नेपालमा एनआरएनको भूमिका

डा. कुमार बस्नेत
टोक्यो 

नेपालीहरु परदेश पुगि त्यस देशको  भाषा, संस्कृति, रहनसहनमा भिजेर, प्रवासलाई आफ्नो कर्मभूमि बनाउने क्रम लिच्छविकालदेखि नै सुरु गरिएको हो । सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले  तिब्बतका राजा स्रोङसान गन्पोसँग विवाह भएपछि तिब्बतमा बुद्ध धर्म फैलाएर ल्हासामा प्रसिद्ध स्तुपाहरू जोकहान र पोत्ला बनाउन लगाई तिब्बतको विकासमा ठूलो योगदान पुर्‍याएको कुराहरू इतिहासमा पढ्न पाइन्छ । भृकुटीले उक्त समयमा तिब्बत र भुटानमा आफ्नो मातृभूमि नेपाललाई चिनाउने काममात्र नगरी दुई मुलुक बीचको मैत्री सम्बन्धमा नै उल्लेखनीय भूमिका निभाएकी थिइन् । त्यसैकारण भृकुटीलाई आज पनि हामीले धेरै सम्मान गर्ने गरेका छौं । भनिन्छ, त्यस समयमा नै भृकुटीले नेपालबाट कालिगड  झिकाइ, कलात्मक मन्दिरहरू बनाएर त्यस क्षेत्रमा कुशल नेपाली कालिगडीको परिचय दिएकी थिइन् ।


त्यस्तै १३ औं शताब्दीमा अरनिकोले प्रवासबाट नै आफ्नो कालिगडीको माध्यमले नेपाललाई विश्वसामु चिनाएका थिए । १२ वर्षको उमेरमा अरनिको तत्कालीन चीनका सम्राट कुब्लाई खानको निमन्त्रणामा बुद्ध मन्दिरहरूका स्तुपा बनाउन चीन गएका थिए । अरनिकोको क्षमताबाट प्रभावित चिनियाँहरूले उनीलाई विशेष सम्मानित कलाकारको दर्जामा राखे । उनका कामहरू चीन र तिब्बतमा मात्र सीमित नभई भियतनाम, कम्बोडियासम्म फैलियो । अरनिकोद्वारा निर्मित सेतो स्तुपा अझै पनि बेइजिङको आकर्षकको रूपमा देख्न पाइन्छ । उक्त सेतो स्तुपा भएको ठाउँमा अहिले अरनिकोको सालिक नेपाल र चीनको मित्रताको प्रतीक बनेर उभिएको छ । तत्कालीन चीन सरकारबाट विशेष नागरिकको उपाधिद्वारा सम्मानित भएका अरनिकोले आफ्नो जीवन चीनमा नै बिताएका थिए । अरनिको आज पनि नेपालीका लागि प्रेरणाका स्रोत हुन् । यसरी भृकुटी र अरनिको हाम्रालागि प्रेरणादायी गैरआवासीय नेपाली (एनआरएन) का उदाहरणहरू हुन् । हुन त त्यसबखत यो शब्द प्रयोगमा थिएन, तर पनि सार्क मुलुक बाहेकका देशहरूमा वर्षको १८३ दिन वा सोभन्दा बढी बस्ने नेपाली अथवा नेपाली मूलका विदेशी नागरिक र उनीहरूका परिवारलाई एनआरएन भनिँदै आएको हुँदा भृकुटी र अरनिकोलाई सुरुका एनआरएन भन्दा अत्युक्ति नहोला ।


सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज (भारत उपनिवेश भएको समय) बीचको युद्धमा गोर्खाली सैनिकले देखाएको विरताप्रति अंग्रेजहरू प्रभावित भएका थिए । नेपाल र तत्कालीन अंग्रेजबीच भएको सुगौली सन्धिमा अंग्रेजहरूले नेपालीहरूलाई आफ्नो सेनामा भर्ती गर्न पाउने कुरा पनि उल्लेख थियो । सुगौली सन्धिपश्चात नेपालीहरू गोर्खा सैनिकका नाममा अंग्रेज सेनामा भर्ना भई विश्वभर आफ्नो वीरता देखाएर विश्वमाझ नेपाललाई चिनाएका छन् । त्यसता गोर्खा सैनिकहरू आज पनि भारतीय र बि्रटिस सेनामा कार्यरत छन् । भारतीय र ब्रिटिस सेनामा काम गरेका कतिपय गोर्खा सैनिकहरू आफूले सेवा गरेकै ठाउँमा बसोबास गरेका धेरै उदाहरण पाउन सकिन्छ । यसरी नेपालीहरू विभिन्न कारणबाट लामो समयदेखि नै प्रवासिँदै आएका छन् । कहिले बुहारी भएर त कहिले विदेशी सेनामा भर्ती भएर कहिले अवसरको खोजीमा त कहिले आफ्ना बालबच्चाहरूको राम्रो भविष्यको सपना बोकेर प्रवासिएका छन् । आज नेपालीहरू प्रवासिने क्रमले शिखर छोएको छ र सार्क मुलुक बाहेककै देशहरूमा २६ लाख नेपालीहरू प्रवासमा रहेका छन्, जसमा ६० प्रतिशतभन्दा बढी खाडी मुलुक र मलेसियामा छन् । विदेशमा पेसा व्यवसाय गरेर बसेका यिनै गैरआवासीय नेपालीहरूले पठाएको रेमिटेन्सबाट नै वर्तमान नेपालको अर्थतन्त्र चलिरहेको छ । 


गैरआवासीय नेपालीहरू प्रवासिने इतिहाससँगै आफूलाई प्रवासमा पनि स्थापित गराउन सफल भएको पाइन्छ । विदेशमा पेसा गरेर बसेका गैरआवासीय नेपालीको संख्या बढी भए तापनि गैरआवासीय नेपालीहरूले व्यापार व्यवसायमा पनि राम्रो गरिसकेको अवस्था छ । विश्वका उच्चशिक्षण संस्था, रिसर्च इन्स्टिच्युट, कम्पनीदेखि लिएर अन्तर्राष्ट्रिय संस्थासम्म नेपालीहरूको उपस्थिति पाइन्छ । हाल नेपालको ठूलो बौद्धिक जनशक्ति पनि विदेशमा रहेको अवस्था छ । यी गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा कसरी परिचालन गर्ने भन्ने पनि आगामी दिनका चुनौती हुन् ।


लामो समयदेखि विदेशमा गैरआवासीय नेपालीका रूपमा धेरै नेपालीहरू बसोबास गर्दै आए तापनि गैरआवासीय नेपालीहरूको नेपालप्रतिको माया, सद्भाव, समृद्ध नेपाल देख्ने सपना र त्यस समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान गर्ने चाहना र आफू जहाँ रहे पनि नेपाली भएर बाँच्न चाहने आफ्नो इच्छाहरूमा भने कमी आएको पाइँदैन । सन् १९९० को अन्तिम दशक र सन् २००० को सुरुमा जब भारत-चीनजस्ता नेपालका ठूला मित्रराष्ट्रहरूले आफ्ना गैरआवासीय नागरिकलाई राष्ट्रनिर्माणमा सहभागी गराउनथाले, त्यसपश्चात गैरआवासीय नेपालीहरूले पनि संगठित भई गैरआवासीय अभियानको संस्थागत सुरुवातको आवश्यकताको मनन गरेका हुन् । त्यसकै फलस्वरूप गैरआवासीय नेपालीहरूले 'नेपालीका लागि नेपाली' भन्ने नारा लिएर सन् २००३ अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधिवत स्थापना गरी आफ्ना गतिविधिहरूलाई संस्थागत गर्दै आएका छन् । यसक्रममा  गैरआवासीय नेपालीहरूले नेपालका साना-ठूला समस्याहरूको समाधानमा आवासीय नेपालीसँग हातेमालो गरेका छन् । देशमा दैविक प्रकोपको बेला होस् या राजनीतिक घटनाले देशलाई पिरोलिरहेको अवस्था, गैरआयासीय नेपालीहरूले सहयोग गर्न पछि हटेका छैनन् ।


नेपालभित्र गैरआवासीय नेपालीहरूलाई विभिन्न किसिमका नजरबाट हेरिँदै आएको छ । कसैले विदेशमा बस्ने धन कमाएका नेपाली या नेपालमा लगानी गर्नसक्ने नेपाली त कसैले  विदेशी नै हो कि भन्ने नजरले पनि हेर्ने गर्छन् । समृद्ध नेपाल हेर्न चाहने यी गैरआवासीय नेपालीहरूले जब नेपालमा आवत-जावत गर्न नेपालमा धनसम्पत्ति राख्न, त्यसको सजिलोसँग उपयोग गर्ने या नेपालमा लगानी गर्ने आजको विश्व मान्यतामा अति साधारण भनिएका जस्ता कानुन निर्माण र हालको कानुनको परिमार्जका कुरा गर्छन्, त्यसबखत यी गैरआवासीय नेपालीहरूलाई यदाकदा शंकाको दृष्टिले हेरिने गरिन्छ । यस्ता गतिविधिहरू गैरआवासीय नेपालीले आफ्ना स्वार्थका लागि गर्नलागेका हुन् भनिन्छ, तर वास्तविक रूपमा भन्नुपर्दा यी नेपालीहरूको स्वार्थ भनेको नै विश्व मानचित्रमा नेपाललाई समुन्नत राष्ट्र देख्न चाहने चाहनामात्र नै हो ।


लामो विदेश बसाइबाट गैरआवासीय नेपालीहरूले के सिकिसकेका छन् भने आफू जति नै सम्पन्न भए तापनि आफ्नो राष्ट्र सम्पन्न नभई अन्तर्राष्ट्रिय जगतमा सम्मान पाइँदैन । यस्ता अनुभवहरूको सुरुवात कुनै पनि विकसित राष्ट्रको विमानस्थलमा उत्रेर नेपालको  पासपोर्ट देखाउँदाबाट नै सुरु हुने गर्छ । विमानस्थलमा गरिने व्यवहार व्यक्तिको सम्पन्नतामा होइन कि कुन देशको नागरिक हो भन्ने कुराले निर्धारण हुन्छ । नेपाली र नेपाली मूलका विदेशी नागरिक भएर विश्वका विभिन्न ठाउँमा पाएका अपहेलनाबाट गुज्रिएका र 'एकफेरिका नेपाली सधैंको नेपाली' भन्ने कुरालाई आधार बनाएका यी गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिको विकासको अभावले सताउँछ । यस्ता अनुभव सिर्फ हामी नेपालीले मात्र गर्दै आएका होइनौं, धेरै विकासोन्मुख राष्ट्रहरूका नागरिकहरूको प्रायः यही कथा हुने गर्छ । छिमेकी मुलुक भारत र चीनका नागरिक पनि केही समय अघिसम्म यस्तै अनुभवबाट गुज्रिररहेका हुन् र यी राष्ट्रको विकाससँगै अब उनीहरूका लागि त्यस्तो समय दोहोरिएला जस्तो देखिँदैन ।


गैरआवासीय नेपालीहरूले विगतमा र अहिले झनै  नेपालको विकास चाहेका छन्, उनीहरू सम्पन्न नेपालको अभियान चलाएर नेपालीहरूको समग्र विकासमा सहभागी हुन चाहन्छन् । गैरआवासीय नेपालीहरू नेपालको चौतर्फी विकासका लागि सिर्फ आर्थिक लगानीमात्र नभई बौद्धिक लगानी गर्न पनि सक्षम भइसकेको अवस्था छ । मुलुक द्वन्द्वग्रस्त रहँदा पनि गैरआवासीय नेपालीहरूले रेमिटेन्स भित्र्याउन छाडेनन्, आफ्नो लगानीको सुरक्षा नहुँदा पनि उनीहरूले नेपालमा लगानी गर्नबाट पछि हटेनन् । वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन । इतिहासदेखि वर्तमानसम्म गैरआवासीय नेपालीहरू नेपाल र नेपालीको हितमा नै अघि बढेका कुरालाई बिर्सन हुँदैन ।


लेखक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता हुनु हुन्छ ।


कान्तिपुरवाट साभार

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies