जन सरोकारस्वास्थ्य

“ओमिक्रोन फैलिनसक्छ थप सतर्कता अपनाउनुस्”

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोन तीब्ररुपमा फैलदै गएको र नेपालमा पनि यसका संक्रमित भेटिएकाले ओमिक्रोन फैलन सक्ने भएकाले थप सतिर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले एक विज्ञप्तिमार्फत देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई संकमण फैलिन नदिन थप सर्तकता अपनाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा कोभिड महामारी व्यवस्थापनमा २ वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन आग्रह गरेको हो ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदणहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनेलगायतमा जोड दिनुहोला ।’

यस्तै, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का केसहरूको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.