जन सरोकार

भन्सारका कर्मचारीले प्रधानमन्त्रीको निर्देशन नमानेपछि…

पुस १५ गतेदेखि भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने र विदेशबाट आउनेले ल्याउने मोबाइलको भन्सार तिर्नुपर्ने बताएपछि विदेशमा बस्ने र काममा गएकाहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाए ।

यो अभियानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनुभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भने पालना नगरेको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएपछि पुनः निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

“आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छ”, प्रेस संयोजक शर्माले भन्नुभयो ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.