जापान

जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा एक जनाको मृत्यु

जापानको भूकम्प प्रभावित इशिकावा प्रान्तको शिका शहरमा भवन भत्किँदा एक जना वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम निप्पोन टेलिभिजन नेटवर्कले सोमबार जनाएको छ।

यसअघि, इशिकावाको नानाओ शहरमा  भूकम्पको त्रासले दुई जनालाई हृदयाघात भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले राष्ट्रिय प्रहरी एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ।

सोमबार दिउँसो मध्य जापानको सी अफ जापान कोस्टको फराकिलो क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पको ठूलो धक्का साँझ ४ बजेर १० मिनेटमा गएको थियो ।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो । सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो ।

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.