जापान

पदमुक्त हुने बेलामा जापानप्रति बाइडेनको बक्रदृष्टि

अमेरिका र जापानबीचको सम्बन्ध, आर्थिक, राजनीतिक रुपमा निकै महत्वूर्ण रहनुका साथै विश्व मञ्चमा दुई मुलुक प्रायः जसो एउटै धारमा हुन्छन् ।

तर, कतिपय सन्दर्भमा अमेरिकाले जापानमाथि बक्रदृष्टि लगाउने गरेको छ र यसको पछिल्लो अध्याय अमेरिकी राष्ट्रपति जो बाइडेनले पदमुक्त हुनै लाग्दा जापानी कम्पनीलाई प्रतिबन्ध लगाउनुभएको छ ।

राष्ट्रपति बाइडेनले जापानको निप्पोन कम्पनीलाई अमेरिकी स्टिल खरिद गर्नबाट रोक्ने आधिकारिक निर्णय गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

बाइडेनले आज (शुक्रबार) आफ्नो निर्णय घोषणा गर्नसक्ने धेरै अमेरिकी मिडियाहरूको भनाइ छ । संयुक्त राज्य अमेरिकाको वैदेशिक लगानी समितिले राष्ट्रिय सुरक्षा जोखिमका कारण खरिद प्रस्तावको समीक्षा गरिरहेको थियो ।

तर समितिले डिसेम्बर २३ को समयसीमामा सहमतिमा पुग्न सफल भएपछि अन्तिम निर्णय राष्ट्रपति बाइडेनमा छोडिदिएको थियो ।

अमेरिकामाा डोनाल्ड ट्रम्पले शपथग्रहण गरी शासनभार सम्हाल्नु साँढे दुई साता बाँकी रहँदा राष्ट्रपति बाइडेनको यो निर्णयले भोलिका दिनमा जापान अमेरिका सम्बन्धमा ट्रम्प प्रशासनको कस्तो रबैया हुन्छ भन्ने टिप्पणी सुरु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.