जापान

हानेदा एयरपोर्टमा जेएएलको विमान जलेर नष्ट (भिडियो)

चालकदलका सदस्यसहित लगभग चारसय यात्रु लिएर सिञ्चितोसीबाट उडान भरेर आएको जापान एयरलाइन्स (जेएएल)को एक विमान अवतरणका क्रममा हानेदा एयरपोर्टको रनवेमा जलेर नष्ट भएको छ ।

विमान एक्कासी आगोको लपेटामा परे पनि यात्रु तथा चालकदलका सदस्यहरुलाई भने सकुसल उद्धार गरिएको एनएचकेले जनाएको छ ।

आगो लाग्नुको कारण अहिलेसम्म पत्ता नलागे पनि होक्काइडोको न्यू चितोसे एयरपोर्टबाट उडेको जापानको कोस्ट गार्ड (तटरक्षक जहाज) संग जेएएलको विमान ठोक्किएको हुनसक्छ।

विमानको इन्जिन क्षेत्र नजिकैबाट आगो निस्किरहेको र अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिने प्रयास युद्धस्तरमा गरिए पनि विमान लगभग पूरै आगोले जलेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.