नेपाली दूतावासको आयोजनामा संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधावी स्थित का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठको निवासमा शुक्रबार एक बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली दूतावासका कूटनीतिज्ञ, नेपाली समाज यूएई लगायत विभिन्न जातीय, वर्गीय तथा क्षेत्रीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवाशीय नेपाली संघका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार तथा यूएईको भ्रमणमा रहनु भएका गण्डकी ओभरसिजका प्रमुख रामचन्द्र कोइरालाको उक्त कार्यक्रममा उपस्थिती थियो ।
त्यस अबसरमा राजदूत श्रेष्ठले यूएईमा रहेका करिब सवा लाख नेपालीहरुका समस्या र ती समस्याहरुको निराकरण विषयक कार्यक्रम प्रस्तुत गर्दै दूतावासले हालसम्म गरेका कार्यहरुको विवरण, दूतावासको समस्या, दूतावासको भावी कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
दूतावासद्धारा प्रस्तुत कार्यपत्रमा नेपाल तथा यूएई बीचको सम्बन्ध, दूतावासको स्थापना, उद्देश्य, नियमित काम, राहदानी वितरणको व्यवस्था, वाषिर्क वजेट, राजस्व, समस्या समाधानका कार्य, उद्धारका कार्य, मृतकहरुको क्षतिपूर्ति असुली, प्रवासी नेपालीहरुको हकहित संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य, रोजगारीका अवसरको खोजि, श्रम सम्झौतामा हस्ताक्षरको लागि पहल, प्रगतिका मार्ग एवं दायराहरु, नेपाली समाज तथा अन्य संघ संस्थाहरुका बीच सहकार्य, कूटनीतिक कार्य, नेपाली कला, संस्कृति तथा महत्वपूर्ण दिवसहरुको आयोजना, नेपाल तथा यूएई बीचका विभिन्न सेवा र सम्झौताहरु लगायत दूतावासका कठिनाईहरुका बारेमा बुँदागत रुपमा बिवरण प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमा उल्लेख विभिन्न शीर्षकमा आवद्द रहेर उपस्थित सम्पूर्ण संघ संस्था तथा अन्य प्रतिनिधिहरुले आ आफ्नो लिखित तथा मौखिक धारणा राख्दै दूतावासलाई सुझाव तथा सल्लाह दिनु भएको थियो ।
कार्यक्रममा नेपाली समाजका अध्यक्ष रामेश्वर शाह, गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष सिपी सापकोटा, नेपाली समाज मुसफाहाका अर्जुन शाह, तमु समाजका यम तमु, मगर समाजका तेज कुमार आले, तामाङ समाजका छत्र लामा, राई समाजका कटक राई, नेपाली ख्रिष्टियन समाजका यूवराज राई, सुदूर पश्चिमेली समाजका गोपी सिंह ऐर, पथरी समाजका मोहन नेपाल, खोटांग समाजका दिपक ढुंगाना, नेपाली मुस्लिम मञ्चका मो. तनवीर आलम, लुम्विनी समाजका सुरेश वस्याल, नेवा पुचः का रामचन्द्र डंगोल, जुमेरा नेपाली समाजका काशिराम ढुंगाना, गण्डकी ओभरसिज काठमाडौंका रामचन्द्र कोइराला, हरि खड्का, जैकी मोजाहु, लक्ष्मण सापकोटा लगायत नेपाल पत्रकार महासंघ यूएई सम्पर्क समितिका संयोजक दामोदर नेपालले आफ्नो संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीहरुले भोग्दै आएका समस्या तथा तिनका निराकरण वा न्यूनिकरणका सम्बन्धमा दूतावासबाट हुन सक्ने सहयोग तथा आफूहरुले गर्ने पहलका विषयमा प्रकाश पार्दै दूतावासबाट यस्तो राम्रो कार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।
शनिवारको कार्यक्रम सौहाद्रपूर्ण तबरले सम्पन्न भएको र आफूलाई अबका दिनमा काम गर्न अझ सहज वातावरण सिर्जना हुने आशा व्यक्त गर्नु भएको थियो । साथै त्यस कार्यक्रमको बिस्तृत प्रतिवेदन तयार गरी सम्पूर्ण संघ संस्थालाई दिने र नेपालस्थित सम्बन्धित निकायमा समेत पठाइने कुरा का.वा. राजदूतले व्यक्त गरेको छ ।
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ ।
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् । केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान् कुन्नी !
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।
चीनसँग विवाद बढ्दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।
लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।
आफ्नै मुलुकलाई ढाँटेर लडाकुको संख्या चार गुना बढाउने, सहिदको मुल्य तोक्ने र ती सबैबाट हुने आम्दानीले हतियार किनेर राज्यसत्ता कब्जा गर्ने रणनीति कसैकालागि विलक्षण नेतृत्वगुण हुन सक्ला तर गणतन्त्रकालागि संघर्ष र बलिदान गर्ने धेरै मान्छेको शिर अहिले लाज र पश्चातापले झुकेको छ ।
नेपालको वर्तमान राजनीतिक परिवेशले भेनेजुएलाको झ-झल्को दिइरहेको छ भने माओवादी,सेना र दलहरूबीचको द्वन्द्वले एलाण्डेकालीन चिलीको स्मरण गराउँछ । राजनीतिको दिशा र रफ्तार यहि रूपमा जारी रहने हो भने दलहरूसँग चिलीको मार्ग अवलम्बन गर्नुको बिकल्प रहनेछैन ।
सर्वाधिकार नेपाल जापान डट कम संग सुरक्षित छ । नेपाल जापान डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन बिनम्रतापूर्वक अनुरोध गर्दछौं । विना साभार हाम्रा कुनै पनि सामाग्रीहरु प्रकाशन नगर्न अनुरोध गर्दछौं ।
info@nepaljapan.com विज्ञापन : advertise@nepaljapan.com
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ । Our Official Sponsor is TBi Groups of Companies