राजनीति

पूर्व प्रधानमन्त्री नेपालले राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले)को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को शुक्रबार काठमाडौंमा लोकार्पण गर्दै सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा नेता नेपालले उहाँले आफूले चाहँदा पनि राजनीतिबाट विश्राम लिन नपाएको बताउँदै आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको पनि बताउनुभयो ।

पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्नेगरेको बताउँदै नेता नेपालले भन्नुभयो “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”

पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.