कायरहरुको मारमा पत्रकारको कलम

हरिप्रसाद पोखरेल
नागोया, जापान  

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी,कुन्दन फौजदार जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा कार्यरत छन् । २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको हत्याको आरोपमा उनीहरुमाथि बारा प्रहरीमा मुद्धा चलिरहेको छ । तर हत्याका आरोपित कुन्दन फौजदार र हरेराम पटेल स्थानीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा समेत रहँदै आएका छन् । हत्याको पुष्टि भएपछि माओवादीको छानविन समितिले समेत उनीहरुलाई कारबाही गरिएको बताएको थियो ।


जनकपुरकी पत्रकार उमा सिंहको हत्यामा संलग्नमध्ये श्रवण यादव माओवादीका क्षेत्रीय सदस्य हुन् भने र नेवलाल पासवान तराइ एकता परिषद्का कार्यकर्ता । उनीहरु पक्राउ परेपनि उनको मुद्धा फिर्ता लिन उमाकी आमालाई यतिखेर धम्कि आउन थालिसक्यो ।
पत्रकार महासंघका अनुसार माओवादी शान्तिप्रकृयामा आईसकेपछि पनि प्रकाश ठकुरी वेपत्ता र जेपी जोशिको हत्यामा समेत माओवादीको संलग्नताको पुष्टि भयो ।


गएको मंसिर १३ गते रुकुमकी पत्रकार टिका विष्टलाई समाचार लेखेकै कारण अक्षरहरु लेख्ने हातका पाचै औला व्लेडले चिरेर भीरबाट गुल्ट्याएको आज तीन साता भन्दा बढि भईसक्यो । तर आक्रमणकारीको पहिचान गर्न नजिकै पगेर पनि राज्यको गृहप्रशासन मोन छ, उनीहरुलाई कारवाहि गर्ने सवालमा । यतिसम्मकि शंका लागेर अनुसन्धान गर्नै नपाउने राजनीतिक दवाव छ प्रहरीलाई । पत्रकार टिका विष्टलाई पनि मार्ने नियतले माओवादीले नै आक्रमण गरेको पत्रकार महासंघको ठहरले पत्रकारहरु माओवादीबाट नै सुरक्षित छैनन् भन्ने कुराको बोध गराएको छ ।


हन त पुष १० गते मेघबहादर श्रेष्ठको संयोजनमा माओवादीले जारी गरेको टीका विष्ट घटना प्रकरणसम्बन्धी अध्ययन-प्रतिवेदनमा पत्रकार महासंघद्धारा गठित मिडिया मिसनले तथ्य एकातिर निष्कर्ष अर्कोतिर निकाल्नु उहाँहरूको मर्यादा र इमान्दारीभन्दा राजनीतिक \'प्रेसर\'मा भएको आरोप लगाएकौ छ । अनि माओवादीलाई बदनाम गराउन एमालेको मिलेमतोमा विष्ट आफैले हातका औला चिरेर भीरबाट हाम फालेको भन्ने निष्कर्ष पनि माओवादीको छ । तर प्रतिवेदन हेर्दा लाग्छ, पंचायतकालमा दईचारजना बसेर आफ्नो पक्षमा मुचुल्का तयार पारेजस्तो ।


जनयुद्ध रोकेर शान्तिप्रकृयामा सामेल भईसकेपछि पनि माओवादीबाट माथि उल्लेखित पत्रकारको हत्या र आक्रमणका घटनाले नेपाली पत्रकारिता अझै असुरक्षित छ भन्ने देखाएको छ । नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ । तर दुःखको कुरा, कारवाहि भने कसैलाई भएको छैन । 


माओवादी द्धन्द्धकालमा पत्रकार राज्य र माओवादी दुवैबाट पीडित थिए । शान्तिप्रकृयामा आईसकेपछि चाहि राज्यबाट पत्रकार पीडित हुने क्रम थोरै रोकिएपनि माओवादीबाट पत्रकार मारमा परिरहेको यथार्थतालाई नकार्न सकिदैन । वीरेन्द्र साह, जेपी जोशी र उमा सिंहको हत्या अनि प्रकाश ठकुरीकौ वैपत्ता र टिका विष्ट माथिको आक्रमण यसका उदाहरण हुन् । माओवादीबाट भएका यस्ता कार्य कुकृत्य हुन्, यसको जति निन्दा गरेपनि थोरै हुन्छ ।
पत्रकारमाथिको यस्तै खाले आक्रमणले माओवादीको  प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता खोक्रो सावित बन्दै गएको छ । माओवादीको राष्ट्रिय हैसियत र चर्चाका पछाडि नेपाली प्रेसको विशेष भूमिका छ । नेपाली प्रेसले माओवादीलाई एउटा राजनीतिक शक्तिको सम्मान दिईरहैको छ । तर कार्यकर्ताका गतिविधिका कारण किन माओवादीलाई आतंककारी बन्न मन लाग्छ ? अहिले माओवादी ठुलो संसदीय दल हो । निश्चय नै उसका कार्यकता र समर्थक अरु दलका भन्दा बढि छन् । तर ती कार्यकर्तालाई नियमको परिधिभित्र राख्न सक्नुपथ्र्यो । उनीहरुलाई अनशासित बनाउन नसक्नु त नेतृत्वको कमजोरी नै हो । यसो गर्न सकेको भए कार्यकर्ताको गल्तीबाट नेतृत्व र पार्टी आलोचित हुनुपर्ने अवस्था आउने थिएन ।


हुन त नेपालका कुनै पनि राजनीतिक दलको घोषणापत्रमा पत्रकारलाई आक्रमण गर्ने र मार्ने लेखिएको छैन । माओवादीको पनि यस्तो नीति र योजना छेन । तैपनि पत्रकार किन माओवादीको तारो बनिरहन्छन् ? अरु राजनीतिक दलसंग भन्दा माओवादीसंग अलि बढि डराएको जस्तो किन गर्छ नेपाली प्रेसले ?


जुनुसुकै राजनीतिक आस्था बोकेको किन नहोस्, पत्रकारमाथिको हत्या र आक्रमणको पीडा कुनै राजनीतिक दललाई भन्दा बढ्ता पत्रकारलाई नै दुख्छ । जताजतै श्रम गरेर ज्यालाको जिन्दगीमै काम गरि राष्ट्रमै परिचित बनिरहेको पत्रकारिता पेशाका दुश्मन धेरै हन्छन् । यो सबैले जानिराखेको कुरा हो । अनि यस्ता दुश्मनहरुलाई राजनीतिक संरक्षण दिईरहदा यो पेशा विस्तारै संकटमा पर्दै पनि गएको छ ।


पछिल्लो तीन वर्षको घटनाक्रमले के देखाउँछ भने पत्रकारलाई आक्रमण गर्ने र मार्नेलाई माओवादीले जोगाएको छ । माओवादीका लागि नेपालका कानुन मकैका खोस्टा हुन्- उसलाई कुनै नियमले छुनै सक्तैन । एमालेले पनि अखवारी प्रोपोगाण्डामा आफूलाई सीमित राखेको छ । अनि कांग्रेसले यौ विषयमा निरीहता देखाईरहेको छ । राजनीतिक दल त यस्तै भए भए, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको हालत पनि उस्तै छ । महासंघले कुनैपनि घटनालाई निष्कर्षमा पुर्याएर अपराधिलाई कारवाहिको दायरामा ल्याउन दवाव दिएको रेकर्ड छैन । एउटा कुनै घटनालाई निष्कर्षमा पुर्‍याएर अपराधीलाई सजाय दिलाउन सकिए मात्र पछिल्ला दिनमा यस्ता घटना दोहोरिने थिएनन् । कारबाही भए मात्र अपराधीको मनोबल गिर्ने सम्भावना रहन्थ्यो ।


प्रेसलाई चिढ्याउनु भनेको पहाडसंग ठोक्किनु र अरिङ्गालको गोलामा हात हाल्नु सरह हो । अरु मुलुकका पे्रस ज्ञाताहरु यहि भन्छन् । मलेसियाका पूर्व प्रधानमन्त्री मोहमद महातिरले आफ्नो बारेमा या सरकारका विरुद्ध केहि लेखेको भेटे भने बेलुका आफै भेटेर उसको असन्तुष्टीको विसयमा बहस गर्थे रे । खै त नेपालमा यस्तो ? यो बहस हरेक राजनीतिक दलले गरे हुन्छ । कसैका लागि पत्रकार त विपक्षी हुनै सक्दैन । पत्रिकामा लेखेकै भरमा कसैलाई पनि ज्यानको धम्की दिनु अथवा यो वा त्यो नाममा शारीरिक आक्रमण गर्नु भनेको त, यो कलम देखि डराउने कायरहरूले मात्रै गर्ने काम हो । जुनसुकै बादको खोल ओढेर गरिने यस्ता कामको सबैतिरबाट निन्दा गरिनु आवश्यक छ , अनि यस्ता खाले प्रवृतिलाई निरुत्साहित गर्न कडा भन्दा कडा कारबाही गरिनु पनि उत्तिकै आवश्यक छ्र । तर नेपाली परिप्रेक्ष्यमा पत्रकारले न्याय माग्यो भने ऊ आफै अरिंगालको गोलामा पर्न जाँदो रहेछ । यहि कुराले पनि नेपालमा दण्डहिनता घटेको होईन, मौलाएको संकेत गर्छ । यहि भएर नै नेपाली प्रेसको सर्वमान्य दायित्व अहिले आएर थला परेको छ । पत्रकार निरिह सावित हुन थालेका छन् ।


राजनीतिक दलको चरित्रमा सुधार नआईकन राज्य प्रणालीमा सुधार आउन सक्दैन । कलमको जवाफ कलमबाट नभई हतियारले दिने संस्कार मौलाउदै गएपछि दण्डहिनताको मारमा पत्रकार पर्दै गएका छन् । यद्दपि अन्तमा कलमकै जीत भएको त छ नि । पदम ठकुराठीको कलमलाई भाँच्न खोज्दा दरवारीया भूमिगत गिरोह छताछुल्ल भएको ईतिहास पनि छ,अनि कृष्ण सेनको कलमलाई दोबार्दा दरवारै चट भएको यथार्थता पनि छ । यसैलै . कलमसँग जिस्कने हुतिहाराको विजोग मारिएका पत्रकारले नदेखेपनि बाँचेकाले त एकदिन अवश्य देख्छन् ।


यसैले राजनीतिक दलको चरित्र जोगाउन आफ्नो चरित्रलाई बन्धक राख्ने र बेच्ने काम पत्रकारबाट गरिनु पनि हुदैन । अहिले काखी च्यापे पनि पत्रकारिता पेशा छाडेको भोलिपल्ट राजनीतिक दलले पत्रकारलाई जुम्राले लास छाडेझै गरेर छाड्छन् । पछिल्लो समयमा ऋषि धमलाको चरित्र जोगाउन पत्रकार महासंघले आफ्नो चरित्र बेचेपछि पनि पत्रकारिता पेशालाई हेर्ने दृष्टिकोणसंगै पत्रकारका वर्ग दुश्मन बढ्दै गएका छन् । राजनीतिक दल पनि अब आफ्नो खोक्रो आदर्शबाट माथि उठ्न सक्नपर्छ । पत्रकारमाथि वाइसियलले आक्रमण गर्यो भने माओवादीले बचाउने, यथ फोर्सले हत्या गर्यो भने एमालेले बचाउने र तरुण दलले मरणासन्न पार्यो भने कांग्रेसले बचाईराख्ने हो भने कसरी हुन्छ प्रेस स्वतन्त्रता ? पत्रकार सबैका साझा हुन् भनेर एकपटक सबै राजनीतिक दलले सोच्नुपर्ने भएकौ छ, विशेष गरेर माओवादीले ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies