चीन भारत तनाव र हाम्रो स्थिति

दीपक गजुरेल
काठमाडौं 

चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा 'सम्बन्ध बिस्तार गर्ने' प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा व्यक्त गरे । चीनका प्रधानमंत्री वेन जियावाओ र भारतका प्रधानमंत्री मनमोहन सिंहबीच आशियानको बैठकका क्रममा भेटवार्ता भयो । आर्थिक, प्राविधिक आदि क्षेत्रमा सम्बन्ध बढाउने कुरा भएको बताइए पनि आपसी द्वन्द्वमा अल्झिएका यी दुई एशियाली मुलुकका नेताहरुले विवाद र तनावका बारेमा कुरा गरेनन् । सीमा विवाद, कश्मिर, दलाई लामाको प्रस्तावित अरुणाचल भ्रमण जस्ता तातो मुद्दामा वेन सिंह वार्ता प्रवेश नै नगरेको जानकारी सञ्चार माध्यमहरुले दिएका छन् ।


 गम्भीर विवाद तथा तनावका बेला सम्बन्धित देशका सरकार प्रमुखहरुको भेटमा मूल विषयमा नै कुरा नहुनु आफैँमा अर्को सोचनीय तथा गम्भीर संकेत हो । विवादको टुँगो लगाउनुको साटो मतभिन्नता र झगडालाई थाँती राखौँ भन्ने सन्देश बेइजिङ र दिल्लीले दिएका छन् । तर अहिलेको विवाद, खास गरी दलाई लामाको प्रस्तावित अरुणाचल भ्रमणका कारण यी दुबै देश पछाडि फर्कन नसक्ने बिन्दूमा पुगेका छन् र स्थितिले कुन मोड लिने हो भन्न सकिने अवस्था छैन ।


 नेपालमाथि भारतको दवाव:


आणविक शक्ति सम्पन्न दुई छिमेकीबीच बढ्‍दो तनावले नेपाललाई के कस्तो असर पर्ला भन्ने विश्लेषण नेपालमा एक थरीले गर्दैछन् । चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।


भारतीय प्रधानमंत्री मनमोहन सिंहले माओवादीलाई नेपाली भूमिवाट सहयोग भैराखेको छ भन्ने आरोप लगाए । चीनसँग भारतको विवाद बढ्‍दै गएका बेला भारतीय प्रधानमंत्रीले लगाएको यो आरोपप्रति नेपाल सरकारले आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन । यसरी केही नबोल्नुको अर्थ नेपाली भूमिवाट भारतीय माओवादीहरुलाई सहयोग भैराखेको छ भन्ने लाग्छ, कूटनीतिमा । यद्यपि भारतले पनि यहाँवाट, यसरी, यसले भारतीय माओवादीलाई सहयोग गरिराखेको छ भनेर ठोस किटान गर्न सकेको छैन ।


यसैक्रममा भारतीय गृहमंत्री पी. चिदम्बरम्‍ले नेपालमाथि अर्को गम्भीर आरोप लगाएका छन्‍ । भारतमा बढ्‍दो माओवादी हिँसा सम्बन्धमा बोल्दै चिदम्बरम्‍ले नेपाली भूमिवाट भारतीय माओवादीलाई हतियार समेत गैराखेको छ भन्ने गम्भीर आरोप लगाए, गत साता । उनले पनि ठोस आधार दिएनन्‍, नेपालमाथि थोपरिएको यो आक्षेप सम्बन्धमा ।


