जापान

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ ।

यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले घटेको छ ।

ओसाकामा गत वर्ष सबैभन्दा बढी १४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । आइची १३७ र टोकियो १३२ मृतक सङ्ख्याका साथ तेस्रो स्थानमा रहेको छ । सबैभन्दा कम टोटोरीमा १४ जनाको मृत्यु भएको छ ।

सन् १९७० मा १६ हजार ७६५ जनाको मृत्यु भएको जापानमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । जापान सरकारले सन् २०२५ सम्ममा वार्षिक सवारी दुर्घटनाबाट हुने मृत्युदर दुई हजार वा सोभन्दा कममा झार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.