राजनीति

“अलिकति गल्ती मेरो, अलिकति उहाँको र अलिकति नजर पापी दुनियाँको लाग्यो”

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुलुक ढकाललाई पार्टीमा भित्र्याउन माग गर्दै रास्वपा कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएपछि ढकालले सामाजिक सञ्जालबाट पार्टी फर्कन चाहेको संकेत दिनुभएको छ ।

डा मुलुक ढकाल

आफूलाई महामन्त्रीबाट निष्काशन गर्ने निर्णयका पछाडि गम्भीर षड्यन्त्र रहेको उल्लेख गर्नुभएका ढकालले पार्टीभित्र र बाहिरकाले खेलेर सभापति रवि लामिछानेलाई खाल्डोमा हालेको टिप्पणी पनि गर्नुभएको छ ।

मुलुकलले नयाँ वर्ष १ जनवरी २०२५ का दिन सामाजिक सञ्जाल एक्समार्फत फुटेर होइन जुटेर अघि बढ्नुपर्ने र कहाँबाट कसको कति गल्ती रह्यो त्यो समीक्षा गर्न आव्हान गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ-

आज केहि कुरा गरौँ ……

अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, “भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक फरक मान्छे आउँछन् , राजनीतिबाट जोगिएर जानपर्छ” र रवि दाइ आफैँ भन्नु हुन्थ्यो, “जस्तो परिस्थिति आए पनि, मुकुल, तिमी र म एक गुट है ।”

परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पूर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारवाहि गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । आखिर मान्छे हुँ, भगवान थोडि न हुँ र ।

हामीबीचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौँ बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो । सम्बन्ध त दुइतर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो । गल्ती त सायद दुवैको हुनपर्छ नि । अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको ।

सभापतिलाई महामन्त्रीबाट अलग गराएपछी सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारवाहि गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थि अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुनजेल धेरै ढिलो भइसकेको नहोस् ।

राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउन पर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दु:खले आर्जेको पार्टी होइन, जोगाऔँ । फुटेर होइन, जुटेर । यदि अदालतले निर्दोष भने माफी मागौँला, नभने ? खैर, सबै बिर्सौँ तर सङ्कटको यो घडीमा पार्टी जोगाऔँ । जोगाउने मात्र होइन, ८४ सम्म भरोसा युक्त शक्तिकोरूपमा स्थापित गरेर, मिसन ८४ लाई सफल बनाऔँ ।

अब पनि राजनीति नबुझ्ने हो भने , निषेधकै राजनीतिमा अघि बढ्ने हो भने , प्रचण्ड, देउवा र ओलिसँग मिल्न सक्ने मुकुलसँग मिल्न सकिन्न जस्ता तर्क दिँदै जाने हो भने , के भन्न सकिन्छ र ? राजनीति फरक चिज हो । यो कसरी बुझाउने ।

रवि दाइका मित्रहरू, शुभचिन्तकहरूलाई म दुश्मन देखिएको छु होला, तर म त लामो समय बाहिर छु, भित्रभित्रै आक्रमण गरेर सकाउनेलाई कसो देख्न सक्नु भएन । प्रमाण के भन्नु होला । यो राजनीती हो , यहाँ प्रमाण अदृष्य हुन्छ । देशमा विदेशी हस्तक्षेप हुन्छ कि हुन्न भन्दा , प्रमाण त के पाइएला । राजनीतिको खेल नबुझ्ने हो भने, ८४ को खेल कुनै हालतमा जितिन्न ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.