कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला

शिवजी श्रेष्ठ
बेलायत 

महिनाभर लामो प्रधानमन्त्री निर्वाचनको नाटक मञ्चनको पाँचौ शृङ्खला अगाडि नेपाली कांग्रेसबाट प्रस्तावित ४-४ महिने प्रधानमन्त्रीको चक्रे प्रणाली चर्चामा छ । (भनिन्छ, जुन प्रस्तावको सर्जक ने.कां.का चक्र बास्तोला र एमालेका भरतमोहन अधिकारी हुन्), त्यस्तै प्रस्ताव सन् १९९० मा दक्षिण अफ्रीकामा नेल्सन मण्डेला जेलबाट रिहा भएपछि राष्ट्रवादी सरकारले अफ्रीकन नेशनल कांग्रेससमक्ष पालैपालो राष्ट्रपति बन्ने प्रस्ताव राखेको थियो । जसलाई अफ्रीकन नेशनल कांग्रेसले अस्विकार गरेको थियो । बीसौं शताव्दीको सबैभन्दा ठूलो राजनीतिक घटनामध्ये एक मानिएको नेल्सन मण्डेला (२७ वर्षे जेल जीवनपछि) को रिहाई पश्चात दक्षिण अफ्रीकामा राजनीतिक ध्रुविकरण यसरी बढ्यो कि, अनियन्त्रित हिंसात्मक दंगा राजनीतिक दलहरुको बीचको असमझदारीबीच तत्कालीन दक्षिण अफ्रीकी राष्ट्रपति एफ.डव्लु.डी.क्लार्क र नेल्सन मण्डेलाबीच सेप्टेम्वर २६, १९९२ मा 'रेकर्ड अफ अण्डरस्टाण्डिङ्ग' नामक एउटा सम्झौता भयो । जसमा आगामी राजनीतिक बाटोको बारेमा आधारभूत ढाँचामा सहमति भई स्पष्ट गणतान्त्रिक बाटो तय भएको थियो ।


यी माथिका उदाहरण किन सापटी लिन खोजिएको हो भने दक्षिण अफ्रीकाको सो परिघटनाहरु नेपालमा प्रजातन्त्र पुर्नस्थापनाका (२०४६ साल) समकालीन घटनाहरु हुन् । तर, वर्तमान गणतन्त्र नेपालको घटनाक्रमसँग मेल खाने देखिन्छ । जुन समयमा दक्षिण अफ्रीकामा 'रेकर्ड अफ अन्डरस्टाण्डिङ्ग' सम्झौता भएको थियो, त्यस्तै सम्झौता तत्कालीन नेपालमा पनि आवश्यक थियो र अहिलेको नेपालमा त झन् अत्यावश्यक छ । जहाँ निश्चित अवधिसम्म सत्ता बाँडफाँड र सहयात्राको कुरा गरिएको छ ।


तीस वर्षसम्म भूमिगत रही दस वर्षे जनयुद्धलाई अकण्टक नेतृत्व समेत दिन जनताबीच झण्डै किम्वदन्ती बनिसकेका एउटा गणतान्त्रिक नेता अहिले प्रधानमन्त्रीको चुनावको ओहोर दोहोरोमा हाँस्य पात्रको रुपमा उभिएका छन्, जो मधेसवादी दलको हरियो बत्तिको पर्खाईमा दौडिरहेका छन् भने संविधानसभामा दोस्रो स्थानमा रहेको अर्को पार्टीका संसदीय दलका नेता आफ्नै पार्टीको मत मात्रै सुरक्षित राख्दै प्रधानमन्त्रीको अविच्छिन्न यात्रामा सामेल छन् । यी दुवै नेतालाई न त लाज छ, न त त्याग गरौँ भन्ने भावना नै छ । हामी नमिली सरकार बने पनि संविधान भने बन्दैन भन्ने त यिनीहरुले सोचेका पनि महसूस हुन्न । नेपालको अन्तरिम संविधानले संविधानको निर्माणमा 'सर्वसम्मत, तीन चौथाई' तथा कमसेकम पनि दुई तिहाई बहुमतको अनिवार्यता, समझदारी, सहमतिको मीठो कल्पना गर्‍यो तर त्यही संविधान निर्माता दलहरु आफ्नै सिंगो पार्टीको एकोहोरो शंख फुकाईबाट निर्देशित छन् । गजबको नाटक त अहिले दुईवटा प्रमुख दलका नेताहरु ३०१ को बहुमतीय संख्याको लागि लागी परिरहेका छन् भने प्रधानमन्त्री चयनको प्रथम चरणमा तेस्रो ठूलो दलका नेता ३९१ को अघोषित समर्थनमा सहभागी भयो र ४०१ को दुई तिहाईको खोजीमा आफ्नै दलले फिर्ता बोलायो । यी कुनै दलमा पनि भावनात्मक सहमतिको इमान्दार प्रतिशत छैन ।


चार-चार चरण पार गरेर यही अगस्ट १८ तारिखमा हुने पाँचौ चरणको निर्वाचन आइसक्दा पनि प्रधानमन्त्री चुनिने कुनै संभावना देखिएको छैन । देश लगभग डेढ महिनादेखि कामचलाउ सरकारबाट चलिरहेको छ ।


'लेम डक' को अवस्थामा देश चलिरहेछ । कसैलाई मतलव नभएको जस्तै भान हुन्छ । बेलायत, जहाँ लामो समय पश्चात मिलिजुली सरकार चलिरहेछ । पूर्व लेवोर सरकारका प्रधानमन्त्री गोर्डन ब्राउनले संसदीय निर्वाचनको परिणाम सँगसँगै अहिलेको संयुक्त सरकारको दोस्रो ठूलो दल लिब डेमसँग मिलेर सरकार बनाउने कसरत पनि नगरेको हैन र लिब डेमले जुन पार्टीसँग मिलेर सरकार बनाउन चाह्यो, त्यो बनाउन सक्ने अवस्थामा नै थियो । 'देऊ र लेऊ' भन्दा पनि नीति र कार्यक्रमको आधारमा गर्न खोजिएको सहमतिमा दुईटै मुख्य घटकसँगको जोडघटाउमा देखिएको ढिलाईबाट जव जनमानसमा गाइगुई चल्न थाल्यो, तव झस्किएको तत्कालीन प्रतिपक्षी दलहरु एक ठाउँमा बस्न बाध्य भए, जो एउटा 'दक्षिणपन्थी' र अर्को 'नरमपन्थी' भनेर चिनिन्थ्यो । अर्थात कन्जरभेटिभ र लिब डेमको सरकार बन्यो । लेबोर पार्टीका नेता गोर्डन ब्राउनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पन्ध्र मिनेटपछि नै नयाँ प्रधानमन्त्रीको रुपमा डेविड क्यामरुन बकिङ्गघम दरवार छिरेका थिए । न त त्यहाँ सांसद किनबेचको कुरा सुनियो, न त कुनै विदेशी दुतावासबाट सांसदलाई धम्की आएको सुनियो, न त कुनै विदेशी दूतहरु सक्रिय भएको नै थाहा भयो । चर्चा-परिचर्चा, टिकाटिप्पणी थियो त एउटै कुराको, ती दुई दलहरुको चुनावी घोषणापत्रमा रहेको फरक प्रस्तावनाहरु । अर्थात एकापसमा रहेका फरकपनलाई कसरी समेटेर सरकार चलाउलान् भन्ने जिज्ञासा र कौतुहलता मात्रै ।


सबैभन्दा ठूलो कुरा रहेछ, त्यो देशका जनताका राजनीतिक चेतना, प्रतिक्रिया अनि ती देशका नेताका जिम्मेदारिता महसूस । चुनाव हुनु अघि नै यहाँ चर्चा सुरु भइसकेको थियो, त्रिशंकु संसदको र त्यसको असरको । अनि त्रिशंकु संसदमा हुन सक्ने सत्तारुढ दलहरुबीचको मतभिन्नता र विपक्षी दलबाट हुन सक्ने खेलको बारेमा जनतामा देखिएको चिन्ता । सायद त्यसैको असर दलहरु चुइक्क नगरी सरकार बनाउन बाध्य भए, अनि विपक्षी पार्टी रचनात्मक विरोधमा सजग देखिए । सत्तारुढ दलहरुले केही नीतिगत सहमति गरे, जहाँ अन्य स्वभाविक आवश्यकताको कुरा सँगै सरकारको स्थायित्व र आवधिक संसदको निश्चित अवधि (निर्वाचनको मिति) समेत किटान गरिएको थियो । अनि, जनतामा सरकार, संसद, राजनीतिक दलहरुप्रति वितृष्णा नहोस् भन्नाखातिर आफ्ना विवादहरुलाई रचनात्मक तवरले समेट्ने प्रयास गरिरहेको देखिन्छ ।


हाम्रो नेपालमा लोकतान्त्रिक बामपन्थी धार हैन कि बामपन्थी धारहरुबीचमा समेत एकता वा न्यूनतम सहमतिका कुराहरु भएको देखिँदैन । प्रजातान्त्रिक शक्तिहरुको कार्यगत मोर्चाको त कुरै नगरौँ । विवाद बढेपछि 'हामी आफैले आफ्नो समस्या हल गर्‍यौँ' भन्दै कुर्लिने यी नेताहरु अरु केही नभए पनि संविधान बनाउने कार्यसम्मको लागि भए पनि एक ठाउँ उभिइदिएको भए ? दुई दशक अघिको नेपालमा नै आवश्यक प्रजातान्त्रिक गणतान्त्रिक मोर्चाको निश्चित अवधिको लागि भए पनि हुनैपर्ने सहमति, समझदारी अहिलेसम्म पनि हुन सकेको छैन, जसको लागि अझै वातावरण समेत बनेको देखिँदैन ।
सन् १९९० ताका पृथकतावादी तथा रंगभेदवादी दक्षिण अफ्रीकी राष्ट्रवादी पार्टीको सरकारसँगको आवधिक समझदारीको आवश्यकताको बारेमा दशकौं शत्रुको रुपमा लडेको अफ्रीकन नेशनल कांग्रेसभित्रको एउटा शक्ति अफ्रीकन कम्युनिष्ट पार्टीका महासचिव जो स्लोवोले सन् १९९२ अक्टोवरमा लेखेको लेखबाट हाम्रा नेताहरुले प्रेरणा मात्रै लिन सके धन्य हुने देखिन्छ । तत्कालीन दक्षिण अफ्रीकी राजनीतिक, सामाजिक अवस्थालाई विश्लेषण गरेर, तत्कालीन आवश्यकतालाई महसुस गरेर लेखेको लेखमा 'चुनाव पश्चात पनि सरकारी यन्त्र सञ्चालन गर्नमा अफ्रीकन नेशनल कांग्रेसलाई सम्भवत वर्षौ लाग्न सक्छ । देश चलाउनको लागि उसलाई पनि सरकारी कर्मचारी चाहिन्छ भन्दै राष्ट्रिय दलको सरकारले नेशनल पार्टीसँग निश्चित समयसम्म सत्ताको बाँडफाँड गरी काम गर्नुपर्छ, सत्ताको बाँडफाँडको सिद्धान्त क्रान्तिकारी अपि|mकन नेशनल कांग्रेसको लागि आपत्तिजनक र प्रतिगामी कुरा लाग्थ्यो, तर पनि नेल्सन मण्डेलाले अफ्रीकन कम्युनिष्ट पार्टीको महासचिवको राष्ट्रवादी पार्टीको श्वेत सरकारसँग सत्ता बाँडफाँड गर्ने प्रस्तावलाई स्वीकार मात्र गरेनन्कि पाँच वर्षीय राष्ट्रिय एकताको सरकार गठन गर्ने (जो कम्तिमा पाँच वर्ष सँगै चलाउने) र निर्वाचनमा कम्तिमा पाँच प्रतिशत मत ल्याउनेलाई संसद र सरकारमा स्थान दिइने सम्झौता समेत गरे । यसो गर्दा गोराहरुसँग मिल्यो भनेर केही काला उग्रवादीहरुले मण्डेलाको विरोध गरेका थिए । तर मण्डेलाको जवाफ थियो, 'आन्दोलन भविष्यका लागि हुनुपर्छ, विगतका लागि हैन ।' २७ वर्ष जेल बसेका नेल्सन मण्डेलाको कसैप्रति पुर्वाग्रह हैन कि सबैप्रति आग्रह थियो, तव पो राष्ट्रिय सहमति सम्भव भयो । नेल्सन मण्डेलाको पार्टीले २५२ सीट जिते, जुन संख्या दुई तिहाईको लागि एक सीट मात्र कम थियो । दुई तिहाई भएको भए एक्लै संविधान बनाउन सकिन्थ्यो भनेर अन्य सदस्यहरु असन्तुष्ट थिए, तर मण्डेला भने दुई तिहाई नआएकोमा खुसी थिए र उनले भनेका थिए, 'यदि हाम्रो दुई तिहाई बहुमत पुगेको भए अफ्रीकन नेशनल कांग्रेसको संविधान बन्ने थियो, अब राष्ट्रिय सहमतिको पुरै दक्षिण अफ्रीकाको संविधान बन्ने भयो ।' हाम्रा नेताहरुमा को होलान् यस्ता विचारको केही अंश मात्रै बोकेका पनि ? निर्वाचन पश्चात स्वतन्त्र सांसद आफ्नो पार्टीमा प्रवेश गरेपछि दुई तिहाई बहुमत पुग्यो तर पनि मण्डेलाले राष्ट्रिय सहमतिको सरकार बनाए । अनि एफ.डब्लु.डी.क्लार्कलाई उपराष्ट्रपति बनाए ।

नेल्सन मण्डेलाको महान छाती (हृदय) ले गर्दा आज दक्षिण अफ्रीका कहाँ पुग्यो । हामी कहाँ छौँ ? जहाँको तहिँ ! वा अझ पछाडि खस्किँदो अवस्थामा । चुनावको मुखमा नेल्सन मण्डेला र तत्कालीन राष्ट्रपति (गोरा) एफ.डब्लु.डी. क्लार्कबीच वहस कार्यक्रम राखिएको थियो । तातो वहसको बीचमा एकापसमा यसरी आरोप-प्रत्यारोप भए कि टेलिभिजन हेर्नेहरुले अनिष्ट हुने सोचे । जनतामा उत्तेजना र निराशा देखिन थाल्यो । सबैले सोचेका थिए, अब अन्त्यमा के होला ? किनकि त्यो वहस थियो २७ वर्ष जेलको सिँढीमा बसेका काला नेता र अर्का थिए उनलाई जेलमा राख्ने गोरा सरकारका राष्ट्रपति । यही कौतुहलताबीच नेल्सन मण्डेलाले आफू बसेको ठाउँबाट उठेर एफ.डब्लु.डी क्लार्कका नजिक गए, उनका हात समात्दै भनेका थिए, 'क्लार्क म तपाईलाई विश्वास गर्छु, हामी दुवै मिली यो देशको समस्या समाधान गर्नुपर्छ । अगाडि बढ्नका लागि तपाईको हात समाउँदा मलाई गर्व लाग्छ ।'


के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ? अथवा झलनाथ खनालले दुवै नेतालाई राष्ट्रिय सहमतिका लागि नाम फिर्ता लिएर आफूलाई समर्थन गरोस् भन्ने चाहनाका ठाउँमा कुनैलाई राष्ट्रिय सहमति गराई नेतृत्व लिन अनुरोध गर्न सक्छन् ? अर्थात निश्चित समयका लागि सहमति बनाई संविधान निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्न सक्लान् ?

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु विचार/विमर्श
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला
            शिवजी श्रेष्ठ
के तीस वर्ष भूमिगत भई दस वर्ष जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले संविधानसभाको रोष्टममा मतदान अगाडि रामचन्द्र पौडेलका हात समातेर त्यसो भन्न सक्छन् ? वा प्रजातन्त्रका लागि चार दशक लडेका रामचन्द्र पौडेलले उठेर प्रचण्डको नजिक गई संविधानसभामा तपाईहरु सबैभन्दा ठूलो पार्टी हो, तपाई नेतृत्व गर्नुस् हामी पनि साथै आउँछौँ भन्न सक्छन् ?

अवको विकल्प नयाँ सहमति नयाँ निर्वाचन
            केशब देवकोटा
तत्काल क्रियाशील दल र नागरिक समाजका विभिन्न पक्षहरु समेतको सहभागितामा वृहत् छलफलको आयोजना गरी नयाँ सहमतिका वुँदा तयार गर्ने र जनताको रोहवरमा दलहरुका वीचमा नयाँ सहमति गर्ने तथा स्वतन्त्र र निश्पक्ष रुपमा नयाँ निर्वाचन गराउने तर्फ अगाडि वढिहाल्नु पर्दछ ।

आजको सरल राजनीति
            ईन्द्र क्षेत्री
नेपालीहरुको एउटा दुर्व्यसन छ, हत्पतमा काम गर्ने र फुर्सतमा पछुताउने । यो महारोग राजनीतिमा पनि  सल्केको छ । २००७ सालमा नेपाली कांग्रेसले दिल्ली सम्झौता हतारमा गरेको ईतिहास छ । यति हतारमा कि राजा त्रिभूवनले आफ्नो सम्वोधन साफी गर्नसम्म भ्याएनछन् ।

नेपालको यथार्थ धरातल र माओवादी आन्दोलन
            सुदीप अधिकारी
प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन् ।

बन्दुकदेखि शैक्षिक केन्द्रसम्म ठोसे
            दिनेश बस्नेत
रामेछाप जिल्लाको ५५ मध्येको एउटा गाविस हो ठोसे । जिल्लाको उत्तरी भेगमा रहेको यो गाविसको नाम यहां संचालन भएको नेपालकै दोस्रो ठुलो फलाम खानीबाट रहेको पाइन्छ ।

के नेपालको शान्ति प्रक्रिया खतरामा पुगेकै हो त ?
            केशब देबकोटा
एसियाका शक्ति चीन र भारतबीच रणनीतिक सन्तुलनको ठाउँमा भूपरिवेष्ठित नेपाल रहेको छ, यो हिमालयन राष्ट्रमा प्रभाव बढाउन दुवै देश प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले पनि नेपालले अहिलेको नियति भोग्नु परेको हो ।

गिरिजा वावु पछिको : रुपान्तरित कांग्रेस ?
            किरण पौडेल
साच्चिकै गिरिजा वावु उमेरले असिको दशक पार गरेपनि विचार र भावनाका हिसावले युवा अवस्थामा नै वित्नु भएछ जस्तो आभास भएको छ । उहाँको शवयात्रामा उत्रेको युवा विद्यार्थीहरुको भेलले पनि युवा पुस्ता वढी आशावादी रहेछ भन्ने स्पष्टै वुझ्न सकिन्छ । 

प्रधानमन्त्रीको जाँगर र डीआइजीको घोडा
            शिवजी श्रेष्ठ
के देशको शान्ति सुरक्षाको अवस्था यति नाजुक अनि तरल हुनुमा के प्रधानमन्त्रीले भने जस्तै नेपाल प्रहरीले जाँगर नदेखाएर हो त ? प्रधानमन्त्रीकै शब्दमा, देश विदेशमा प्रसिद्धि कमाएका, भारतका सहरबाट समेत अपराधी पक्रेर ल्याउनसक्ने नेपाल प्रहरीको जाँगर मरेकै हो त ?

संविधान नवन्ने भो, कारण संघीयता,कारक माओवादी
            केशब देवकोटा
माओवादीले जसरी गणराज्यहरुको घोषणा गर्‍यो त्यो अन्य संघीयतावादीहरुलाई मनपरिरहेको छैन । केही मधेशवादीहरु आत्मनिर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको पक्षमा छन् ।  केही थारु समूदाय एक मधेश अनेक प्रदेशको पक्षमा रहेका छन् ।

नेपालमा एनआरएनको भूमिका
            डा. कुमार बस्नेत
वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल सम्वन्धि प्रतिवेदन
            वान कि मुन
यो प्रतिवेदन सुरक्षा परिषद्को प्रस्ताव १८७९ (२००९) बमोजिम पेश गरिएको हो, जसअन्तर्गत नेपाल सरकारको अनुरोधपछि तथा महासचिवको सिफारिसअनुसार सुरक्षा परिषद्ले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को कार्यादेश सन् २०१० जनवरी २३ सम्मका लागि नवीकरण गरेको थियो।

कायरहरुको मारमा पत्रकारको कलम
            हरिप्रसाद पोखरेल
नेपालमा धेरै पत्रकार मारिएका छन् । कोहि मिसन पत्रकारिता गर्दागर्दै मारिएका छन् । कोहि राजनीतिक आस्थाका आधारमा मारिएका छन् । यसरी कलमदेखि डराउने कायरहरुले अनि कृष्ण सेनदेखी उमा सिंहसम्म गरि जम्मा २९ जनालाई पत्रकार भएकै कारण अनाहकमा मारेको तथ्यांक छ ।

तमू ल्होछार अव राष्ट्रिय पर्वको रुपमा
            युवराज तमू
तमू ल्होछार नेपालीहरुको राष्टिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन । यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन ।

विघटनको संघारमा पुगेको संविधानसभा र जिम्मेवारीको प्रश्न
            केशब देवकोटा
नयाँ संविधान वन्न नसक्नुको जिम्मेवारी कस्ले लिने भन्ने सवैका लागि  निकै कठिन कुरा भएको छ । म्याद थपेर पनि आगामी ६ महिनामा संविधान वन्न नसक्ने देखिएको छ । त्यसको मुख्य कारण जातीय आधारमा संघीय शासन हो र त्यसको प्रमुख सूत्रधार माओवादी हो ।

तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई
            टीका विष्ट
विचरा ती १९-२० उमेरका युवालाई के थाहा - तीर्थाको सिन्दूर ६ वर्षेखि माओवादीसँग छ भनेर । फेरि माओवादीले त कति मारे कति - सबैको नाम थाहा नहुन पनि सक्छ । त्यसैक्रममा यदुको नाम पनि बिर्सेको हुन सक्छन् ।

पत्रकार सच्चिने कि नेता ?
            हरिप्रसाद पोखरेल
मन नपरेको मान्छेलाई पत्रकारिताको माध्यमबाट तथानाम गाली गर्ने वार्गेनिङ गर्ने र समाचारलाई पैसासंग साट्नै केहि साप्ताहिक पत्रिका र पत्रकारले गर्दा नेपालको पत्रकारिता चाहि चौपट भएको अवश्य हो । जसले गर्दा नेपाली पत्रकारिता विश्वास गर्न लायक छैन ।

सम्झँदैको समस्या
            शिवजी श्रेष्ठ
हाम्रा नेतालाई त गणतन्त्र घोषणा भएको दिन कुन हो ? भनेर सोध्ने हो भने पनि एकछिन सोचेर मात्रै जवाफ दिने होलान्, त्यो पनि सही बताउन सक्लान् या नसक्लान्  कुन्नी !

एनआरएन चौथो विश्व सम्मेलनमा ओझेलमा पारिएका पाटाहरु
            युवराज गुरुङ
विश्व सम्मेलनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेतृत्वको क्रमिक नेतृत्वदायी भूमिकामा आँच नआउन र सामूहिक नयाँ नेतृत्वलाई संस्थागत गर्न अवस्य नै कडा मेहनत गर्नुपर्ने हुन्छ ।

चीन भारत तनाव र हाम्रो स्थिति
            दीपक गजुरेल
चीनसँग विवाद बढ्‍दै जाने क्रममा भारतले नेपालमाथि दवाव बढाएको छ । भारत सरकारले 'आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा' ठानेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीको क्रियाकलापसँग भारतीय अधिकारीहरुले नेपाललाई जोडेका छन् ।

महापापको कर्म
            किन्दर राई
यो वा यस्तै नेटवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल कोहि न कोहि त परि नै हाल्छन्।

मेरो छोराले जब अराजकता मन परायो
            शिवजी श्रेष्ठ
हामीले सक्नेजति, पाएजति, हुनेजति, मिल्नेजति हाम्रो देश सुन्दरै-सुन्दर सुनाउने प्रयास गर्‍यौँ । तर अहँ, थोरै सफल तर धेरै असफल रह्यौँ । यसो गर्दागर्दै हाम्रो घर फर्किने (नेपाल जाने) दिन नजिकिँदै आयो, उत्साह, उमंग, आशासँगै त्यही 'त्रास' आयो अर्थात् छोराले कस्तो प्रभाव छाड्ने हो नेपालमा, अनि कस्तो प्रभाव बोकेर फर्कने हो ?

चुनौती, अवसर र अपेक्षाकाबीच गैरआवासीय नेपाली
            उत्तम सिलवाल
नेपालको धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र भौगोलिक सम्पदालाई विश्वमाझ परिचित गराउँदै अन्तर्राष्ट्रियजगतमा मुलुकको प्रतिष्ठा र गरिमा बढाउन एनआरएनए संयन्त्र सक्रियरूपमा परिचालित हुनेभएको छ ।

चीन र भारतसँग नेपालका सम्वन्धहरु
            केशब देवकोटा
नेपालका छिमेकीहरु भौगोलिक र जनसंख्याका दृष्टिले मात्र ठूला छैनन् । उत्तर तिरको छिमेकी मित्रराष्ट्र चीन महाशक्ति वन्ने दौडमा लागिपरेको छ भने दक्षिणतिरको छिमेकी भारत क्षेत्रीय शक्तिका रुपमा अगाडि वढ्ने प्रयासमा लागेको छ । वीचमा रहेको नेपाल राष्ट्रिय मुक्ति र आर्थिक समृद्धिको वाटोमा छ ।

पाँच-जट्टा पोखरी यात्राः प्रकृतिको अनुपम उपहार
            दिनेश बस्नेत
पाँच र जट्टा पोखरी रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने एउटा धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण स्थल हो । दोलखा र रामेछापको सीमा क्षेत्रमा पर्ने यो सिमसार क्षेत्र अहिलेसम्म धार्मिक महत्वको रुपमा मात्र हेरिए पनि यहांको प्राकृतिक सुन्दरताले पर्यटकीय महत्वयुक्त छ।

समाजवादी कांग्रेसी तरुण माझ २० दिन ?
            किरण पौडेल
काँग्रेसले पढने ? यो मेरो अगाडी सधै तेर्सिने चुनौतिपुर्ण प्रश्न हो । एकसरो पत्रिका पढ्ने कुरामा पनि धेरैले शंका गर्छन । त्यसैमा पनि राजनीतिक सिद्धान्त र दर्शनका विषयमा दैनिक तिनघण्टा भन्दा वढी समय अविचलित,शान्त र स्थिर भएर पढने कुरा सवैले पताउन गाह्रै पर्छ ।

समाजवादको डिलमा
            जुगल भूर्तेल
बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन ।

माओवादी चमत्कार र भ्रमित नागरिक
            विमल पोखरेल
निःशस्त्र नागरिकलाई शान्तिपुर्वक वाँच्न दिने शर्तमा नेपाली जनताले माओवादी पार्टीका शसस्त्र कार्यकर्ता पाल्नको लागि हरेक वर्ष ११ अरब राजस्व तिरिरहेका छन् । यदि लोकतान्त्रिक ब्यवस्थामा राज्यका सवै नागरकि समान हुन्छन् भने नेपालका अन्य पार्टीलाई कार्यकर्ता पाल्नको लागि सरकारले कति रकम विनियोजन गर्छ त ।

स्मृतिमा रुस यात्राका केही अविस्मरणीय पल र पात्रहरु
            दिनेश बस्नेत
रुस यात्रा मेरो पहिलो विदेश यात्रा । केही उत्सुकता, केही जिज्ञासा र केही त्रास मसँगैसँगै थिए । यो यात्रा मेरा लागि एउटा अविस्मरणीय थियो । यसलाई अविस्मरणीय बनाउने केही पात्रहरु अहिले पनि स्मृतिमा सलबलाइरहेका छन् । कति मुर्त रुपमा मानसपटलमा छन्, कति अमुर्त रुपमा मीठो स्मृतिका छालहरुका रुपमा।

विक्रम संवतको इतिहास
            दीर्घराज प्रसाई
कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन ।

माधव नेपालका चुनौती
            प्रतिज्ञा अधिकारी

लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका समयसम्ममा पनि नेपाली जनताको जीवनमा खासै परिवर्तन आएको छैन । अझ जनताको जीवन झनै कष्टकर भएको छ, जनता अनेक कहर काट्न बाध्य छन् । हुँदाहुँदा जनता भन्न लागि सके की जुनसुकै सरकार आएपनि उनीहरुलाई कुनै चासो छैन । जो आएपनि उस्तै हुन भन्ने अनुभूति शुरु भैसकेको छ ।


१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies