राजनीति

आम हड्ताल : अष्टलक्ष्मीसहित दर्जनौं पक्राउ, ठाउँठाउँमा ट्याक्सीमा आगजनी र तोडफोड

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको बिरोधमा आम विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले आव्हान गरेको आम हड्तालको प्रभाव उपत्यकामा विहानैदेखि परेको छ । अहिलेसम्म बन्द गराउँदै हिँड्ने दर्जनौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बन्द सफल गराउन सडकमा निस्केका सो समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । विहान प्रहरीले कलंकीबाट नेता अष्ठलक्ष्मी शाक्यसहित आधा दर्जन नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता, कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् । राजधानी काठमाडौंको मुख्य नाका कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्य, अमृता थापा मगर, सुभद्रा भुजेल सहित ८ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उपत्यकाका सामाखुसी, चक्रपथ, बानेश्वर, कलंकी, कालीमाटी, बल्खु, कोटेश्वर, चाबहिल, गंगबु, महाराजगंज लगायत विभिन्न स्थानमा बन्द गराउँदै हिँडेका त्यस समूहका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

यसै गरी बन्दकर्ताले विभिन्न थानमा ट्याक्सीमा आगजनी तथा तोडफोग गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको जानकारी दिनुभयो ।

सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.