जन सरोकार
काठमाडौं र झापाबाट नगद र गरगहना चोरी
काठमाडौँ र झापाबाट नगद र गरगहना चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-११ महादेबटार हाइट डेरा गरी बस्ने लम्जुङ मर्स्याङदी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठाबाट सुनका विभिन्न गरगहना र ल्यापटप एक थान गरी करिब २ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
त्यस्तै झापा, मेचीनगर नगरपालिका-९ कमल चोक बस्ने मुकुन्द पराजुलीको घरबाट कासको थाल सात थान, सुन पाँच तोला र नगद १० हजार रूपैयाँ गरी करिब ७ लाख ७७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्