जल/वातावरण

दार्चुलाको पहाडी र हिमाली क्षेत्रमा हिमपात, संचार र विद्युत अबरुद्ध

पश्चिमी वायुको प्रभावले आइतबार दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ भने मौसमको प्रतिकूलताका कारण दार्चुला जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ ।

दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ । व्यास र अपिहिमाल गाउँपालिकाको धेरैजसो भूभाग हिमपातले सेताम्ये भएको छ । हिमपातका कारण चिसो बढेपछि स्थानीयले बाहिर निस्कन र दैनिक कामकाम समेत गर्न सकेका छैनन् ।

हिमपातपछि चिसो ह्वात्तै बढेकोले हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । हिमपातले दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको अपिहिमालका स्थानीय योगेन्द्र धामीले जानकारी दिनुभयो । यो वर्ष हिमाली क्षेत्रमा दोस्रो पटक हिमपात भएको हो ।

खराब मौसमका कारण सौर्य उर्जाबाट सञ्चालित टावरहरुमा शनिबारदेखि घाम नलागेर व्याट्री चार्ज नभइ टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टावरहरुसम्म विद्युतीकरण नहुँदा दार्चुलामा पटकपटक सञ्चारसेवा अवरुद्ध हुने गरेको छ । फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सम्पर्कविहीन हुनुपरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.