राजनीति
राष्ट्रपति भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन अन्त्यको घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । संसदको चालु अधिवेशनको अर्को बैठक भोलि मंगलबार बोलाइएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्