यस बारेमा नेपालका शासकहरु आधिकारिक स्तरमा रहश्यमय ढंगले मौन बसेका छन्। यसैबेला हाम्री उपप्रधानमंत्रीले यसमा अर्को रहश्य थपिदिइन्‍, नेपालवाट भारतीय माओवादीलाई हतियार जाँदैछ भनेर । 'नेपालवाट भारततर्फ  हतियार गइरहेको मलाई थाहा छ,' भनिन् उपप्रधानमंत्रीले (राजधानी, कात्तिक ०१, २०६६) । भारतीय शासकहरुको होमा हो मिलाउने यो भनाइबारे बिस्तृत जानकारी गराउन भने सरकारले आवश्यक ठानेको छैन । यथार्थ के हो, कसले, कसलाई, किन, कहाँवाट ल्याएर र कसरी नेपाली भूमिवाट भारतमा कस्ता हतियार पठाउँदैछ भन्ने जानकारी नदिनु भनेको अन्तर्राष्ट्रिय आतंकवादीलाई पाल्नु हो । त्यसैले सरकारले नेपाल राष्ट्रलाई जानकारी दिनु जरुरी छ यसबारेमा ।


अवैध व्यापार, नक्कली मुद्रा, आतंकवाद जस्ता अपराधमा संलग्नहरु समेतले नेपाली भूमि प्रयोग गरिराखेका छन भन्ने दावी गरिराखेको छ भारतले । सुपुदर्गी सन्धिमा हस्ताक्षर गराउन दवाव दिने उद्देश्यले मात्र भारतले यसवेला यस्तो आरोप लगाएको हो भन्ने ठान्नु गल्ती हुनेछ ।


नेपालको आन्तरिक राजनीति अन्यौलग्रस्त रहेका वेला र चीन तथा भारतबीच तनाव बढ्‍दै गएको समयमा नेपालकी उपप्रधानमंत्रीले नै अप्रमाणित भारतीय आरोपलाई पुष्टि गरिदिनु भनेको खतरनाक हुनसक्छ ।


 चीनको दवाव :


 चीन भारत विवादमा भारतवाट मात्र नेपालमाथि दवाव आइराखेको छैन । चीनले पनि आफ्नो स्थिति प्रष्ट पार्दै लगेको छ । 'नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप अव मलाई सह्य छैन' भन्ने सन्देश चीनले कडा शैलीमा प्रवाह गर्न थालेको छ । तुलनात्मक रुपमा नरम कूटनीतिक भाषा अनौपचारिक ढंगले प्रयोग गर्दै आएको चीनले यसबेला निकै कडा शैली अपनाएको छ ।


नेपाल विशेषज्ञ चिनियाँ प्राध्यापक वाङ होङ वेईको हालैको टिप्पणीलाई यही सन्दर्भमा हेर्नु उपयुक्त हुन्छ । बिबिसि नेपाली सेवासंगको एउटा अन्तर्वार्तामा प्राध्यापक वाङले 'भारतले धेरै अघि देखि नेपालमाथि नियन्त्रण जमाउन खोज्दै आएको' आरोप लगाए । आफ्नो देशसंग प्रत्यक्ष सरोकार नदेखिने सन्दर्भमा 'विशेषज्ञ' हरु मार्फत स्पष्ट सन्देश दिने र त्यही अनुसार काम गर्ने चिनियाँ तरिकालाई ध्यानमा राखेर प्राध्यापक वाङको यो टिप्पणीको विश्लेषण गर्नु उचित हुन्छ । प्रष्ट छ, 'नेपालमाथि अब तिम्रो हालीमुहालीका दिन सकिए' भन्ने सन्देश बेइजिङले दिल्लीलाई दिन खोजेको छ ।


नयाँ दिल्लीको चाहना अनुरुप नेपालको आन्तरिक राजनीति अगाडि बढ्‍दा र नेपालमा राजतन्त्र वा गणतन्त्र जुन प्रणाली रहे पनि आफूलाई फरक नपर्ने खालको संकेत गरेर बसेको चीन अहिले सतर्क हुन बाध्य भएको छ । 'गणतान्त्रिक नेपाल' का शासकहरुले चीनको राष्ट्रिय सुरक्षा तथा हित विपरित नेपाली भूमि चीन विरोधी शक्तिहरुलाई व्यापक रुपमा दूरुपयोग गर्न दिन थाले पछि बेइजिङले कान ठाडो पार्नु स्वभाविक हो ।


चीन विरोधी तिब्बती पृथकतावादीहरु झण्डै चीनको सीमा सम्म नारा जुलुस गर्न पुग्नु, काठमाण्डौँस्थित चिनियाँ राजदूतावास अगाडि 'अभूतपूर्व' शैलीमा चीन विरुद्ध प्रदर्शन जारी रहनु, मुस्ताङ लगायतका चिनियाँ भूमिसँग जोडिएका नेपाली क्षेत्रमा अस्वभाविक गतिविधि हुनु आदिलाई चिनियाँ शासकहरुले सामान्य ठान्ने प्रश्नै छैन ।


नेपाली भूमिवाट चीन विरोधी गतिविधि हुन नपाओस् भनेर चिनियाँहरुले पटक पटक गरेको 'आग्रह' काम नलाग्ने ठानेरै हुन सक्छ, चिनियाँहरु खुलेरै आउन थालेका छन् । आफ्ना सञ्चार माध्यम र विशेषज्ञहरु मार्फत चीनले स्पष्ट सन्देश दिइराखेको छ ।


नेपाल अव कता ?


बेइजिङ र नयाँ दिल्लीबीच 'समान दूरी' राखेको देखाउने चेष्टाले निकै गति पाएको छ, हाम्रा राजनीतिक खेलाडीहरुमा । तर यी राजनीतिक नेता तथा शक्तिहरु झन् झन् हलुका बन्दै गएका छन्, विदेशी प्रतिद्वन्द्वि शक्तिहरुका आँखामा । चीन र भारत दुबै तिरका उच्च तहका नेताहरुले हाम्रा नेताहरु प्रति हालका दिनमा देखाएको व्यवहारवाट धेरै कुरा प्रष्ट भएको छ ।


भारतले गराइदिएको ०२ बुँदे सम्झौताको मार्गचित्रमा हिँडेर 'नयाँ नेपाल' बनाउने प्रतिवद्धता व्यक्त गर्ने हाम्रा राजनीतिक शक्तिहरुको अहिलेको प्रवृत्तिलाई चीन भारत तनावको सन्दर्भमा अलग राखेर हेर्न मिल्दैन । भारतीय इच्छा अनुरुप 'सहमति' मा हिँडेर यहाँ सम्म आइपुगेका संसदवादी दलहरु र माओवादीबीच दिन प्रति दिन दूरी बढ्‍दै जानुमा हाम्रा नेताहरुको भूमिका न्यून देखिन्छ । विदेशी शक्तिहरुको स्वार्थमा काम गर्ने 'नयाँ नेपाल' का सूत्रधारहरु अहिले अप्ठ्‍यारोमा परेको आभाष पाइँदैछ ।


सात दल र माओवादी आगामी दिनमा पनि भारतीय मार्गचित्र अनुसार मिलेर जानु भनेको चीनका लागि उपयुक्त हुँदैन भन्ने जनाउ बेइजिङले दिइसक्यो प्राध्यापक वाङ तथा दी ग्लोबल टाइम्स मार्फत । यसको प्रष्ट अर्थ नेपालमा 'सहमतिवाट नयाँ नेपाल बनाउने' राजनीतिको भ्रमपूर्ण नारा अव धेरै दिनका लागि होइन भन्ने बुझ्‍नु उपयुक्त हुन्छ । किनभने स्यूचाटारको मैदान प्रयोग गरेर उत्पात मच्चाउन सकिने समय अहिले होइन ।


विगत् चार दशक भन्दा बढी समयदेखि थाँती राखिएको सीमा विवाद एक्कासी त्यसै चर्काइएको छैन । 'तिमी आफ्ना लागि होस गर, धेरै दायाँ बायाँ गर्ने दिन गएको यथार्थ स्वीकार गर' भन्ने सन्देशका रुपमा अहिलेको विवादलाई बुझ्‍नु उचित हुन्छ । यति प्रष्ट जनाउ नबुझ्‍ने वा बुझ पचाउनेले त्यसको परिणाम के हुन सक्छ भन्ने थाहा पाउन निकट विगत्‍को आफैँले लेखेको इतिहास पढ्‍दा श्रेयष्कर हुन्छ ।


गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies