अविश्वासलाई विश्वासमा रुपान्तरण गरौं
झलनाथ खनाल,एमाले अध्यक्ष
काठमाडौं 

प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्मा चारपटक भएको निर्वाचनमा पनि कुनै उम्मेदवारले स्पष्ट बहुमत ल्याउन सकेनन् । संसद्का दुई ठूला दल एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल दुवै उम्मेदवार चारैपटक असफल हुँदासमेत पछि हट्ने मनस्थितिमा छैनन् । राष्ट्रिय सहमतिका लागि भन्दै नेकपा एमाले सुरुदेखि नै तटस्थ बस्दै आएको छ । पाँचौ चरणमा एमालेले कसलाई समर्थन गर्छ त ? एमाले अध्यक्ष झलनाथ खनालसँग गरेको कुराकानी–


पाँचौं चरणको निर्वाचनमा एमालेको भूमिका कस्तो रहन्छ ?
हामी अहिले जुन प्रक्रियामा छौं, यसबाट फल निकाल्नेमा हामी आशावादी छैनौं । यो प्रक्रियाबाट कुनै बहुमतीय सरकार बनाउनुको अर्थ मुलुकमा शान्ति र संविधान बन्न नदिनु हो । शान्ति र संविधान निर्माणका लागि पनि राष्ट्रिय सहमति कायम हुनुपर्छ । यसका लागि यो प्रक्रियाको अन्त हुनुपर्छ । एमाले त्यसैमा अडिग छ ।


माधव नेपाल नेतृत्वको सरकार गठन भएदेखि नै राष्ट्रिय सहमतिको सरकार गठनको कुरा उठेको हो । तपाईंहरूलाई यसका लागि के कुराले रोकेको छ त ?
राष्ट्रिय सहमतिको कुरा पटक–पटक उठे पनि त्यसका निम्ति गर्नुपर्ने जुन प्रयत्न हो, त्यो अहिलेसम्म पनि भएको छैन । हामीले १२ बुँदे सहमति ग¥यौं, त्यो राष्ट्रिय सहमति नै थियो । त्यसपछि जनआन्दोलन भयो, मुलुकमा ११ वैशाखको थालनी, संसद् पुनस्र्थापना, अन्तरिम संविधान निर्माण र संविधानसभाको समेत निर्वाचन ग¥यौं । यो सबै राष्ट्रिय सहमतिको फल थियो ।
संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भयो । त्यो पनि राष्ट्रिय सहमतिकै परिणाम हो । यति धेरै काम सहमतिबाट ग¥यौं, अब गर्न सकिँदैन भन्ने होइन । अहिले राष्ट्रिय सहमतिका लागि झनै आवश्यकता रहेका बेला पार्टीहरूभित्रै कमजोरी रहे । त्यसको परिणाम अहिले हामी भोगिरहेका छौं ।


दलहरूबीच अहिले सहमति हुन नसक्नु पार्टीभित्रकै कमजोरीको परिणाम हो ?
नितान्त पार्टीभित्रकै कमजोरी हुन् । यो कमजोरी मुख्य–मुख्य पार्टीभित्र छन् । कुनै एउटा पार्टीलाई मात्र दोष दिएर हुँदैन । सबै पार्टीभित्र आ–आफ्नै कमी कमजोरी देखिएका छन् ।


भनेपछि राष्ट्रिय सहमतिका लागि पहिले पार्टीभित्र नै सहमति हुनुपर्यो हैन ?
निश्चय पनि । पार्टीहरूले राष्ट्रिय सहमतिको आवश्यकता हो भन्ने कुरा राम्ररी बुझ्नुपर्यो । अहिलेको मुख्य आवश्यकता भनेको शान्ति र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउनु हो । यसो गर्न सकेनौं भने राष्ट्र कमजोर हुनेछ । नेपाली जनताको भाग्यमाथिको खेलवाड हुनेछ । यो कुरा पहिले पार्टीहरूले बुझ्नुपर्छ ।


सहमति नुहुनुको मुख्य कारण के देख्नुहुन्छ तपाईं ?
हामीले साझा सवालमा सहमति गरेर जानुपर्छ भन्ने दर्शनलाई ठीक ढंगले बुझ्न सकेनौं । नेपाली समाजको विकास र उत्थान सहकार्यबाट अघि बढ्दै आएको छ । यसलाई नै अघि बढाउनुपर्छ । दलहरूबीच जतिसुकै मतभिन्नता भए पनि शान्ति र संविधानको साझा कार्य सम्पन्न गर्नुपर्नेछ । यसका लागि साझा नीति नभई सम्भवै छैन । त्यसैले अहिलेको अवस्थामा साझा सरकार अथवा संयुक्त सरकार निर्माण गर्नैपर्छ ।


सहमतिका लागि पटक–पटक यस्ता कुराहरू त गर्नुहुन्छ तर पनि नमिलेका विषय यी हुन्, मिलाएर साझा बिन्दु खोजौं भनेर त कहिले पनि जुट्नुहुन्न नि ! तपाईंहरूले नै तय गरेका बुँदाहरूमा छलफल समेत गर्न छाड्नुभयो ।
एमालेले तिनै बुँदाहरूमा छलफल गरिरहेको छ । हामीले भर्खरै केन्द्रीय कमिटी बैठकबाट आठ बुँदे सहमति निर्माण गरेका छौं । त्यसका आधारमा हामीले माओवादी र कांग्रेससँग भर्खरै पनि कुरा गरेका छौं । माओवादीसँग भएका कुराहरूबाट हामी उत्साही भएका छौं । उहाँहरू हामीले अघि सारेका दृष्टिकोणसँग धेरै कुराहरूमा सहमत हुनुहुन्छ । अब एउटा आधारपत्र तयार पारौं भन्नेमा उहाँहरू तयार हुनुहुन्छ । त्यसरी नै हामीले कांग्रेससँग पनि कुरा गरेका छौं । उहाँहरू पनि सहमतिबाट धेरै टाढा हुनुहुन्न । तर पनि उहाँहरूले अहिले नै उम्मेदवारी फिर्ता गर्ने काम नगरौं, पहिले सहमति गरेर जाऊँ भन्नुभएको छ । पहिले नै सहमति गर्न सकिए राम्रो हुन्छ ।


त्यसोभए राष्ट्रिय सहमतिको सरकार गठन गराएरै छाड्नुहुन्छ ?
यो एमालेको संकल्प हो । हामी राष्ट्रिय सहमतिको बाटोमा जान्छौं । मुलुकलाई सहमतिको बाटोमा ल्याउँछौं । यो ३ करोड नेपाली र समग्रा राष्ट्रको चाहना र इच्छा हो ।


तर, यहाँकै पार्टीभित्र त्यत्रो विवाद छ । तपाईंहरूकै पार्टीका कतिपय नेताहरूले एउटा पार्टीलाई सहयोग गरौं भन्ने कुरा गरिरहनुभएको छ त ?
कहिलेकाहीँ यस्ता विवाद आइरहन्छन् । एमालेजस्तो राष्ट्रिय पार्टीभित्र यस्ता विचार आउनु कुनै अनौठो होइन । तर, एमालेले गरेको निर्णय नै पूर्ण हो । कुनै व्यक्तिको निर्णय होइन । हामीले शान्तिको पक्षमा निर्णय गरेका छौं, यसलाई सबैले मान्नैपर्छ । संविधानको पक्षमा निर्णय गरेका छौं । त्यसको कुनै विकल्प छैन ।


तपाईंहरूले अघि सारेका आधारमा माओवादी नजिक छ भने बाधक कांग्रेस हो ?
म बाधक भन्दिनँ । मैले माओवादीसँग कुरा गर्दा सकारात्मक पाएको छु । त्यसरी नै कांग्रेससँग कुरा गर्दा पनि केही सकारात्मक देखिएको छ । तर, सकारात्मकताका अलग–अलग डिग्री हुन सक्छन् । हामी एउटै डिग्रीमा पुग्नका लागि कोसिस गरिरहेका छौं । अलि फराकिलो छाती बनाएर हेर्नेबित्तिकै राष्ट्रिय सहमतिमा पुग्न सक्छौं । राष्ट्रिय सहमतिमा पुग्नबाट राष्ट्रको कुनै ताकतले रोक्न सक्दैन ।


बहुमतीय सरकार गठन गरी नमिलेका मुद्दामा साझा धारणा तय गर्न सक्नुहुन्न ? मुलुकलाई तपाईंहरूले त सरकारविहीनताको अवस्थामा पुर्याउनुभयो नि ?
हो, अहिले हामी सरकार गठन गरेर सहमतितर्फ जानसक्छौं तर अहिले धेरै पार्टीको भनाइ पहिले सहमति गरौं अनि सरकार गठन गरौं भन्ने छ । यो तर्कसंगत कुरा नै हो । सरकार गठन केका लागि गर्ने भन्ने प्रश्न आउँछ, त्यसको जवाफ साझा आधारपत्रले दिनसक्छ । हामी अहिले साझा आधारपत्र तयार पार्ने क्रममा ध्यान केन्द्रित गर्दैछौं । कांग्रेससँग पनि कुराकानी भएको छ । शान्तिप्रक्रियालाई कसरी अघि बढाउने, लडाकुको समायोजन र पुनस्र्थापना कसरी गर्ने, वाईसीएलको अर्धसैनिक संरचना कसरी अन्त्य गर्ने, कब्जामा रहेका सम्पत्ति कसरी फिर्ता गराउने भन्ने विषयमा स्पष्ट कार्ययोजना र कार्यतालिका निर्माण गरेर अघि बढ्छौं । त्यो आधारपत्र हुनेछ । त्यसबाट कोही पनि डग्मगाउन सक्दैन ।


माओवादी र कांग्रेसभित्रका केही नेताहरूले फेरि पनि एमालेले सरकार नेतृत्वका लागि बहानाबाजी गरिरहेको छ, झलनाथ खनालले नै सरकारको नेतृत्व गर्नका लागि यस्तो निर्णय गरेका हुन् भन्छन् नि ?
कांग्रेसलाई पनि सरकारको नेतृत्व गर्ने पूरा अधिकार छ, उसले सके सरकारको नेतृत्व गरे हुन्छ । माओवादीलाई पनि नेतृत्व गर्ने अधिकार छ, गरे हुन्छ । तर, आफ्ना निम्ति समर्थन जुटाउने योग्यता र क्षमता त ती पार्टीहरूसँग पनि हुनुपर्यो नि ! आफ्ना काम, नीति र व्यवहारले समर्थन जुटाउने हो, करकापले कसैले समर्थन दिँदैन । अहिले हाम्रो पार्टीले शान्ति र संविधान खोजिरहेछ । जसले शान्ति र संविधानको ग्यारेन्टी दिन्छ, हामी त्यसलाई नेतृत्व दिन र मतदान गर्न जहिले पनि तयार छौं ।


नीति र व्यवहारकै कारण तपाईंहरूले माओवादी र कांग्रेसलाई मतदान नगरी तटस्थ बस्नुभएको हो ?
बिल्कुलै हो ।


माधव नेपालले राजीनामा नदिँदासम्म त तपाईंहरू र कांग्रेसका एजेन्डा मिल्दाजुल्दा थिए । अहिले किन टाढिनुभएको ?
अहिले पनि आमरुपमा एजेन्डा मिलेकै छन्– शान्ति र संविधान हुनुपर्छ, सहमति हुनुपर्छ । एजेन्डा यिनै हुन् । एकअर्काबीचमा अविश्वास छ, त्यो तोड्नुपर्छ । हल गर्न नसक्ने समस्या छैनन् । सगरमाथाभन्दा अग्ला समस्या मैले देखेको छैन ।


तपाईंले माओवादीलाई सरकारको नेतृत्वका लागि पहलकदमी गर भन्नुभएको छ । यो भनेको कांग्रेसलाई पछि फर्क भनेको हो ?
बिल्कुलै होइन । हामी छलफल गर्ने सबै दलको एउटै चाहना हो । त्यो हो– सहमति चाँडोभन्दा चाँडो निर्माण गरौं र आधारपत्र तयार पारौं । अविश्वासलाई विश्वासमा रुपान्तरण गरौं भन्ने नै हो ।


तर, दुवैले उम्मेदवारी फिर्ता लिन त मानेका छैनन् ?
उहाँहरूले उम्मेदवारी फिर्ता नलिएसम्म मुलुकलाई सहमतिको बाटोमा लैजानै सकिँदैन । दुवै उम्मेदवार शान्ति र संविधान तथा जनताको हितविपरीत उभिएलान् जस्तो मलाई लाग्दैन ।


उम्मेदवारी फिर्ता लिँदा राजनीतिक शून्यता हुँदैन ?
राजनीतिक शून्यता भन्ने हुँदै हुँदैन । राजनीति निरन्तर चलिरहने प्रवाह हो । उहाँहरूले भनेको नियमको शून्यता होला । कुनै पनि नियमले राजनीतिलाई अघि बढ्न दिएन भने त्यो नियम बदल्नुपर्छ । संविधान नौ पटक संशोधन गरेका छौं, नियम बदल्न सकिदैन ? जनताको हितलाई कुनै कानुन र ऐनले रोक्छ भने त्यो संशोधन पनि गरिनुपर्छ । राजनीतिक शून्यता होइन, दिमागी शून्यतामात्र हो । आवश्यकताअनुरुप नियमावली संशोधन गरिनुपर्छ ।


सहमतिको सरकार गठन गर्ने विषयमा सहमति कायम भए पनि फेरि कसले नेतृत्व गर्ने भन्ने विषयमा तपाईंहरू अहिलेजस्तै गर्नुहुन्छ होला नि !
हामीले प्याकेजमा सहमति कायम गर्नुपर्छ । सरकारको नेतृत्व कसले लिने भन्ने ठूलो कुरा होइन । माओवादीलाई हामीले तपाईंहरूले सरकारको नेतृत्व लिने अवस्था छैन, विचार गर्नुस् भनेका छौं । अरु दलले सरकारको नेतृत्व लिने हो अब । माओवादी र अन्य दललाई स्वीकार्य हुनेले नै सरकारको नेतृत्व लिने हो ।


माओवादी नेतृत्व किन अस्वीकार्य ?
अहिले पनि माओवादीको नेतृत्वमा एउटा सेना छ । हतियारहरू छन् । सेना र हतियारको समायोजन र व्यवस्थापन नगरेसम्म सरकारको नेतृत्व लिँदा असहज हुन्छ । सहमति निर्माण गर्न गाह्रो पर्छ । सबैलाई सहमतिमा ल्याउन उहाँहरू पनि उदार हुनुपर्छ । माओवादीले फराकिलो भएर हेर्नुपर्छ । सबैलाई समेट्न सक्नेलाई उहाँहरूले पनि समर्थन गर्नुपर्छ । सरकारको नेतृत्वका लागि चक्रीय प्रणाली पनि एउटा विचारणीय कुरा हो, त्यसमा पनि छलफल गरेर सहमति कायम गर्न सकिन्छ ।


पटक–पटक सहमतिको कुरा गर्दा पनि हुन नसकेको बाहिरी हस्तक्षेपले हो ?
कुनै पनि देशमा खलबली मच्चिएमा छिमेकीले चासो राख्छन् । यस्तै नेपालमा खलबली मच्चिएर एक–आपसमा लडाइँ भएमा छिमेकीले चासो राख्नु स्वाभाविक हो । त्यतिमात्र होइन, हामीले बुद्धि पु¥याएनौं भने हस्तक्षेप पनि हुनसक्छ ।


विदेशीले नेपालको राजनीतिका लागि तपाईंहरूलाई निकै सुझाव दिएका छन् । यो चासो हो कि हस्तक्षेप ?
बाहिरबाट आएकाले चासो राख्न सक्छन् र उनीहरूले आफ्नो कुरा पनि राख्न सक्छन् । हामीले त्यसलाई सन्दर्भ सामग्रीभन्दा बढी केही ठान्नुहुँदैन । हामी कस्तो बाटो हिँड्ने हो, हामीले नै निर्णय गर्नुपर्छ । विदेशीले नेपालमा सरकार बनाइदिने होइन । हामी आफैले निर्णय गर्नुपर्छ । त्यसैले मात्र नेपालको स्वतन्त्रतालाई सुदृढ बनाउनसक्छौं ।


तपाईंहरू अवको निर्वाचनमा पनि तटस्थ बस्नुहुन्छ ?
अवको निर्वाचनमा पनि  एमाले राष्ट्रिय सहमति तथा शान्ति र संविधानकै पक्षमा उभिनेछ । राष्ट्रलाई बबन्डरतिर लैजाने, शान्ति र संविधानको दिशामा लैजान नदिने काम एमालेले गर्नेछैन ।


कुनै एउटा दलले बहुमतका लागि सहयोग मागेर त्यसपछि राष्ट्रिय सहमतिको ग्यारेन्टी गरे भने सहयोग गर्नुहुन्छ ?
हामीले ढाँटछल धेरै देख्यौं । एमाले अब दिग्भ्रमित हुनेछैन । राष्ट्रिय सहमतिको कुनै विकल्प छैन । त्यसभन्दा बाहिर एमाले जाँदैन ।


कारोबार दैनिकबाट साभार

 
माथि जानुस्
प्रिन्ट गर्नुहोस् पाठक प्रतिक्रिया   (पढ्नुस्) हामीलाई सेभ गर्नुहोस् साथीलाई ईमेल गर्नुहोस्

  अरु अन्तर्वार्ता
अविश्वासलाई विश्वासमा रुपान्तरण गरौं
            झलनाथ खनाल,एमाले अध्यक्ष
दलहरूबीच जतिसुकै मतभिन्नता भए पनि शान्ति र संविधानको साझा कार्य सम्पन्न गर्नुपर्नेछ । यसका लागि साझा नीति नभई सम्भवै छैन । त्यसैले अहिलेको अवस्थामा साझा सरकार अथवा संयुक्त सरकार निर्माण गर्नैपर्छ ।

धेरै चलेको एल्बमको गायक पनि आफ्नो परिवार पनि पाल्न नसक्ने हुन सक्छ
            विष्णु खत्री,लोक तथा दोहोरी गायक
एल्बम हिट हुन्छ अनि त्यही एल्बमको गीत अरुले आफ्नै आँखा अगाडि अवैध रुपले डविङ्ग भई बिक्रि हुन्छ । सिडीको नक्कलीकरण असाध्यै हुन्छ । कलाकारको हितमा कपिराइट कानुननै छैन भएको कानुन पनि लागु हुन सकेको छैन । त्यसैले धेरै चलेको एल्बमको गायक पनि आफ्नो परिवार पनि पाल्न नसक्ने हुन सक्छ ।

राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्र
             पूर्वराजा ज्ञानेन्द्र शाह
कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन ।

एनआरएन अभियान हो
            देवमान हिराचन, अध्यक्ष, गैरआवासीय नेपाली संघ, आइसीसी
गैर आवासीय नेपाली सङ्घ विदेशमा बस्ने सबै नेपालीको साझा संस्था हो । यहाँ 'नयाँ'  एजेण्डाको कुरा भन्नुभन्दा पनि निरन्तरतालाई नेपाल र नेपालीको हितसँगै हामी सबैको हित गाँसिएको छ भन्ने कुरामा विश्वास गर्दछौं र त्यस्तै हित प्रवर्द्धनमा निरन्तर लागिरहेका छौं

हामी विदेशमा रहेका लाखौं नेपाली मुटुमा नेपाल लिएर घुमिरहेका छौं
            देवमान हिराचन, अध्यक्ष्य: गैरआवासीय नेपाली संघ
हामी विदेशमा रहेका लाखौं नेपाली मुटुमा नेपाल लिएर  घुमिरहेका छौं । ती देशबाट नेपालका लागि सहयोग जुटाउने, लगानी भित्र्याउने, पर्यटक पठाउने, अवैतनिक रूपमा राजदूतको काम गर्ने, ती देशमा अप्ठयारो परेका नेपालीलाई  सहयोग गर्नेजस्ता अनगिन्ती काम छन् । यी काम कसैले गर भनेर अह्राएको होइन, हामी आफैं आफ्नो धर्तीको भारा तिर्न लागिपरेका हौं।

मेरो विचारलाई साकार तुल्याउन पनि उम्मेदवारी दिनु आवश्यक छ
            देवमान हिराचन, उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी एनआरएन-आइसीसी
वादतर्फ सबै ढल्केका हुन्छन् तर हाम्रो संस्था विशुद्ध गैर राजनीतिक संस्था हो । ब्यक्ति भन्दा संस्थालाई अगाडि बढाउन हामी सबै लाग्नुपर्छ । म नभनी हामी भन्नु पर्छ । सहमति खोज्नुपर्छ तर चुनावमा जान पाउने अधिकारबाट कसैलाई वञ्चित तुल्याउन हुन्न । स्वच्छ चुनाव हुनुपर्छ ।

चुनाव भनेको नै जीतिन्छ भनेर उम्मेद्बारी दिने प्रकृया हो
            राम थापा, उपाध्यक्ष एनआरएन आइसीसी
समन्वयको सम्भावनालाई नकार्न मिल्दैन, समन्वयका लागि हामी अन्तिम दिन सम्म पनि खुला नै छौ । तर एनआरएन आफैंमा प्रजातान्त्रिक संस्था भएको हुनाले चुनावी प्रकृयालाई पनि खासै ठुलो रुपमा हेरिनु हुन्न भन्ने मलाई लाग्छ ।

नेपालीको समृद्घ मुलुकको नागरिक बन्ने सपना साकार पार्न हामी सबै लाग्नुपर्छ
            देवमान हिराचन, उपाध्यक्ष, एनआरएन-आइसीसी
मैले जहिले पनि साथीहरुको सहयोग पाएको छु र आशा गर्छु - त्यो सहयोग निरन्तर पाइरहनु छु । त्यसैले एनआरएन अभियानमा सुरुदेखि सक्रिय रहेको एउटा कार्यकर्ताको हैसियतले विगतका अनुभवका आधारमा एनआरएनलाई नयाँ गतिका साथ अघि बढाउन मैले एनआरएनको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।

'एक पटकको नेपाली सधैं नेपाली' भन्ने हाम्रो नारा सार्थक हुने दिन अब छिटै आउँछ
            जीवा लामिछाने,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य
नेपालमा सबै राजनीतिक दल र नेपाल सरकारसमेतले दोहोरो नागरिकताको सवालमा पटक पटक सार्वजनिक प्रतिवद्धता प्रकट भइसकेकोले अब यो धेरै टाढाको कुरा रहने छैन भन्ने हामीले विश्वास गरेका छौं । पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले समेत दोहोरो नागरिकता दिने कुरा पटक पटक दोहोर्‍याइसक्नु भएको छ । 'एक पटकको नेपाली सधैं नेपाली' भन्ने हाम्रो नारा सार्थक हुने दिन अब छिटै आउँछ भन्ने कुरामा निकै विश्वस्त हुने वातावरण बनेकोछ ।

