सम्झँदैको समस्या

शिवजी श्रेष्ठ
लण्डन 

प्रथम विश्वयुद्ध समाप्त भएको क्षणको सम्झनामा 'सम्झना दिवस' भर्खरै सकिएको छ। सो युद्ध सन् १९१८ को ११औँ महिना ११औँ दिन (गते) र ११ बजे नै समाप्त भएकाले  प्रत्येक वर्षको नोभेम्बर ११ तारिख ११ बजे नै त्यसको स्मरण गरिन्छ। संयोगले नेपलाको क्रान्ति दिवस पनि सोही दिन अर्थात् नोभेम्बर ११ कै दिन पर्यो  अर्थात पर्छ, तर यसपटक नेपालमा त्यसको कसैले स्मरण गरेको देखिएन।  अरु त अरु त्यसको सम्वाहकले समेत सम्झना गरेन ।

प्रथम तथा दोस्रो विश्वयुद्धको मुख्यपात्र बेलायतले आफ्नो देशका लागि लडेका, त्याग गरेकाहरूको स्मरणमा सम्पूर्ण राष्ट्रलाई स्वतस्फूर्त उतार्छ र यसपटक पनि उतारेको छ,'पप्पी' (प्रथम विश्वयुद्धमा मारिएका सैनिकलाई  फ्रान्सको फ्लान्डर्समा गाडिएको सामूहिक चिहानमाथि पप्पी फूल फुलेको देखिएकाले त्यस फूललाई उनीहरूको सम्झना र सम्मानमा चढाइन्छ। यसचोटि पनि वेलैमा पप्पी फूलको बजार सुरु भयो। अनि स्कुलका विद्यार्थी, सरकारी तथा निजी कार्यालयका कर्मचारी, सर्वसाधारण छाती र गाडीका अगाडि 'पप्पी' ले स्थान पायो।

यसपटकको 'रिमेम्बरेन्स डे' मा सदाभन्दा फरक बेलायतस्थित नेपालीहरूको बाक्लै सहभागिता देखियो, बेलायती सेनाका पूर्वगोर्खाहरू स्वभाविक रूपमा पहिलेदेखि नै सहभागी हुन्थे, ९जो त्यसका अभिन्न अंग पनि हुन् र प्रथम र द्वितीय विश्वयुद्धमा धेरै गोर्खाले प्राणाहुति गरेका छन् ० भने यसपटक गैरगोर्खा (नेपाली) ले पनि नेपालको राष्ट्रिय झन्डा बोकेर दौरा-सुरुवालमा छातीमा पप्पी सिउरिएर ऐक्यबद्धता जनाइरहेका थिए, आफ्नै सम्झेर। यदि यो आफ्नै राष्ट्रिय भावनासँग जोडिएका हुन्थे भने झन कसरी मनाउथे होलान् ?

आफ्नो राष्ट्रसँग भावना जोडिएका कुरामा सबै संवेदनशील हुन्छन्, चाहे राष्ट्रिय गान बज्दा स्वतस्फूर्त रूपमा छातीमा पुगेको अमेरिकी राष्ट्रपतिको हात होस् वा राष्ट्रिय गानपछि झुकेको जापानी सम्राट्को शिर। राष्ट्रियताले नछुने मानिस कमै हुन्छन्। धेरै पर जानैपर्दैन, दुई शतकभन्दा बढी उपनिवेश रहेको भारतको स्वतन्त्रता दिवस कति भावुक भएर मनाउँछन् भारतीय, अनि गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसका रूपमा कति भव्यसँग मनाउँदछन्, परदेशमा समेत झन भव्यताका साथ मनाउछन् बडो उल्लासमय तर भावुक भएर अन्यथा एकता देखिन्छन् । उनीहरू मा । तर, हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

जापानका लागि नेपाली राजदूतले आफ्ना समकक्षीले सोधेको 'नेपालको राष्ट्रिय दिवस कुन हो?' भन्ने प्रश जिज्ञासा को जवाफ दिन नसकेर अकमकिएको प्रसंग पुरानो भइसकेको छैन। वास्तवमा कुन हो त हाम्रो राष्ट्रिय पर्वरु जसले हामीलाई भावनात्मक रूपमै समेट्न सकोस्रु फागुन ७ लाई मान्दा सायद नेपाली कांग्रेसको साख बढ्छ भन्ने कसैलाई पिरलो होला, किनकि २००७ सालको क्रान्ति त कांग्रेसले गरेको हो, जनयुद्ध सुरु भएको फागुन १ लाई मानौँ भने, त्यो माओवादीको भइगयो। माघ १६ को सहिद दिवसलाई राष्ट्रिय दिवस मानौँ भने, कुन साल, कुन क्रान्ति वा आन्दोलन र कुन पार्टीको कुनलाई मान्ने भन्ने प्रश्न होलारु किनकि क्रान्ति र आन्दोलन पनि एउटा र एकपटक भए पो१ अनि सहिद संख्या पनि एउटै पार्टीको चार अंकको भएको देशमा सहिदको के मूल्य होस ?, विचरा सहिदहरू१ कुनै दिन राष्ट्रिय एकता दिवस भनिन्थ्यो, त्यो पनि पृथ्वीनारायण शाहको सालिकसँग विस्थापित भइहाल्यो। अनि अरू देशमा जस्तै संविधान आएको दिनलाई मान्ने हो भने, संविधानकै ठेगान छैन, अब पहिलेको लाई आधार मानौँ भने कुनलाई मान्ने, एउटा मात्रै अनि एकपटक मात्रै भए पो ! प्रश्न धेरै उठेका छन्।

हाम्रा कार्यक्रम औपचारिकतामा रंगिन्छन्, भावनाबाट भन्दा पनि निर्देशित रूपमा आयोजित हुन्छन्। जसलाई साँच्चै जनताको भावनाबाट आयोजित गराउनलाई हिजोका परिवर्तनका कोसेढुंगा सावित दिनहरूको सच्चा मूल्यांकन हुन जरुरी छ। चाहे क्रान्ति दिवस होस् वा शान्ति दिवस। प्रजातन्त्र दिवस होस् कि गणतन्त्र, सहिद दिवस होस् कि बलिदान, त्यो कसैको होइन, सबैको हुन वा बनाउन जरुरी छ। तर, त्यो यस्तो पनि नहोस् कि, जुन पञ्चायतकालमा सिनेमा हलमा राष्ट्रिय गान बज्दा उठेजस्तो, स्कुलमा बिहान पढाइ सुरु हुनुअघि निर्देशित रूपमा श्रीमान् गम्भीर गाएजस्तो वा राष्ट्रिय दिवसको नाममा स्कुलका विद्यार्थी र सरकारी कर्मचारी जम्मा गरेर नारा भट्ट्याएजस्तो। अनि राष्ट्रिय दिवस स्कुलका विद्यार्थी, शिक्षक र सरकारी कर्मचारीका लागि बिदाको दिन मात्र नबनोस् ।

जब कि युकेमा रिमेम्बरेन्स डे नोभेम्बर ११ मा भए पनि त्यसका लागि भनेर विशेष छुट्टी दिइदैन । त्यो दिनको नजिकको आइतबार अर्थात छुट्टीको दिन मनाइन्छ । तसर्थ यस्तो राष्ट्रिय दिवस होस जहाँ हाम्रो पनि हात स्वःस्फुर्त छातीमा जाओस् । अनि त्यस्तै नै शीर पनि स्वतः निहुरियोस् र जहाँ रहे, भए र मनाए पनि साँच्चै भावनात्मक एकताको भावनाले मनाइयोस । अनि हसिना देवी -सहिद गंगालालकी श्रीमति) ले पनि गौरव गरुन् । दिलबहादुर रम्तेलको बुवाले पनि पश्चाताप नगरुन् । मुकेश कायस्थ (ज्यूँदा सहिद) को आमाले पनि दुःखको होइन गौरवले हर्षको आँसु खसालून् । गल्कोट (थीर बम मल्ल जन्मेको स्थान)ले पनि आफ्नो ठाउँलाई धन्यवाद भनून् ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies