नव वर्षको शुभकामना (विशेष सम्पादकीय)

 

ग्रेगरी पात्रो अनुसार पुरानो वर्षले विदा लिएर नयाँ वर्ष सुरु भएको छ । सन् २००८ को विदाईसँगै नव वर्ष २००९ घर आगनीमा आईसकेको छ । देश विदेशमा रहेका तमाम नेपालीहरुलाई नेपाल जापान डट् कम्को तर्फवाट हार्दिक मंगलमय शुभकामना ।


नेपाल जापान डट् कमले यसबीचमा गौरवमय पाँचौ वर्ष पुरा गरिसकेको छ । यस बीचमा हामीलाई सहयोग गर्नुहुने तमाम पाठक, विज्ञापनदाता, लेखक सुभचिन्तक सवैलाई धन्यवाद दिदै नयाँ बर्षको शुभकामना ब्यक्त गर्दछौ ।


सन् २००८ नेपालीहरुको लागि विशेष महत्व र एतिहासिक बन्न पुग्यो । ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न हुनु आफैमा महत्वपूर्ण रह्यो । संविधान सभाको निर्वाचनले करिव २ सय ४० बर्ष पुरानो राजतन्त्रको विधिवत अन्त्यगरि देशलाई संघीय लोकतन्त्रात्मक मूलुकमा परिणत गरेको छ । जनताको छोरा राष्ट्रको प्रथम नागरिक बन्ने अवसर प्राप्त भएको छ । त्यसको सुरुवातको रुपमा गणतन्त्रात्मक नेपालको प्रथम राष्ट्रपतिको रुपमा डा. रामबरण यादव रहनु भएको छ ।


शान्तिपुर्ण ढंगले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना विश्वको लागि उदाहरण बन्न पुगेको छ । जनयुद्ध शुरुगरेर लामो समय  जंगलमा रहेको नेकपा माओवादीले लोकतन्त्रात्मक अभ्यासमा विश्वास गर्दै सरकारको नेतृत्व गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नु भएको छ । गत वर्ष नेपालमा विश्वमा उदाहरणदिन योग्य कार्य भएका छन् । विविध वाधा र अडचनका वीच पनि संविधान लेखनको कार्य सुरु भएको छ । यसले अर्को वर्ष सम्म मूर्तरुप लिन सक्ने आशा गर्न सकिन्छ ।
 
विदेशमा रहेका नेपालीहरु वीच पनि यस वर्षले थप उत्साह ल्याएको छ । पहिलो पटक राजधानी वाहिर जनकपुरमा गैर आवासिय नेपाली दिवश सम्पन्न भएको छ । देशको एतिहासिक राजनीतिक परिवर्तनसँगै नेपालीहरुमा आश पलाएको छ । अव लगानीको वातावरण बन्न सक्ने विश्वास वढेको छ । तर धेरै आशा र उमङ्ग ल्याएपनि सन् २००८ ले केही द्विविधा पनि वढाएको छ । अमेरिकावाट सुरुभएको आर्थिक मन्दिको असर गैर आवासिय नेपाली र नेपालमा पनि देखिन थालेको छ । रेमिटेन्समा अडेको नेपाली अर्थतन्त्रमा यसले नकारात्मक  असर नपार्ला भन्न सकिदैन । आर्थिक मन्दिले नेपालले श्रमबजार गुमाउदै गएको र त्यहाँ रहेका नेपालीहरुपनि वेरोजगार वन्ने क्रम सुरु भएको खवरहरु आउन थालेका छन् । यसवारे सरकारले तुरुन्तै सोच्नु पर्ने र ठोस कदम चाल्नुपर्ने छ ।


अवको बर्षमा गतवर्ष पुरा नभएका कामहरु पुरा हुन् ।  देशको राजनीतिक गतिरोध अन्त भई सहमतिको राजनीतिमा देश अघि वढोस । देश भित्र र वाहिर रहेका नेपालीहरुको प्रगतिको कामना ।


नेपाल जापान डट् कम परिवार

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

अरु सम्पादकीय मिति
१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies