तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई

टीका विष्ट
रुकुम 

कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार र 'इ-कोर्ड' रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो । उद्घाटन कसले गर्ने - भन्ने विषयमा सम्पूर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो । यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता, त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा 'लौ न के भन्छन् - कार्यक्रम कस्तो हुन्छ - माओवादीले कस्तो विरोध गर्लान् -' जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए । प्र्रहरी, कर्मचारीहरू पनि सकिनसकी यताउता, चलकमलक गरिरहेका देखिन्थे । अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो । यसले पनि बजार शोभायमान थियो ।

मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा जमघट गरेको थियो । किन - भनी बुझ्दा रहँदा थाहा भयो, 'यो सरकारका मन्त्री आउँदा विरोध गर्न ।' स्वच्छ दिमागले सोच्दा लाग्यो, प्रजातान्त्रिक संस्कार बोकेको राजनीतिमा र्समर्थन र विरोध भन्ने कुरा सामान्य हो । सायद सबैले यही बुझेको हुनुपर्छ । किनकि वर्तमान सरकारको गन्ध आउने कुनै पनि क्रियाकलापलाई माओवादीले ढुंगामुढा, कालोझन्डा, विरोध नगरे त उनको धर्म मासिन्छ भनेर भन्न पनि मिल्छ ।

माओवादीको विरोध कार्यक्रमको व्यापक तयारीले होला, प्रहरी प्रशासनलाई पनि मन्त्री आउने कार्यक्रमको कसरी व्यवस्थापन गर्ने भन्ने एउटा मात्रै प्रश्नले थिलथिलो बनाएको थियो । कार्यक्रमको मिति र अतिथिको त तय गरियो तर स्थानको टुंगो लागेन । कतिले त कार्यक्रम स्थगित गर्ने सुझाव पनि दिए । आयोजक पक्षको कुनै हालतमा स्थगित नगर्ने हठपछि बल्ल-बल्ल बालमन्दिर हल तोकियो ।

मन्त्री आउने दिन दुवैतिर कार्यक्रमको व्यवस्थापन गरियो । आयोजक पक्षले फूलको माला उन्दै गरेको खबर आयो भने माओवादीले जुत्ताको । १० गते बिहान ८ बजेतिर खलंगा बजारमा माइकिङ गरेको सुनियो । लाग्यो आयोजकले र्सवत्र प्रचार गरिरहेको छ । तर, त्यहाँ माओवादीले आफ्नो कार्यक्रमको प्रकृतिको बारेमा जानकारी गराइरहेको रहेछ । धेरै कुरामध्ये एउटा अलि बढी सुन्न पाइन्थ्यो । 'हामी सरकारका मन्त्री आउँदा कालो झन्डा देखाएर शान्तिपूर्ण विरोध गर्नेछौं, यदि कसैले हामीलाई यो वा त्यो ढंगले रोक्न, छेक्न खोजेमा विस्फोट हुनेछौं र त्यसको जिम्मेवारी आयोजकले लिनुपर्नेछ ।' थोरै मात्रामा चेतनास्तर उठेका व्यक्तिले यी सबै क्रियाकलापलाई सहजरूपमा बुझेका थिए । किनकि राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष हुनु अनि एकले अर्कोको विरोध गर्नु स्वभाविकै हो । कतिपय सर्न्दर्भमा विरोधको पनि आवश्यकता हुन्छ । अहिले के हो त - भन्ने प्रश्नको उत्तर खोज्नतर्फनजाउँ ।

मन्त्री आउने अलि ढिला भयो । ८ बजेबाट बोल्न सुरु गरेका माओवादी कार्यकर्ता खलंगा र एयरपोर्ट गरी दुइ भागमा विभाजन भएर विरोध गरिरहेका थिए । उता, आयोजक पक्षलाई भने मन्त्री आउने कार्यक्रम भव्य बनाउनुपर्छ भन्ने चिन्ता थियो । पोखरेल एमालेका नेता भएर होला रुकुमका एमाले नेताहरू हत्तपत्त फूलमाला लिएर एअरपोर्ट गइहाले । आयोजक आफ्नो तयारी गर्देथियो । एमाले नेताहरू आफ्ना नेताको पर्खाइमा थिए । माओवादी विरोधमा जुटेका थिए भने जनता अलमलमा । प्रहरी सुरक्षामा तैनाथ थियो । कांग्रेसलाई कुनै चासै नभए जस्तो । अरू पार्टीको कुरै नगरौं । सञ्चारकर्मी दौडधुपमा । रुकुम त्यसदिन यस्तै यस्तै थियो ।
आफ्नो विचार र सिद्धान्तलाई जसले पनि जिन्दावाद भन्छ । फरक विचारलाई मूर्दावाद भन्नु पनि नाजायज मानिदैन । थोरबहुत सरकार, मन्त्री र पार्टीलाई केन्द्रित गरी जिन्दावाद र मूर्दावादका नारा लगाइरहेका माओवादीका कार्यकर्ताले मन्त्री आउने बित्तिकै शरीरको रगत उमाले । सुरक्षाको बीचमा मन्त्री सल्ले एअरपोर्टबाट गाडी चढेर खलंगा आए । खलंगामा पनि मन्त्रीले कालाझन्डाको बीचबाट बाटो क्रस गरे । कार्यक्रमस्थलमा आयोजकले फूलमालाले स्वागत गर्‍यो । कथा मध्य भयो ।
सञ्चारमन्त्री पोखरेलकी बहिनी मेनका पोखरेलको मुसिकोट बहुमखी क्याम्पसको दोस्रो वर्षो परीक्षाको निरीक्षण गर्ने संयोग परेकाले उनी पनि सँगै आएकी थिइन् । संयोगवश रुकुमकी पूर्वसांसद् तीर्था गौतम पनि रुकुम आएकी रहिछन् । सबै कार्यक्रममा उपस्थित थिए । कार्यक्रम हलमा भइरहेको थियो । बाहिर राजनैतिकभन्दा भिन्नै नाराहरू चर्का स्वरमा लागिरहेका थिए । शान्तिपूर्ण नामको सो विरोधमा सुरक्षा दिन बेलाबेलामा प्रहरी अधिकृतहरूले जवानहरूलाई निर्देशन दिइरहेका थिए । राजनैतिक सत्ता प्राप्ति या जनताको मुक्तिका निम्ति गरिएको आन्दोलन तथानामको गालीगलौजको भाषामा गरिँदैनथ्यो । यद्यपि, स्कुलिङ फरक तरिकाले गरिएछ । भन्नैपर्छ, सो विरोध कार्यक्रमको नेतृत्व माओवादीका पाका नेता शरण बाँठाले गरेका थिए ।

आन्दोलन गर्दैगर्दा नाराहरूको शब्द, शैली परिमार्जित भयो । राजनीतिभन्दा नितान्त अलग रहेर विरोध गरियो । जसले व्यक्तिको चरित्र र आचरणमा सिधै आक्षेप लगाउँथ्यो । हलभित्र र बाहिरको वातावरण आकाश पातालको फरक थियो । नाराकै क्रममा 'शंकरे चोर देश छोड्, आर्यघाटले के भन्छ शंकरेलाई ल्या भन्छ' जस्ता धेरै नाराहरू लगाइए । पोखरेल सरकारका मन्त्री भएकाले पनि होला त्यहाँसम्म विरोध नै मान्न सकिन्थ्यो । हुँदा हुँदा सरकारको विरोधको नाममा रुकुमका धेरै नेताहरूको चरित्रमाथि आघात पुर्‍याउने नारा सुनिए । त्यति गर्दा पनि विरोध गरिरहेकाहरूको चित्त बुझनेछ क्यार, अनि पालो आयो तीर्था गौतमको । रुकुम, राप्तीमात्रै होइन तीर्था गौतम को हुन् भन्नेबारे सिंगो नेपाललाई थाहा छ । माओवादीका पछिल्ला कार्यकर्ताले थाहा नपाएको भए सोधे हुन्छ, आफ्ना हत्यारा नेताहरूलाई तीर्थाको श्रीमान् खै भनेर ।

'जतिबेला सत्ता परिवर्तन या जनताको मुक्तिको नाममा माओवादी बन्दुक र खुकुरी बोकेर युद्धको मोर्चामा लडिरहेका थिए । त्यसताका आफ्नो विरोधी र फरक विचार राख्ने जो कसैको पनि रगतमा उनीहरू होली खेल्थे । १४ हजार मान्छेको रगतसँग रुकुमका यदु गौतमको पनि रगत मिसिएको छ । जुन बाटो गलत थियो र माओवादीलाई पनि महसुस भइसकेपछि आए उनीहरू जनताको बहुदलीय जनवादको घेराभित्र । तर, पनि उसले अझै १२ बर्से जनयुद्वको घमण्ड गर्दैछ र कहिलेकाहीँ सनकको तालमा भन्छ, 'फेरि हामी जंगल जान सक्छौं ।' हो जतिबेला माओवादीहरू एउटा बन्दुकको आडमा लड्थे र अर्को बन्दुकदेखि भाग्थे । बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्ने सिद्धान्त बोकेर रातभरि लड्थे र विजय हुन्थे । जब सुन्दर किरणसहित बिहानीले यस धर्तीमा प्रवेश गथ्र्यो अनि माओवादीहरू ठूला ओडार र जंगल खोज्दै अन्धकारतिरको बाटो तताउँथे । त्यही समयमा उनीहरूले तीर्थाको श्रीमान् यदु गौतमको हत्या गरेका थिए । तीर्थामात्रै होइन माओवादीले गर्दा सिन्दूर खोज्नुपर्ने नेपालमा हजारौं दिदी-बहिनीहरू छन् ।
फेरि जाउँ विरोध कार्यक्रमतर्फ। कुनै दिनको पैंचो फर्काउनु थियो कि क्या हो माओवादीले विशेषगरी एमाले नेताहरूको त सकुन्जेल खोइरो खने । विरोधका नाराका निउँमा कसैका दिदी-बहिनी पनि श्रीमती बने, साथीभाइ त परै जाओस् । हलमा कार्यक्रमको आयु छोट्टिदै थियो । बाहिर माओवादीलाई विद्या भण्डारी र तीर्था गौतमको खाली सिउँदोको सम्झना आएछ । अनि नारामै भन्न थाले -तीर्था तेरो सिन्दूर
खोई, - हलानो, फलानो तेरो पोइ । आफ्ना कार्यकर्ताले सिन्दूर खोज्दा माओवादी नेताहरूलाई आनन्द आएको हुनर्पर्छ । किनकि आफ्नो कार्यको 'फलोअप' गर्दा जसलाई पनि आनन्द आउँछ । यदुको हत्या गर्ने माओवादी कार्यकर्ताहरूको सम्मान भएन होला पार्टीको ।

विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे
कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् । सामान्यतया जनयुद्धकालमा १२-१३ वर्षको बालक अहिले युवा भएको छ । यी युवाहरूलाई राजनीतिको ढ्वाङ फुकाएर माओवादीले आन्दोलनमा प्रयोग गरेको छ  । केवल नेताको 'स्कुलिङ'मा जिन्दावाद र मूर्दावादका नारा लगाउने यी युवालाई के
थाहा - यस्तै तालले कुनै दिन आफ्नै दिदी-बहिनीको सिन्दूरको खोजी गर्नुपर्छ भनेर ।

लहैलहैमा माओवादीमा लागेकाहरूले राम्रोसँग बुझ्न जरुरी छ, 'पार्टीको इतिहास के छ - वर्तमान कस्तो छ - र भविष्य के हुन्छ ।' नागरिक सर्वोच्चताको परिभाषा आफ्नो नेतृत्वमा सरकार बनाउनु हो भन्ने बुझेका माओवादी नेताहरू आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलन गर्ने निर्देशन गर्छन् । आफू भने नागरिक सर्वोच्चताविपरीत काम गर्ने व्यक्तिसँग शुभकामना आदान-प्रदान, भेटघाट, चियापान, भलाकुसारी गर्छन् । कुन दुनियाँमा छ - एकातिर आन्दोलन अर्कोतिर वार्ता र सम्बन्ध सुधार - त्यसैले नेताको लहैलहैमा विधुवा नारीको सिन्दूर खोज्ने माओवादी कार्यकर्ताले आफ्नो पार्टीले गरेको आन्दोलनको औचित्य समयमै बुझ्न आवश्यक छ ।

तीर्थाको सिउँदोमा सिन्दूर देख्न चाहने माओवादीले किन लगाइदिँदैन आफ्ना सहिद पत्नीको सिउँदोमा सिन्दूर - यदि जो कुनै दिदी-बहिनीको सिउँदो पुछिएको देख्न नचाहने माओवादीले किन फरक विचार राख्ने व्यक्तिको हत्या गरेर शवलाई चार दिशा लगाउँथे - तीर्था को हो र किन चाहियो उसको सिन्दूर माआवादीलाई  । कार्यक्रम सकियो, मन्त्री बाहिरिनु पर्‍यो । अनि फेरि माओवादी कार्यकर्ताको पारो तात्यो । त्यसपछि सुरु भयो इँट्टा, ढुंगा र नाइनस्टिक । झन्डै लागेन मन्त्रीलाई । प्रहरीलाई त लागेछ । आक्रोसित वाईसीएल गए बालमन्दिर गेटभित्र । भएभरको तागत देखाए रेडियोको ब्यानरमा, लिए च्यातेर । रेडियोकर्मीले खोसेर लिए । त्यसपछि नेतृत्व गरेका नेता आएर कार्यक्रम स्थगित गरे । मन्त्री फर्केको भोलिपल्ट रुकुमका सभासद्हरू जिल्लामा आए । उनीहरूलाई यो नालीबेली सुनाउँदा कसैले भनेछन्, आन्दोलनको सीमा हुँदैन । कसैले भनेछन्, त्यसोभए त हाम्रा कार्यकर्ता बौलाएछन् त कसैले भनेछन्, त्यसो त नगर्नु पर्ने हो । एकजना सभासद्ले र्मुमुरिँदै भने कमै भएछ, अझ गोद्नुपर्ने हो भनेछन् ।
'दुनियाँमा सबैभन्दा राम्रो आफ्नै विचार हो र सबैले हाम्रै कुरा मान्नुपर्छ' भन्ने माओवादी किन सम्पूर्ण अधिकार जनतालाई दिएर चुनावी प्रक्रियामा सामेल भयो - बन्दुकको नालबाट सत्ता जन्मिछ भन्ने महान तथा गौरवशाली पार्टी किन सत्ता प्राप्तिका लागि सडकमा रोइ कराइ गर्दैछ - संसद्लाई कुकुरको टाउको झुन्डयाएर खसीको मासु बेच्ने थलो भन्ने पक्का कम्युनिस्ट पार्टीकिन दिन प्रतिदिन संसद्को आयु लम्ब्याएर काम नगरी भत्ता
पकाउँदैछ - धन पैसालाई सरकारीकरण गर्नुपर्छ भन्ने र्सवहारा पार्टीकिन राजधानी, सदरमुकाममा महल ठडयाउँदैछ र जतिसक्दो विलासितानिर नजिकिँदै छ - अरूलाई नातावाद, कृपावादजस्ता अनेक आरोप लगाउने महान र पारदर्शी पार्टीकिन आफ्नो नौ महिनाको सरकारको अवधिमा आफ्ना नाल-नाता पर्नेको मात्रै जागिरको खोजी गथ्र्यो - कुनै पनि विज्ञापनमा फारम नै नलगाइ नेताका आफन्तको नाम किन निस्किन्थ्यो - हो, यस्ता धेरै प्रश्नहरूको पर्खालभित्र रहेको एकीकृत माओवादीसँग एउटा उत्तर पनि स्पष्ट रूपमा दिने आधार छैन । यस्तो नकचरो पार्टी आफैंले श्रीमान्को मासु खाने र आफैं विधुवा श्रीमतीको सिन्दूर खोज्ने लाज लाग्दैन - ल जा ... ।



(अपराधीहरूको आक्रमणका कारण गम्भीर रूपमा घाइते भएकी पत्रकार विष्ट हाल काठमाडौंस्थित मोडेल अस्पतालमा भर्ना भएकी छन् । उनको साहस र पत्रकारिताप्रतिको प्रतिबद्धताका कारण उनीमाथि यो हमला भएको आशंका छ । उनको यो लेख हालै स्थानीय जन्तीधारा साप्ताहिकमा प्रकाशित भएको थियो ।)

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies