आजको सरल राजनीति

ईन्द्र क्षेत्री
काठमाडौं 

नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।


उनले २००७ सालको शाही घोषणामा गणतन्त्र उल्लेख गरिदिए । जनक्रान्तिका कमाण्डर विश्वेश्वर प्रसाद कोईराला वार्तामा सहभागी हुनै नपाई दिल्ली सम्भौता सम्पन्न भएको कुरा उनको आत्मवृत्तान्तमा छ । राणाले खोरमा थुनेर राखेको सिंह (राजा)लाई मुक्त गर्ने काम त्यहि सम्झौताले गर्‍यो । त्यस हतारोको पश्चात्ताप कोईरालामा जीवनपर्यन्त रह्यो । सात सालको जन-जागरणले सतहमा ल्याएका आधुनिकीकरणका एजेण्डाहरु यहि हत्पतका कारण ओझेलमा परे ।


०४६ मा किशुनजीले १ वर्षमै संविधान बनाउनुभयो र आम चुनाव गरी परिवर्तनलाई संस्थागत गर्नुभयो तर ०७ सालदेखि थांती रहेका मुद्दाहरु फेरि पनि सडकमै रहे । आफैंले सुत्रिकृत गरेका राष्ट्र उन्नयनका कार्यसूचीहरुबाट ०४६ पछिको कालखण्डमा नेपाली कांग्रेस औपचारिक रुपमा अलग भयो । कांग्रेसबाट परित्यक्त तिनै कार्यसूचीहरुलाई टपक्क टिपेर माओवादीले काम चलायो । पचपन्न वर्षपछि दिल्लीमा अर्को त्यस्तै -१२ बुँदे० सम्झौता गरेर गिरिजाबाबुले जंगलमा खुम्चिएको माओवादीलाई सिंहदरबारमा झिकाएर राज्य सुम्पिदिनु भयो । यी सबै हतारोका एकमुष्ट झटारो अहिले आएर नेपालले भोगिरहेको छ ।


ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरिजाबाबुले धैर्य गुमाउनु भएकै हो । राजाले दलहरुलाई पेलेको कुरा सत्य हो, उनले प्रजातन्त्र हत्याएको सत्य हो र उनमा बादशाह बन्ने ख्वाब जागेको पनि सत्य हो । तर प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरुको हूर्मत लिने र राजाको हात बलियो पार्ने काममा प्रमूख जिम्मेवार माओवादी पार्टी रहेको कुरा झन ठूलो सत्य हो । प्रजातन्त्रप्रतिको अनुराग र शान्तिप्रतिको आसक्तिका कारण गिरिजाबाबुले पछिल्लो सत्यलाई नजरअन्दाज गरिदिनु भयो । उहांले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन चालेका कदमहरुको सैद्धान्तिक आधार र औचित्यमाथि बिचार गर्न आवस्यक ठान्नुभएन वा भ्याउनुभएन । प्रजातन्त्रमा राजतन्त्र अट्न सक्छ तर साम्यवादमा प्रजातन्त्र चल्न सक्दैन भन्ने विश्वब्यापी मान्यताले हामीकहां काम गरेन । गिरिजाबाबुले जंगलबाट शिकार गरिरहेको बाघलाई ल्याएर बाख्राको खोरमा हूलिदिनु भयो र बाघ र बाख्रालाई मिलेर बस भनेर जानुभयो ।


ईस्पातलाई ईस्पातले काट्छ भनेजस्तै राजाले सत्ता हातमा लिएको बेला दलहरूले केहि समय धैर्य गरेको भए शायद माओबादी जनयुद्धको सैन्य समाधान दिन राज्य सफल हुने थियो । राजाले दलहरुलाई मात्र होइन हिंसारत माओवादीलाई पनि भित्तामा पुर्‍याईसकेका थिए । जननिर्वाचित सरकारहरुलाई अटेर गरेर बसेको सेना शाहीकालमा राजाको घोडा बनेर कुना-कन्दरामा कुदिरहेको थियो र माओवादीलाई खेदिरहेको अवस्था थियो । अब फेरि त्यहिस्तरमा नेपाली सेना परिचालन हुने कुराको प्रत्यभूति कसैले दिन सक्दैन ।


माओवादीहरुको कानूनमा सत्ता बन्दुकको नालबाट निस्कन्छ भने बुर्जुवाहरुको विधानमा पनि माओवादी बिद्रोहको निदान सैन्य उपायबाट मात्रै निस्कन्छ । माओवादीहरुले कि राज गर्छन कि सकिन्छन । एउटा दापमा दुईटा खुकुरी अटाउने कुरा हुंदैन । क्याम्बोडिया र पेरुमा दमनबाटै समस्या समाधान गरिएको ईतिहास छ । चीन र उत्तर कोरियामा माओवादीहरुको सैन्य कब्जा अद्यावधि कायम छ भने भारत र अन्य केहि देशमा सैन्य दमनबाट नै माओवादी उत्पातलाई नियन्त्रणमा राखिएको छ । यसमा नेपाल अपवाद बन्न सक्ला भन्नेमा धेरैको विस्वास छैन ।


यसपल्ट पनि दलहरुले हतार नगरेको भए राजनीतिले एउटा मोड लिने थियो । ज्येष्ठ १४ गते राती ओलीजीले थोरै मात्र धैर्य गरेको भए दृष्य अर्कै हुन सक्थ्यो । त्यस अवस्थामा संविधान सभाको म्याद थप्नका लागि माओवादी अरू दलहरुको रोडम्याप मान्न बाध्य हुनै पर्थ्यो अन्यथा संविधान सभाले स्वाभाविक मृत्युवरण गर्ने थियो । यी दुबै अवस्थामा माओवादीलाई बाहेक अरू कसैलाई नोक्सानी थिएन । यो भनेको शान्ति प्रकृयाको जीत हुन्थ्यो । लोकतन्त्रको जीत हुन्थ्यो । माओवादी बैधानिक रुपमा शक्तिशाली रहेसम्म र लडाकु ब्यारेकमा रहेसम्म लोकतान्त्रिक निकास संभव नभएकाले लोकतान्त्रिक भविष्यका लागि राज्य निर्मम हुन अनिवार्य छ । मलाई लाग्छ त्यो बेला भएको छ । यसको लागि आवस्यकता परे संकटकाल लगाएर वा राष्ट्रपति शासनमार्फत राज्यशक्ति परिचालन गर्न हिच्किचाउनु हुंदैन । संविधानसभाको म्याद थपेर दलहरूले ठीक काम गरेनन् । किनभने यो निर्णयबाट राज्य पुनः एक वर्षका लागि अनिर्णयको बन्दी बन्न पुगेको छ । यस अवधिमा राज्यले लडाकुहरुको रेकी गर्ने र माओवादी नेताहरुको कृयाकलाप र उठबसको अभिलेख अद्यावधिक गर्ने काममा तिब्रता दिनुपर्दछ । सेनाको दरबन्दी अनुसारको भर्ति, आवस्यक हतियार, तालिम र लजिस्टिकको समुचित व्यवस्था मिलाइसक्नु पर्दछ । माओवादीले पछिल्लोपल्ट गरेको जनबिद्रोहको रिहर्सललाई निम्न मुल्याङ्कन गर्ने भूल गर्नु हुंदैन ।


गिरिजाप्रसादहरुले अपेक्षा गरे जस्तो लोकतान्त्रिक पद्धतिबाट माओवादी द्धन्द्धको समाधान खोज्ने हो भने माओबादीको सैद्धान्तिक रुपान्तरणको बिकल्प देखिंदैन । बहुलबादलाई स्विकार्नु, प्रतिस्पर्धात्मक राज्य व्यवस्थालाई अंगिकार गर्नु र ब्यालेटबाटै सत्ता प्राप्त गर्न सकिने अवस्थामा बुलेटप्रतिको मोह परित्याग गर्नुको पनि बिकल्प भेटिंदैन । नेपालमा गर्न खोजिएको यहि हो र सबैको जोड पनि यसैमा छ । तर यी कुरा मान्न माओबादी तयार छैन । सीपी गजुरेलका शव्दमा यस्तो आग्रहको अर्थ ँमाओवादीलाई आफ्नो सिद्धान्तबाट च्यूत होऔ भनेको हो, उसलाई एमाले वा कांग्रेस बन भनेको हो । माओबादीको बुझाइमा लडाकु समायोजन, कब्जा सम्पत्ति फिर्ता  र वाईसिएलको अर्धसैन्य संरचना भंग गरेर नागरिक पार्टी बन्नुको सोझो अर्थ उसले हासिल गरेको उच्च हैसियत, प्रतिष्ठा र ऐश्वर्यबाट बिमूख हुनु हो ।


प्रश्न स्वभाविक छ, बलिदानीपूर्ण संघर्षबाट हासिल गरेको उपलव्धिलाई सरक्क पन्छाएर विरोधीहरुको स्वार्थमा साथ दिन माओबादी किन तैयार हुने रु माहुरी जस्ता पौरखी कार्यकर्त्तालाई के भनेर सम्झाउने रु यसको औचित्य र आवस्यकता के हो रु रुपान्तरण पछि उसको राजनैतिक धार के हुने रु यी प्रश्नहरुको तार्किक उत्तर बिना माओबादी रुपान्तरीत भयो भने ऊ वल्लो घाट न पल्लो तीरको हुने निश्चित छ । एकातिर मालेमाबादको निर्देशक सिद्धान्तबाट ऊ बिचलित भएको मानिने छ, मालेमाबादको प्राधिकार खोसिने छ र उसको जनाधार डगमगाउने छ ।


अर्कोतिर लोकतान्त्रिक धारका पुराना खेलाडीहरुले उसलाई जम्न नदिन भरमग्दुर प्रयत्न गर्नेछन भने मालेमाबादको झण्डा उठाएर अर्काथरिले उसको जनाधार माथि धावा बोल्नेछ । यस्तो आत्मघाती कदम माओबादीबाट चालिएला भन्ठान्नु आत्मरति मात्र हो । बरू ऊ खमेररुज वा साइनिँग पाथ बन्न तयार होला तर एमालेपन्थी वा चावेजबादी बन्न सक्ने आधार फेला पर्दैन । उसको जनमत लोकतन्त्र र बुर्जुवा व्यवस्थाको सेवा गर्नको लागि नभै नेपालमा नयाँ जनबादी क्रान्ति सम्पन्न गर्नको लागि प्रशिक्षित गरिएको छ, जुन निर्दिष्ट लक्षप्रति स्पष्ट,दृ ढ संकल्पित र ब्यग्र छ । शान्त्रिपुर्ण राजनीतिमा प्रवेश गरेका कारण होइन कि मालेमाबादको बुद्धिमत्तापूर्ण प्रयोग, नेताहरुको डाइनामिक नेतृत्व र १० वर्षे जनयुद्धको फ्युजनबाट यो सफलता हात लागेको भन्नेमा माओबादी भित्र द्धिविधा छैन । नेतृत्वले राजा, राजनैतिक दलहरु, क्षेत्रीय-जातीय सरोकार समूहहरु र बाह्य शक्तिहरुलाई रणनैतिक लाभको लागि ठीक ढंगले खेलाउन सकेकोमा पूरै पार्टीपङ्ती गौरवान्वित छ । अरु दलहरुले जस्तो हतार गरेर आफ्नो भविष्य र जनाधार धरापमा पार्ने पक्षमा उ देखिंदैन ।


तापनि सैन्य उपायबाट संभव छैन भन्ने निचोडमा पुगिएकै हो भने लोकतन्त्रबादीहरुले माओबादीलाई रुपान्तरण गर्ने तरिका बदल्न आवस्यक छ । उसलाई सहि ठाउंमा ल्याउने हो भने उसले उठाएका परिवर्तनका मुद्दाहरुलाई उसको हातबाट खोस्न जरुरी हुन्छ । देशमा माओबादीका कारण संकट आएको हैन, समाजमा रहेको संकटका कारण माओबादी हिट भएको हो भन्ने कुरा आत्मसात गर्नु पर्दछ । समस्याको जरो माओबादीमा हैन नेपाली समाजमा गडेर रहेको छ । गरिवी, बेरोजगारी, जाती-पाती, छुवाछुत, पछौटेपन, भेदभाव, अन्याय र अत्याचारको अन्त्य गर्न माओबादी चाहिन्छ र रु साधन र श्रोतको न्यायपूर्ण वितरण, भूमिसुधार, उद्योग-धन्दाको विकाश र प्राकृतिक श्रोतहरुको परिचालन गर्न माओबादीले रोकेका छ रु


२००७ सालमा आर्थिक रुपले समृद्ध रहेको मुलुक ६ दशकमा हरिकंगाल बनेको छ । बिश्वका सबैजसो देश प्रगतिपथमा लम्किरहंदा नेपाल प्रतिगमनतिर लागेको छ, आर्थिक-राजनैतिक दुबै हिसाबले । दुनियांमा भैरहेको चमत्कारपूर्ण प्रगति देखेर नेपाली-मन कुंढिएको छ । सञ्चार र प्रविधिको थोरबहूत पहूंचले जनतालाई अधीर बनाएको छ । महत्वपूर्ण समय अनुत्पादक काममा खेर गैरहेकोमा आक्रोश र पश्चाताप छ । देशले बिकास गर्दै नगरेको हैन तर औसत नेपालीमा विकासको फल उपभोग गर्ने हैसियत छैन । समस्या यहांनेर छ । जवसम्म गरिवी रहन्छ, जवसम्म बेरोजगारी, पक्षपात र बिकल्पबिहिनता रहन्छ तवसम्म माओबादीको बेग रोकेर रोकिने छैन । शान्ति, आर्थिक समृद्धि, रोजगारी र अवसरहरूको सिर्जना र न्यायपूर्ण समाजमा नै माओबादीको पतन निहीत छ । नेपाली जनताले सजिलै बुझ्न सक्ने आजको सरल राजनीति यहि हो ।

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies