जापान

भूकम्पका कारण जापानको जमिन चार मिटर उठ्यो

यही जनवरी १ सोमबार जापानमा गएको ७.६ म्याग्निट्यूडको शक्तिशाली भूकम्पका कारण केही ठाउँको जमिन चार मिटर माथी उठेको छ भने केही ठाउँमा एक मिटर सरेको छ ।

वैज्ञानिकहरूले अन्तरिक्षबाट पनि जापानको निगरानी गरिरहेका छन् र त्यसका लागि भूकम्प जानुअघि र गइसकेपछि भूउपग्रहबाट खिचिएका तस्बिरहरूको तुलना गरिँदै छ।

एलोस २ भूउपग्रहले जापानमा गएको भूकम्पका कारण पृथ्वीको सतह माथि उठेकाले आफू र पृथ्वीको सतहबीचको दूरी घटेको जनाएको छ।

भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ।

भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन वा विस्तार भयो देखाउन सक्छन्।

देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित ‘जीपीएस’ केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। यो प्रणालीले सोमवारको भूकम्पपछि जमिन पश्चिमतिर १३० सेन्टिमिटरसम्म सरेको देखाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.