तमू ल्होछार हिजो गुरुङ्ग समुदायमा मात्र सिमित थियो । तमूहरुका नजिकका हितैषिहरु र सिमित शुभेच्छुक गैर तमूहरु मात्र यस पर्वमा सहभागी हुन्थे । यस पर्वको सामाजिक सांस्कृतिक महत्तोलाई संरक्षण एवं संवर्द्धन गर्न तमूहरुको मात्र पहिलो कर्तव्य हुन जान्थ्यो । तर अहिले समय बदली सकेको छ । राज्यले तमू ल्होछारलाई राष्टिय पर्वको मान्यता दिएर यसको संरक्षण एवं संवर्द्धनमा सबै नेपाली र राज्य स्वयंको उत्तरदायीत्व रहेको घोषणा गरि सकेको छ । यस अवस्थामा संघारमा आईसकेको यस राष्ट्रिय पर्वलाई अहिलेको परिवेशमा के कसरी मनाउन बढि सान्दर्भिक होला भन्ने विषयमा केही धारणा राख्न चाहान्छु ।
प्रवास र मुलकका तमू वस्तीहरु अहिले ल्होछारमय भएको छ । मुलूकका तमू संघ संस्थाहरु र डायस्पोराका तमू संगठनहरु पनि समय परिस्थिति र आ-आफना गच्छे अनुसार सके सम्म भव्य तवरले तमू ल्होछार पर्व मनाउन कार्यक्रमको चांजो पांजो मिलाईरहेका छन् । काठमाडौं, पोखरा लगायतका तमू वस्तीहरु अनि प्रवासमा कतार, मलेसिया, जापान, हङ्गकङ्ग, यूरोप, अमेरिका लगायतका मुलकहरुमा संगठित तमू संघ संगठनहरु तमू ल्होछार भव्य रुपमा मनाउन तयारी गरिरहेका छन् । निश्चय नै यो उल्लासमय वातावरणमा मनाउन लागिएको ल्होछार पर्व तमू समुदायमा मात्र सिमित नरही आम नेपालीकै एक गौंरवपर्ण सांस्कृतिक पर्वको रुपमा स्थापित हुन सकोस भन्नेमा आयोजक प्रतिनिधिहरु सचेत रही यसलाई सकेसम्म व्यापकता प्रदान गरी बढि भन्दा बढि नेपालीहरुको सहभागितामा सम्पन्न हुन सकोस भन्ने तर्फ उन्मुख हुनुपर्दछ ।
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन । राज्यले पहिचान गरि सकेता पनि अहिल्यै राज्यबाट यस पर्वको लागि कुनै छुट्टै कार्यक्रमहरु तय भएका छैनन् । यस अर्थमा अझै केही समय यस पर्वको उत्थान र व्यापकतामा तमू समुदाय नै थप सक्रिय हुनु पर्ने देखिन्छ । चाडपर्व जति फराकिलो, मनोरन्जन तथा उल्लासमय हुनुको साथ साथै त्यसको सांस्कृतिक र परम्परागत विशेषताहरुको आधारमा सर्वपक्षीय बन्दै जान्छ, त्यहि रुपमा जनपि्रय पनि बन्दै जाने हुंदा समय सापेक्ष तथा जनमानसको आकांक्षा अनुरुप परिमार्जन र विकाश गर्दै जानु पर्ने हुन्छ । छेलो हान्ने र डोरी तान्ने खेलको साथमा सांस्कृतिक नाचगान, पोशाक प्रदर्शनी र मीठो खानपीन तमू ल्होछारको छुट्नै नहुने कार्यक्रमहरु भै सकेको अवस्था छ । त्यस्तै वालवालिकाको लागि चम्चा दौड, युवतीहरुको लागि सियो धागो दौड अनि आमाहरुको लागि म्युजिकल चियर दौडले पनि अविछिन्न रुपले कार्यक्रममा स्थान पाई रहेको छ । विद्यार्थी वर्गलाई समेटने गरि तमू संस्कृति परम्परामा आधारित रहेर संचालन गरिने हाजिरी जवाफ कार्यक्रमले सवै मुलूकहरुमा क्रमश स्थान पाउन थालेको छ । धार्मिक गुरुहरुको शान्ति कर्मकाण्डले पनि स्थान पाईरहेको छ भने समाज भित्र विभिन्न विधाहरुमा सफलता हासिल गर्ने र महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति व्यक्तित्वहरुलाई सम्मान र प्रोत्साहन गर्ने मुख्य अवसर पनि यहि ल्होछारलाई मानिदै आएको छ । समय सापेक्ष महत्वपूर्ण सवालहरुमा वौद्धिक व्यक्तित्वहरुबाट ज्ञान विज्ञानका कुराहरु सुन्ने सुनाउने अवसरको रुपमा पनि यस पर्वमा स्थान दिंदै जान सान्दर्भिक देखिन्छ । यसका अतिरिक्त ल्होछारलाई थप आकर्षण दिन र स्थानीय जनचाहना मुताविक कार्यक्रमका चरणहरु समावेश गर्दै जाने लचिलो निति तमू संघ संस्थाहरुले लिनु पर्ने हुन्छ ।
तमू ल्होछार एक प्राकृतिक नियम परिवर्तनको निश्चित समयमा मनाइने पर्व हो । सूर्य उत्तरायणबाट दक्षिणायन तिर जाने क्रम संगै यसले धरतीमा रहेका वनस्पति जीव जन्तु र मानिसमा पर्ने पर्यावरणीय प्रभावलाई आधार मानेर प्रकृति पूजक तमू पूर्वजहरुबाट समयको परिवर्तन अथवा ल्हो -वर्ग) परिवर्तनको रुपमा ल्होछार मान्ने मनाउने वैज्ञानिक नियमलाई निरन्तरता दिंदै आएको विकसित रुप हो तमू ल्होछार । पौष १५ को मध्य रात पछि आगमन हुने नयां ल्होलाई सुख समृद्धिको सुखद प्रतीकको रुपमा आत्मसात गर्दै आफन्तजन र नेपाली समुदाय विच शुभकामना आदानप्रदान गर्ने अवसर हो तमू ल्होछार । वर्ष दिन भरि आफूले गरेका कमी कमजोरी, मन मुटाव, रीस राग र वैमनुस्यतालाई आत्मसात गरी प्रायस्चित गर्ने, आउने दिनहरुमा अझ पवित्र, कर्मठ र अनुशासित हुन गरिने प्रतिवद्धता र आफनो समाज भित्र थप सुसंस्कृत र सुसभ्य रहने अठोट गर्ने महत्वपूर्ण क्षण हो तमू ल्होछार । यस पर्वको पवित्रतालाई संस्थागत गर्दै अन्य समुदायमा यसको सकारात्मक प्रभाव बढाउन पनि तमू संघ संस्थाहरुले हिजोको सांघुरो दायराबाट भोलीको खुला र फराकिलो दायरा तिर अग्रसर हुनु पर्दछ ।
तमूहरुको जनसंख्याको वितरणसँगै भौगोलिक भिन्नताको आधारमा तमू संस्कृति र परम्परामा एकरुपता छैन, त्यसलाई यस्तै महत्वपूर्ण चाडपर्वको अवसरमा क्रमिक एकरुपता दिंदै जानु पर्दछ । दर्जनौ तमू संघ संस्थाहरुले समयको मागलाई बुझेर ऐतिहासिक रुपमै तमू एकतालाई तात्विक निश्कर्षमा पुरयाएर आम तमूहरुको एउटै मात्र तमू संस्था "तमू हृयूल छोज धिं - गुरुङ्ग राष्टिय परिषद" बनेको छ, निश्चय नै यसले क्रमिक रुपमा मुलूक र मुलूक बाहिरका तमू संघ संस्थाहरुका हरेक गतिविधिहरुमा सरोकार राखी अनुगमन र अभिभावकत्व प्रदान गर्नेछ र गर्नु पर्दछ ।
अन्तमा, जसरी आज फागु पूणिर्माले एउटा समुदायमा मात्र सिमितता नपाई आम नेपालीमा व्यापकता पाएको छ, त्यसको गाम्भिर्यतालाई आत्मसात गरौं । गाईजात्रा जस्ता निश्चित जातिको संस्कृतिमा आधारित चाड पर्वले जुन व्यापक सहभागिता पाएको छ त्यसको महत्वलाई मनन गरौं । तमू ल्होछारको उपलक्षमा शभकामना आदानप्रदान, सहभागिता तथा सम्पन्न गर्न गराउन तमू समुदाय मात्र हैन यसको संरक्षण र संवर्द्धनमा सिंगो नेपाली समुदाय सरिक बनौं । यस बृहद् अभियानलाई अनुकूल वातावरण बनाउंदै जाने र पर्वको सांस्कृतिक तथा पौंराणिक विशिष्टतामा विचलन आउन नदिन खवरदारी गर्ने पहिलो जिम्मेवारी भने तमूहरुकै हो ।
तो (बाघ) ल्होको सुखद अवसरमा संसार भरका तमूहरु र नेपाली समुदायमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ ।
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् । केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान् कुन्नी !
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।
चीनसँग विवाद बढ्दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।
सर्वाधिकार नेपाल जापान डट कम संग सुरक्षित छ । नेपाल जापान डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन बिनम्रतापूर्वक अनुरोध गर्दछौं । विना साभार हाम्रा कुनै पनि सामाग्रीहरु प्रकाशन नगर्न अनुरोध गर्दछौं ।
info@nepaljapan.com विज्ञापन : advertise@nepaljapan.com
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ । Our Official Sponsor is TBi Groups of Companies