राजनीति

शेखर पक्षको बैठकपछि देउवा पक्षको तयारी कांग्रेस विभाजनको संघारमा पुगेको हो ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा सबैभन्दा बढी स्थानमा विजयी भएको नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचन र गठबन्धन टिकाउनन असफल भएर विपक्षमा बस्न पुगेपछि पार्टीका दुबै पक्ष आआफ्नै तयारीमा लागेका छन् ।

कांंग्रेस सभापति शेरबहादुर अकर्मण्यताका कारण माओवादी एमालेसंग मिल्न गएको आरोप लगाउँदै डा. शेखर कोइराला समूहले आफ्नो पक्षका नेताहरुको बैठक गरिरहेका बेला अब सभापति शेरबहादुर देउवा पक्षले पनि बैठक गर्ने भएको छ ।

सभापति देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठकका लागि आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिनुभएको छ । बैठकमा स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ ।

देउवा पक्षीय एक केन्द्रीय सदस्यका अनुसार बैठकमा सबै केन्द्रीय सदस्यलाई बोलाउने तयारी भए पनि धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।

देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.