जापान

केसीको निधनले गल्कोट समाज जापान स्तब्ध

गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसोबास गर्दै आएका अर्जुन केसीको रोजगारीका सिलसिलामा जापानमा असामयिक निधनप्रति समाजले गहिरो दुःख व्यक्त गरेको छ ।

समाजका महासचिव नवीन निउरेले एक शोक सन्देश जारी गर्दै “रोजगारीका लागी जापानको चिबा स्थित ग्योतोकुमा बसोबास गर्दै आइरहेका बर्ष ४० का अर्जुन केसीको यही अप्रिल २४ तारिकका दिन असामयिक स्वर्गारोहणको खबरले समाज स्तब्ध भएकोे” बताउनुभएको छ ।

समवेदना सन्देशमा दुःखको यस कठिन घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरिएको छ ।

स्व. केसीको अप्रिल २९ दिनको २ः३० बजे अन्तिम संस्कार गरिनेछ भने त्यसअघि १ः३० देखि श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.