कलाकार कुनै भूगोलभित्र बाँधिँदैन
            उदितनारायण झा
दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति नेल्सन मन्डेलाले पनि पाएका थिए पद्मश्री । उनीबारे कोही बोल्यो ? शाहरुख खानले मलेसियाली सरकारबाट दातुक सम्मान पाए, उनी मलेसियन भए त ? अमिताभ बच्चनजीले फ्रान्सबाट उच्च नागरिक सम्मान पाउनुभयो, केही नराम्रो भयो ? कलाकार कुनै भूगोलभित्र बाँधिँदैन । मेरो कलालाई सम्मान गरेको हो भारत सरकारले ।

हामी सबै मुलुकलाई नै आफ्नै ठान्दछौं
            रामप्रताप थापा- उपाध्यक्ष, गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली दिवसको मूलभूत लक्ष्य नै गैरआवासीय नेपालीहरुको मुद्दा प्रति नेपालमा सरकार र आम जनतामा जारुकता ल्याउनु र गैरआवासीय नेपाली समुदायमा नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा सहभागी हुन अभिप्रेरित गर्नु हो । यो दिवसले नेपालीहरुबीचको आत्मियता अझ प्रगाढ बनाउने छ ।


हाम्रो जोडी गीत संगीतमा सधैं कायम रहन्छ
            गायिकाद्वय लिम्बू र पुरी
सुरुमा कलेक्सन एल्बम निकाल्ने भनेर धेरै साथीहरु एक ठाउँमा आयौं । पछि गएर केही साथीहरु पछाडि भयो र उनीहरु आफ्नो आफ्नो बाटोतिर लाग्यो । अन्तमा त हामी दुई जना मात्र भएपछि जोडी मिलेको हो । साथै हामी एउटै जिल्ला, एउटै गाविसको पनि भएको हुनाले साथीको जोडी जमेको हो ।

इच्छा र साहस छ भने मानिस कहिल्यै बुढो हुँदैन
            मीनबहादुर शेरचन
म त्यहाँ चढ्न सफल भएपछि पर्यटन मन्त्रालयले प्रमाणपत्र दियो । गिनिज बुक अफ बर्ल्ड रेकर्डसमा पनि नाम दर्ता गर्न पहल भइरहेको छ । यसले नेपालको सर्वोच्च हिमाल, नेपालकै सर्वोच्च वृद्ध आरोही भनेर अहिले जुन चिन्ने मौका पायो । त्यसैले पनि विश्वका अरुको ध्यान नेपालतिर केन्द्रित भएको हुनुपर्दछ ।

हामी लोकतान्त्रिक मान्यता अनुरुप साधारण बहुमतको प्रधानमन्त्रीका पक्षमा छौ ।
            अमृत बोहरा, संगठन विभाग प्रमुख, नेकपा एमाले
ताजा जनादेश र संविधानले सहमतिको निर्देशन गरेको छ । दलहरुबीचको सहमतिमा सबै कुराको टुङ्गो लाग्नु पर्छ । कुनै दल बिशेषले सबैकुरा मलाई चाहिन्छ भनेर हुने कुरा होइन ।

भविष्यमा केही गर्नलाई आफ्नो ठाउँबाट निस्किएर काम गर्नु पर्छ
            रुषमा राई
सिक्किम-दार्जीलिङमा कलाक्षेत्रले विकास गर्न सकिरहेको छैन । जनसंख्याको आधारमा पनि यहाँ थोरै नेपालीहरु छन् भने नेपाल सिंगो नेपालीहरुको एउटा अलग राष्ट्र हो । यसैले यहाँ भाषिक समस्याहरु पर्छन । यसका साथै भविष्यमा केही गर्नलाई आफ्नो ठाउँबाट निस्किएर काम गर्नु पर्छ । यसले आफ्नो ठाउँलाई मात्र चिनाउदैन आफूलाई पनि चिनाउछ भन्ने मैले ठानेकी छु ।

मलाई डा. महावीर भन्दा गोठाले महावीर भने कै मन पर्छ ।
            म्यागासेसे पुरस्कार विजेता डा. महाबीर पुन
मेरो लागि पुरस्कार र सम्मान भन्ने विषयमा त्यति चासो छैन । तर पाउनेलाई जे भएता पनि देश र साथी भाई खुशी भएको देख्दा चाहिँ खुशी लाग्यो । कत्ति साथीहरुले यसलाई लिएर नाचगान गरे, खुशी मनाए । पुरस्कार नभएको भए पनि यस क्षेत्रमा काम नै गरिरहने थिए तर पुरस्कार पाए पछि विश्वास बढेको अनुभव गरेको छु ।

देशको प्रतिनिधित्व कलाकारहरुले गर्छन
            सत्यराज आचार्य
जिउँदो रहँदा सबै स्रष्टाहरु राज्यवाट उपेक्षित रहन बाध्य देखिन्छन् । देशको  प्रतिनिधित्व कलाकारहरुले गर्छन । भन्ने वेलामा कलाकार भनेको राष्ट्रको गहना हो भनिन्छ तर त्यसको सम्मान र संरक्षण भएको पाइदैन ।

तेस्रो विश्व सम्मेलनले गैरआवासीय नेपाली संघको प्रतिष्ठा र दायित्व दुवैलाई बढाइदिएकोछ
            डा. जुगल भूर्तेल, प्रवक्ता गैरआवासीय नेपाली संघ (एनआरएनए)
संघमा कुनै दलको विचार हावी हुने बित्तिकै हाम्रो त्यो विशिष्टता समाप्त भएर जान्छ र साथसाथै हाम्रो उपयोगिता पनि । त्यसैले दलहरुले हामीलाई आफ्नो झण्डा बोकाउने तिर हैन की हाम्रो निरपेक्षतालाई कायम राख्‍न मद्दत गर्नु पर्छ । राजनीतिक दलहरुले यो यथार्थलाई राम्ररी आत्मसात गरेको कुरा यस पटकको सहकार्यबाट मैले बुझेकोछु ।  

सबै प्रवासी नेपालीबाट सहयोग पाउने अपेक्षा गरेको छु ।
            देवमान हिराचन - गैरअवासीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष (एसिया प्रशान्त क्षेत्र)
अझै पनि सम्मेलन लाई कसरी सफल बनाउन सकिन्छ भन्नेमा  मेरो ध्यान केन्द्रित रहेको छ । तर आगामि नेतृत्वको  जिम्मेवारि लिनको  लागि मलाई विभिन्न साथीहरुले आव्हानका  साथमा अनुरोध पनि गरिरहनु भएको छ । यस सिलसिलामा  मैल विगतका मेरा अनुभवहरुलाई परिचालन गर्दै समग्र  गैरआवासीय नेपाली अभियानलाई सहि हिसाव बाट अघि  बढाउन अध्यक्षको रुपमा आगामि नेतृत्वमा आफुलाई उभ्याउने अठोट गरेको छु । यसका लागि सबै प्रवासी नेपालीबाट  सहयोग पाउने अपेक्षा पनि गरेको छु ।

हाम्रो चलचित्र उद्योग पुरुष प्रधान छ ।
            रेखा थापा / चलचित्र नायिका
 हाम्रो चलचित्र उद्योग पुरुष प्रधान उद्योग हो यहाँ,  नायिकाको नामले कसैले पनि चिन्दैन ।  नायकलाई नै पहिलो महत्व दिएर फिल्म निर्माण गरेको पाइन्छ । तर यी मान्यतालाई तोड्दै, म नेपाली दर्शक सामुन्ने चलचित्र पुरुषको नामले मात्र होइन महिलाको नामले पनि चल्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु ।

एउटा असल सन्देश सबैलाई पुर्‍याउन सफल भएका छौं ।
            गैर आवासीय नेपाली संघ (एनआरएन) केन्द्रीय सदस्य : रुद्र शर्मा
नयाँ नेपाल निर्माण गर्नका लागि संसारको विभिन्न देशहरुमा रहेका नेपालीहरुले संविधानसभा मार्फत नयाँ नेपाल निर्माण गर्नमा लाग्नु पर्छ भन्ने एउटा असल सन्देश सबैलाई पुर्‍याउन सफल भएका छौं ।

संसारभर रहेका नेपालीहरुसँग हातेमालो गरेर आन्दोलनलाई अगाडि बढाउछौं ।
            गिरधारीलाल न्यौपाने
नेपाली जनताहरुको भविष्य निर्धारण गर्ने, भविष्यलाई कस्तो बनाउने, देशको भावि संविधान कस्तो बनाउन भन्ने कुरा नेपालीको हो । हरेक वर्ष नआउने र इतिहासमा एक पटक मात्र हुने निर्वाचन भएको कारणले यो निर्वाचनमा हरेक नेपालीहरु सहभागि हुनु पर्छ । जुन हामी प्रवासी नेपालीहरुको भविष्यसँग जोडिएको छ ।

संगीत मेरो लागि पुजा हो ।
            गुरुदेव कामत
संसारभरिको संगीतको मुख्य कडी भनेको नै शास्त्रीय संगीत हो । जुन शास्त्रबाट आएको हुनाले यसमा बढी नियम, ताल, सुर, लय मिलाएर  शास्त्रीय संगीत गाउनु पर्ने हुन्छ । भाव संगीत भनेको ठुमरी, कौवालि, भजन लगायतका हुन्छ । जसमा भाव (सेन्टीमेटल) को बढी भन्दा बढी प्रदर्शन हुन्छ जुन भावनात्मक गीत संगीत हुन जान्छ ।

नेपाल मेरो दोस्रो घर हो
            युका मात्चुको, जापानी विश्वसाइकल यात्री
म नेपालसँग यति धेरै नजिक भइसकेको छु की नेपाल मेरो दोस्रो घर हो । जापानपछि मैले सबैभन्दा धेरै माया गर्ने ठाउँ नेपाल नै हो । जापानीपछि अन्य भाषाको तुलनामा नेपाली बोल्न धेरै सजिलो लाग्छ । म यहाँका मान्छेसँग भावनात्मक रुपले नजिक छु, त्यही भएर पनि मैले काम गरेको नेपाल वायु सेवाको मुख्य कार्यालयबाट विश्व साइकल यात्राको पहिलो चरण सुरु गरेको छु ।

हाम्रो लडाई पहाडी समुदाय र मधेशी समुदायको होइन
            ज्वाला सिंह / अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)

हाम्रो लडाई पहाडी समुदाय र मधेशी समुदायको होइन । हामीले जातीय राजनीतिमा विश्वास गरेका छैनौं ।  पहाडी समुदायका मानिसको हत्या गरेर मधेशको माग उठाएको पनि होइन । हामीले तराईका जायज मागलाई उठाएका छौं, मधेशीमाथि वर्षौदेखि दमन, शोषण र दोस्रो दर्जाको नागरिकको रुपमा राख्दै आएको पहाडे राज्य सत्तासँग हाम्रो लडाई हो ।


विदेशमा नेपाली कलाकारले राम्रो सम्मान पाएका छन्
            निमा रुम्बा, गायक
पर्सा जिल्ला वीरगंजको शुवर्णपुरमा आमा-बाबुको माइला छोराका रुपमा जन्मिएका स्थातिप्राप्त पप गायक निमा रुम्बा नेपालीहरुको ढुकढुकीको रुपमा परिचित हुनुहुन्छ । चर्चित गायक रुम्बा जापानमा रहनु भएका बेला नेपाल जापान डट कमका लागि लोकनाथ वस्तीले गर्नु भएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छः

व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन् ।
            जीवा लामिछाने, गैर-आवासीय नेपाली संघ केन्द्रीय सदस्य
कुनै पनि पेशा वा व्यवसायमा सफल हुनका लागि समर्पण र इमान्दारिता अति महत्वपूर्ण कुरा हुन् । यी दुई कुरालाई साथ लिएर अगाडि बढ्ने कुनै पनि व्यक्ति रुसमा मात्र नभई दुनियाँभरि नै सफल व्यक्ति बन्न सक्छ भन्ने मेरो मान्यता छ ।

एनआरएनले देशका लागि धेरै गर्न सक्छ
            प्रितम श्रेष्ठ, सदस्य गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
प्रितम श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य हुनुहुन्छ । उहाँले परिषदका हङकङबाट प्रतिनिधित्व गर्नु भएको हो । श्रेष्ठले जापानको विश्वविद्यालयबाट अध्ययन समाप्त गर्नु भएको छ भने हाल हङकङबाट अन्तर्राष्ट्रिय रुपमानै व्यापार व्यवसाय संचालन गरिरहनु भएको छ। प्रस्तुत छ श्रेष्ठसँगको कुराकानीको प्रमुख अंशः

नेपालमा अब राजतन्त्रको आयु मात्र तीन महिना हो
            बामदेव गौतम - स्थायी कमिटी सदस्य नेकपा एमाले
बामदेव गौतम, एमालेभित्र खरो स्वभावका नेता मानिनुहुन्छ । कहिले काहिँ विवादास्पद अभिव्यक्ति दिएर पार्टीभित्रैसमेत आलोचनाका पात्र बन्नु हुने गौतम पूर्व उपप्रधानमन्त्रीसमेत रहिसक्नु भएको छ। देशको पछिल्लो स्थितिका बारेमा के भन्नु हुन्छ त ? हामीले राजाको सन्देश, तराई आन्दोलन र एमालेभित्रका केही विषयमा कुराकानी गरेका थियौ । सोही कुराकानी यहाँ प्रस्तुत गरिएको छः सम्पादक

हामी आफ्नो माग पूरा गराएरै छाड्छौः
            पासाङ शेर्पा
प्रधानमन्त्रीको सम्बोधनपछि तराईको आन्दोलन साम्य हुने क्रममा छ । तर, प्रधानमन्त्रीको सम्बोधनप्रति आदिवासी जनजातिहरुले भने विमति जनाएका छन् । यद्यपि वार्तामा बस्न भने उनीहरु राजी छन् । के छ त जनजातिहरुको माग ? कस्तो छ आन्दोलनको तयारी ? यसै विषयमा नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष पासाङ शेर्पासँग गरिएको कुराकानीः सम्पादक

१३ मे २००४ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।

Our Official Sponsor is TBi Groups of Companies