बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे

दिनेश बस्नेत
काठमाडौं 

रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ । राजधानी काठमाडौबाट करिब २०२ किलोमिटरको दुरीमा रहेको यो स्थान धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले सम्पन्न छ। गोकुलगंगा -खिम्ती खोला)को किनारमा अवस्थित यो स्थानमा कुनै समय दिनमा ९ थानसम्म पत्थरकला बन्दुक निर्माण गरी राजधानी ल्याइन्थ्यो । यहांको खानीबाट निकालिएको फलाम चीनको तिब्बतसम्म लगेर विक्री गरिन्थ्यो । तर अहिले त्यो खानी, बन्दुक निर्माण आदि इतिहास बनिसकेको छ।

यो गाविस समुद्र सतहदेखि १६३० देखि २८१५ मिटरको उचाईमा अवस्थित छ। यही स्थानको शिरमा पर्ने जट्टा तथा पांचपोखरी, तांबे, जलकाली, ठोसे नजिकै पर्ने माली आदि धार्मिक स्थानले पनि यसलाई धार्मिक केन्द्र बनाएको छ। अर्को महत्वपूर्ण पक्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको पैदलयात्रासमेत यहीबाट सुरु हुने गर्दथ्यो । त्यो अहिले छिमेकी गाविस बाम्ती पुगेको छ। यहां खनिज पदार्थका साथै जुडिबुटीको भण्डार नै छ भन्दा फरक पर्दैन । तर, त्यसको उपयोग हुन सकेको छैन । सबै जनता परम्परागत कृषिमा निर्भर रहे पनि कृषिलाई आधुनिकीकरण गर्न नसक्दा अपेक्षित लाभ प्राप्त गर्न सकिरहेका छैनन्।
फलाम खानी, बन्दुक निर्माण पुरानो इतिहास हो । यतिबेला यो स्थान शैक्षिक केन्द्रका रुपमा समेत विकास भइरहेको छ। ठोसेेमा विक्रम सम्बत २००९ सालमा स्थापना भएको शारदा उच्च मावि छ। यही शारदोदय बहुमुखी क्याम्पस छ। यहांका सबै ९ वडामा ६ देखि ७ कक्षासम्मका निमावि तथा प्राविहरु छन् । त्यसैले शैक्षिक क्षेत्रमा यहां निकै प्रगति भएको छ भन्न सकिन्छ । यसरी सबै वडामा विद्यालय पुराउने श्रेय भने शिक्षासेवी ललितबहादुर श्रेष्ठमा जान्छ । उहांकै पहलमा जर्मन सहयोगमा फ्राड्स नेपालले सबै वडामा विद्यालय भवन निर्माणका साथै शिक्षक शिक्षिकासमेत उपलव्ध गराइरहेको छ। तर सरकारले विद्यालयलाई स्वीकृति र शिक्षक कोटा नदिएर अन्याय गरिरहेको छ। 

यही शारदा उच्च मावि वरपरका ६ दर्जन विद्यालयको स्रोत केन्द्र समेत हो । यस वरपरका सबै विद्यार्थी यहीको शारदोदय बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन् । यही शारदा उच्च माविले २०६७ बैशाख १० गते आफ्नो ४७औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। यहां जहानिया राणा शासन अन्त्यसंगै २००७ बाट शैक्षिक जागरण सुरु भए पनि यो विद्यालयको स्थापना ००९ सालमा प्राथमिक विद्यालयको रुपमा भएको पाइन्छ। त्यस बखतका राजनीतिक कार्यकर्ता एवं शिक्षासेवीहरु भागवत प्रधान, ज्ञानबहादुर श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, काजीबहादुर श्रेष्ठ, मिनबहादुर श्रेष्ठ, श्यामलाल प्रधान, माधवलाल श्रेष्ठ, स्व. अक्कलमान श्रेष्ठ, स्व. ललितबहादुर श्रेष्ठ, स्व. देवलाल श्रेष्ठ, सुर्यबहादुर श्रेष्ठ, स्व. बद्रीबहादुर श्रेष्ठ, स्व. पूर्णबहादुर श्रेष्ठलगायतको पहलमा विद्यालय स्थापना भएको थियो।

