जापान

विमान ठोक्किनुको कारण हवाई नियन्त्रक र तटरक्षक विमान चालकबीच असमझदारी !

जापान एयरलायन्सले मार्च ३१ सम्म बुक भएका टिकटहरु निःशुल्क फिर्ता र परिवर्तन गर्ने

जनवरी २ मा जापान एयरलाइन्सको विमान र तटरक्षक (कोस्ट गार्ड) विमानसंग ठोक्किएर भएको आगलागीको अनुसन्धान भैरहेको छ । दुर्घटना कसको गल्तीले भयो भन्ने विषयमा आपसी विरोधाभाषी कुराहरु बाहिरिएका छन् ।

हानेदा विमानस्थलमाा भएको दुर्घटनाको कारण हवाई नियन्त्रक र तटरक्षक बलको विमान चालकबीच असमझदारी देखिएको पाइएको छ ।

एनएचकेको समाचार अनुसार जापान एयरलाइन्सको एयरबर ए३५० अवतरणको क्रममा थियो भने तटरक्षक विमान उडानको तयारीमा थियो ।

जापान एयरलायन्सकोा जहाजलाई रनवे सी मा अवतरण गर्ने अनुमति दिइएको थियो भने तटरक्षक विमानलाई रनवे सीभन्दा अगाडि नै रोकिन आदेश दिइएको थियो ।

तर, सो विमान चालकले आफूलाई उडान अनुमति दिएको दावी गरेका छन् । हवाई निरन्त्रक र विमान चालकको आपसमा बाझिने तर्कको खुलासा अनुसन्धानका क्रममा हुनेछ ।

अनुसन्धान अधिकारीहरुले तटरक्षक बलको विमानकोा ब्ल्याक बक्स नियन्त्रणमा लिएका छन् भने जापान एरलाइन्सको ब्ल्याक बक् खोज्ने क्रमम जारी छ ।

सो दुर्घटनामा परी तटरक्षक बलका ५ जनाको ज्यान गएको थियो भने जापान एयरलाइन्सका चालकदलका सदस्यसहित ३ सय ७९ यात्रुको सकुशल उद्धार गरिएको थियो ।

यसबीच जापान एयरलायन्सले एक विज्ञप्ति जारी गरी दुर्घटना परी ज्यान गुमाएका तटरक्षक कर्मचारी र तिनका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको अनसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ ।

यसै गरी एयरलाइन्सले दुर्घटनापश्चात आउँदा मार्च ३१,२०२४ सम्म रिजर्भेसन भएका टिकटमा कुनै शुल्क नलिइ मिति परिवर्तन तथा फिर्ता गर्ने घोषणाा गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.