिजिनेसमा ८० प्रतिशत हुन्छ। तल परेका यी ८० प्रतिशतलाई ठगि गरेर आफु चाँडै धनि बन्ने सपना त्यागेर सत्कर्ममा लाग्नुहोस र आत्मालाई सुखी र खुसि राख्नुहोस। आगे तपाईको इच्छा, तपाई एकाधजना करोडपति भएर बस्नोस म चाही सेक्युरिटि गार्ड नै गर्न तयार छु। धनि भएपछि तपाईलाई गार्डको आवश्यक परेमा पनि मलाई चाही यो हाम्रो बिरोधी हो भनेर जागिर नदिए नदिनुस, बरु भोकै मरुँला ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies