गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?

किरण पौडेल
काठमाडौं 

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक चल्दा चल्दै विना निष्कर्ष स्थगित भएको छ । कतिपय जिल्लाहरुमा क्रियाशिल सदस्यता वितरण भैरहेको छ त कुनैमा शुरुहुन सकेको छैन । सदस्यता वितरण गर्ने अन्तिम समय र कांग्रेसको राष्ट्रिय महाधिवेशनको घोषित तिथी मितिका दिनहरु विना सुचना गुज्रिसकेको अवस्था छ । त्यही भुमरीको विचमा अल्झेको कांग्रेस आफ्ना पार्टीका सभापति महानायक गिरिजा प्रसाद कोईरालाको महाप्रस्थान पछि मर्माहत वनेको अवस्था छ । श्रद्धेय पार्टी सभापति गिरिजा प्रसाद कोईरालाको देहवसानले कांग्रेस पार्टीलाई मात्र होईन सिगों नेपालको राजनीति र दक्षिण एशिया कै राजनीतिमा समेत प्रभावित पार्न पुगेको छ । सवैको आशा र भरोशाको केन्द्रविन्दु सभापति गिरिजा प्रसाद कोईराला हुनु हुन्थ्यो भन्ने कुरा उहाँको देहवशान पछि अन्तेष्ठिमा उत्रेको मानव सागरले पुष्टि गरिसकेको छ । साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 


गिरिजा वावुको देहान्त भै नै सक्यो । अवको कांग्रेस कसरी चल्छ ? अव नेपालको भविश्य के हुन्छ ? राजनीतिक सहमति र सहकार्यले निरन्तरता पाउला कि नपाउला ? भन्ने अनेक खालका टडकारा प्रश्नहरु हाम्रा सामु छन । गिरिजा वावु विनाको कांग्रेस नेतृत्वले उहाँका सवल पक्षलाई आत्मसात गर्न सक्लान ? यीनै सवालहरुका साथमा नेतृत्वको वागडोर वैधानिक विधिवाट प्राप्त गर्ने र पार्टीलाई जीवन्त पार्टी कसरी वनाउने भन्ने चिन्ता र चासो नेतृत्व तहले लिनु पर्ने पार्टीको प्राथमिकताको विषय हो जस्तो लाग्दछ । विचार र धारणा सवैका आ-आफ्ना होलान तर सवैलाई समेटेर लोकतान्त्रिक विधिवाट व्यवस्थित गर्न हामीले शुरुवात गर्न चाहन्छौं कि चाहदैनौं ?


  आज नेपालका सवै राजनीतिक दलहरुको नियती उस्तै उस्तै छ । पार्टी अनेक विचार र धारणाको संग्रह वन्दै विभिन्न संस्करणमा रुपान्तरित भई समयानुकुल वन्नु पर्दथ्यो । विचार र सिद्धान्तको प्रयोगलाई व्यापक वनाएर प्रजातान्त्रिक अभ्यासलाई सुसंकृत वनाएर अगाडी वढन सक्नु पर्दथ्यो । व्यक्ति व्यक्तिको मतभिन्नता र टकरावलाई समग्र पार्टीले व्यवस्थित गर्न सक्नु पर्दथ्यो । त्यो अभाव नेपालका सवै पार्टीहरुले महशुस गरेकै हुनुपर्दछ । कुनै पनि पार्टी गठन,पुर्नगठन र विघटन पछिको पुर्ण एकता विगतका कमी कमजोरीलाई सही व्यवस्थापन गर्न सक्षम वन्न सक्नु पर्दथ्यो । गिरिजा वावुको अभावमा कांग्रेस पुर्नएकता व्यवस्थित वन्न नसक्ने हो कि यहि चिन्ता सवैको मनमा लागेको छ ।


कांग्रेस पार्टी स्थापनाकालमा कस्तो थियो र हाल यसको अवस्था कस्तो छ ,स्थापनाकालका जीवित व्यक्तित्वहरुले मात्रै महशुस गर्न सक्ने कुरा हो । पार्टीको सिद्धान्त आदर्श र त्यसको ढाँचा र व्यवहार वारे धेरैका विभिन्न मतहरु व्यक्त भएको पाईन्छ । पार्टी संचालकले आमुल परिवर्तनकारी सोच राख्नु र समयानुकुल तुल्याई राख्नु जरुरी छ भन्ने पक्षमा मतैक्यता  पनि सृजना हुदै गएको छ । पार्टी र पार्टी प्रमुखले प्रत्येक क्षेत्र र मोडमा संघर्ष गर्ने मात्र नभई आधारभुत परिवर्तन वा रुपान्तरणलाई आत्मसात पनि गर्न सक्नु पर्दछ । विकसित देशका पार्टी प्रमुखले गरेको पढने,सुन्ने र देख्ने मात्र होईन कि हाम्रो जस्तो विकाससिल देशका पार्टी नेतृत्वले आफ्नो छुट्टै खाले सोच वनाउन आवश्यक छ । नपाली कांग्रेस पार्टी व्यवस्थापन सम्वन्धि अहिलेको सोचाई र व्यवहारले तिव्र परिवर्तनको लहरलाई वुझ्न र कार्यान्वयन गर्न सकिरहेको छैन । त्यसको सँगसँगै विज्ञानले गरेका नयाँ नयाँ आविष्कारलाई पनि ग्रहण गर्नु थप कार्यभार छदैछ ।


औद्योगिक क्रान्तिको वेला सन् असिको दशक तिर कुनै पनि संस्थालाई एउटा यन्त्रको रुपमा हेर्ने गरिन्थ्यो । पार्टी वा संगठनलाई मेशिन ठानिन्थ्यो जसलाई पार्ट पुर्जाहरु जोडेर निर्माण गर्न,सुधार गर्न,परिवर्तन गर्न,नियन्त्रण गर्न तथा निश्चित नियम र सिद्धान्त भित्र रहेर संचालन गर्ने सोच राखिन्थ्यो । पार्टी र संगठनमा मानिसको उपयोग पुर्जाको रुपमा गरिन्थ्यो । उसको व्यक्तिगत मुल्य र मान्यताको कुनै वास्ता गरिदैनथ्यो । यस्तो यान्त्रिक ढाँचामा आधारित संगठनहरुमा अहिले परिवर्तन आई सकेको छ । जीवित प्राणीको गतिशिलताले संगठनलाई जीवन्त वनाउन सक्दछ । जीवन्त प्रणालीमा मात्र पार्टी वा संगठनको तल्लो इकाई देखि माथिल्लो निकाय समेत समेटिएको हुन्छ भन्ने सोचाई विकसित हुदै गएको छ । जीवन्त प्रणालीमा एउटा पार्टीको अस्तित्व वा संरचना सवै किसिमका पार्टीका सदस्य र शभेच्छुक  विचको आत्मनिर्भरता तथा वातावरण र अवयवहरुको गतिशिल सम्वन्धवाट निर्माण हुन्छ । एउटा पार्टीमा आफुमा आईपर्ने हरेक कुराहरुलाई अपनाउदै एउटा जीवन पद्धतिको रुपमा चलायमान भै रहनु पर्दछ । परिस्थितीलाई आफु अनुकुल तुल्याउन आफुलाई नयाा जीवन दिएर अग्रगामी फड्को मार्न सक्ने वनाउनु पर्दछ ।


नयाँ शताब्दीमा प्रवेश संग संगै नेपाली कांग्रेस पार्टीको संगठन ढाँचा यान्त्रिक रुपवाट विकसित गराई नयाँ शैलिमा प्रस्तुत गर्न आवश्यक छ । नयाँ ढाँचाको आधारभुत सिद्धान्त पार्टीका सम्पुर्ण पक्ष र अवयवहरु तथा तिनीहरुको आपसी सम्वन्धलाई सन्तुलित र व्यवस्थित राखेर पार्टीको दृष्टिकोण र लक्ष्य प्राप्त गर्नु हो । पार्टीका प्रत्येक अंगहरु एक अर्को संग सम्वद्ध गराई एउटा एकिकृत सिगों स्वरुपमा विकसित गराई व्यवस्थित गराउनु हो । दुर दृष्टि,लक्ष्य, उद्देश्य र मुल्यले राजनीतिक पार्टीलाई गति र दिशा प्रदान गर्छ, पार्टीमा रहेका संभावना र क्रियाकलापलाई आवश्यक पर्ने तत्व सृजना गर्ने काम गर्दछ । पार्टी भित्रका प्रणालीहरुलाई अगाडि वढन उज्यालो दिने काम गर्दछ । पार्टीको सिद्धान्त र लक्ष्यलाई आत्मसात गरेको सदस्यले वल्ल सवल पार्टी निर्माणमा योगदान दिन सक्दछ । त्यस्तो पार्टी संगठनले मात्र पार्टी सदस्य र शुभेच्छुकहरुलाई वास्तविक मुल्य उपलब्ध गराउन र सेवा प्रदान गर्न सक्दछ । कांग्रेस पार्टीमा सैद्धान्तिक मुल्य र पार्टी सदस्य विचको अन्र्तसम्वन्धको निस्क्रियता नै वर्तमानको जटील समस्या हो । त्यसको समाधान तर्फ पहल आवश्यक छ ।


कांग्रेस पार्टीका समर्थक को हुन - जनता । पार्टीले उनीहरुका अपेक्षित र अनपेक्षित आवश्यकताहरु प्रतिको पहिचान गर्न सकेको छ र कतिको राम्रो संग पुरा गर्न सक्छ ? जनताका समस्या समाधान गर्न वा उनीहरुको संतुष्टिलाई ध्यानमा राखेर आफ्नो प्रतिद्वन्दि तिर जान नदिन के सेवा र मद्दत दिन सक्दछ ? पार्टीले उनीहरु संग दिर्घकालिन सम्वन्ध कसरि स्थापित गरिरहन सक्दछ ? अथवा जनता लाई कसरि पार्टी निर्माण गर्ने विषयमा सधै सम्लग्न गराउन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेको छ ? कांग्रेसले यस विषयमा कुनै वहस,चर्चा र चिन्तन गरेकै छैन । पार्टीको उच्च नेतृत्व यस विषयमा वढी गम्भिर वन्नु वन्नु पर्ने वेला हो जस्तो लाग्दछ । 


पार्टीको जिम्मेवार पदमा वसेका व्यक्तिहरु नै  संगठन निर्माणका महत्वपुर्ण श्रोत हुन । सही संगठनकर्ताको छनौट,तिनीहरुको सीप र सिर्जनशिलताको विकास गरेर उनीहरुको कार्यदक्षता  र परिचालनमा सुधार ल्याउन सकेमा मात्र प्रभावकारी पद्धति तर्जुमा गर्न सकिन्छ । पार्टी संगठनकर्ताको सिपले व्यक्ति,समुह र सिंगो पार्टीको सिकाई र चिन्तनमा प्रभाव पार्दछ ।कुनै पनि पार्टीलाई अगाडी वढाउने तथा व्यक्ति,समुह र पार्टीगत लक्ष्य,उद्देश्य र आवश्यकतालाई एकआपसमा मेल गराउने अदृश्य तत्व भनेको संस्कार,मुल्य,नैतिक मान्यता तथा पार्टीको मनोवृति हो । संस्कारले मानिसका सम्वन्ध,व्यवहार र क्रियाकलापलाई निश्चित आकार र स्वरुप प्रदान गर्छ । पार्टीको सफलताको निमित्त यो अपरिहार्य र आधारभुत आवश्यकता हुन जान्छ । कुनै पार्टी सदस्यमा संस्कार जर्वजस्ति लादन वा घुसाउन सकिदैन तर संस्थागत संस्कार र मनस्थितिलाई समय समयमा फेरवदल गर्न प्रयत्न आवश्यक हुन्छ ।


