जापान

नेपाल-जापान सम्बन्धको नयाँ आयाम ‘नेपाल पुस्तकालय’

नेपाल र जापानबीच कायम रहेको धार्मिक, सांस्कृतिक सम्बन्धलाई जनस्तरमा पुर्याउन जापानको नागानो प्रान्तको कोमागाने शहरमा ‘नेपाल पुस्तकालय’ स्थापना गरीएको छ ।

नेपाल र जापानबीच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले जापानी नागरिक डा. युकि इतोले सो पुस्तकालयको स्थापना गर्नुभएको हो ।

१९९० को दशकमा नेपालस्थित जापानी राजदूतावासमा अनुसन्धान अधिकृतको रुपमा काम गरिसक्नुभएकी डा. इतो हिमाली गाउँ मुस्ताङको संस्कृति अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ ।

पुस्तकालयमा नेपालको प्रकृति, संस्कृति, कला, सङ्गीत, धर्म, संस्कार, पर्व र परम्परासँग सम्बन्धित नेपाली, जापानी र अङ्ग्रेजी भाषाका पुस्तक, नेपालसँग सम्बन्धित स्रोतग्रन्थ र विश्वविद्यालयका पिएचडि र एमए तहका थेसिसहरु सङ्कलित रहेको डा. इतोले जानकारी दिनुभयो ।

पुस्तकालयको उद्घाटन समारोहमा पुग्नुभएका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली र अङ्ग्रेजी भाषाका पाँच सयभन्दा बढी पुस्तक प्रदान गर्नुभएको छ ।

कोमागाने शहरका नेपाली व्यवसायी तथा समाजसेवी केशर गिरीले उपलब्ध गराएको भवनमा स्थापना गरिएको नेपाल पुस्तकालयले नेपाली र जापानीहरुबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

नेपाल र नेपालीको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि पुस्तकालयले स्रोतको रुपमा काम गर्ने डा. इतोले बताउनुभयो । साइतामा विश्वविद्यालयका प्रध्यापक डा. युकि इतो नेपालको मुलुकी ऐनमा पिएचडी गर्नुहुने पहिलो जापानी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.