भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन विधेयक पारित
प्रतिनिधिसभाको राज्य, व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।
राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले पेश गर्नुभएको विधेयकको संशोधन प्रस्ताव सर्वसम्मतीबाट पारित गरिएको हो ।
त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।
बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता बताउनुभयो ,
मन्त्री लेखकले भन्नुभयो, “सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रूपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध छ ।”
गृहमन्त्री लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनासम्बन्धी मुद्दामा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी दिंदै त्यो जग्गा गलत ढङ्गले कोही व्यक्ति वा कम्पनीको नाममा छ भने त्यो फिर्ता हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्