कर्पोरेट/पर्यटन

लयमा फर्कियो मुस्ताङको पर्यटन, भित्रिए एक वर्षमा ६६ हजार पर्यटक

मुस्ताङमा पर्यटन आगमन पुरानै लयमा फर्किएको छ । कोरोना (भाइरस)को महामारीका कारण थला परेको पर्यटन क्षेत्र चलायमान बन्न थालेको हो । पर्यटकको चहलपहलसँगै पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल ब्यवसायी र मजदुरहरुलाई राहत मिलेको छ ।

सन २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ । ४८ देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् ।

कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ । सन् २०२१ मा दुई हजार ३०० जना भित्रिएकामा ६०२ जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । २०२० मा दुर्ई हजार ३४७ पर्यटक मुस्ताङ आएका थिए ।

२०२२ मा मुस्ताङ भ्रमणमा आएका मध्य ४६ हजार ७२४ जना सार्क राष्ट्रका छन् । १९ हजार २०६ जना तेस्रो मुलुकका हुन् । १३ हजार ६२५ जना पर्यटक मनाङ हुदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् ।

यसैगरी तीन हजार २१२ जना पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् ।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.