नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन

सुदीप अधिकारी
दुवई, यू.ए.ई. 

एनेकपा माओवादीले हालको सरकार बिरुद्ध छेडेको आन्दोलनको अनिश्चितकालीन हड्तालमयी स्वरुपलाई रोकेर, उसकै भनाईमा-सँगसँगै आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्दै जाने भनेको थियो ।
 माधव नेपालले राजिनामा नदिएसम्म मरिगए हड्ताल नरोक्ने भनेर अडिग माओवादीले बैशाख २४ मा हड्ताल रोकेकोमा स्वदेशि-बिदेशी सबै राजनीतिक बिश्लेसकहरु केहि आश्चर्यमा अवश्यै परेका छन्। किनकि यो पार्टीले आन्दोलनको कार्यक्रम शसक्त र दिगो बन्न सकोस् भनेर गाउँ गाउँबाट मान्छेहरुलाई काठमाडौंमा भित्र्याएको थियो त्यो पनि रसद पानीको बन्दोबस्त सहित। एक हिसावले भन्ने हो भने ति उपत्यका बाहिरवाट आएका वा भित्र्याइएका मान्छेहरु मानौ कुनै मलायाको युद्दमा महिनैको लागी हिंडेका लाहुरेझै गर वा मरको कसम खाएर हिडेका थिए तर उद्धेश्यको एक फित्को पनि पनि प्राप्त नभैकन उसले आम हड्तालजस्तो उत्कर्षको अवस्थालाई तातिएको फलाममा चिसो पानी हालेझै गरि आफ्नै आन्दोलनलाई चिस्याएको छ।


यसरी आन्दोलनको कडा स्वरुपलाई रोक्नुमा भित्री बिभिन्न कारणहरु वा उसको आफ्नै बिश्लेसण हुन सक्छ तर जे जस्तो भएपनि माओवादीले आन्दोलन नरोकिएको र त्यसलाई आवश्यकतानुरुप रुपमा चाहिं परिवर्तन गर्दै लाने भनेको छ। समय भने यति तरल देखिएको छ कि सरकार पक्ष र माओवादीबिच  सहमति र सहकार्य भन्दा आरोप-प्रत्यारोप अनि युद्दका कुरानै बढि हुने संभावना देखिएका छन् ।


बाहिरबाट झट्ट हेर्दाखेरि यो आन्दोलन पहिले पहिलेकाजस्तै देखिएपनि यो आन्दोलनले वास्तबमा धेरै प्रश्नको उत्तर खोजेको छ। मूलभुत रुपमा यो संसदीय प्रणालीका पक्षधर र यसलाई नमान्ने अधिनायकबादको पक्षपोषक माओवादी पार्टीबिचको सैद्धान्तीक द्वन्द हो। र, माओवादी पार्टीले बाहिर खुलस्त नभने पनि यो माओवादीले आफ्नो सैद्धान्तिक विजयको लागी संसदवादीहरुसँग लड्दै गरेको सायद अन्तिम, त्यति नभएपनि अन्तिममध्येको एउटा लडाई चाहिं हो ।


बिगतलाईनै पल्टाएर हेर्ने हो भने माओवादीले २०५२ सालमा जनयुद्ध थाल्दा पनि राज्य प्रशासन संचालन गर्नेहरुमा अहिलेकै ब्यक्ति, ब्यक्तित्व वा पार्टीहरु आसिन थिए। राजा बीरेन्द्रले कत्ति पनि राज्य संचालनमा हस्तक्षेप गरेका थिएनन्। कांग्रेस, एमाले वा राप्रपाहरुले पालोगरि-गरि मिलिभगतमा कारिगरी शासन निर्वाध चलाउन पाएका थिए। र, राजनैतिक रुपमा कम चेतनशील जनताको दवाव पनि कम हुन्थ्यो ६२-६३ को आन्दोलन भन्दा पहिलेको नेपालको परिस्थितिमा ।


२०४६ सालमा बहुदल त आयो तर त्यो वर्षौसम्म पनि अति पिछडिएका क्षेत्र, जनजाती वा गरिव निमुखासम्म पुग्दै पुगेन, बहुदल काठमाडौ खाल्डोमै उन्मक्त नाच देखाएर बसिरह्यो वा बसाइयो भन्दा हुन्छ। सायद यसैको परिणाम थियो माओवादीको जनयुद्ध। भन्न करै लाग्छ अहिले, माओवादीको प्रमुख द्वन्द राजासँग भन्दा पनि बढी संससदवादी पार्टीहरुसँग उग्र र कडा रहेछ। किनकि राजा पनि उतिखेर संसदवादी पार्टीहरुले ओढाइदिएको छाता ओढेर बस्दा मात्रै बलिया देखिएका थिए । अव त्यो छाता आफै ओढ्ने तागत थेग्न भने एमाले, कांग्रेसलाई गार्हो पर्दै गैरहेको देखिन्छ ।


भनाईमा 'जन आन्दोलन-३' नामाकरण दिए पनि जनताको जन-जिवीकाको  सवाललाई कत्ति पनि नउठाएर खाली प्रधानमंत्री परिवर्तनको रडाको मात्रै मच्चाएको सन्देश जनतामा गएको देखिन्छ यो आन्दोलवाट। अर्कोतर्फ माओवादीले आन्दोलनलाई राजधानिमै केन्द्रीत गर्ने भैसकेपछि यसले अनिश्चितकालीन हड्तालजस्तो कठोर कार्यक्रम थाल्नुअधि शहरिया बासिन्दाको मनोबिग्यानको अध्ययन राम्ररी गर्नुपर्थ्यो। किनकि शहरीया बासिन्दा बढिजसो ब्यापार, ब्यवसायमा लागेका हुन्छन् यसर्थ उनीहरुसँग यथेष्ठ पैसाको संचिती पनि हुन्छ र पेशा तथा सीपमा ग्रामिण भेगका जनता भन्दा आम्दानी निकाल्नमा अगाडीनै हुन्छन्। यसकारण शहरी बासिन्दा पैसा, बल र केहि बुद्दी लगाएर भएपनि सानातिना बन्द वा आम हड्ताललाई सजिलै चपाउने क्षमता राख्दछन्। यहि क्षमताको उपयोग गरेर माओवादीको ६ दिने लमतन्ने आम हड्ताललाई पनि काठमाडौ लगायत अन्य शहरवासीले पराजीत गरेको देखिएको छ। एकातर्फ माओवादी आन्दोलनले जनलहर पनि ल्याउन सकेको देखिएन भने अर्को अर्थमा सर्वसाधारण स्व-स्फूर्त रुपमा आन्दोलनमा हजारौका हजार सहभागी भएको अवस्था भए सरकारलाई वास्तबमै 'धक्का' लाग्थ्यो र यो सरकार राजिनामाको तयारिमा लाग्थ्यो तर माधव नेपाल प्रशासनलाई कत्ति पनि दवाव परेको देखिएन। जवर्जस्ती रुपमा दवाव नपरेको जस्तो देखाउने कोशिस त सबै सरकारले गर्छन् कुनै पनि बिपक्षीका आन्दोलनका बेला तर यो सरकार बढिनै ढुक्क देखियो यत्रो देशब्यापी आम हड्तालको बेला पनि । किन सरकारले दवावको महसुस गर्ननै चाहेन त ! यसका पछाडी केहि तर प्रष्ट कुराहरु छन् ।


प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् । हिजोका तन्नम र गरिव देश आज प्रगतिको रफ्तारमा हुईकिएको द्रिश्य आफ्नै आँखा अगाडी नेपाली जनताहरुले देखिरहेका छन् र ब्यवहारमा पनि अनुभव गरिरहेका छन्। यो ग्यान र मनोनिग्यानले पनि नेपालीहरु अव आर्थिक रुपले देशलाई तहस-नहस पार्ने बन्द-हड्तालजस्तो कार्यक्रममा साथ दिन कत्ति पनि तयार नहुन थालेका हुन्। र, यो कुरालाई आजको सबैभन्दा परिवर्तनकामी र ठूलो राजनीतिक पार्टी एनेकपा माओवादीले त झन बढि मनन् गर्नुपर्ने बिषय हो। माओवादी पार्टीले बोकेको राजनीतिक सोचको लक्ष पुरा गर्ने कार्यको गतिशिलताको लागी भलै आन्दोलन गर्नुपर्ने हुनसक्ला तर त्यो शिक्षामा प्रगतिको योजना अगाडी सारेर, जनताले दैनिक भोगेका समस्या (जुन देख्नमा साना लाग्छ्न्)को समाधानमा नीति र कार्यान्वनमा अगाडी सरेर वा देशको प्राक्रितिक धनलाई उद्ध्योग-धन्दाको स्थापना गरि त्यसलाई अधिकतम प्रयोग गर्ने गुरुयोजना अगाडी सारेर मात्रै आजका बहुसंख्यक नेपालीको मन जित्न सक्ने अवस्था यथार्थता हो। सरकार परिवर्तनले केही हुदैन भन्ने गहिरो छाप नेपाली जनतामा धेरै पहिलेवाट  परिसकेको छ। तर यदि पहिलेको माओवादीको राज्य प्रशासनको समयमा बाबुराम भट्टराई एक्लैले 'भ्यागुतो उफ्रने आर्थिक प्रगति'को कुरो नगरेर सम्पूर्ण सरकारका तर्फवाट जनकल्याणकारी, देश बिकासमा आधारित तात्कालीक कार्यक्रमहरु शुरुवात सम्म गरेको भए माओवादी जनताको मनमा यसरी बस्थ्यो कि उसले नेपललाई एशियाको नव सम्पन्न राष्ट्र नवनाइन्जेल शासन गरिरहेको हुन्थ्यो। अवत: माओवादीले भारतले हामीलाई हेप्यो भनेर रुनु-कराउनुको पनि केहि अर्थ छैन। समग्र रुपमा शिक्षा, संचार , प्रबिधिको बिकासले लामो आर्थिक फड्को मारिसकेको ठूलो देशले सानो छिमेकी तर बिकासको बाटो नपहिल्याएर जहिल्यै पनि सत्ताको लागी कुकुर-बिरालोझै झगडामा लिप्त भैरह्ने देशलाई ओजिलो ब्यवहार गर्ला भनेर आश राख्नु बेकारकै कुरा हो नि ! र, नेपालको यो अवस्था आउनुमा काँग्रेस र एमाले पनि उत्तिकै जिम्मेवार छन्।


त्यसैले यदि माओवादी अरुभन्दा अलग्गै र ठूलो पार्टी भैरहन चाहन्छ भने हतियारको दम्भ त्यागेर, बहुमत जनताको मनलाई बुझेर देश निर्माणको  अभियानमै आफूलाई अग्रसर गराईरहने हो भने एक जिल्लाका कार्यकर्तालाई आन्दोलनको लागी अर्को जिल्लामा हातमा लाठि-मुङ्ग्रा बोकाएर ओसारीरहनै पर्दैन। जुन ठाउँमा आन्दोलन गर्ने हो त्यहि ठाउँका मान्छे आफसेआफ जुर्मुराएर उठ्नेछन्। स्थानिय जनताको भलाई त्यहि ठाउँका मानिसले गरेमात्रै दिगो हुन्छ, स्थायी हुन्छ ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies