जापान

जेएएल विमान आगलागी :  कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु (अपडेट)

जापानका यातायातमन्त्रीले मङ्गलबार टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्स(जेएएल)को विमान धावनमार्गमा ठोक्किँदा कोस्टगार्ड (तट रक्षक)को विमानमा सवार पाँच जनाको मृत्यु भएको बताउनुभएको छ ।

“तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँच जनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भन्नुभयो ।

जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ ।

एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ । क्योदो समाचारअनुसार विमानमा आठ बालबालिका पनि थिए । सिञ्चितोसीबाट उडान भरेर आएको जापान एयरलाइन्स (जेएएल)को एक विमान अवतरणका क्रममा हानेदा एयरपोर्टको रनवेमा जलेर नष्ट भएको हो ।

यसअघि तट रक्षक विमानमा चालक दलका छ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो । घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो ।

जिजी समाचार समितिका अनुसार सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो । तट रक्षक विमान भर्खरैमात्र उत्तरी जापानी टापु होक्काइडोको साप्पोरा विमानस्थलबाट आएको थियो ।

यो पनि पढ्नुस :

हानेदा एयरपोर्टमा जेएएलको विमान जलेर नष्ट (भिडियो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.