२००९ सालमा चित्राको बार लगाएर दुई जना शिक्षक र ३७ जना विद्यार्थीबाट सुरु भएको शारदा उच्च माविको यात्राका क्रममा अहिले ९७४ जना विद्यार्थी छन् भने २६ जना शिक्षक शिक्षिका र २ जना कर्मचारी कार्यरत छन् । २०२३ सालबाट यस क्षेत्रकै एक मात्र माविस्तरमा संचालनमा आएको यो विद्यालयमा अहिले पनि कुल ९७४ विद्यार्थीमध्ये छात्रा संख्या मात्र ४५७ जना छ । यस अर्थमा पनि शैक्षिक चेतनास्तर उच्च रहेको आंकलन गर्न सकिन्छ। हरेक वडामा ६ र ७ कक्षासम्मका विद्यालय रहंदा पनि यहां ९७४ जना विद्यार्थी अध्ययन गर्नु भनेको निकै सकारात्मक पक्ष मान्न सकिन्छ । ठोसे गाविसले दिएको जानकारीअनुसार यहां ४९.३७ प्रतिशत जनता साक्षर छन् । यसमा पुरुष ६१.५० प्रतिशत र महिला ३७.२५ प्रतिशत साक्षर छन् । तर, अहिले छात्राहरुको संख्या बढी देखिनुले आगाामी तथ्यांकमा निकै परिवर्तन हुने निश्चित छ।

भागवत प्रधान, श्यामलाल प्रधान, जयप्रकाश श्रेष्ठ, नारायण प्रसाद गजुरेल, कृष्णप्रसाद पराजुली, मन्दिरप्रसाद लम्साल, आनन्दप्रसाद कोइराला, भीमदल राई, दिनेश राई, श्रीप्रसाद श्रेष्ठ, हरिप्रसाद शर्मा -पौडेल), गोविन्द गजुरेल, चित्रनारायण श्रेष्ठ, गोपाल कोइराला, कुमार कोइराला, तेजराज भन्दारी, ललितबहादुर श्रेष्ठ, श्रीमती मनलता श्रेष्ठ, नरेन्द्रलालदास निरालाजस्ता शैक्षिक सारथीहरुको सफल नेतृत्व पाइसकेको शारदा उच्च माविलाई यतिबेला भगवान कार्कीले सक्रिय नेतृत्व दिइरहनु भएको छ। चित्राको छानाबाट सुरु शारदा उमावि २०६२ सालदेखि उच्च मावि र ०६५ देखि शारदोदय बहुमुखी क्याम्पस तहसम्म उक्लेको छ। यसमा समाजसेवी जगतबहादुर आलेमगर, भुवनेश्वर प्रधान, ललितबहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, शिव श्रेष्ठ, भुवन कार्की, लक्ष्मीलाल श्रेष्ठलगायतको योगदान महत्वपूर्ण रहेको छ । प्रचार्य कार्कीले शारदा उच्च माविमा यसै शैक्षिक सत्रदेखि कक्षा ९ मा कम्प्युटर शिक्षालाई ऐच्छिक विषयका रुपमा थप्ने बताउनु भएको छ। उहांका अनुसार समयानुकल शिक्षा प्रदान गर्ने उद्देश्यले प्राविधिक र व्यवसायिक शिक्षाको व्यवस्था गर्न लागिएको हो । चांडै सीटीइभिटीईबाट व्यवसायिक तालिमको समेत व्यवस्था गर्ने तयारी भइरहेको छ। क्याम्पसलाई आगामी पांच वर्षभित्र एमए तहसम्म पुराउने योजना रहेको कार्कीले बताउनुभएको छ।
हाल विद्यालय भवन ५, कक्षा कोठा ३३, पुस्तकालय १, विज्ञान प्रयोगशाला १ र समीक्षालय १ रहेको छ। पुरानोलाई मर्मत र नयां थप्नका लागि दाताको खोजी पनि भइरहेको प्रचार्य भगवान कार्कीले जानकारी दिनुभएको छ। उहांका अनुसार चार वर्षदेखि ५९ छात्रा र ७ जना उमाविका छात्राहरुलाई छात्रवृत्ति पाइरहेका छन् । स्थानीय शिक्षाप्रेमी  स्व. नारायणबहादुर श्रेष्ठका छोरा र उहांकी धर्मपत्नीले स्व. नारायणबहादुर छात्रवृत्ति कोष स्थापना गर्नु भएको छ।

यसै वर्षदेखि मेजर सुर्यलाल श्रेष्ठ र सेभ द वल्र्डका अध्यक्ष शिव श्रेष्ठले आफ्नी स्व. आमाको नामबाट कक्षा ९ का दुई दुई जनालाई दुई वर्षसम्म मासिक ५ सय छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिसकेका छन् । उहांले विद्यालयलाई विगतदेखि नै शैक्षिक सामग्रीहरु समेत उपलव्ध गराउंदै आउनु भएको विद्यालयले जनाएको छ।

विक्रम सम्बत २०२४ सालदेखि एसएलसी परिक्षामा भाग दिदै आएको शारदा उच्च माविबाट हजारौले शिक्षाको ज्योति प्राप्त गरिसकेका छन् । यतिबेला यही उत्पादित जनशक्ति देशविदेशमा उच्च ओहोदामा क्रियाशील छ। प्रचार्य भगवान कार्की भन्नुहुन्छ, अब उनीहरुबाट पनि हामीले सहयोगको आशा राखेका छौ । उहांले विद्यालयको पुस्तकालय र विज्ञान प्रयोगशाला समयानुकल सुविधा सम्पन्न नभएको र परम्परागत कालोपाटी र चक डस्टर प्रयोग गर्दा प्रदुषण फैलिएकाले त्यसको सट्टा ह्वाइट बोर्डका लागि सहयोग अभियान नै सुरु गरेको बताउनुभएको छ। उहांले शारदा उच्च माविका पूर्व विद्यार्थीहरुलाई संगठित भएर विद्यालयलाई सहयोग जुटाउन आग्रह गर्दै शारदा उच्च मावि भूतपूर्व विद्यार्थी समाज गठनको प्रस्तावसमेत गर्नुभएको छ।

यतिबेला भगवान कार्कीको नेतृत्वमा, श्रीमती मनलता श्रेष्ठ, रविराज खड्का, केदार प्रसाद ढुङ्गेल, लोकनाथ रेग्मी, चिरन्जीवी पाण्डे, टेकप्रसाद घिमिरे, ललितबहादुर श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, रेनुकादेवी श्रेष्ठ, सुर्यबहादुर बस्नेत, मेघराज श्रेष्ठ, उद्धव लाल प्रधान, लेखकुमार बस्नेत, अनुराधा श्रेष्ठ, शम्भु खनाल,  लक्ष्मीप्रसाद प्रसाई, गेहेन्द्र नारायण श्रेष्ठ, पदमबहादुर मगर, लालसिं चौंसिर, सागर श्रेष्ठ, खेटराज घिमिरे, मेडिना श्रेष्ठ, विजयकुमार श्रेष्ठ, अञ्जना श्रेष्ठ, राकेश श्रेष्ठ, अम्मरबहादुर राउत, चन्द्रबहादुर थापालगायतको शिक्षक टोली शिक्षाको ज्योति छर्दै शारदा उच्च माविलाई नमूना शैक्षिक संस्था बनाउने अभियानमा छ।

यो टोली समाजमा अशिक्षाको कालो बादल हटाउन त सफल हुंदै आएको छ। अब अरु थप जिम्मेवारी पनि पुरा गर्नुपर्ने देखिन्छ । त्यो भनेको अभिभावकहरुलाई आर्थिक समुन्नतितिर लैजाने मार्गतिर डोराउने काम । गाउंमा एउटा शिक्षकको जिम्मेवारी विद्यालय गएर अध्यापन गराउनुमा मात्र सीमित रहन सक्दैन । उ गाउंको सचेत वर्गसमेत भएकाले उसको कुरा धेरैले खान्छन् । त्यसैले परम्परागत कृषि प्रणालीका कारण आर्थिक रुपमा विपन्न अभिभावकहरुलाई आर्थिक क्षेत्रका नयां नयां क्षेत्रबारे जानकारी दिनु आवश्यक देखिन्छ । त्यसले गरिबीका कारण विद्यालयलाई बीचैमा छाडेर बैदेशिक रोजगारीतिर हान्निने युवाहरुलाई पनि शिक्षाको उज्यालो दिन सक्नेछ ।

साथै प्राचार्य भगवान कार्कीले भन्नुभएझैं शारदा उच्च माविबाट शिक्षा आर्जन गरेर देश विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेकाहरुले पनि आफूले शिक्षा प्राप्त गरेको स्थानलाई अलिकति मात्र महत्व दिए पनि यो शैक्षिक संस्था नमूना शैक्षिक संस्था बन्न सक्ने देखिन्छ । त्यसैले ४७औं वर्ष पार गरिसकेको शारदा उच्च माविले आगामी स्वर्ण जयन्ती मनाउने दिनसम्म पुग्दा गुणात्मक फड्को मार्न सक्ने विश्वास गर्दै प्राचार्य कार्कीकै शब्दमा-शारदा उच्च मावि भूतपूर्व विद्यार्थी समाज गठन गरेर सामूहिक पहल गर्न आग्रह गरौ ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies