सचेत रही सम्पर्कमा रहन नेपाली दूताबासको अनुरोध
जापानस्थित नेपाली राजदूताबास टोकियोले त्यहाँ रहेका नेपालीहरुलाई भूकम्प तथा सुनामीको सम्भावित जोखिमबाट बच्न सचेत रहन आग्रह गरेको छ ।
दूताासले एक सूचना जारी गरी जनवरी १, २०२४ मा जापानको इशिकावा, निगाता र यामागाता प्रान्त प्रभावित भएको हुँदा सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई सचेत रहन आग्रह गरेको हो ।
सूचनामा सम्भावित खतराबाट बच्न जापान सरकारका सूचना र निर्देशनहरुलाई पालना गर्न र राजदूताबाससंग सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।
यसै गरी गैरआवासीय नेपाली संघ, जापान लगायत स्थानीय नेपाली संघसंस्था र समाजहरुलाई भूकम्प प्रभावित क्षेत्रमा रहने नेपाली नागरिकहरुसंग सम्पर्क र समन्वय गर्न अनुरोध गरिएको छ ।
यसबीच गैरआवासीय नेपाली संघ जापानले एक प्रेस विज्ञप्ति जारी गरी भूकम्पका कारण केही समस्या र अप्ठ्यारो परेमा त्यस क्षेत्रमा रहेका नेपालीहरुबीच एक आपसमा सहयोग आदान प्रदान गर्न अनुरोध गरेको छ ।
संघले एक विज्ञप्ति जारी गरी समस्यामा परेका बेला जापानी नागरिकहरुसँग आवश्यक सहयोग लिन र भाषासहित अन्य तत्कालीन सहयोग आवश्यक परेमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको हट लाइन नम्बर +८१-८०-६३५२-८२८६ मा तत्काल सम्पर्क गर्न सूचित गरिएको छ ।
त्यसै गरी एनआरएनए जापानका अध्यक्ष नविन निउरे ०८०-५१४५-९९५५, महासचिव टिकाराम खरेल ०८०-४१७१-४९०६, प्रकोप व्यवस्थापन परोपकार तथा मानवीय सहायता विभागका संयोजक सिद्धार्थ श्रेष्ठ ०८०-४०५७-४७३० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यसै गरी निगातामा रहनु भएका कोषाध्यक्ष दिपक सुनार ०८०-४३३०-००४६ र निगाटा क्षेत्रीय समितिका संयोजक दिनेश सुनार ०९०-६४९५-२८७८ को नम्बरमा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्