राजनीति

पुनःस्थापित संसदलाई काम नभएपछि सभामुख र प्रधानन्त्रीबीच भेटवार्ता

सर्वोच्च अदालतले पुनःस्थापना गरेका संसदलाई निकम्मा बनाइएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच बीच दुई घन्टा कुराकानी भएको थियो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारी अनुसार संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको थियो ।

संसद संचालन प्रभावकारी नभएको भन्दै आलोचना हुन थालेपछि शनिबार सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताउनुभएको थियो ।

उहाँले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताउँदै “त्यो निर्णयलाई इतिहासले मूल्याङ्कन गर्नेछ, जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ, जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्ने” भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.