जन सरोकार

अन्ततः पक्राउ परे विनयजङ्ग बस्नेत

बेवारिसे शव व्यवस्थापन गरेर बिबिसि सर्वेक्षणमा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरको उजुरीका आधारमा लामो समयदेखि काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार बस्नेतलाई सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.