नेपाली कांग्रेसलाई जीवन्त पार्टी वनाउन पार्टी नेतृत्वले पार्टीको भविश्य सृजना गर्न, आवश्यक परिवर्तन ल्याउन अत्यन्त राम्रो र सौहार्द संस्कार निर्माण तथा पार्टी सदस्यहरुलाई उनीहरुले गर्न सक्ने कार्य गर्न उत्प्रेरित गराउनु पर्दछ । पार्टी सदस्यहरुमा रहेको सृजनशिलता र प्रतिवद्धतालाई अभिवृद्धि गराउनु पर्दछ । पार्टीको संरचना व्यवहारिक,लचिलो वनाउनु पर्दछ । सरल रणनीति र सहयोगात्मक कार्य पद्धतिको तर्जुमा गरि कार्यान्वयन गर्नु पर्दछ । पार्टी सदस्यलाई अवसर उपलब्ध गराउनु र सुनिश्चित भविश्य निर्धारणको भुमिका निभाउन सक्नु पर्दछ । त्यसैको अभावले कांग्रेस पार्टी यान्त्रिक जडतावाट मुक्त हुन सकेको आभास मिल्न सकेको छैन ।


नेपाली कांग्रेस पार्टीको संस्थागत र संगठनात्मक रुपान्तरणको जरुरी भैसकेको छ । व्यवस्थापन प्रणालीले पार्टीको विशेषता र प्रभावकारिता निर्धारणमा महत्व राख्दछ । यस्तो पार्टीको चरित्रले अर्कोतिर समाजको स्वरुप र भविश्यमा असर पार्दछ । कांग्रेस पार्टीको ढाँचा,व्यवहार र मुल्यलाई प्रभावित पार्ने शक्ति दुई खालका पाईन्छन । परम्परागत सामन्ती प्रथाको अवशेष र त्यसको उपज पद ओगटने काम नगर्ने संस्कार र अर्को पार्टीको यान्त्रिक संचालन ढाँचा । नेपाली कांग्रेसलाई सवल पार्टीका रुपमा रुपान्तरण गर्ने कार्यमा वास्तविक सफलता हासिल गर्नको निम्ति पार्टी र व्यवस्थापनको सैद्धान्तिक र व्यवहारिक पक्षमै आधारभुत परिवर्तन ल्याउन आवश्यक छ । कुनै एउटा पक्षमा आंशिक सुधारले मात्र कांग्रेसको वास्तविक रुपान्तरण हुनै सक्दैन ।


नेपाली कांग्रेस नेपालको सवैभन्दा पुरानो,ठुलो र शक्तिशाली पार्टी हो । कांग्रेस पार्टीको दिशा निर्देशले सिंगो नेपालको दिशा निर्देश गर्दछ । कांग्रेस पार्टी सबल होस र जीवन्त रहोस भन्ने करोडौं नेपालीको मनोचाहना छ । त्याग,निष्ठा र नैतिकतालाई पार्टीको आन्तरिक राजनीतिमा सदृढ गराउन सक्नुपर्दछ । सम्पुर्ण कांग्रेसजनहरुलाई भय र त्रास वाट मुक्त गराउने उद्घोष गर्न सक्नु पर्दछ । पार्टीका सदस्यहरु विचको सम्वन्ध स्वाभाविक र वास्तविक वनाईरहने पद्धति विकास गराउनु पर्दछ । पार्टी सदस्यहरु विचको अज्ञानता वा भ्रम कांग्रेस पार्टीको रुपान्तरण प्रक्रियाको प्रमुख वाधक तत्व वन्न सक्छ । त्यसमा सतर्कता अपनाउन सकेमा मात्र अगाडिका सवै खाले चुनौतिहरुलाई सामना गर्न सक्षम हुने छ र वास्तविक रुपमा रुपान्तरित हुनसक्ने छ ।  
पूर्व महामन्त्री ,ने.वि.संघ,केन्द्रीय समिति,

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies