जन सरोकार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-७ रूकुम पूर्व, लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्